समाज – News Polar

सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव बहुमतले परित गरिएको हो ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले वार्षिक नीति तथा कार्यक्रमको छलफलमाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै प्रदेशसभा सदस्यहरुबाट छलफलका क्रममा आएका सुझावलाई बजेट वक्तव्यमा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने
काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र विविध कारणले वडाबाट नवीकरण र अद्यावधिक गर्न छुट भएका क्रियाशील सदस्यहरुले आगामी असार २० गतेभित्रमा निवेदन दिन सक्ने जनाएको छ ।

कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आजको बैठकले छुटेका निरन्तरतासहित अद्यावधिक गर्न चाहने क्रियाशील सदस्यहरुले असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने निर्णय गरेको हो ।

पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले पार्टीको १५औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुनुहुने सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत डिजिटल प्रणालीमा रहेका कुल सात लाख ८२ हजार २०९ क्रियाशील सदस्यहरूमध्ये यही जेठ २८ गते राति १२ः०० बजेसम्म कुल छ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यहरूको विवरण ‘डिजिटल’ प्रणालीमा प्रविष्ट भएको समितिले जनाएको छ ।

यसरी ‘अनलाइन’मार्फत प्रविष्ट भएका फाराम वडा तहबाट आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिले निर्देश गरेको छ । तोकिएको समयसीमाभित्र वडा तहबाट अनुमोदन नभएमा विधानबमोजिम क्रियाशील सदस्यता प्राप्त गर्न÷नवीकरण गर्न योग्य सदस्यहरुलाई केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाइने छ ।

इन्टरनेटको पहुँच अति कम भएका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी जिल्लाका केही पालिकाहरु तथा क्रियाशील सदस्यता अद्यावधिक ढिलाइ भएका बारा र खोटाङ जिल्लाका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय आगामी असार ७ गतेसम्म कायम गरिएको छ ।

त्यस्तै कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य आगामी असार १० गतेसम्म कायम गरिएको छ । साथै क्रियाशील फाराम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण कार्य असार २० गतेसम्मका लागि कायम गरिएको छ ।

क्रियाशील सदस्यता नवीकरण गरी अद्यावधिक गरिएका र नयाँ क्रियाशील सदस्यता वितरण गर्दा शुल्क नबुझाएको भए त्यस्ता क्रियाशील सदस्यहरुलाई यथाशीघ्र शुल्क बुझाउन आग्रह गरिएको छ । तोकिएको शुल्क नबुझाउने क्रियाशील सदस्यले १५औँ महाधिवेशन प्रक्रियामा भाग लिन नपाउने समितिको निर्णय छ ।

विविध कारणले अद्यावधिक गर्न छुट हुन गएका वडाहरुले आफ्नो वडाभित्र क्रियाशील सदस्यता अद्यावधिक हुन बाँकी रहेका क्रियाशील सदस्यहरुको सङ्ख्या खुलाई सोको अद्यावधिकका लागि आवश्यक पर्ने समयावधि सात दिन नबढ्ने गरी केन्द्रीय कार्यालयको इमेलमा निवेदन दिन सकिने छ ।

क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणलाई कांग्रेसको १५औँ महाधिवेशनको मूल कार्यतालिका प्रभावित नहुने गरी समय मिलान गरिदिन केन्द्रीय समितिमा सिफारिस गर्ने पनि समितिको निर्णय छ । समितिले कांग्रेसको विधानअनुसार ३५ वर्षमुनिका युवाहरुलाई क्रियाशील सदस्यता वितरण गर्न युवा केन्द्रित अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । रासस

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
बागलुङ। जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ ।

प्रहरीले नदी आसपास र विभिन्न सडकखण्डमा चाँच गर्दा पाँच वटा सवारीसाधान नियन्त्रणमा लिएको हो ।

अवैध रूपमा बालुवा उत्खनन् गरी ढुवानी गर्दै गरेको अवस्थामा प्रहरीले दुई वटा टिपर र तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । उहाँका अनुसार ती सवारीसाधान बागलुङ नगरपालिका-१ मालढुङ्गाबाट नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सावारीसाधानलाई कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाएको प्रहरी नायब उपरीक्षक त्वातीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सवारी चेकजाँचका क्रममा अवैध रूपमा उत्खनन्् गरी ओसारपसार गरिरहेका सवारीसाधानलाई नियन्त्रणमा लिएका छौँ । ती सवारीलाई नगरपालिकाले जरिवाना गर्नेछ ।

प्रहरीले ठाउँठाउँमा पाँच गर्दै आएको छ, अवैध भएको थाहा पाउँनासाथ नियन्त्रण लिन्छौँ ।” रासस

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
कञ्चनपुर। रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् ।

रोगका कारण बेर्ना जलेको जस्तो देखिने, पहेँलो हुँदै सुक्ने तथा नष्ट हुने समस्या बढ्दै गएको हो ।

स्थानीय पिपलाँडीका किसान जोखुराम चौधरीले रोगका कारण धानको बेर्नामा क्षति भएपछि रोपाइँ गर्न नपाइने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो । “बेर्ना जलेको जस्तो देखिने र विस्तारै सुक्दै जाने समस्या देखियो”, उहाँले भन्नुभयो, “पहिलोपटक तयार गरेको बेर्ना अधिकांश नष्ट भएपछि पुनः बीउ छर्नुपरेको छ । रोपाइँ सुरु हुने बेला फेरि बेर्ना तयार गर्नुपर्ने अवस्था आएको छ ।” उहाँका अनुसार समयमा रोग पहिचान गरी नियन्त्रण गर्न नसकिए रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा असर पर्ने देखिन्छ ।

नगरपालिकाका कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले पछिल्ला दिनमा बेर्नामा रोग लागेको गुनासो लिएर आउने किसानको सङ्ख्या बढ्दै गएको बताउनुभयो । धानको बेर्नामा ढुसीजन्य रोग देखिएकाले किसानलाई सतर्क रहन र आवश्यक प्राविधिक परामर्शका लागि कृषि विकास शाखामा सम्पर्क गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

