सामाजिक संञ्जाल – News Polar

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित
काठमाडाैँ । मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर असर परिरहेको भन्दै संयुक्त राष्ट्रसंघले मानवीय सङ्कट झन् गहिरिँदै गएको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालयले इरान र लेबनानमा स्वास्थ्य सेवा पूर्वाधारमा ठूलो क्षति पुगेको जनाएको छ । इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इरानमा २३० भन्दा बढी स्वास्थ्य संस्था र ३० भन्दा बढी एम्बुलेन्स तथा स्वास्थ्य सेवा सवारी साधन क्षतिग्रस्त वा नष्ट भएका छन् । साथै केही स्वास्थ्यकर्मीको मृत्यु र घाइते भएको पनि जनाइएको छ ।

यसैबीच, लेबनानमा दुई साताको अवधिमा स्वास्थ्य सेवामाथि २८ वटा आक्रमण भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ती घटनामा कम्तीमा ३० जनाको मृत्यु र ३५ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायहरूले प्रभावित नागरिकलाई सहायता उपलब्ध गराइरहेका छन् । विश्व खाद्य कार्यक्रम, शरणार्थीसम्बन्धी एजेन्सी र बाल कोषलगायत संस्थाले ८ लाखभन्दा बढी तातो खाना वितरण गरेका छन् । साथै कम्बल, म्याट्रेस, सुत्ने म्याट र अन्य आश्रय सामग्री पनि वितरण गरिएको छ ।

लेबनानको दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा मानिस विस्थापित भइरहेका छन् । सरकारी तथ्याङ्कअनुसार ८ लाख ३० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमा करिब २ लाख ९० हजार बालबालिका छन् ।

गाजामा पनि मानवीय अवस्था अत्यन्तै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । धुलोको आँधीका कारण सयौँ आश्रयस्थलमा क्षति पुगेको छ भने हजारौँ मानिस खुला आकाशमुनि बस्न बाध्य छन् ।

खाद्य आपूर्ति अवरुद्ध हुँदा गाजामा धेरै परिवारले खाना पकाउन फोहोर जलाउन बाध्य भएको विश्व खाद्य कार्यक्रमले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घले गाजामा नियमित रूपमा खाना पकाउने ग्यास र अन्य आवश्यक सामग्री प्रवेश गर्न दिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा युद्धसम्बन्धी एआई नक्कली सामग्री फैलिँदै
काठमाडाैँ । इरान–अमेरिका युद्धका बारेमा सामाजिक सञ्जाल विशेषगरी एक्समा कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका नक्कली तस्बिर र भिडियोहरू तीव्र रूपमा फैलिरहेका छन् । गलत सूचना रोक्न एक्स प्लेटफर्मले कडा नीति घोषणा गरे पनि युद्धसम्बन्धी भ्रामक सामग्रीको प्रसार भने रोकिएको छैन ।

अनुसन्धानकर्ताहरूका अनुसार मध्यपूर्व युद्ध सुरु भएपछि एआईले बनाइएका दृश्य सामग्रीहरूको बाढी आएको छ । यसले अघिल्ला द्वन्द्वका समयमा देखिएका सामग्रीहरूभन्दा धेरै ठूलो परिमाणमा सामाजिक सञ्जालमा फैलिएको छ, जसका कारण प्रयोगकर्ताहरूलाई वास्तविक र बनावटी सामग्री छुट्याउन कठिन भएको छ ।

युद्धका क्रममा ‘प्रामाणिक सूचना’ जोगाउने प्रयासस्वरूप उक्त एक्सले गत साता नयाँ नीति घोषणा गरेको थियो । त्यसअनुसार एआईबाट बनाइएको युद्धसम्बन्धी भिडियो वा तस्बिर पोस्ट गर्दा त्यसलाई स्पष्ट रूपमा उल्लेख नगरेमा सामग्री सिर्जनाकर्तालाई प्लेटफर्मको आम्दानी साझेदारी कार्यक्रमबाट ९० दिनका लागि निलम्बन गरिने बताइएको छ । बारम्बार नियम उल्लङ्घन गरे स्थायी रूपमा प्रतिबन्ध लगाइने चेतावनी पनि दिइएको छ ।

यो नीति लागू गरिए पनि गलत सूचना रोक्न पर्याप्त भएको छैन भन्ने चिन्ता अनुसन्धानकर्ताहरूले व्यक्त गरेका छन् । रणनीतिक संवादसम्बन्धी एक अनुसन्धान संस्थाका अनुसन्धानकर्ता जो बोडनारका अनुसार उहाँले निगरानी गर्ने सामाजिक सञ्जाल सामग्रीहरू अझै पनि युद्धसम्बन्धी कृत्रिम बुद्धिमत्ताबाट बनाइएका तस्बिर र भिडियोहरूले भरिएका छन् ।

उनका अनुसार केही प्रिमियम खाताहरूबाट समेत भ्रामक सामग्री फैलिएको देखिएको छ । यस्ता खातामध्ये एकले इजरायलमाथि इरानले कथित रूपमा ‘आणविक क्षमतायुक्त’ आक्रमण गरेको दृश्य देखाउने कृत्रिम भिडियो साझा गरेको थियो । उक्त सामग्रीले प्लेटफर्मको नीति घोषणासम्बन्धी सन्देशभन्दा पनि धेरै पटक हेरिएको थियो ।

