• १७ असार २०७९, शुक्रबार
  •      Fri Jul 1 2022
Logo
धादिङको थाक्रेमा अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

धादिङ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी हुनुभएको हो । आचार्यले १० हजार ३५५ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद विडारीले आठ हजार ११६ मत प्राप्त गर्नुभयो ।