© 2023
दार्चुला । शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षाका लाभग्राहीको नवीकरणमा समस्या भएको छ । सरकारले ज्येष्ठ नागरिकलगायत लाभग्राहीको बायोमेट्रिक प्रमाणीकरण गरेर मात्र नवीकरण गर्नुपर्ने व्यवस्था गरेपछि वडाहरुमा नविकरण गर्न समस्या भएको हो । वडा नं. १ का सचिव शेरसिंह खडायतका अनुसार इन्टरनेट विना बायोमेट्रिक सम्भव छैन ।