एएफपीको विश्वव्यापी तथ्य–जाँच सञ्जालले ब्राजिलदेखि भारतसम्म विभिन्न देशहरूमा फैलिएका युद्धसम्बन्धी कृत्रिम नक्कली सामग्रीहरू पहिचान गरेको छ । ती सामग्रीमध्ये केही भिडियोहरूले बम विस्फोट भएको दूतावासभित्र रोइरहेका अमेरिकी सैनिक, इरानी झण्डाको छेउमा घुँडा टेकाइएका अमेरिकी सेना वा अमेरिकी नौसैनिक जहाजहरू नष्ट भएको दृश्य देखाउँछन् । तर ती सबै दृश्य कृत्रिम रूपमा तयार पारिएका हुन् ।

यस्ता सामग्रीहरू वास्तविक तस्बिर र भिडियोसँग मिसिएर फैलिँदा तथ्य–जाँचकर्ताहरूलाई पनि छिटो पहिचान गर्न कठिन भएको बताइएको छ । साथै उक्त सामाजिक सञ्जालको आफ्नै एआई संवाद प्रणालीले समेत कहिलेकाहीँ प्रयोगकर्ताहरूलाई भ्रामक जानकारी दिएको देखिएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार सामाजिक सञ्जालको आम्दानी प्रणालीले पनि यस्तो सामग्री फैलिन प्रोत्साहन दिएको छ । प्रिमियम खाताले दर्शक र सहभागिताका आधारमा आम्दानी पाउने भएकाले सनसनीपूर्ण वा गलत सामग्री पोस्ट गर्दा आर्थिक लाभ हुने सम्भावना बढेको छ ।

उदाहरणका रूपमा एउटा प्रिमियम खाताले दुबईको बुर्ज खलिफा गगनचुम्बी भवनसँग सम्बन्धित कृत्रिम भिडियो पोस्ट गरेको थियो । उक्त सामग्रीलाई कृत्रिम रूपमा बनाइएको भनेर उल्लेख नगरी पोस्ट गरिएको भए पनि हटाइएको थिएन र त्यो करिब २० लाख पटक हेरिएको थियो ।

यसअघि प्रकाशित एक प्रतिवेदनले उक्त सामाजिक सञ्जाल कम्पनीले इरान सरकारसँग सम्बन्धित केही खाताबाट प्रचार सामग्री फैलिँदा आर्थिक लाभ कमाएको देखिएको दाबी गरेको थियो । त्यसपछि कम्पनीले त्यस्ता केही खाताबाट प्रमाणीकरण चिह्न हटाएको बताइएको छ ।

विशेषज्ञहरूका अनुसार कम्पनीले घोषणा गरेको नीति सैद्धान्तिक रूपमा गलत सूचना रोक्ने प्रयास भए पनि यसको प्रभाव कार्यान्वयनमा निर्भर रहनेछ । अनुसन्धानकर्ताहरूले कृत्रिम सामग्रीमा रहने डिजिटल विवरण सजिलै हटाउन सकिने भएकाले पहिचान गर्न कठिन हुने चेतावनी दिएका छन् । साथै सामुदायिक तथ्य–जाँच प्रणाली पनि सीमित रूपमा मात्र प्रभावकारी भएको उनीहरूको भनाइ छ ।

गत वर्ष गरिएको एक अध्ययनले सामाजिक सञ्जालमा लेखिएका सामुदायिक टिप्पणीहरूमध्ये ९० प्रतिशतभन्दा बढी कहिल्यै प्रकाशित नहुने देखाएको थियो । त्यसैले युद्धजस्ता संवेदनशील परिस्थितिमा फैलिने कृत्रिम नक्कली सामग्री रोक्न अझ प्रभावकारी उपाय आवश्यक पर्ने विज्ञहरूले बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु
काठमाडौँ, १७ माघः निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाईले यस विषयमा काम गरिरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो । एकाइले पत्ता लगाएका कूल ३०२ वटा हानिकारक सूचना निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको पनि उहाँले बताउनुभयो ।

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न आयोगबाट निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत भई लागू भएको छ । माघ ४ गते राति १२ः०० बजेदेखि लागू भएको आचारसंहिता उल्लङ्घनका घटनामा तोकिएका निकायले उजुरी तथा जानकारी लिने र उल्लङ्घनमा संलग्न भएका भनिएका राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, निकाय र पदाधिकारीसँग आवश्यक स्पष्टीकरण लिने कार्यसमेत भइरहेको छ ।

यस अवधिमा सरकारी निकाय, राजनीतिक दल, उम्मेदवार, आममतदाता, सÞञ्चारकर्मीलगायत सबै क्षेत्रबाट आचारसंहिता पालनामा देखाएको अग्रसरताका लागि निर्वाचन आयोग धन्यवाद ज्ञापन गरेको छ । निर्वाचन अवधिभर आचारसंहिताको पूर्ण पालना गराउन सरोकार भएका सबै पक्षलाई ध्यानाकर्षण गराउँदै निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिमको केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता लागू भएदेखि माघ १४ गतेसम्म राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । त्यसमध्ये आठ वटाको जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको जनाइएको छ ।

