• ४ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 19 2024
  •   Unicode
Logo
कश्मिरमा बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार, दुई जना पक्राउ

काठमाडौं । भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो । नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमीक दिने प्रलोभनमा कश्मिर पुर्‍याइ बन्धक बनाइएका उनीहरुलाई उद्धार गरिएको हो ।