आदित्य झा – News Polar

पाँच हजार नेपालीलाई उद्यमी बनाउने क्यानडेली व्यवसायी आदित्य झाको सपना
काठमाडौँ । तराइको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिबाट सुरू भएको उहाँको जीवन यात्रा हाल अन्तरराष्ट्रिय जगत्सम्म फैलिएको छ । एक सफल उद्यमी, परोपकारी, समाजसेवीका रूपमा परिचित उहाँका अनुभव यस आलेखमा खोतल्ने प्रयास गरिएको छ । उहाँले नेपालमा लगानीका लागि गरेका प्रयासहरू कस्ता रहे त ? उहाँबाट यी र यस्ता प्रश्नहरूको जवाफ खोज्ने प्रयास गरिएको छ ।

नेपाली मूलका क्यानडेली व्यवसायी । ‘अर्डर अफ क्यानडा’ प्राप्त सफल उद्यमी । डिजी मार्केट इन्टरनेसनलका संस्थापक । महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिनुभएको हो, आदित्य झा । उहाँ नेपालमा उद्यमशीलता विकास गर्नका लागि लोभलाग्दा अवसर रहेको बताउनुहुन्छ ।

झाको दाबी छ, “यदि मलाई नेपालमा काम गर्ने मौका दिइयो भने म परिणाम पनि दिन सक्छु । कसरी जम्मा एक जनाले सिंगापुर बनाउन सक्छ ? किन नेपालमा त्यस्तो दूरदर्शी नेता छैन ?”

थुप्रै नेपाली विदेश गएर उद्यम व्यवसायीमा जमेका छन् । लोभलाग्दा सफलता छन् । उनीहरूले नेपाललाई साँच्चिकै माया गर्छन् र फर्किएर यहीँ काम गर्न चाहन्छन् ।

त्यसका लागि के गर्नुपर्ने हो ?

“पलायन नेपालमा सामाजिक रोग बनेको छ । किनभने यहाँका धेरैजसो युवाले सोच्छन्– हामी गरिब छौँ, हाम्रो जीवन राम्रो छैन । सरकारी जागिर खोज्ने वा विदेश जानुलाई जीवनको ठूलो उपलब्धि ठान्छन् । तर उनीहरूलाई साना व्यवसायमार्फत आत्मनिर्भर बनाउन सकिन्छ । रु ५० हजारदेखि १० लाखसम्मको पुँजी दिएर क्रमिक रूपमा सशक्त उद्यमी बनाउन सकिन्छ”, उहाँ विश्वासका साथ भन्नुहुन्छ ।

सन् २०१८ देखि २०२३ सम्म झा नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत खरिद व्यवस्थापनमा जोडिएको सफ्टवेयर प्रणाली सञ्चालनसँग जोडिनुभयो । “मेरो कम्पनीले त्यहाँ पाँच वर्षसम्म काम गर्‍यो । ठूलो टोली थियो । तर पछि अर्को कम्पनीलाई काम दिइयो । अहिले सुनिरहेको छु, खरिदसँग सम्बन्धित अनलाइन प्रणाली फेरि अस्तव्यस्त छ”, उहाँले सुनाउनुभयो ।

नेपालको खरिद प्रक्रियालाई ‘ग्लोबल सेन्टर अफ एक्सिलेन्स’ बनाउने योजनाले काम गरेको उहाँ सुनाउनुहुन्छ । तर अस्थिरता र भ्रष्टाचार ? को कोपभाजनमा पर्‍यो उहाँको योजना । “नेपालमा न काम हुन्छ न भ्रष्टाचार रोकिन्छ । अरू देशमा पनि भ्रष्टाचार हुन्छ, तर कम्तीमा काम त हुन्छ । यहाँ त केवल भ्रष्टाचार हुन्छ, काम नै हुँदैन”, यो उहाँको कटु अनुभव हो ।

“सबैभन्दा पहिले खराब कर्मचारी र विचौलियाबाट बचाइदेऊ । किनभने अहिले भइरहेका धेरै काममा आसेपासेहरूले फाइदा उठाइरहेका छन्”, उहाँको भनाइ थियो ।