आचारसंहिता कार्यान्वयन तथा निर्वाचनलाई आर्थिक रूपमा पारदर्शी बनाउन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन खर्चका लागि अलग्गै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ । राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई परिपत्र भइसकेको छ । जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा ५ र २३ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २(ख) एवं निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषयमा फरकफरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतसमेत तोकिसकिएको आयोगले जनाएको छ ।

निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठाउने गरी कुनै गतिविधि भएमा निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश-जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक एवं विद्युतीय माध्यमबाट उजुरी दिन सकिने उहाँले बताउनुभयो ।रासस

एआईको विकासः कति बालबालिकाको ज्यान लिइसकेपछि हामी चेत्छौं ?
जुरिच – सन् २०२४ फेब्रुअरी २८ मा, फ्लोरिडाका १४ वर्षका सिवेल सेट्जर तृतीयले आत्महत्या गरे, जुन एक जीवन्त जस्तो देखिने एआई पात्रको उक्साहटमा गरिएको थियो । उक्त पात्र Character.AI नामक प्लेटफर्ममा सिर्जना गरिएको थियो, जुन प्लेटफर्मले किशोरहरूलाई खान नखान प्रेरित गर्ने, अर्थात् विकृत खानपान सम्बन्धी सोचलाई बढावा दिने प्रो-एनारोक्सिया एआई च्याटबोट सिर्जना गरिरहेको छ । यस घटनाले स्पष्ट गरेको छ, बालबालिका र युवालाई एआईका जोखिमबाट बचाउन अझ कडा उपायहरूको तत्काल आवश्यक छ ।

हो, सकारात्मक दृष्टिबाट पहिल्याउँदा, एआईले सीमान्तकृत समुदायमा स्वास्थ्य, सम्मान, दिगोपन र शिक्षा प्रवर्द्धनजस्ता सकारात्मक सम्भावनाहरू बोकेको छ । तर यी सम्भावित फाइदाहरूले एआई सिर्जित जोखिमहरू र वास्तविक जीवनका मूल्यहरूलाई नजरअन्दाज गर्न सकिँदैन । मानव अधिकारको कुनै पनि उल्लंघनलाई अस्वीकार्य मान्नुपर्छ । यदि कुनै जीवन्तजस्तो लाग्ने कृत्रिम एआई च्याटबोटले किशोरको मृत्यु निम्त्याउँछ भने, चिकित्सा अनुसन्धानमा एआईको भूमिकामाथि प्रश्न उठाउन सकिन्छ ।

सेट्जरको त्रासदी कुनै एकल घटना होइन । गत डिसेम्बरमा अमेरिकाकै टेक्ससका दुई परिवारले Character.AI र त्यसको लगानीकर्ता गुगलविरुद्ध मुद्दा दायर गरेका थिए, जसमा भनिएको छ कि तिनका च्याटबोटहरूले विद्यालय उमेरका बालबालिकालाई यौन र भावात्मक दुर्व्यवहार गरेका थिए, जसको परिणामस्वरूप उनीहरूमा बिस्तारै आत्महानी र हिंसात्मक स्वभाव देखा परेको थियो ।

हामीले यसै किसिमको त्रासदी विगतमा पनि देखिसकेका छौं — सामाजिक सञ्जाल कम्पनीहरूले फाइदाका लागि एक पुस्तालाई कुलतमा फसाइसकेका छन् । विस्तारै हामी ती ‘असामाजिक सामाजिक मिडिया’ ले निम्त्याएका सामाजिक र मनोवैज्ञानिक हानिबारे जानकार हुन थालेका छौं । अहिले धेरै देशहरूले यसमा प्रतिबन्ध वा सीमित पहुँचको उपाय अपनाइरहेका छन्, र स्वयं युवा पुस्ताले समेत कडा नियमनको माग गरिरहेका छन् ।

तर हामीले एआईको प्रभावशाली, तर गलत दिशातर्फ बढिरहेको शक्ति नियन्त्रण गर्न ढिला गर्नु हुँदैन । प्रविधि उद्योगले हामीबारे जम्मा गरेको विशाल व्यक्तिगत डाटाका कारण, Character.AI जस्ता प्लेटफर्महरू बनाउनेहरूलाई हामीभन्दा राम्रोसँग हामीलाई चिन्न सक्ने प्रणाली (एल्गोरिदम) बनाउने सामर्थ्य मिलेको छ । यसको दुरुपयोगको सम्भावना व्यापक र गम्भीर छ । एआईहरूले हाम्रो चाहनामा खेल्ने, वा हामीलाई निश्चित किसिमले भोट गर्न प्रेरित गर्ने क्षमतासमेत राख्छन् । Character.AI मा देखिएका प्रो-एनारोक्सिया च्याटबोटहरू यस प्रवृत्तिको सबैभन्दा डरलाग्दो उदाहरण हुन् । यस्ता बोटहरू तत्काल प्रतिबन्धित हुनुपर्छ, अर्थात् यस्ता बोटहरू बन्द गराउनु नपर्ने कुनै कारण छैन ।