“नगरको प्रमुख खाद्यान्न बाली धान हो”, बुढाऐरले भन्नुभयो, “बेर्नामा समस्या देखिएकाले त्यसलाई नियन्त्रण नगरी रोपाइँ गर्दा उत्पादनमा ठूलो असर पर्न सक्छ, त्यसैले किसानलाई सचेत गराउने र रोग व्यवस्थापनका उपायबारे जानकारी दिने काम गरिरहेका छौँ ।”

रोग नियन्त्रणका लागि ‘कार्बेन्डाजिम’ र ‘म्यान्कोजेब’ विषादी दुई दशमलव पाँच ग्रामका दरले प्रतिलिटर पानीका मिसाएर बेर्ना राम्रोसँग भिज्ने गरी छर्कन उहाँले सुझाव दिनुभयो । सात-सात दिनको अन्तरालमा उक्त विषादी प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

रोग फैलिन नदिन नियमित अनुगमन, प्राविधिक परामर्श तथा आवश्यक व्यवस्थापनका उपाय अपनाउन कृषि विकास शाखाका प्रमुख बुढाऐरले किसानलाई आग्रह गर्नुभयो । समयमा रोगको पहिचान गरी उपचार गर्न सके बेर्नालाई थप क्षति हुनबाट जोगाउन सकिने उहाँले बताउनुभयो । धानखेतीको मुख्य याम सुरु भइसकेका बेला बेर्नामा ढुसीजन्य सङ्क्रमण देखिएपछि किसान उत्पादन घट्ने चिन्तामा परेका छन् ।  रासस

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण
काठमाडौँ। सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का क्रममा करिब १८ हजार बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता अभियान सञ्चालन गरेको हो ।

उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै १८ हजार ३०९ बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानको क्रममा १० लाख ३५ हजार २०१ बालबालिकामा परीक्षण गरिएकामा १८ हजार ३०९ जना बालबालिका शीघ्र कडा कुपोषितबाट ग्रसित देखिएका हुन् ।

जाँच गर्दा ८८ हजार २०५ बालबालिकामा शीघ्र कुपोषित रहेका पाइएको पोषण शाखा प्रमुख थापाले बताउनुभयो । सरकारले गत वैशाख १५ देखि जेठ १५ गतेसम्म छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न, शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

“यसपटक हामीले देशभरि नै अभियान सञ्चालन गरेको हुनाले कडा शीध्र कुपोषण भएका बालबालिका धेरै देखिएका हुन्”, पोषण शाखा प्रमुख थापाले भन्नुभयो, “शीघ्र कडा कुपोषण सङ्ख्या धेरै देखिएकाले आगामी दिनमा सोहीअनुसार योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नेछौँ ।”

कडा शीघ्र कुपोषण सबैभन्दा बढी मधेश प्रदेशका आठ हजार ३८०, लुम्बिनीमा तीन हजार १५, सुदूरपश्चिममा एक हजार ७५८, कोशीमा एक हजार ५९०, कर्णालीमा एक हजार ५०३, बागमतीमा एक हजार ४०१ र गण्डकी प्रदशेमा ६६२ जनामा देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे, करङ्ग देखिने खालका हुन्छन् ।

यस्तो किसिमको कुषोषण लागेका बालबालिकालाई ‘तयारी उपचारात्मक खाना’ दिने भएकाले उक्त तयारी खाना खाएपछि बालबालिका स्वस्थ्य हुने पोषण शाखा प्रमुख थापाले बताउनुभयो । तयारी खाना दिँदा पहिलेको अवस्थामा नआएका बालबालिकाका लागि देशभर २५ वटा पुनःस्थापना केन्द्रमार्फत आमा र बच्चा दुवैलाई दैनिक रूपमा हेरेर तयारी खाना खुवाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै शीघ्र कुपोषण पनि सबैभन्दा बढी मधेस प्रदेशमा ३८ हजार ९४८ जना बालबालिकामा देखिएको पोषण शाखा प्रमुख थापाले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनीमा १७ हजार ८७९, सुदूरपश्चिममा नौ हजार ३४४, कोशीमा छ हजार ५९६, बागमतीमा छ हजार ४८०, कर्णालीमा पाँच हजार ९८९ र गण्डकी प्रदेशमा दुई हजार ९६९ जनामा देखिएको छ । शीघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेरअनुसार तौल नहुने, लुरे हुने गर्दछन् ।

सरकारले आगामी वर्षदेखि बालबालिका र आमाको पोषणको अवस्था ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ लाई नियमित कार्यक्रममा समावेश गर्ने तयारी गरिसकेको शाखाका प्रमुख थापाले जानकारी दिनुभयो ।  रासस

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू
काठमाडौँ। मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २५ जना कलाकारले क्यान्भासमा यहाँका २५ सम्पदा उतारेका छन् ।

गत शनिबारदेखि सुरु भएको ‘चित्रकलामा मध्यपुरका सम्पदाहरू’ शीर्षकको कार्यशाला आयोजना गरी कलाकारले चित्रण गरेका चित्रकला आज यहाँको बोडेमा प्रदर्शन गरिएको छ ।

यहाँ २० वटा भौतिक र चार वटा अभौतिक सम्पदाका चित्र क्यान्भासमा सजिएका छन् । आज बोडेस्थित मध्यपुर थिमी नगरपाकिला वडा नं ८ को प्राङ्गण महालक्ष्मीस्थानमा उक्त चित्रकला प्रदर्शन गरिएको छ ।

मध्यपुर थिमि नगरपालिका–८ बोडेको आयोजना तथा एमेजिङ आर्ट एन्ड ट्रेनिङ सेन्टरको संयोजनमा उक्त कार्यक्रम सुरु भएको हो । कार्यशालामा शनिबारीय स्थलगत चित्रकला कार्यशाला अभियानको सहकार्य छ ।

आजको प्रदर्शनीका अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले दैनिक रूपमा हिँड्दा देखिरहने क्षेत्रलाई क्यान्भासमा नियाल्दा छुट्टै आनन्द र मौलिकता देखिएको बताउनुभयो । उहाँले यस क्षेत्रमा ७५० भन्दा बढी मूर्तअमूर्त सम्पदा रहेका जानकारी दिँदै यो चित्रकला कार्यशाला र प्रदर्शनीले पालिकाको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