०००

नेपालमा झाका नराम्रा अनुभव मात्रै रहे । उहाँलाई लाग्छ, आलोचनात्मक राजनीतिक सोच राखेर इमान्दारीपूर्वक काम गर्ने र योग्य मान्छेहरू ल्याएर जिम्मेवारी दिने हैसियत अहिले नेपालको राजनीतिमा छैन । नेपाल त्यसका लागि तयार पनि छैन । सूचना प्रविधि र कृत्रिम बौद्धिकताको क्षेत्रमा नेपालले धेरै गर्न सक्छ । तर त्यसका लागि व्यवसायीलाई कुनै हस्तक्षेप नगरी काम गर्न दिनुपर्छ ।

“बीस वर्षअघि भियतनाम कहाँ थियो र नेपाल कहाँ थियो ? तर अहिले भियतनाम कहाँ पुग्यो ? नेपाल किन रोकियो भन्ने कसैले प्रश्न गर्दैन ।” उहाँको बुझाइमा राजनीतिक दूरदर्शिता भएको नेतृत्व नेपालल पाउन सकेन । नागरिकमा पनि ‘यो मेरो देश हो’ भन्ने भावना नहुनु र देशलाई माया गर्ने भावना हराउनुलाई पनि उहाँ समस्याका देख्नुहुन्छ ।

“राष्ट्रको समृद्धिमा राजनीतिज्ञको ठूलो भूमिका हुन्छ”, उहाँले जोड दिएर भन्नुभयो ।

“कस्तो भूमिका ?”

“मुलुकको समृद्धि भनेको दियोजस्तो हो । दियो आफैँ बल्छ, तर हावा चल्दा निभ्न नदिन केही चाहिन्छ । राजनीति भनेको त्यही हावा लाग्दा दियो निभ्न नदिने छेकबार हो ।”

उहाँले भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुलाई उदाहरण दिँदै भन्नुभयो, “एक नेताको भिजनले हैदरावादलाई आइटी हब बनायो । जब उनले हैदरावादलाई सूचना प्रविधिमा लैजान सुरू गरे, त्यसबेला कसैले हैदरावाद चिनेका थिएनन् । भारतमा बैङ्गलोर, चेन्नई, दिल्ली र मुम्बई मात्र चर्चामा थिए । तर अहिले हैदरावाद कहाँ पुग्यो ?”

उहाँलाई लाग्छ, यस्तै केही राजनीतिक दृष्टिकोण भएका नेताहरू र केही उद्यमीहरू मिलेर अघि बढ्न सके नतिजा देखिन्छ ।

“नेपालले सूचना प्रविधि, कृत्रिम बौद्धिकताजस्ता क्षेत्रलाई प्राथमिकता दिएर पाँच–दश उद्यमी पहिचान गरेर भन्नुपर्छ, “हामी तिमीहरूलाई छुँदैनौँ, जाऊ, संसार जितेर आऊ, नेपालबाट केही बनाऊ, त्यसपछि हेरौँ, कस्तो नतिजा आउँछ”, झाको उत्साही निष्कर्ष थियो ।

नेपाल अहिले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिइरहेको छ । झाको विज्ञताको क्षेत्र पनि आईटी भएकाले यस क्षेत्रमा किन नजाने ? जवाफमा उहाँले अर्को तितो अनुभव सुनाउनुभयो ।

आइटीमा आफूले पाएको सफलताको अनुभवमा उहाँ भन्नुहुन्छ, “तपाई नेपालको आइटी क्षेत्रमा काम गर्नुहुन्छ भने तपाईँको सफलता फरक हुन्छ, त्यही व्यक्ति पटना (भारत) मा आइटी पेसामा भए अर्को हुन्छ ।”

अहिले झा विद्युतीय सार्वजनिक खरिद (इ–प्रोक्युरमेन्ट) र बोलपत्र व्यवस्थापन गर्ने विश्वकै पुरानो र ठूलो कम्पनीमध्ये कम्पनी डिजिमार्केट इन्टरनेसनल इन्कको नेतृत्व गरिरहेका छन् । यो कम्पनीका नौ देशमा कार्यालय छन् । कतै एक जना मात्र कर्मचारी छन्, कतै तीन जना । भारतमा सबैभन्दा धेरै ८० हाराहारी कर्मचारी छन् । तर झाको सपना भनेको नेपालमै यसलाई विशाल बनाउने थियो ।

किन यस्तो सफलता नेपालमै सम्भव भएन ? क्यानडा नै किन जानुपर्यो ? किन यस्तो सफलता नेपालमै बन्न सक्दैन ? किन मानिसहरू विदेश गएर मात्रै राम्रो गर्छन् ? यहाँ यो किन सम्भव भएको छैन ? अनि विदेश गएर सफल भएका नेपालीहरूले फर्केर यहाँ आएर यस्तो बनाउन सक्छन् कि सक्दैनन् ?”