समय सकिँदैछ, किनकि जेनेरेटिभ एआई मोडेलहरू अपेक्षाभन्दा छिटो र सामान्यतया गलत दिशातर्फ विकास भइरहेको छन् । ‘एआईका गडफादर’ भनेर चिनिने नोबेल विजेता वैज्ञानिक जेफ्री हिंटनले चेतावनी दिँदै आएका छन् कि एआईले मानव जातिको विनाशतर्फ लैजान सक्छ: “मेरो चिन्ता यो हो कि ‘अदृश्य हात’ले हामीलाई सुरक्षित राख्न सक्दैन । ठूला कम्पनीहरूले नाफामुखी उद्देश्यलाई छोडेर सुरक्षामा बढी ध्यान देलान् भनेर सुनिश्चित गर्न सकिँदैन । तिनीहरूलाई सुरक्षामा गम्भीर अनुसन्धान गर्न बाध्य पार्ने एकमात्र उपाय भनेको सरकारी नियमन हो ।”

ठूला प्रविधि कम्पनीहरूले लगातार नैतिक मापदण्ड पालना गर्न असफल भइरहेको अवस्थामा तिनले आफैँमाथि निगरानी राख्ने कुरामा भर पर्नु मूर्खता हुनेछ । गुगलले Character.AI मा २०२४ मा $२.७ अर्ब डलर लगानी गर्‍यो, यद्यपि यस प्लेटफर्मका समस्याहरू पहिल्यै छरपस्ट थिए, धेरै प्रश्नको घेरामा यो प्लेटफर्म थियो । त्यसैले, नियमन आवश्यक मात्र नभई अपरिहार्य छ । तर एआई भनेको विश्वव्यापी प्रवृत्ति हो, त्यसैले यसका लागि हामीले वैश्विक नियमनको प्रयास गर्नुपर्छ — म स्वयंले प्रस्ताव गरेको संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय डाटा-आधारित प्रणाली एजेन्सी (IDA) जस्ता नयाँ वैश्विक नियमन संयन्त्रद्वारा ।

नियमनका सन्दर्भमा यसै गरिनुपर्छ भन्ने छैन । कुन प्रविधि, नवप्रवर्तन वा प्रगति अपनाउने र कुन त्याग्ने भन्ने निर्णय हामी मानवको जिम्मेवारी हो । एआईको डिजाइन, निर्माण, प्रयोग र शासन मानव अधिकार र पृथ्वीको दिगोपन सुनिश्चित गर्ने आधारमा हुनुपर्छ । यदि मानव अधिकार आधारित एआईको पक्षमा वैश्विक नियमन पहिल्यैबाट रहेको भए, र यदि नवप्रवर्तनहरूको निगरानी गर्ने वैश्विक संस्था स्थापना भएको भए, सेवेल सेट्जर अझै जीवित हुने थिए । प्रविधि प्रणालीहरूको सम्पूर्ण जीवनचक्र — डिजाइनदेखि प्रयोगसम्म — मानव अधिकार र बालबालिकाको अधिकार सुनिश्चित गर्ने नीति अन्तर्गत संचालित हुनैपर्छ ।

अब हामीलाई थाहा भइसकेको छ कि एआईले ज्यान लिन सक्छ । त्यसैले प्रविधिको अनियन्त्रित विकास हेरेर चुप लागिरहनु कुनै औचित्य छैन किनकी हरेक महिनाजसो नियमन बेगरका नयाँनयाँ मोडेल बजारमा छरपस्ट भइरहेका छन् । भविष्यमा यस्ता प्रविधिहरूले जे-जति लाभ दिन सक्लान्, ती कहिल्यै पनि सेवेलको परिवारले भोग्नुपरेको अपूरणीय क्षतिको क्षतिपूर्ति दिन सक्दैनन् ।

पिटर जी. किर्चल्यागर लुसर्न विश्वविद्यालयको इन्स्टिच्युट अफ सोशल एथिक्स (ISE) का नीतिशास्त्रका प्राध्यापक तथा निर्देशक हुन् ।

स्रोतः प्रोजेक्ट सिन्डिकेट

काठमाडौंको बालुवाटारमा खुद्रा व्यापारीमाथी महानगर प्रहरीको ज्यादती
काठमाडौं । काठमाडौंको बालुवाटारमा काठमाडौं महानगरपालिकाका सुरक्षाकर्मीले एक जना खुद्रा व्यापारीलाई दुर्व्यवहार गरेका छन् ।

आज बिहान साइकल लिएर हिँडिरहेका व्यापारीलाई महानगरका प्रहरीले दुर्व्यवहार गरेका हुन् ।

तीन जना नगर प्रहरीले त व्यापारीको साइकल खोस्न खोजेको दृश्यमा देखिन्छ । तर व्यापारीले साइकल दिन मानेका छैनन् । दुई महिला र एक पुरुष प्रहरीले बलजफ्ती गर्दा पनि ती व्यापारीले आफ्नो साइकल बचाउन खोजिरहेको दृश्यमा देखिन्छ ।