यस क्षेत्रलाई पर्यटन विकास गर्ने योजनासहित कार्यशाला आयोजना गरिएको बताउँदै नगरप्रमुख श्रेष्ठले यहाँका कला, संस्कृति र पर्वहरू राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रसम्म देखाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्ता कला कार्यशाला व्यापक बनाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मध्यपुर थिमि नगरपालिका–८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठले सम्पदाहरूको चित्र उतारेर सहयोग गर्ने कलाकारलाई धन्यवाद दिँदै जीवन्त सम्पदाको चित्रकलामा दस्तावेजीकरण भएको बताउनुभयो । यहाँ भौतिक र अभौतिक सम्पदा धेरै रहेका भन्दै ती सम्पदाको प्रचारप्रसार नहुँदा बिक्री गर्न नसकिएको उल्लेख गर्नुभयो । यस्ता कार्यक्रम आयोजना गरी पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको जनाउँदै उहाँले पर्यटन क्षेत्रबाट आर्थिक रुपान्तरण गर्ने सोचका साथ काम थालिएको बताउनुभयो ।

शनिबारीय चित्रकला कार्यशाला अभियानका कार्यक्रम संयोजक दिवेश प्रधानले आज २५ वटा सम्पदालाई चित्रमा उतारेर हस्तान्तरण गरिएको जनाउँदै यसमार्फत प्रचारप्रसरा भई पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि पनि मध्यपुरमा चित्रकला कार्यशाला आयोजना गरेर यहाँको सम्पदाको संरक्षणमा आफूहरूले काम गरिसकेको उल्लेख गर्दै उहाँले यहाँ २० वटा भौतिक र पाँच अभौतिक गरी मध्यपुरका विभन्नि २५ वटा सम्पदा क्यान्भासमा उतारिएको जानकारी दिनुभयो ।

उक्त कार्यशालामा सहभागी कलाकारहरू राजेन्द्र याकामीले ‘सिद्धिकाली’, दिपेन्द्रमान बनेपालीले ‘दिगु भैरव’, दिवेश प्रधानले ‘गुँगः चिवाः’, पुण्यराम माताँले ‘सिद्धीगणेश’, कान्छाकाजी भासिमाले ‘भूलाँखेल’, झलक केसीले ‘नारायणम लाछी’, हरि प्रजापतिले ‘जिब्रो छेड्ने जात्रा’, प्रविण श्रेष्ठले ‘भैरव नाच’, कृष्णपुकार श्रेष्ठले ‘नारायण मन्दिर’, जुजुभाई बासँ श्रेष्ठले ‘नीलबाराही’, लक्ष्मीप्रसाद खोटेजाले ‘विष्णुविट’ र रुविन वादेले ‘पाँचो गणेश’ उतार्नुभएको छ ।

त्यस्तै, कलाकार लाक्पा शेर्पाले ‘स्तुपा’, मिलन थापाले ‘दक्षिण बाराही’, मङ्गलकृष्ण प्रजापतिले ‘बिस्केट जात्रा’, चन्द्रा श्रेष्ठले ‘चपाचो गणेश’, राधेश्याम कर्माचार्यले ‘लोकेश्वर’, गौरीमाया कोजुले ‘प्रथम गणेश’, सुन्दर श्रेष्ठले ‘स्वेतभैरव’, अर्वित प्रजापतिले ‘बोदे’, विशाल मानन्धरले ‘पुलिकिसी’, अजेश तृक्षले ‘निलबाराही नाच’, विवेश श्रेष्ठले ‘कुमारी पार्क’ र पूजा दुवालले ‘महालक्ष्मी’लाई क्यान्भासमा उतार्नुभएको छ ।

चित्रलाई ‘बुकलेट’का रूपमा प्रचारप्रसार गर्न उपयोग गरिने र सङ्ग्रहालय बनाएर राख्ने योजना रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । रासस

धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
काठमाडौँ: गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनधिकृत अतिक्रमण तत्काल हटाउन अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको छ।

संस्थानद्वारा जारी सूचनाअनुसार धनुषा जिल्लाका विभिन्न स्थानमा रहेका राजगुठीका मठ-मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गा केही व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माणसमेत गरेर भोगचलन गरिरहेको पाइएको छ।

यस्तो कार्यले सार्वजनिक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षणमा चुनौती सिर्जना गरेको भन्दै गुठी संस्थानले सम्बन्धित सबैलाई तत्काल अतिक्रमण हटाउन आग्रह गरेको छ। सूचनाको अवज्ञा गरी अनधिकृत संरचना वा कब्जा कायम राखिएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही अघि बढाइने संस्थानले स्पष्ट गरेको छ।

गुठी संस्थानले राजगुठी अन्तर्गतका मठ–मन्दिर, पोखरी तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापन सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न स्थानीयवासी, सम्बन्धित निकाय तथा अतिक्रमणकारीलाई आह्वान गरेको छ।

शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी
सिन्धुली: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव नहुने बताउनु भएको छ ।

सिन्धुली कमलामाई-६, माढीबजारमा रहको गौमती माध्यमिक विद्यालयको नवनिर्मित भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दे पूर्व राष्ट्रपति भण्डारीले शिक्षा कुनै पनि राष्ट्रको समृद्धि, सामाजिक रूपान्तरण र सभ्यताको विकासको लागि सबैभन्दा महत्त्वपूर्ण आधार भएको जनाउनु भयो ।

उहाँले भन्नुभयो “शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुँदैन । त्यसैले विद्यालयहरू केवल पठनपाठनका केन्द्र मात्र होइनन्, योग्य, जिम्मेवार र चरित्रवान् नागरिक निर्माण गर्ने प्रमुख थलो पनि हुन् ।”

उहाँले भन्नुभयो सामुदायिक विद्यालयहरू सफल हुनुको मुख्य आधार स्थानीय समुदायको सक्रिय सहभागिता र अपनत्व नै हो । गौमती माध्यमिक विद्यालयको प्रगतिले यही सत्यलाई पुष्टि गरेको छ ।

