आरेन राई – News Polar

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र
खोटाङ। खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन माग गर्दै गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाइएको छ ।

श्रम संस्कृति पार्टीका महासचिवसमेत रहनुभएका खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आरेन राईले राईले आज सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर जिल्लाको शान्ति, सुरक्षासम्बन्धी समस्या तत्काल समाधान गरी आमनागरिकको डरत्रासमुक्त भएर बाँच पाउने अधिकार सुनिश्चित गरिदन आग्रह गर्दै गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाउनुभएको हो ।

गृहमन्त्री गुरुङको कार्यकक्षमा पुगेर बुझाइएको ज्ञापनपत्रमा केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालित इलाका प्रहरी कार्यालय, छितापोखरी र भडाँरेघाटमा सञ्चालित अस्थायी प्रहरी चौकी भवन निर्माण गरिदिन माग गरिएको छ । जिल्लाका सबै अस्थायी प्रहरी चौकीलाई स्थायी गराउन तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–७ सुङ्देलमा स्थायी प्रहरी चौकी स्थापनाका लागि तत्काल पहल गरिदिन माग गरिएको सांसद राईले जानकारी दिनुभयो ।

जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा सञ्चालित सशस्त्र प्रहरी बलको बेस क्याम्प हटाउने नेपाल सरकारको निर्णयसमेत रोक्न ज्ञापनपत्रमा अनुरोध गरिएको छ । चिसापानीमा सञ्चालित सशस्त्र प्रहरी बलको बेस क्याम्प हटाउने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएको सशस्त्र प्रहरी बल नेपाल नं ७ गुल्म, हलेसीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।

नागरिकलाई सबैभन्दा पहिले शान्ति, सुरक्षा प्रत्याभूति दिलाउन गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाइएको सदस्य राईले बताउनुभयो । “नागरिकले आफू सुरक्षित छु भन्ने महसुस गरेपछि मात्र अन्य विषयको अपेक्षा गरेका हुन्छन् । त्यसैले सबैभन्दा पहिले सुरक्षासँग सम्बन्धित समस्या समाधान गरिदिन गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको छु । उहाँले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ”, उहाँले भन्नुभयो, “अब अरु विषयगत मन्त्रालय पुगेर जिल्लाका सबै समस्या राख्नेछु । पार्टीको नीतिअनुसार ज्ञापनपत्र बुझाउन सुरु गरेको छु । बाँकी मन्त्रालयमा चाँडै ज्ञापनपत्र बुझाउनेछु ।”

प्रधानमन्त्री वालेन्द्र शाहले यही चैत १६ गते सांसदहरूसँग राख्नुभएको छलफलमा श्रम संस्कृति पार्टीका कोही पनि सांसद सहभागी भएका थिएनन् । हर्कराज राई ‘हर्क साम्पाङ’ले नेतृत्व गर्नुभएको श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी सात जना सदस्य निर्वाचित भएका छन् ।

पार्टीको नीतिअनुसार प्रधानमन्त्रीले बोलाउनुभएको सांसदको भेलामा आफूहरू नगएको महासचिव राईले जानकारी दिनुभयो । “पार्टीको नीतिअनुसार छुट्टाछुट्टै मन्त्रालय पुगेर ज्ञापनपत्रमार्फत जिल्लाको समस्या राख्छौँ । अरु सांसदले पनि मन्त्रालय पुगेरै आ–आफ्नो जिल्लाका समस्या राख्नेछन्”, उहाँले भन्नुभयो, “यो प्रक्रिया प्रभावकारी हुन्छ भन्ने हाम्रो पार्टीको ठहर छ । हामी जनताका समस्या समाधानका लागि गम्भीर भएर निरन्तर लागिरहन्छौँ ।”

इलाका प्रहरी कार्यालय बाक्सिला बजार तथा अस्थायी प्रहरी चौकीहरू छितापोखरी र भँडारेघाट जीर्ण भवनमा सञ्चालन हुँदै आएका छन् । दश स्थानीय तह रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, चारवटा इलाका प्रहरी कार्यालय (क), दुईवटा इलाका प्रहरी कार्यालय (ख), १९ वटा स्थायी प्रहरीचौकी र १० वटा अस्थायी प्रहरी चौकी सञ्चालनमा छन् ।  रासस

आरेन राई : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म
खोटाङ। खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहनुभएका २९ वर्षीय राईले १६ हजार ६१२ मत प्राप्त गर्नुभएको छ । उहाँ विसं २०८० मा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका सर्वोच्चसभा सदस्य एवम् आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएको थियो ।

राई पहिचानवादी नेताका रुपमासमेत परिचित हुनुहुन्छ । सानै उमेरदेखि विभिन्न सङ्घ/संस्थामा आवद्ध रहेर सामाजिक काम गर्दै खुला राजनीतिमा आउनुभएका राईले अब प्रतिनिधिसभामा गएर भूइँ मान्छेको हित हुने किसिमको नीति निर्माण तथा उनीहरुको आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

२०७४ सालसम्म राष्ट्रवादी केन्द्र नेपाल अभियानका केन्द्रीय सदस्य रहेर सामाजिक अभियानमा खटिनुभएका उहाँ स्नातक तहमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।

जातीय विभेदविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी प्रमिला बिसुका (सार्की)सँग अन्तरजातीय विवाह गर्नुभएको छ । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईको गृह जिल्ला खोटाङमा सोही पार्टीका महासचिव राईको उम्मेदवारी घोषणालाई महत्वका साथ हेरिएको थियो । पार्टी स्थापना भएको तीन महिनामै देशभरका जनताको उत्साह र समर्थनले जिल्लामा आफूहरुको जित भएको श्रम संस्कृति पार्टी खोटाङका अध्यक्ष प्रताप राईले बताउनुभएको छ ।

दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको खोटाङमा पुरानै राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताउँदै आएका थिए । श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा पनि खोटाङका पाँच जना नेताको समावेश छ ।

आदिवासी जनजाति महिला कोटामा पार्टीका जिल्ला उपाध्यक्ष उमा चाम्लिङ राई, चन्द्रकला याखा र समला राई, आदिवासी जनजाति पुरुष कोटामा सीताराम राई तथा दलित महिला कोटामा कोपिला घिमिरे छन् । रासस

श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङ–१ मा आरेन राई विजयी
खोटाङ। प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर १ को अन्तिम नतिजा सार्वजनिक भएको छ।

मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन्। राईले १६,६१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो अन्तरले पछाडि पारेका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देव विक्रम राईले १२,७१४ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार वीर काजी राईले ११,९५७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।