उहाँलाई लाग्छ – सायद नेपालको राजनीतिक अस्थिरता, प्रशासनीक उल्झन, भनसुनको प्रवृत्ति मुख्य समस्याहरू हुन् ।

“म टोरन्टोमा बसेको मान्छे, मलाई थाहा छैन त्यहाँको प्रहरी कमिस्नर को हुन् । मलाई थाहा हुनु पनि पर्दैन । तर नेपालमा मानिसहरू गर्वका साथ भन्छन्, “म फलानो डिएसपीलाई चिन्छु, फलानो मन्त्री, फलानो जिल्लाको सिडिओलाई चिन्छु”, झाको जवाफ थियो ।

भनसुन प्रवृत्ति नेपालको समस्या हो । अरु देशमा नागरिकलाई सबै नेताको नाम थाहा नहुन सक्छ । किनभने उनीहरूलाई थाहा हुनुपर्ने नै हुँदैन । “तपाईँ आफ्नो काम गर्नुहोस्, त्यसैमा महत्व छ । यो नै सभ्य समाजको चिनारी हो ।”

उहाँले अगाडि थप्नुभयो, “हामी नेपाल सानो देश भन्छौँ । तर सिङ्गापुर पनि त सानो नै हो । युरोपका धेरै देश त नेपालभन्दा पनि साना छन् । तर तिनको विकासमा भूगोलले कहिले रोक लगाएन । समस्या हाम्रो सोचाइ र संरचनामा छ ।”

सन् २००३ तिर झालाई व्यावसायिक सफलता मिलिरहेको बेला उहाँको मनमा एउटा सपना पलायो, “नेपालमा पनि आइआइटीजस्तो संस्था कसरी सुरू गर्न सकिएला ?”

त्यो बेला भारतमा जम्मा चार/पाँच वटा मात्र आइआइटी थिए । अहिले त्यो सङ्ख्या निकै बढिसकेको छ ।

उहाँले सम्झनुभयो, “तपाईँ इतिहास हेर्नुहोस्, अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्डजस्ता विश्वविद्यालयहरू पनि व्यापारीहरूको आर्थिक सहयोगबाट नै राम्रो बनेका हुन् । तर ती विश्वविद्यालय स्वतन्त्र थिए । व्यवसायीहरूले पैसा त दिए, तर चलाउने उनीहरूले होइन ।”

झाले नेपालका विद्यालयहरूलाई सहयोग गर्ने चाहना राख्नुभएको थियो । तर नेपालमा अवस्था फरक छ । उहाँ भन्नुहुन्छ, “कुनै ट्रस्ट बनाइयो भनेर नाफारहित त भनिन्छ, तर नाफा चाहिँ व्यक्तिको खल्तीमा जान्छ । अस्पताल ट्रस्टको नाममा खोलिन्छ, तर पैसा घुमाएर उनीहरूकै खल्तीमा । यो प्रवृत्ति नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कामा उस्तै छ ।”

नेपालमा काम गर्ने उहाँका अनुभव खासै राम्रो रहेनन् ।

०००

“जब मैले राम्रो पैसा कमाएँ, तब लाग्यो– किन काठमाडौँ वा नेपालमा एउटा आइआइटीजस्तो संस्था हुँदैन”, उहाँले दुई दशक अघिको प्रयास सम्झिनुभयो । नेपालमा करिब १०० करोड लगानी गरेर एउटा इन्स्टिच्युट अफ टेक्नोलोजी खोल्ने । व्यवसाय वा नाफाका लागि होइन, सरकारी मापदण्डमा चल्ने तर प्राइभेट– हार्वर्ड, एमआइटीजस्तै ।

झाले अनुभव सुनाउनुभयो, “म करिब एक वर्षसम्म त्यसमा लागेँ । क्यानडाबाट मान्छे झिकाएँ । तर म असफल भएँ । त्यो बेला म अलि अनुभवहीन थिएँ । आजको दिनमा गर्ने भए अर्कै शैलीमा गर्थेँ । किनकि अहिले मैले नेपाललाई धेरै बुझिसकेको छु ।”

त्यो प्रोजेक्ट व्यावसायिक फाइदाको लागि थिएन भन्ने बुझाउन सकिएन कि जस्तो लाग्छ झालाई ।

०००

उहाँको दोस्रो अनुभव पनि उस्तै ।

अमेरिकामा बस्ने झाका एकजना प्रोफेसर साथी आएर भने “आदित्यजी, तपाईँले काठमाडौँका स्कुलमा कम्प्युटर बाँड्नका लागि लागि पैसा दिनुपर्छ ।”

झाले सोध्नुभयो, “कति चाहिन्छ ?”