उहाँले भन्नुभयो “विश्व तीव्र रूपमा परिवर्तन भइरहेको छ । विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन, डिजिटल रूपान्तरणका साथै जलवायु सङ्कटजस्ता वैश्विक चुनौतीहरूले मानव जीवनका सबै क्षेत्रमा नयाँ अवसर र गम्भीर चुनौतीहरू सिर्जना गरिरहेका छन् । यस्तो परिवर्तित सन्दर्भमा हाम्रा विद्यालयहरूले विद्यार्थीहरूलाई केवल परीक्षा उत्तीर्ण गराउने मात्र होइन, प्राविधिक तथा व्यावसायिक रूपमा दक्ष, सिर्जनशील, अनुसन्धानमुखी, प्रतिस्पर्धी र उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ । साथै, जलवायु परिवर्तन र वातावरणीय संकटप्रति सचेत, उत्तरदायी र समाधानमुखी सोच भएका नागरिक तयार गर्नु पनि आजको शिक्षाको अनिवार्य दायित्व हो । परिवार, समाज र राष्ट्रप्रति जिम्मेवारी बोध भएका असल नागरिक निर्माण गर्नु शिक्षाको मूल उद्देश्य हुनुपर्छ । त्यसका लागि दक्ष र प्रतिबद्ध शिक्षक, आधुनिक पूर्वाधार, प्रविधिमैत्री शिक्षण प्रणाली तथा जीवनोपयोगी सीपको विकासमा विशेष ध्यान दिनुपर्दछ ।”

सो अवसरमा पूर्व राष्ट्रपति भण्डारीले नवनिर्मित भवनको अवलोकन गर्नुका साथै विधालय भवन निर्माणमा सहयोग पुर्याउनेहरुलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन गरी सबै पदमा सबै उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ ।

इप्पानले वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान २०७८ लाई संशोधन गरी सबै पदमा चुनाव गराउने गरी व्यवस्था गरेको हो । यस्तै, अध्यक्षको हकमा एक कार्यकालमा कार्यसमितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

विधानमा संशोधन गरी पाँच उपाध्यक्षको सङ्ख्या सात बनाएको छ । पाँच सचिवलाई सात र स्थायी आमन्त्रित सदस्यका रुपमा पाँच जनालाई मनोयन गर्ने व्यवस्था गरिएको छ ।

यो विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रुपमा कार्यान्वयनमा आउनेछ । इप्पानका निर्वतमान अध्यक्ष गणेश कार्कीले संस्थालाई बढीभन्दा बढी समावेशी र लोकतान्त्रिक अभ्यास गर्ने थलोका रुपमा विकास गर्नेगरी विधान संशोधन गरिएको जानकारी दिनुभयो ।

पारित भएको विधानअनुसार, इप्पानको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन कुनै राजनीतिक दलमा आबद्ध हुनु नहुने र कुनै समय भएमा त्यागेको प्रमाण पेस गर्नुपर्ने पनि संशोधित विधानमा उल्लेख छ ।

इप्पानको २४औँ वार्षिक साधारणसभा एवं आठौँ अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा २५ नयाँ कार्यसमिति चयन भएको छ । आज  बिहान सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्यसमितिमध्ये डाँगी नेतृत्वमा कोषाध्यक्षबाहेक सर्वसहमतिमा २५ कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा तथा उपाध्यक्षहरुमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित हुनुभएको छ ।

वार्षिक साधारणसभाबाट पारित नयाँ संशोधित विधानअनुसार उपाध्यक्षमा बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई  थप गरी सात उपाध्यक्ष पुर्याइएको छ । यसैगरी, महासचिवमा टिएन आचार्य चयन हुनुभएको छ ।  रासस

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना
पाल्पा। जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी) सङ्क्रमित छन् । जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयकुष्ट रोग अधिकृत विश्वनाथ न्यौपानेका अनुसार जिल्लामा हालसम्म रहेका एचआइभी सङ्क्रमितमध्ये ३५४ जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।

विभिन्न कारणले एचआइभी सङ्क्रमण भएकाहरूले पाल्पा अस्पताल र रामपुर अस्पतालका ‘एआरटी सेन्टर’ बाट नियमित औषधि सेवन गरिरहेका हुन् । औषधि सेवन गर्नेमध्ये १२ जना बालबालिका रहेका न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा पाँच जना एचआइभी सङ्क्रमितको मृत्यु भएको थियो ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने भन्दै क्षयकुष्ट रोग अधिकृत न्यौपानेका अनुसार अपमान, भेद्भाव र लाञ्छनाका कारण समाजमा खुल्न सकिरहेका छैनन् । समाज हुनसक्ने तिरस्कारको डरले अझै पनि केही सङ्क्रमित खुल्न नसकेका उहाँको भनाइ छ । नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशिनेहरू एचआइभीको उच्च जोखिममा रहेका उहाँले जानकारी दिनुभयो ।

यसैबीच, स्वास्थ्य कार्यालय पाल्पाले सचेतना फैलाउन जनप्रतिनिधि, पत्रकार, प्रहरी र एचआइभी सङ्क्रमित तथा जोखिम समूहबीच अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरूले एचआइभी सङ्क्रमितले नियमित रूपमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्नेमा जोड दिएका छन् ।

समयमा, नियमित औषधि सेवन गर्दा भाइरसको प्रभाव नियन्त्रणमा रहने, रोग प्रतिरोधात्मक क्षमता सुदृढ हुने तथा स्वस्थ जीवनयापन गर्न सहज हुने सहभागीहरूले बताएका हुन् । सङ्क्रमित व्यक्तिले एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) नियमित रूपमा सेवन गरेमा शरीरमा भाइरसको मात्रा न्यून रहने क्षयकुष्ट रोग अधिकृत न्यौपानेले बताउनुभयो ।

सरोकार भएका निकायका प्रतिनिधिले औषधि सेवनमा लापरबाही गर्दा उपचारको प्रभावकारिता घट्न सक्ने र स्वास्थ्य अवस्था जटिल बन्न सक्नेतर्फ सचेत गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले सङ्क्रमितलाई नियमित स्वास्थ्य परीक्षण गराउन, सन्तुलित आहार लिन र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिनुभयो ।