महानगर प्रहरीले साना व्यापारीमाथि गरेको दुर्व्यवहारको दृश्य सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

शंकर पोखरेलको स्टाटसमा सोविता गौतमको कटाक्ष– दिइन् यस्तो सुझाव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा पोस्ट गरेको फोटोसहितको स्टाटसलाई लिएर कटाक्ष गरेकी छन् ।

महासचिव पोखरेलले तीनकुनेदेखि सल्लाघारीसम्म एमालेको भ्रातृ संस्था युवासँघले निकालेको मोटरसाइकल र्‍यालीको फोटो राख्दै स्टाटस लेखेका थिए ।

तर रास्वपा सांसद गौतमले त्यसमाथि प्रतिक्रिया दिँदै तीनकुने जस्तो संवेदनशील स्थानमा भीड जम्मा गर्नु कुनै पनि दृष्टिले उचित नहुने टिप्पणी गरेकी हुन् ।

उनले काठमाडौंलाई विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पुर्‍याउन समेत मोटरसाइकल र्‍यालीले सहयोग पुगेको दाबी गरेकी छन् ।

सांसद गौतमले महासचिव पोखरेलाई के दिइन् त सुझाव–

Shankar Pokhrel कमरेड नमस्कार,

भिडको माहोल र मनोवृत्ति पूर्वानुमान गर्न सकिँदैन। १५ गते तीनकुनेमा भएको घटनाले भिड भड्किँदा कस्तो जोखिम आउन सक्छ भन्ने कुरा सबैलाई प्रष्ट सन्देश दिइसकेको छ। त्यसैले तीनकुने क्षेत्रमा भिड जम्मा गर्नु कुनै पनि दृष्टिकोणले उचित देखिएन कमरेड।

तीनकुने आफैंमा एक संवेदनशील सुरक्षा क्षेत्र हो — जहाँ केही सय मिटरको दूरीमा अन्तर्राष्ट्रिय विमानस्थल, आयल निगम (Aviation Fuel Depot), पेट्रोलपम्प र सञ्चारमाध्यमका कार्यालयहरू छन्। यस्तो स्थानमा थोरै मात्रको असावधानीले पनी ठूलो दुर्घटना निम्त्याउन सक्छ भन्ने कुरा दृष्टिगत भएकै हुनुपर्छ।

साथै, काठमाडौंलाई विश्वकै सबैभन्दा प्रदूषित शहर बनाउने दौडमा मोटरसाइकल र्यालीले पनी थप सहयोग पुर्याएको छ भन्ने महसुस भयो। सादर सुझाव छ—अर्को पटक यस्तै र्याली गर्नै हो भने साइकल र्याली गर्नुहोस् तर गौशाला देखी जडीबुटी क्षेत्र छोडेर।

तसर्थ भिड जम्मा हुने स्थान तय गर्दा कम्तिमा सुरक्षा, संवेदनशीलता र वातावरणीय चेतनालाई केही प्राथमिकता दिइयोस् भन्ने आग्रह गर्दछु।

नयॉ विचार, नयॉ मान्छे आउने वित्तिकै गणतन्त्रलाई पखाला चल्न थाल्छ, प्रजातन्त्र नै खतरामा पर्छ !
काठमाडौं । लोकप्रिय एवम् चर्चित कलाकार दीपकराज गिरीले नयाँ विचार र नयाँ मान्छे आउने वित्तिकै नेपालको गणतन्त्रलाई पखाला चल्ने र प्रजातन्त्र नै खतरामा पर्ने गरेको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

कलाकार गिरीले आज सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै नेपालमा शासन व्यवस्था सञ्चालन गर्ने शैली राम्रो भएन भन्यो भने त्यसलाई गणतन्त्र विरोधी र राजावादी भन्ने गरिएको बताएका छन् । राजनीतिक दलका शीर्ष नेताहरुको अस्वस्थ प्रतिस्पर्धाले नै जनतामा निराशा छाएको र पुराना राजाको मनोबल बढाएको उनको भनाइ छ । त्यसको जिम्मेवार नेताहरुकै शासन शैली भएको उनको टिप्पणी छ ।

कलाकार गिरीले सामाजिक सञ्जालमा के लेखेका छन् त ?

आज म लेख्दैछू ….

सर्वप्रथम म राजाबादीको तर्फबाट यॉहाहरूलाइ नमस्कार !!!

२०४६ सालको आन्दोलनमा राजाको पक्षमा लागेर के के उपद्रो गरियो यहॉ उल्लेख नगरौ! मेरो राजाबादी यात्रा ठोस रूपमा २०४६ पछि सुरू भएको हो !

मूलूकमा प्रजातन्त्र स्थापना पछि राजनीति गर्ने रहर जागेर आयो , कुन बिचार र दललाइ अंगालौ भनेर अध्यन गरियो र अन्त्यमा अहिलेका चर्चित शेर बहादुर “राजा”को पार्टी रोजियो, यस क्रममा गॉउ सचिब हूदै, नेबिसंघ काठमाण्डू जिल्ला सदस्य समेत भइयो, करिब एक दशक शेर बहादुर राजाकै पछि लागेपछि मेरो यात्रा राजनीति बाट कलाकारीता तर्फ मोडियो र सम्पूर्ण राजनीतिक क्रियाकलाप लाइ पूर्ण बिराम दिइयो !

