अस्कर अवार्ड – News Polar

यौनकर्मीको कथामा आधारित ‘अनोरा’लाई ५ अस्कर अवार्ड (सूचीसहित)
एजेन्सी । ९७ औँ ओस्कारमा यौनकर्मीको कथामा आधारित ‘अनोरा’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ ।

अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न ओस्कार अवार्डमा यो फिल्मले पाँच विधामा अवार्ड हात पारेको हो ।

फिल्म अनोराले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन, उत्कृष्ट पटकथा, उत्कृष्ट सम्पादन, उत्कृष्ट अभिनेत्री विधामा अवार्ड जितेको छ । सीन बेकरद्वारा निर्देशित, रोमान्टिक कमेडी फिल्म अनोरा एक धनी व्यापारीसँग विवाह गर्ने यौनकर्मीमा आधारित छ।

फिल्मले कान्स फिल्म फेस्टिभलमा पाम डायर अवार्ड पाएको थियो ।

Alex Coco, front left, Samantha Quan, front right, Vache Tovmasyan, Karren Karagulian, Drew Daniel, Mickey Madison, Luna Sofia Miranda, and Sean Baker accept the award for best picture for “Anora” during the Oscars on Sunday, March 2, 2025, at the Dolby Theatre in Los Angeles. (AP Photo/Chris Pizzello)

यस्तै, पिरियड ड्रामा फिल्म द ब्रुटालिस्टले यो वर्ष ३ ओस्कार अवार्ड जितेको छ । ब्रुटालिस्टका अभिनेता एड्रियन ब्रोडीले मुख्य भूमिकामा सर्वश्रेष्ठ पुरुष अभिनेताको अवार्ड जितेका छन् । यस बाहेक यसले बेस्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोर विधामा पनि ओस्कर अवार्ड जितेको छ ।

ओस्कारमा कुन विधा कसले जिते?

सर्वोत्कृष्ट फिल्मः ‘अनोरा’

निर्देशकः सिन बेकर (अनोरा)

अभिनेताः एड्रियन ब्रोडी (द ब्रुटलिस्ट)

अभिनेत्रीः मिकी माडिसन (अनोरा)

सर्वोत्कृष्ट सहायक अभिनेत्रीः जोय साल्दाना (एमिलिया पेरेज)

सहायक अभिनेताः किरन कल्किन (अ रियल पेन)

सम्पादनः सिन बेकर (अनोरा)

छायांकनः लल क्रली (द ब्रुटलिस्ट)

ओर्जिनिल स्क्रिनप्लेः सिन बेकर (अनोरा)

एडप्टेड स्क्रिनप्लेः पिटर स्ट्राउगन (कन्क्लेभ)

एडप्टेड फिल्म: फ्लाे

सर्वोत्कृष्ट डकुमेन्ट्री फिचरः नो अदर ल्याण्ड (ब्राजिल)

सर्वोत्कृष्ट डकुमेन्ट्री छोटो फिल्मः द वन्ली गर्ल इन द अर्केस्ट्रा

भिजुअल इफेक्टः ड्युन पार्ट २

साउण्डः ड्युन पार्ट २

ओर्जिनिल गीतः एल मल (एमिलिया पेरेज)

कस्ट्युम डिजाइनः विक्ड (पल टेजवेल)

प्रोडक्सन डिजाइनः विक्ड

मेकअप एण्ड हेयर स्टाइलिङः द सब्सटेन्स

लाइभ एक्सन सर्टः आइएम नट अ रोबट

एनिमेटेड सर्टः इन द स्याडो अफ द साइप्रस

‘९६औं अस्कर अवार्ड’को लागि नेपाली चलचित्रको आवेदन माग
काठमाडौँ। एकेडेमी अवार्डस् (द अस्कर), अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ‘९६औं अस्कर अवार्ड प्रतियोगिता’मा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन सूचना आह्वान गरेको छ ।

समितिले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली चलचित्रलाई उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन आवेदन माग गरेको हो ।

विज्ञप्तिमा एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोध भइआएकाले ९६औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०२३ सेप्टेम्बर १५ तारिख अर्थात् मिति २०८० भदौ २९ गते शुक्रबार दिनको ५ बजेभित्र समितिको सचिवालयमा सम्पर्क गरी दर्ता गराउन आह्वान गरिएको छ ।

सो प्रतिस्पर्धामा भाग लिन चाहेको चलचित्र सन् २०२२ डिसेम्बर १ तारिख अर्थात् वि।सं। २०७९ असोज १५ गतेभन्दापछि तथा सन् २०८० सेप्टेम्बर ३० तारिख अर्थात् वि.सं. २०८० साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएका चलचित्रले मात्र आवेदन दिन सकने बताईएको छ । दरखास्तका साथमा चलचित्र जाँच (सेन्सर) गरिएको प्रमाणपत्र, हलमा रिलिज नभएर ओटीटीमा रिलिज भएको हो भने सोको प्रमाण, ३५ एम.एम. वा ७० एम.एम.को भिडियो वा २४/४८ फ्रेममा प्याकेज गरिएको डिजिटल सिनेमा, यसैगरी २०४८ देखि १०८० पिक्सेलसम्म प्रोजेक्सन रेजुल्युसन भएको डिजिटल सिनेमा, ५.१ अथवा ७.१ मा उपलब्ध अडियो, निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् सिनेमामा देखाइएको क्रममा), अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश (कथासार0, निर्देशकको फिल्मोग्राफी र फोटो, सम्बन्धित चलचित्रका ३ देखि ५ वटासम्म स्थिर फोटाहरू, चलचित्र रिलिज हुँदाको एउटा अफिसियल पोस्टर  (600dpi tif format, RGB Color mode, साइज 40″x27”), चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू लगायतका विवरणहरूको डिजिटल कपीमा समेत उपलब्ध गराउन विज्ञप्तिमा अनुरोध गरिएको छ ।

यस सम्बन्धमा विस्तृत जानकारीका लागि समितिको काठमाडौमा रहेको सचिवालय वा ९८५११४६५२३ मा सम्पर्क गर्न सकिनेछ । द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसले सन् २०२४ मार्च १० तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलसको डल्बी थिएटरमा ९६औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान हुनेछ ।

उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन चलचित्र निर्देशक राजु के।सी।को नेतृत्वमा अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) गठन भएको छ । यो स्वतन्त्र समिति हो ।