नेपाल परिवार नियोजन सङ्घ पाल्पाका प्रबन्धक शोवाकान्त न्यौपानेले एचआइभी लागेका व्यक्तिले नकारात्मक सोच राख्न नहुने भन्दै आधारभूत सेवा, शिक्षा, स्वास्थ्य र रोजगारबाट वञ्चित गराउन नहुनेमा जोड दिनुभयो ।

प्रतिबद्ध समूहकी प्रबन्धक अस्मिता भण्डारीले सङ्क्रमितहरू समाजको भय र त्रासले खुल्न नसकेका भन्दै सचेतनाको विकास गरी सङ्क्रमितलाई श्रासरहित वातावरणमा बाँच्न पाउने वातावरण सुनिश्चित गराउन सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले सञ्चारमाध्यमबाट यसबारे सचेतनामूलक सामग्री प्रचारप्रसार गरी समाज परिवर्तनमा भूमिका निर्वाह गर्न सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । रासस

कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस
विराटनगर।  कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण विवरण पेस गर्नुभएको छ ।

उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन रु ६६ खर्ब १० रहने अनुमान गरिएकामा कोशी प्रदेशको अंश १५ दशमलव आठ प्रतिशत अर्थात् रु १० खर्ब ४३ अर्ब १२ करोड रहने प्रक्षेपण गरिएको उल्लेख छ ।

आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशको आर्थिक वृद्धिदर दुई दशमलव ७२ प्रतिशत रहेकामा आर्थिक वर्ष २०८२/८३ मा सुधार भई तीन दशमलव १३ प्रतिशत रहने अनुमान छ । चालु आर्थिक वर्षको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ दशमलव पाँच प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ६७ दशमलव पाँच प्रतिशत रहने अनुमान रहेको सर्वेक्षणमा उल्लेख छ ।

उहाँले आर्थिक वर्ष २०८२/८३ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा एक हजार ५१३ अमेरिकी डलर रहने अनुमान गरिएकामा कोशी प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ४१० अमेरिकी डलर रहने प्रक्षेपण छ ।

विशेष समय

कोशी प्रदेशसभाको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेयाङ्बोले नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेको उल्लेख गर्र्दै स्थानीय जनताले आफ्नै बलमा ती सुरक्षाकर्मीहरुलाई धपाउनु गौरवको काम भएको बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट समावेशी, पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।

आकस्मिक समय

कोशी प्रदेशसभाको आकस्मिक समयमा पूर्वमुख्यमन्त्री केदार कार्कीले विराटनगर महानगरपालिकाको बखरीस्थित सम्पत्र बस्तीको विषयमा उठेको विषयमा असहमति जनाउनभयो । उहाँले क्रृषिदेव समुदायका लागि बनाइएको सम्पत्र बस्तीमा कुनै पनि आर्थिक चलखेल नभएको र अहिले त्यहाँका बसोबासी जग्गाधनी भएकामा जोड दिनुभयो ।

शून्य समय

कोशी प्रदेशसभाको शून्य समयमा प्रदेशसभा सदस्य जीवन आचार्य, गीतादेवी रेग्मी, गोम्बू शेर्पा र शीला दीक्षित कार्कीले प्रदेशको विविध पक्षमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ४ बजे बस्नेछ ।  रासस

वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मुलुकमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशुन्य र तर्कहीन बन्दै गएको बताउनुभएको छ ।

काठमाडौंमा शनिवार नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष राउतले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा पनि ‘सेलेब्रिटी’ प्रवृत्ति र विध्वंशप्रति आकर्षण बढेको टिप्पणी गर्नुभयो । राजनीतिमा विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले हालको राजनीतिक अवस्थालाई ‘विचारशुन्य युग’को संज्ञा दिँदै सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको तर्क गर्नुभयो ।

संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यतामा ह्रास आएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्त भएपनि सर्वसाधारणले त्यसलाई अनावश्यक ठान्ने परिस्थिति निर्माण हुनु दुःखद भएको बताउनु भयो ।

अध्यक्ष राउतले पछिल्लो समय राज्यले अवलम्बन गरेको डोजर संस्कृतिको पनि आलोचना गर्नुभयो । भौतिक संरचनाहरू भत्काउनुलाई विकास र शक्तिको प्रदर्शनका रूपमा बुझ्नु गलत भएको उहाँको भनाइ छ ।

पुरानो पुस्ताका नेताहरूले दशकौँ जेलनेल भोगेको र जनताको सेवामा समर्पित भएको भए पनि नयाँ पुस्ताले त्यसको मूल्याङ्कन गर्न छाडेको उहाँको विश्लेषण छ ।

डा. राउतले भन्नुभयो, हामीले एउटा सचेत र विचारले लैस वैकल्पिक राजनीतिक शक्तिको परिकल्पना गरेका थियौँ, तर आज त्यसको ठिक उल्टो वैचारिक शून्यता भएको शक्ति जन्मिएको छ । जमिन वा संरचना अवैध भए त्यसलाई राज्यले राष्ट्रियकरण गर्नुपर्छ, तर अर्बौँको क्षति हुने गरी डोजर लगाएर भत्काउनु राष्ट्रिय सम्पत्तिको विनाश हो । हामी चौबीसै घण्टा जनताको सेवामा उपलब्ध हुन्छौँ, तर आजभोलि टाढैबाट हात हल्लाउने र जनतासँग नभेट्ने प्रवृत्तिप्रति आकर्षण बढेको छ । यो डार्क साइकोलोजी र एल्गोरिदमको खेल हो, जसमा हामीजस्ता भुईँतहमा काम गर्ने नेताहरू चुकेका छौँ ।’

आफूहरूले प्रविधि र नयाँ जमानाको सञ्चार शैलीलाई आत्मसात गर्न नसक्दा पछाडि परेको स्वीकार गर्दै उहाँले अब नयाँ पुस्ताको चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । विचार र सिद्धान्तविहीन राजनीतिले मुलुकलाई कतै नपु¥याउने भन्दै उहाँले राजनीतिक दलहरूमा गम्भीर समीक्षाको खाँचो रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको दाबी गर्दै अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डा. भट्टराईले अर्थशास्त्रको ‘रचनात्मक ध्वंस’ को नियम झैँ नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गर्नुभएको हो ।