साथीले भने “१० वटा स्कुलका लागि डेस्कटप ।”

सायद झाले करिब १० हजार डलर दिनुभयो ।

केही महिनापछि थाहा भयो – कम्प्युटर स्कुलमा त पुगेछन्, तर चल्दैनन् ।

भएछ के भने, झाले विश्वास गरेको व्यक्ति नेपालका एक मन्त्रीका भतिजा रहेछन् । उनीहरूले नयाँ कम्प्युटर किन्नुपर्नेमा पुराना किने । ढुवानीमा धेरै पैसा खर्च गरँे । अनि ती कम्प्युटर स्कुलमा राखिदिए ।

यो कुरा झालाई थाहा भएपछि झाले आफ्नो साथीलाई त्यो प्रोजेक्टबाट आफ्नो नाम हटाउन भने । यो प्रयास पनि असफल भयो ।

०००

तेस्रो, कसैले उहाँलाई सुनाए, “तपाईँ त तराईको मान्छे, जनकपुरका स्कुललाई सहयोग गर्नुस् ।”

त्यसबेला अमेरिकामा ‘वन ल्यापटप पर चाइल्ड’ नामको प्रोजेक्ट चलिरहेको थियो । त्यो अवधारणा नेपालमा पनि लागू गर्न सकिने सोच बनाएर एक सय थान कम्प्युटर किनेर उहाँले जनकपुर पठाउनुभयो । धेरै दुःख गरेर रेलमा सीतामढी हुँदै ल्याएर भन्सार तिरी ती कम्युटर जनकपुर आइपुगे । तर स्कुलमा कम्युटर ल्याब बनाउन अझै पूर्वाधार तयार थिएन । केही समयका लागि ती कम्प्युटर जिल्ला प्रशासनको रोहवरमा एउटा कोठामा राखियो, ताला लगाइयो, सिल गरियो ।

तर केही महिनापछि झालाई फोन आयो, “आधा कम्प्युटर हरायो ।”

झाले सोध्नुभयो, “तपाईँले सिल गर्नुभएको थिएन ?”

जवाफ आयो – “सिल छ, ताला छ, तर ल्यापटप छैन ।”

त्यसपछि बाँकी कम्प्युटर स्कुललाई दिइयो । केही समयपछि फेरि फोन आयो– “स्कुलबाट फेरि २५ वटा कम्प्युटर हरायो । अब के गर्ने ?”

झाले भन्नुभयो, “अब मलाई मतलब छैन । जेसुकै गर ।”

नेपालमा यति धेरै असफलता भोगेपछि झाले आफ्नो परोपकारी कामलाई क्यानडामै केन्द्रित गर्नुभयो । अहिले उहाँको नामबाट तीन विश्वविद्यालय र दुई कलेजमा १४ वटा अक्षयकोष स्थापना छन्– टोरन्टो मेट्रोपोलिसन युनिभर्सिटी, योर्क युनिभर्सिटी, ट्रेन्ट युनिभर्सिटी, जर्ज ब्राउन कलेज, सेन्टेनियल कलेजमा झाका अक्षयकोषबाट करिब ७० हजार क्यानाडियन डलर बराबरको छात्रवृत्ति हरेक वर्ष वितरण हुन्छ । बीसभन्दा बढी विद्यार्थी लाभान्वित हुन्छन् । उहाँको लक्ष्य यो बढाएर डेढ करोड क्यानाडियन डलरसम्म पुर्‍याउने छ । साथै उहाँ क्यानाडाका आदिवासी (अबोरिजिनल) समुदायलाई पनि उद्यमशील बनाउन खटिरहनुभएको छ ।

०००

यद्यपि अहिले पनि झाका मनमा एउटा ठूलो सपना बाँकी छ – नेपाल र बिहारका साना उद्यमीलाई सहयोग गर्ने । यस पटक भने उहाँको ध्यान ‘आइटी’ वा शिक्षा क्षेत्रमा छैन, उद्यमशीलतामा छ ।

