‘अपरेसन’ – News Polar

लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग
भैरहवा। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।

खुला सीमानाकाबाट हुने अवैध आयातनिर्यात, तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी (पश्चिम), बाँके, बर्दिया र दाङलगायत सीमावर्ती जिल्लामा निगरानी तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीका अनुसार सीमा क्षेत्रबाट हुने भन्सार छली, अवैध सामान ओसारपसार तथा राजस्व चुहावट नियन्त्रणका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सञ्चालन गरेको अभियानअन्तर्गत यही जेठ २५ गते बिहान बर्दियामा रु ४३ लाख ६१ हजार ८४० बराबरका अवैध सामान तथा सवारीसाधन बरामद गरिएको छ ।

बर्दियाको मधुवन नगरपालिका–८ सानोश्री क्षेत्रबाट भन्सार छली गरी नेपाल ल्याउँदै गरेका अवस्थामा दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भारतको बहराइच जिल्लाका २२ वर्षीय रिजवान अन्सारी र २० वर्षीय कलिम खानलाई नियन्त्रणमा लिइ छानबिन गर्दा प्रहरीले दुई वटा बोलेरो गाडी, एउटा पल्सर मोटरसाइकल तथा करिब चार हजार दर्जन केरा बरामद गरेको थियो । बरामद गरिएका सामान तथा सवारीसाधनको अनुमानित मूल्य रु २५ लाख ५९ हजार रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, प्रहरीको मधुवन नगरपालिका–६ मा गरिएको प्रहरी अपरेसनमा सुपारी, सुर्ती, चुरोट, बिँडी, माउथ फ्रेसनर, प्लास्टिकलगायतका सामान बरामद गरिएको छ । सो अपरेसनमा संलग्न प्रहरीका अनुसार स्थानीय पदमराज चौधरी र कोपिला खत्रीको घरमा भण्डारण गरिएको अवस्थामा फेला परेका ती सामानको अनुमानित मूल्य रु १८ लाख दुई हजार ८४० रहेको छ ।

बरामद गरिएका सबै सामान तथा सवारीसाधनको आवश्यक अनुसन्धान तथा छानविन गरी कानुनी कारबाही अघि बढाइने लुम्बिनी प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको स्पष्ट गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले प्रहरी अपरेसनका बारेमा जानकारी दिँदै आवश्यक रणनीतिसहित कानुनको प्रभावकारी कार्यान्वयन गरी प्रदेशको शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्न प्रहरी प्रशासन प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रण, अपराध न्यूनीकरण तथा रोकथाम, नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्ने काममा प्रतिबद्ध प्रहरी संयन्त्रलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गरी अभियानलाई सफल बनाउन सम्पूर्ण प्रदेशवासीसँग अनुरोध गर्नुभयो ।

यसैबीच, प्रहरीले सञ्चालन गरेको विशेष अभियानलाई स्थानीय व्यवसायी तथा नागरिक समाजकोतर्फबाट स्वागत गरिएको छ ।  सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष नेतृत्व आचार्यले डिआइजी खत्रीको नेतृत्वमा शान्ति सुरक्षा कायम गर्न, चोरी–तस्करी नियन्त्रण गर्न तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न थालिएको विशेष अभियानबाट वास्तविक व्यवसायी खुसी भएको बताउँदै प्रहरीद्वारा सञ्चालित अभियानलाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी, नागरिक समाज, रुपन्देहीले पनि गैरकानुनी रुपमा हुने व्यवसायको न्यूनीकरण तथा नियन्त्रण गरी समाजमा सुशासन कायम गर्ने र राजस्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालित अभियानमा सक्रिय प्रहरी प्रशासनलाई सहयोग गर्ने जनाएको छ । रासस