भट्टराईले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञान, प्रविधि र मध्यम वर्गको भावनालाई बुझेर अगाडि बढेकाले सफलता पाएको बताउनु भयो ।

यद्यपि रास्वपाको वैचारिक धार ‘राइट अफ सेन्टर’ (दक्षिणपन्थी ढल्काइ) रहेको टिप्पणी गर्नुभयो । देशको बहुसङ्ख्यक जनता अझै पनि गरिबीको रेखामुनि रहेको र ७०-८० प्रतिशत नागरिक शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारीबाट वञ्चित रहेको तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा उहाँले जोड दिनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले पुराना शक्तिहरूको विकल्पमा कम्तीमा दुईवटा प्रमुख वैकल्पिक शक्तिहरू हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँकाअनुसार एउटा रास्वपा जस्तो ‘राइट अफ सेन्टर’ र अर्को प्रगतिशील विचार बोक्ने ‘लेफ्ट अफ सेन्टर’ (मध्य–वामपन्थी) शक्तिबीच प्रतिष्पर्धा हुनुपर्छ । यी दुई धारले राष्ट्रियताको मुद्दामा सहकार्य र नीतिगत विषयमा प्रतिष्पर्धा गर्दा मात्रै देशको हित हुने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘उहाँहरूलाई अहिले शङ्काको सुविधा दिनुपर्छ । भर्खरै उदय भएको शक्तिलाई शुरुमै आलोचना गर्नुभन्दा पनि काम गर्ने अवसर दिनुपर्छ । नेपालको जातीय, क्षेत्रीय विविधता र आर्थिक पछौटेपनलाई केवल बजारको भरमा मात्र छाड्न सकिँदैन । यसका लागि राज्यको सक्रिय भूमिका भएको विकासमुखी बाटो आवश्यक छ ।’

आफ्नो राजनीतिक अभियानका क्रममा ‘नयाँ शक्ति’ को ब्रान्ड स्थापित भइसकेपछि पटक–पटक नाम परिवर्तन गर्दा जनतामा अन्योल उत्पन्न भएको र त्यो आफूहरूको कमजोरी रहेको उहाँले स्वीकार गर्नुभयो ।

डा. भट्टराईले पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ नरहेको भन्दै वैकल्पिक शक्तिहरू नै अबको निकास भएको दाबी गर्नुभयो । बहुमत वा दुई–तिहाइको सरकारले मात्रै निकास नदिने उदाहरण विगतका सरकारहरूले पुष्टि गरिसकेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
काठमाडौँ। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सभ्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ ।

हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी आवका लागि निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ५० करोड बजेट विनियोजन गरेको छ ।

ग्वार्काे सातदोबाटो एकान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख छुट्याएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ ।  त्यसैगरी, सुरुङमार्ग विकास कार्यक्रमका लागि तीन करोड ७७ लाख ८० हजार बजेट छुट्याएको छ ।

मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार बजेट विनियोजन गरेको छ । त्यसैगरी, विभिन्न प्रस्तावित सुरुङमार्गहरुको सम्भाव्यता अध्ययनका लागि एक लाख ९० हजार बजेट छुट्याएको छ ।

त्यसैगरी, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि पाँच लाख ६० हजार बजेट विनियोजन गरेको छ । त्यस्तैगरी, दोलालघाट चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार विनियोजन गरेको छ । हात्तीसार बबई सुरुङमार्गका लागि सात लाख ५६ हजार छुट्याएको छ । खुर्काेट चियाबारी सुरुङमार्गको अध्ययनका लागि तीन लाख ९२ हजार विनियोजना गरेको छ ।

त्यसैगरी, शिवपुर भालुवङ्ग सुरुङमार्गका लागि तीन लाख ९२ हजार रकम  छुट्याएको छ । रानीघाट भुरीगाउँ सुरुङमार्गका लागि तीन लाख ९२ हजार बजेट छुट्याएको छ । रासस

डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ। नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका एक कैदीबन्दीलाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, डाँका चोरी मुद्दाका फरार दोलखा शैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठलाई पक्राउ गरेको हो ।

उक्त मुद्दामा नक्खु कारागार ललितपुरमा ५ वर्ष कैद सजाय भुक्तान गरिरहेको अवस्थामा गत भदौ २४ को आन्दोलनका क्रममा भागी फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानका लागि नक्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले दाङको लमही नगरपालिका–९ अमिलियास्थित नमस्ते होटलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । उनीहरुका साथबाट २१४ ग्राम पहेँलो धातु बरामद गरिएको हो ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ मग्मा बस्ने २२ वर्षीय दिलीप परियार रहेका छन् ।

इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त होटलको कोठा तलासी गर्दा उक्त धातुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषामा एक मिनिट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक रामभरत मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले मिनिट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

यस्तै, बागलुङ, ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित सडकमा बोबाङबाट बुर्तिबाङतर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर गएराति दुर्घटना हुँदा चालक आशिक घर्ती मगरको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  रासस

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम
तेह्रथुम।  म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पाँचदिने उद्यमशीलता तालिम प्रदान गरेको छ ।

यही जेठ २६ देखि ३० गतेसम्म सञ्चालन भएको तालिममा नगरपालिकाभित्रका २५ जना वैदेशिक रोजगारीबाट फर्किएका युवाको सहभागिता रहेको म्याङलुङ नगरपालिकाका रोजगार संयोजक अनिल नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा उद्यम सञ्चालन गर्ने तरिका, लगानी व्यवस्थापन, वित्तीय साक्षरता तथा बैङ्किङ ऋणसम्बन्धी जानकारीका साथै मनोसामाजिक परामर्शसमेत प्रदान गरिएको थियो ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्न सकून् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताउनुभयो ।