“नेपालमा झण्डै एक हजारदेखि पाँच हजारसम्म र त्यति नै सङ्ख्यामा विहारमा पनि साना उद्यम सिर्जना गर्न चाहन्छु”, उहाँ भन्नुहुन्छ ।

गाईपालन, बाख्रापालन, कुखुरापालन, तरकारी पसल, सैलुनजस्ता साना स्वरोजगारमूलक व्यवसायमा मानिसहरूलाई कसरी लगानी गर्ने, व्यवसाय चलाउने र पुँजी जोगाउने भनेर सिकाउने उहाँको मुख्य ध्येय हो ।

“यदि मैले ५० जिल्लामा पुगेर हरेक जिल्लामा कम्तीमा २०–२५ जनालाई व्यवसाय गराउन सक्छु भने त्यसको प्रभाव निश्चित रूपमा देखिनेछ । मेरो टोलीले उनीहरूलाई उद्यम कसरी गर्ने र नाफामा कसरी लैजाने भनेर सिकाउनेछ । यही मेरो अन्तिम सपना परियोजना हुनेछ । यही मेरो पूजा हुनेछ । यही पशुपति, काशी र केदारनाथ हुनेछ ।”

झालाई लाग्छ – नेपालमा शिक्षाभन्दा उद्यमशीलता अझ धेरै प्राथमिकताको विषय हो ।रासस

असफलतामा सफलता देख्ने उद्यमी आदित्य झाको व्यावसायिक यात्रा
काठमाडौँ । तराईको सामान्य गाउँ र पारिवारिक पृष्ठभूमिका आदित्य झा, अन्तरराष्ट्रिय जगत्मा ख्याति कमाएका एक उद्यमी, परोपकारी, समाजसेवी हुनुहुन्छ ।

उहाँ हुनुहुन्छ नेपाली मुलका क्यानडेली व्यवसायी । ‘अर्डर अफ क्यानडा’ का सफल उद्यमी । डिजी मार्केट इन्टरनेसनलका संस्थापक । महोत्तरी जिल्लाको सीमावर्ती क्षेत्र मधवा गाउँमा जन्मिनुभएका झालाई धेरैले प्रश्न गर्छन्, “गाउँको मान्छे तपाईँले कसरी यस्तो अवसर पाउनुभयो ?”

झाले यो प्रश्न धेरै पटक सुन्नुभएको छ । कति ठाउँमा वक्ताका रूपमा आफैँ यसबारे बोल्नुभएको छ । उहाँलाई लाग्छ, मानिसहरू प्रायः परिस्थितिले अल्झिन्छन् र परिस्थितिबाटै सफलताको खुड्किलो चढ्छन् ।

उहाँका बुबा वकिल हुनुहुन्थ्यो । मधवामा करिब ९० बिघा जमिन थियो । शिक्षित र सम्पन्न परिवार भएकाले उहाँले फरक अवसर पाउनुभयो । “मेरो फाइदा के भयो भने मैले राम्रो शिक्षा पाएँ । जवारलाल नेहरू विश्वविद्यालय पिएचडी गरे । जब तपाईं यस्ता उत्कृष्ट संस्थामा जानुहुन्छ, तपाईंको भेट ठूला मानिससँग हुन्छ, तपाईंको दृष्टि फराकिलो हुन्छ”, झा सुनाउनुहुन्छ ।

उहाँले दिल्ली विश्वविद्यालय हंसराज कलेजबाट स्नातक र कुरुक्षेत्र विश्वविद्यालयबाट गणित विषयमा एमएससी पास गर्नुभयो । सन् १९७९ देखि १९८४ सम्म जवाहरलाल नेहरू विश्वविद्यालयमा कम्युटर विज्ञानको शोधकर्ताका रूपमा काम गर्नुभयो र पिएचडी उपाधि हासिल गर्नुभयो । त्यसपछि उहाँको यात्रा, फ्रान्स, सिङ्गापुर, अष्ट्रेलिया हुँदै क्यानडातर्फ मोडियो ।

उद्यमामा कसरी मिल्यो सफलता ? उहाँ भन्नुहुन्छ, “यसको जवाफ म धेरै बुद्धिमान भएर होइन, तर सही वातावरण र परिस्थिति पाएर हो । मानिसहरू प्रायः यो कुरा राम्रोसँग बुझ्दैनन् । तपाईंको सफलता केवल तपाईंको कारणले होइन । यो त सामाजिक परिस्थिति कस्तो छ त्यसमा निर्भर गर्छ ।