कुनै पनि राजनीतिक गतिविधिमा लागिएन!

त्यसपछि २०६२ /६३ आयो , त्यतिबेला मूलकनै संकटमा परेको आभास भयो र प्रचन्ड राजाको क्रान्तिकारी तेज बाट प्रभाबित भइयो र उनि लगायतका नेताहरूको आव्हान लाइ साथ दिइयो र तत्कालीन राजसत्ता बिरूद्द लेखियो, बोलियो, हिडियो पनि !!

त्यति बेला फेरी एकपल्ट राजाबादी भइयो!

त्यसपछि पालो आयो केपि राजाको,

उहॉको तार्किक शक्ति र शैलीको फ्यान परियो!

धेरै ठॉउमा उहॉको तारिफ गरियो ,

चुच्चे नक्साको सबालमा त उहॉको समर्थन गरेर

पटक पटक राजाबादी भइयो!

हाल कुनै पनि दल संगको सामिप्यता नरहे पनि आफ्नो मझयअचबतष्अ तजयगनजत लाइ कहिलै मर्न दिइएन! अब अस्तिको कुरा गरौ ….

आन्दोलनको ठिक एक दिन अघि एउटा कल आयो ,एउटा बौद्दिक भेला हूदैछ जस्ले हाल देखिएको राजनीति धुर्बिकरणको बारेमा छलफल गर्नेछ, तपाइको बिचार के छ राख्नु होला भनियो!

त्यहॉ गएपछि आफ्नो स्वभाव बमोजिम सधै झै स्पष्ट रूपमा सकारात्मक बिचार राखियो ! हाल समस्या त रहेको तर देश प्रचार गरे जस्तो पनि नबिग्रिएको, बिचार पोखियो ,चिया खाइयो अनि आइयो !

भोली पल्ट बिहानै आफू फेरी एकपल्ट राजाबादी भैसकिएको आफूलाइ पत्तै भएन!

पछिल्लो समय बालेन आए, निर्बाचनमा उनलाइ पनि समर्थन नै गरियो !

पछि रबि आए! उनलाइ पनि समर्थन गरियो नै !

तर नयॉ बिचार, नयॉ मान्छे आउने बित्तिकै यहॉ गणतन्त्रलाइ पखाला चल्न थाल्छ , प्रजातन्त्र नै खतरामा पर्छ !

यहॉ शासन ब्यबस्था संचालन गर्ने शैली राम्रो भएन भन्यो कि त्यो मान्छे गणतन्त्र बिरोधी हुन्छ कि त राजाबादी हुन्छ ! तपाइहरूको अस्वस्थ प्रतिस्पर्धा ले नै हो जनतामा नैराश्यता आएको ! यहॉ पूराना राजाको मझबलम बढाको तपाइहरूकै शासन शैलीले हो !

अन्त्यमा तपाइहरूले नै राम्रो संग राजकाज चलाउनुस ! तपाइहरू लाइ नै राजा मानिरहेकै छू र मानिरहन पॉउ र सधै राजाबादी भैरहन पॉउ!!

शुभदिन !!

उपप्रधानमन्त्री प्रकाशमानलाई मेयर बालेनको सुझाव– कांग्रेसको माटोमा नमिसाउनु होला
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन् ।

मेयर बालेन्द्र शाहले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन सुझाव दिएका हुन् ।

उनले अव्यवस्थित वस्ती हटाउने, कपन खोला व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामा मात्रै रहेको भन्दै यी काम कहिले गर्ने भनेर प्रश्नसमेत गरेका छन् ।

मेयर शाहले के लेखेका छन् त ?

माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंहज्यु,

अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो ?

मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।

सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय
काठमाडौँ। सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुनेभएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका छन् ।

सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको उनले स्पष्ट पारेका छन् । यसैगरी मन्त्री गुरुङले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद्अन्तर्गत दुवै सदनको अधिवेशन आह्वान हुन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

अर्थमन्त्रालयसम्बद्ध समपूरक अनुदानसम्बन्धी कार्यविधि र विशेष अनुदानसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने तथा सहलगानीसम्बन्धी कार्यविधि, २०७७, र कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवार नगद हस्तान्तरण कार्यविधि, २०७८ खारेज गर्ने निर्णय भएको उहाँले जानकारी दिए ।

एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनय गर्ने तथा सिमरा विशेष आर्थिक क्षेत्रको ‘ब्लक बी’ र ‘ब्लक सी’ लाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी ९पिपिपि० मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको छ ।

यसैगरी नेपाल खानेपानी संस्थान, बुटवल खानेपानी आयोजनाको लागि पाल्पा जिल्लाको साविक तिनाउ गापा–३ स्थित करिब ३० रोपनी जग्गा उपलब्ध गराउन तथा भारतको नयाँदिल्लीमा यही माघ १० देखि १३ सम्म हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीकृति दिने निर्णय भएको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।