म्याङलुङ नगरपालिका रोजगार, सीप तथा उद्यमशीलता केन्द्र तेह्रथुमले आयोजना गरेको तालिममा म्याङलुङ नगरपालिकाका सामाजिक विकास अधिकृत जगदीश सुवेदी, मनोसामाजिक परामर्शदाता पुनम भण्डारी, उद्यम विकास सहजकर्ता विनोद भण्डारी तथा नबिल बैङ्क लिमिटेड म्याङलुङ शाखाका शाखा प्रबन्धक भरत भारतीले सहजीकरण गर्नुभएको थियो ।

तालिममा सहभागी म्याङलुङ–९ का सन्तोष लिम्बूले वैदेशिक रोजगारीबाट फर्किएपछि आफूले सिकेको सीपलाई उद्यममा रूपान्तरण गर्ने विषयमा उपयोगी जानकारी प्राप्त भएको बताउनुभयो । ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताका रूपमा कार्यरत लिम्बूले तालिमले आफ्नो पेसालाई व्यावसायिक रूपमा विस्तार गर्न सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो ।

यस्तै, म्याङलुङ–१ का बखत दाहालले १८ वर्ष वैदेशिक रोजगारीमा बिताएपछि स्वदेश फर्किएको उल्लेख गर्दै तालिमबाट रोजगार सिर्जना, लगानी व्यवस्थापन, बैङ्किङ प्रक्रिया तथा मनोसामाजिक पक्षबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताउनुभयो ।

उहाँले तालिमले आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्न प्रेरणा मिलेको सुनाउनुभयो । नगरपालिकाले रोजगारमूलक सीप विकासका लागि अहिले ब्युटिसियन, बारिस्टा, हाते ट््याक्टर मर्मत, ड्राइभिङ र कुकसम्बन्धी तालिमसमेत सञ्चालन गरिरहेको रोजगार संयोजक नेपालले जानकारी दिनुभयो । रासस

विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
काठमाडौँ। सरकारले जलविद्युत् आयोजनाको रोयल्टी हिस्सा बाँडफाँटको आधार तथा ढाँचाका बारेका सम्बद्ध पक्षलाई जानकारी दिँदै सोही अनुसार गर्न गराउन आग्रह गरेको छ ।

विद्युत् विकास विभागले रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणका लागि आयोजनाको भौगोलिक अवस्थिति, प्रभावित स्थानीय तहको क्षेत्रफल र जनसङ्ख्यालाई मुख्य सूचकका रुपमा लिँदै सोही अनुसार प्रबन्ध गर्न आग्रह गरेको छ ।

विभागले भौगोलिक अवस्थितिको भार ५० प्रतिशत, प्रभावित क्षेत्रको क्षेत्रफलको भार २५ प्रतिशत र प्रभावित क्षेत्रको जनसङ्ख्याको भार २५ प्रतिशत बराबर तय गरिएको जनाएको छ ।

भौगोलिक अवस्थितिमा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र आयोजना वरपरको उपल्लो र तल्लो तटीय क्षेत्रका रुपमा निर्धारण गरिएको छ ।

प्रभावित क्षेत्रमा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र वरिपरिको क्षेत्रका रुपमा निर्धारण गरिएको छ । त्यस्तै, प्रभावित क्षेत्रको जनसङ्ख्यामा पनि मुख्य क्षेत्र, प्रभावित क्षेत्र र वरिपरिको क्षेत्रका रुपमा निर्धारण गरिएको छ ।

नेपालको संविधानमा जलविद्युत्लाई तीन वटै तहको साझा अधिकार सूचीका साथै सङ्घ, प्रदेश र स्थानीय तहको अलग अलग अधिकार सूचीमा समेत राखिएको छ ।

हाल निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका एक मेगावाट क्षमताभन्दा ठूला आयोजना सञ्चालन गरेका छन् ।प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड गर्नुपर्ने क्षेत्रहरुमा पर्वतारोहण, विद्युत्, वन, खानी तथा खनिज, पानी तथा अन्य प्राकृतिक स्रोत रहेका छन् । त्यसमा सङ्घीय सरकारको हिस्सा ५० प्रतिशत, सम्बन्धित प्रदेश र सम्बन्धित स्थानीय तहको हिस्सा २५÷२५ प्रतिशत बराबर रहनेछ ।

जम्मा भएको रोयल्टीमध्ये नेपाल सरकारले प्राप्त गर्ने रकम सङ्घीय सञ्चित कोषमा, प्रदेशले प्राप्त गर्ने रकम सम्बन्धित प्रदेश सञ्चित कोषमा र स्थानीय तहले प्राप्त गर्ने रकम सम्बन्धित स्थानीय सञ्चित कोषमा जम्मा हुने गरी उपलब्ध गराइने व्यवस्था छ ।

मुख्य क्षेत्रमा जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण भएका स्थानीय तहका सम्बन्धित वडाहरु पर्दछन् । जलाशययुक्त आयोजना तथा अर्धजलाशययुक्त र नदी प्रवाही प्रकृतिका आयोजनाको प्रकृतिका आधारमा मुख्य क्षेत्र निर्धारण गरिएको छ ।

अर्धजलाशययुक्त आयोजनाले छोएका सम्पूर्ण वडा तथा विद्युत् गृहमा पानी लैजानका लागि बनेका भौतिक संरचना, विद्युत् गृह रहेका स्थानको समेत रोयल्टी बाँडफाँड गर्नेगरी व्यवस्था गरिएको छ ।

एकै नदी बेसिनका आयोजानको बाँधस्थलदेखि विद्युत् गृहसम्मका नदी किनारका वारि र पारि जोडिने वडाहरु, आयोजनाको माथिल्लो तटीय क्षेत्र र तल्लो तटीय क्षेत्रका वडा समेत प्रभावित क्षेत्रमा पर्ने भएकाले रोयल्टी प्राप्त गर्ने अधिकार राख्दछ ।

विद्युत् रोयल्टी बाँडफाँडमा मानव विकास सूचकाङ्कलाई हालसम्म आधारका रुपमा लिइएको छैन । राजस्व बाँडफाँड र वित्तीय समानीकरण अनुदानमा भने मानव विकास सूचकाङ्कलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ ।