पिएचडीपछि झाले सिङ्गापुरमा पाँच वर्षसम्म एक अमेरिकी कम्पनीको परामर्शदाताको रूपमा काम गर्नुभयो । त्यहाँको नेशनल युनिभर्सिटी अफ सिङ्गापुरमा उहाँले ‘भिजिटिङ फ्याकल्टी’का रूपमा कम्प्युटर साइन्स पढाउनुहुन्थ्यो । सिङ्गापुरमै हुँदा उहाँले क्यानडाको स्थायी बसोबासका लागि आवेदन दिनुभयो र तीन महिनामा नै अनुमति आयो ।

क्यानडा पुगेको दुई महिनामा झा एक कम्पनीमा निर्देशकका रूपमा नियुक्त हुनुभयो । दुई वर्षमै त्यही कम्पनीको जनरल म्यानेजर हुनुभयो । करिब पाँच वर्षपछि उहाँले त्यो कम्पनी छोड्नुभयो ।

एक हजार डलर लगानी गरेर आफ्नै कम्पनी खोल्नुभयो –आइसोपिया इन्क । करिब अढाइ वर्षपछि त्यो कम्पनी १० करोड अमेरिकी डलरमा बिक्री भयो । ‘आइसोपिया इन्क’ क्यानडाको ऐतिहासिक सफल स्टार्टअपको रूपमा गनिन्छ । यसलाई सन् २००१ मा अमेरिकी प्रविधि कम्पनी सन माइक्रोसिस्टम इन्कले खरिद गरेको थियो ।

अरूले जहाँ असफलता देख्छन्, झाले त्यहीँ अवसर देख्नुभयो । कसैले उहाँलाई टोरोन्टोमा क्याडबरीको चकलेट कारखाना बन्द हुँदैछ भनेर सुनाए । पचास वर्ष पुरानो त्यो कारखाना घाटामा थियो । जसकारण क्याडबरीले बन्द गर्दै थियो । त्यतिबेला झाले सोच्नुभयो, “म किन्छु ।” तर उहाँका साथीहरूले भने, “तिमी कसरी चलाउँछौँ ? क्याडबरी नै बन्द गर्दैछ । तिमीले कसरी नाफामा लैजाने ?”

झाको जवाफ थियो, “म चतुर छु, विश्वासी छु । म सक्छु ।”

त्यो कम्पनी खरिद गरेको एक वर्षमै नाफामा आयो । साढे दुई वर्षपछि त्यो कारखाना बिक्री गरिदिए । त्यो सन् २००७ देखि २०१० तिरको हो ।

त्यसपछि वासिङ्टन डिसीको सफ्टवेयर कम्पनी डिजी मार्केटमा झाको दृष्टि प¥यो । त्यो कम्पनी विश्व बैंकको लगानीमा चलेको थियो तर बन्द हुने अवस्थामा थियो ।

डिजी मार्केट किन्दैगर्दा उहाँलाई लागेको थियो, “यो कम्पनीबाट म १० करोड डलर वा सायद एक अर्ब पनि कमाउन सक्छु, वा केही नकमाउन पनि सक्छु । तर एउटा क्षेत्रमा त हात हाल्नै पर्छ”, उहाँले त्यो क्षेत्र रोज्नुभयो ।

झाले ‘पोआ एजुकेसन फाउन्डेसन’ मार्फत धेरै परोपकारी र समाजसेवी काम गरिरहेका छन् । यसै फाउन्डेसनले झाको पहलमा सन् २००४ मा स्थापना भएको ‘नेपाल लाइब्रेरी फाउन्डेसन’ मार्फत नेपालमा पुस्तकालयको प्रवर्द्धन र विशेषगरी इन्टरनेट नपुगेका ठाउँहरूमा विद्युतीय पुस्तकालय स्थापना गर्ने महत्त्वपूर्ण काम गर्यो । त्यसरी नै २०२० तिर काठमाडौँका १० वटा विद्यालयमा कम्युटर वितरण गर्ने अभियानमा पनि झाले सहकार्य गरेका थिए ।