त्यस्तै, जग्गा प्राप्ति तथा अचल सम्पत्ति अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको कार्यविधि ३५ दिन थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

विदेशस्थित नेपाली नियोगहरुमा नयाँ स्वीकृत भएका कूटनीतिक कर्मचारीतर्फ र नयाँ स्वीकृत भएका स्थानीय कर्मचारीतर्फको पद तथा विदेशस्थित नेपाली नियोगहरुमा नयाँ स्वीकृत भएका अर्दली पदका लागि पारिश्रमिक स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष नियुक्ति नहुँदासम्म जिम्मेवारी तोक्ने तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति दिने, बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव लोकराज पराजुलीको महान्यायाधिवक्ताको कार्यालयको नायब महान्यायाधिवक्ता पदमा र महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता खेमराज ज्ञवालीको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय भएको सञ्चारमन्त्री एवं नेपाल सरकारका प्रवक्ता गुरुङले जानकारी दिए । रासस

सामाजिक सञ्जालका आज भाइरल दुई तस्बिर
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि सामाजिक सञ्जाल तातिएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरु दुई समूहमा बाँडिएका छन् ।

राष्ट्रिय सञ्चारमाध्यमहरुले गृहमन्त्री रवि लामिछानले प्रतिशोध र बदनियत राखेर सिरोहियालाई पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् ।

आज प्रकाशित सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् ।

स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो । नयाँ पत्रिका, नागरिक र कारोबार दैनिक भने यो सामूहिक विरोधमा सामेल छैनन् ।

सामाजिक सञ्जालहरुमा भने सिरोहियाको पक्ष र विपक्षमा मत देखिएको छ । प्रहरीले सिरोहियालाई पक्राउ गरेर प्रेस स्वतन्त्रताको हरण गरेको आरोप लागिरहेका बेला कतिपयले भने नागरिकताको विषयसँग प्रेस स्वतन्त्रता जोड्न नहुने मत राखेका छन् ।

आज यिनै विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरु विभिन्न टिकाटिप्पणीमा लागेका छन् । विभिन्न सञ्चारमाध्यमले ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षक राखेर छापेको एक लाइनको सम्पादकीय र चर्चित कवि अर्जुन पराजुलीले आज लेखेको कवितासमेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कमेडि च्याम्पियनका सञ्चालक विशाल भण्डारीले कार दुर्घटनापछि के सिके ? भन्छन्– DO NOT DRINK & DRIVE .
काठमाडौं । दुई साताअघि कार दुर्घटनामा परेका कमेडि च्याम्पियनका सञ्चालक तथा निर्देशक विशाल भण्डारी अब नियमित काममा फर्कने भएका छन् ।

चैतको पहिलो साता  भक्तपुरको जगातीमा विशाल चढेको कार टिप्परसँग ठोक्किएर दुर्घटना भएका थियो । कारमा भण्डारीसहित ६ जना सवार थिए । दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका थिए ।

विशाल र पुजन अधिकारीलाई सामान्य चोट लागेको थियाे । दुर्घटनापछि प्रहरीले विशाल र पुजन पक्राउ परेका थिए ।

विशालले सामाजिक सञ्जालमार्फत् त्यस बेला भएको गल्तीका कारण दुर्घटना भएको बताएका छन् । उनले अब कमेडि च्याम्पियन पुनः प्रशारण हसने जानकारीसमेत दिएका छन् । भण्डारीले सामाजिक सञ्जालमा के लेखेका छन् त ?

जिवन एक भोगाई हो । मानविय गुण नै हो नतिजा कहिले सहि र कहिले गलत भईदिन्छ । ई सबै भोगाई र सिकाई को क्रम हो । दुई साता अघि म र मेरो टिमले गरेको गल्तीले म , Assitant Director / Mentors र Comedian कार दुर्घट्नामा परेउॅ र Comedy Champion Season 3 को प्रसारण रोकियो । अहिले हामी सबै Discharge भईसकेका छौं र सुशान्त वस्यालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यो दुर्घट्नाले हामिलाई र विशेष गरि मलाई धेरै कुरा सिकाएको छ र झक्-झकाएको छ । आगामी दिनमा गल्ति कमजोरी लाई संस्थागत सुधार गर्दै Three Production टिमको सम्पुर्ण शक्ति कार्यक्रमको निर्माण र दर्शकको अपेक्षा अनुसारको Content बनाउनमा खर्च गर्ने प्रण गर्दै आज देखी Comedy Champion को प्रशारण लाई निरन्तरता दिदै छौं । त्यहि माया र साथको अपेक्षा र अहिलेको अवस्थामा आवस्यकता रहनेछ । अन्त्यमा सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन । सतर्क रहनु होला । DO NOT DRINK & DRIVE .