विभागका अनुसार, हाल १९१ वटा आयोजनाले विद्युत् उत्पादन गरिरहेको तथ्याङ्क छ । यस्तै, २६४ वटा आयोजनाले विद्युत् उत्पादन अनुमतिपत्र लिएका छन् । विभागले तय गरेको सूचकअनुसार सबैभन्दा धेरै आयोजना रहेका जिल्लाले बढी र कम आयोजना भएका जिल्लाले कम रोयल्टी पाउने अवस्था छ ।

मुलुकमा कुल जडित क्षमता चार हजार २९६ मेगावाट बराबर पुगेको छ । आगामी आवको अन्त्यसम्म कुल जडित क्षमता पाँच हजार ५३५ मेगावाट बराबर पुग्ने लक्ष्य निर्धारण गरिएको छ ।रासस

लागूऔषधसहित १३ जना पक्राउ
काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशको विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुली र सुनसरीबाट तीन÷तीन, रौतहटबाट दुई, मोरङ, नवलपरासी पूर्व, कैलाली, सिरहा र बाँकेबाट एक÷एक जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध गाँजा र खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन बरामद गरेको छ । रासस

उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना
नयाँदिल्ली। भारतीय वायु सेना (आइएएफ) को एएन–३२ परिवहन विमान शनिबार उत्तरपूर्वी राज्य आसाममा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

यस क्षेत्रमा कार्गो र आपूर्तिका लागि प्रयोग गरिने दुई इन्जिन भएको टर्बोप्रप सैन्य परिवहन विमान, आसामको राजधानी दिसपुरबाट लगभग २९८ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको आइएएफ स्टेशनमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।

अहिलेसम्म, दुर्घटनामा हताहत भएको कुनै रिपोर्ट गरिएको छैन । दुर्घटना पछि, वरिष्ठ आइएएफ अधिकारीहरू उद्धार र उद्धार अधिकारीहरुको समन्वयमा घटनास्थलमा उद्धार आगो नियन्त्रण गरेको बताइएको छ ।

दुर्घटनाको कारण आल सम्म पत्ता नलागेको जनाउदै आइएएफले अनुसन्धानको लागि निर्देशन दिइ सकेको बताएको छ । (रासस/सिन्ह्वा)

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्ड र स्पा सङ्घ नेपालको आयोजनामा विश्व आरोेग्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आगामी दश वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले आरोग्य दशक मनाउनका लागि आवश्यक नीति तथा रणनीति निर्माण प्रक्रिया अघि बढिरहेको बताउनुभयो । आरोग्य पर्यटन अध्ययनलाई होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

मन्त्री पौडेलले नेपाल आध्यात्मिक भूमि भएकाले यहाँको हिमाल, नदी, वनजङ्गल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताउनुभयो ।

“पर्यटनको सबैभन्दा ठूलो आधार खुसी हो, आजको विश्वले सबैभन्दा बढी खोजिरहेको विषय पनि खुसी हो ।

नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ, जसलाई व्यवस्थित रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले विश्वभर करिब ७० करोड मानिस आरोग्य पर्यटनसँग आबद्ध रहेका उल्लेख गर्दै स्पालाई केवल विश्राम र मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई रोगको रोकथाम र स्वस्थ जीवनशैलीको महत्वपूर्ण अङ्गका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले स्पा तथा आरोग्य क्षेत्रको व्यवस्थित विकासका लागि स्पष्ट कार्यविधि, अन्तरराष्ट्रियस्तरको सेवा प्रणाली तथा तीन महिनाको व्यावसायिक तालिम र प्रमाणीकरण प्रणाली आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“विश्व आरोग्य दिवस विगत १५ वर्षदेखि निरन्तर मनाइँदै आएको छ, नेपालमा पनि आरोग्य पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतमले स्पाको इतिहास बेल्जियमका तातोपानीको कुण्डसँग जोडिएको स्मरण गर्दै नेपालमा आयुर्वेद जीवनशैलीकै अभिन्न हिस्सा रहेको बताउनुभयो ।

उहाँले स्पा क्षेत्रलाई सम्मानित र व्यावसायिक पेसाका रूपमा विकास गर्नु समयको आवश्यकता रहेकाले सरकारले सोको तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

स्पा सङ्घ नेपालका सचिव रामदेव महतोले आधुनिक समाजमा स्पा केवल मसाजको पर्याय नभई शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य प्रवद्र्धन गर्ने प्रभावकारी माध्यम बनेको बताउनुभयो ।

बढ्दो तनाव, व्यस्त जीवनशैली र मानसिक दबाबबाट मुक्ति दिलाउन स्पा सेवाले महत्वपूर्ण भूमिका खेलिरहेको उहाँको भनाइ छ । उहाँले आरोग्य पर्यटनको विस्तारसँगै स्पा सेवा मानसिक शान्ति, स्वस्थ जीवनशैली र समग्र कल्याणको आधार बन्दै गएको उल्लेख गर्नुभयो ।

अन्तरराष्ट्रिय आरोग्यविज्ञ डोनाल्ड चाले नेपाल आफैँमा आरोग्यको प्रतीक रहेको भन्दै योग, ध्यान, उपचार पद्धति, स्पा तथा आध्यात्मिक अभ्यासलाई आर्थिक मूल्यमा रूपान्तरण गरी पर्यटन उद्योगको महत्वपूर्ण आधार बनाउनुपर्ने बताउनुभयो ।

मलेसिया स्पा सङ्घका प्रतिनिधि खेम धामीले स्वस्थ भोजन, स्वस्थ जीवनशैली र क्यान्सरजस्ता रोगविरुद्ध जनचेतना अभिवृद्धिका लागि विश्व आरोग्य दिवससँग सम्बन्धित अभियान आगामी वर्षमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो ।

आरोग्य पर्यटन, योग, ध्यान, आयुर्वेद, प्राकृतिक उपचार र स्पा सेवाको समन्वयमार्फत नेपाललाई विश्वस्तरीय आरोग्य गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिएको स्पा सङ्घ नेपालका महासचिव अमृत थोकरले जानकारी दिनुभयो ।

उहाँले स्पा आयुर्वेद जीवनशैलीसँग जोडिएको विषय भएकाले वर्तमान समयमा स्वस्थ जीवनशैलीका लागि यसको महत्त्व रहेको धारणा राख्नुभयो । रासस