यस्ता परोपकारी र सामाजिक योगदानका कारण झालाई थुप्रै सम्मान र उपाधि प्राप्त भए । उहाँले सन् २०१२ मा क्यानडाको सबैभन्दा ठूलो नागरिक सम्मान ‘अर्डर अफ क्यानडा’ पाउनुभयो । त्यस्तै, सन् २००९ मा टोरन्टो मेट्रोपोलिसन विश्वविद्यालयबाट मानार्थ विद्यावारिधी पाउनुभयो । त्यसबाहेक टोरन्टो विश्वविद्यालयको स्कुल अफ बिजनेसमा ७२ मिलियन डलर बराबरको पुँजी सङ्कलन अभियान तथा युनिसेफ क्यानडाका विभिन्न अभियानमा समेत झाको उल्लेखनीय भूमिका रह्यो ।

स्वभाविक प्रश्न थियो– यी सबै अनुभव संगालेको व्यक्तिको जीवनमा कस्ता उतार चढाव भए होलान् ?”

“धेरै उतारचढाव भए । म विभिन्न बिजनेस स्कुलहरूमा बोल्न जान्छु । त्यहाँ म आफ्ना अनुभव सुनाउँछु । एउटा साँचो कुरा के भने मलाई ‘सफल’ भन्ने शब्द खासै मन पर्दैन । किनभने हाम्रो जीवनमा सफलताभन्दा धेरै असफलता हुन्छ”, उहाँ भन्नुहुन्छ, “प्रायः सबै मानिसको जीवनमा यस्तै हुन्छ । त्यसैले हामीले सफलताभन्दा असफलतालाई बुझ्न सिक्नुपर्छ ।”

झालाई लाग्छ, सफलता भनेको कुनै स्थायी कुरा होइन, बरु एउटा क्षणिक घटना मात्र हो । उद्यम गर्न चाहने मानिसले त झन धेरै उतारचढाव भोग्नपर्छ । “हरेक व्यक्ति असफलताबाट सिकेर अब्बल बन्ने हो । मेरो जीवनमा पनि सफलताभन्दा धेरै असफलता छन् । तर हामी त्यसको चर्चा गर्दैनौँ । मानिसहरू असफलताको कुरा गर्न चाहँदैनन्,” झाले हाँस्दै सुनाउनुभयो ।

“कहीँकतै नेपालका धनाढ्यहरूको सूचीमा मेरो नाम पनि देखिन्छ । तर त्यो साँचो होइन । धनी ठानेर वा नमानेर खासै के फरक पर्छ र ?”, उहाँको प्रश्न थियो, “मुख्य कुरा के हो भने, तपाईंले कमाएको पैसाले के गर्नुभयो ? बच्चाहरूका लागि राख्यौँ, बिहेमा खर्च गर्यौं, त्यसको खास अर्थ भएन । मेरा छोराछोरी आफ्नै पेसा व्यवसायमा छन् । मेरो सम्पत्ति उनीहरूका लागि होइन । अब म धेरै व्यवसाय गर्न पनि चाहन्न ।”

उद्यमशीलता गर्न जागिरको भर पर्नै पर्दैन, डिग्रीको प्रमाणपत्रको पनि खाँचो पर्दैन । केवल व्यवसाय कसरी चलाउने भन्ने सीप र सल्लाह चाहिन्छ । त्यसका लागि मोबाइल एपमार्फत उनीहरूलाई प्रशिक्षित गर्ने, व्यवसायको खातापाता राख्नेदेखि वित्तीय अनुशासन र बचतको बानी बसाल्नेसम्मका योजना छन् झाका ।

“हरेक दिन कति कमाइ भयो भनेर रेकर्ड राख्न, बैंक र वित्तीय संस्थासँग कसरी पहुँच राख्ने र त्यसबाट लाभ लिने भन्ने पनि सिकाउन सकिन्छ । स्वरोजगार हुनु आफैँमा सम्मानको कुरा हो”, उहाँ भन्नुहुन्छ । त्यसका लागि कति समयको योजना हो ? कैले सुरु हुन्छ ?

झाले सरल जवाफ दिनुभयो, “जब मेरो बैंक खातामा त्यसका लागि पैसा हुनेछ ।”

झा अब आफ्नो जन्म गाउँ जनकपुरमा बनाएको एउटा फार्म हाउसमा बसेर बाँकी जीवन त्यहीँ रमाउन चाहन्छन् । “त्यहाँ १२५ वटा आँपका बोट छन्, ५० लिची, ७५ कागती र ५० हाराहारी अमलाका बोट छन् । त्यही मेरा लागि अहिलेको खुसी हो”, झाले आफ्नो योजना सुनाउनुभयो ।रासस