टिकटक माथि प्रतिबन्ध लगाउन सक्ने विधेयक अमेरिकी संसदबाट पारित
अमेरिकी नागरिकको निजी जानकारी संग्रह गरेको आरोप खेप्दै आएको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने गरी अमेरिकी तल्लो सदनले एउटा विधेयक पारित गरेको छ ।

बुधबार प्रतिनिधि सभामा भएको मतदानमा टिकटकमाथि प्रतिबन्ध लगाउन वा टिकटक कम्पनी अमेरिकीको स्वामित्वमा बिक्री गर्न सक्ने व्यवस्थालाई अनुमोदन गरिएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने वा अमेरिकी नियन्त्रणमा राख्ने सम्बन्धी प्रस्तावको पक्षमा ३५२ र विपक्षमा ६५ भोट खसेको थियो ।

चिनियाँ कम्पनी बाइटडान्सले टिकटक सञ्चालन गरिरहेको छ । टिकटकले अमेरिकी सरकारले लगाउँदै आएको आरोप खण्डन गरिआएको छ । कम्पनीले अमेरिकी प्रयोगकर्ताको डेटा वा विवरण अमेरिकी कम्पनीकै मातहतमा सुरक्षित रुपमा भण्डारण गर्ने गरेको बताउँदै आएको छ । यी विवरण चिनियाँ अधिकारीहरुलाई सेयर नगरिएको जनाएको छ ।

तर टिकटकको यस भनाईलाई अमेरिकी सुरक्षा निकायहरुले विश्वास गर्न सकेका छैनन् । अमेरिकामा हाल टिकटकका प्रयोगकर्ता करिब १७ करोड रहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदले विधेयक अनुमोदन गरेमा आफूले हस्ताक्षर गर्ने बताइसकेका छन् । बाइडेन प्रशासनले गतवर्ष नै सबै सरकारी मोबाइल डिभाइसबाट टिकटक डिलिट गर्न आदेश दिइसकेको छ । अमेरिकी कंग्रेस, ह्वाइट हाउस र अमेरिकी सशस्त्र फौजले आफ्ना मोबाइल डिभाइसबाट टिकटक एप्सलाई हटाइसकेका छन् ।

तल्लो सदनबाट पारित भएको विधेयक अब माथिल्लो सदन सिनेटमा जानेछ । तर सिनेटमा यस विधेयकको पक्ष र विपक्षमा मत बाझिएको छ ।

अमेरिकी तल्लो सदनबाट विधेयक पारित हुनुअघि टिकटक विरुद्ध मतदान नगरीदिन अनुरोध गर्दै सांसदहरुलाई आश्वस्त बनाउन भरपूर प्रयास गरेको थियो । टिकटकका प्रमुख कार्यकारी साउ चिउ अमेरिकी संसदमै उपस्थित भएर सांसदसँग लबी गरेका थिए । तर उनको प्रयास सफल हुन सकेन ।

टिकटकमाथि प्रतिबन्ध लगाउने प्रस्तावको अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध गरेका थिए, तर उनकै पार्टी रिपब्लीकनका सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए ।

तर सिनेटमा टिकटकमाथि प्रतिबन्ध लगाउने वा नलगाउने भन्नेमा तिब्र मतान्तर रहेको छ । युएसए टुडे अखबारका अनुसार टिकटकमाथि प्रतिबन्ध लगाउँदा एउटा कम्पनीमाथि अन्याय हुने वा नहुने बारेमा पनि विचार विमर्श गर्नुपर्ने धारणा धेरै सिनेटरको छ । उनीहरुको विचारमा टिकटकमाथि प्रतिबन्ध लगाउँदा कानुनी पक्षलाई पनि गम्भीर ढंगबाट हेर्नुपर्ने छ । एजेन्सी

प्रधानमन्त्री दाहालसँग बाबुराम भट्टराईको प्रश्न : कुर्सीकाल लम्ब्याउन धोकाको राजनीति कहिलेसम्म ?
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति प्रश्नै-प्रश्न गरेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीले पटकपटक गठबन्धन र मन्त्री फेरिरहेकोमा प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्री दाहालले मंगलबार सार्वजनिक केही अभिव्यक्तिको आलोचनासमेत गरेका छन् ।

प्रधानमन्त्री दाहाल लक्षित डा. भट्टराईले के भनेका छन् त ?

“धूल चेहरे पर थी और मैं आइना साफ करता रहा” गालीबको यो चर्चित कवितांश झैं हाम्रा प्रम राम्रो परिणाम आएन भनेर पटकपटक गठबन्धन र मन्त्रीहरू फेरिरहनु भएको छ तर आफ्नो आधारभूत सोंच, नीतिकार्यक्रम, प्राथमिकता र कार्यशैलीमा पो त्रुटी छ कि भन्नेतिर पटक्कै ध्यान दिएको देखिन्न।

उल्टै गर्वसाथ घोषणा गर्नुहुन्छ– म बॉचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे ! अग्रगामी कि पश्चगामी उथलपुथलरु परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट, युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो ?

जनयुद्धका सर्वोच्च कमाण्डरले पटपटक प्रम हुॅदा शान्तिप्रकृया पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्दैनरुशान्तिप्रक्रियाका प्रमुख हिस्सेदार कांग्रेस र एमाले र तीसंग जोडिएका शक्तिकेन्द्रहरू सबैलाई साथ लिएर शान्तिप्रक्रिया टुंगिन्छ कि आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसंग कहिले कोसंग टॉसिने र अर्कोलाई धोका दिने तरिकाले टुंगिन्छ ?

संवेदनशील भूराजनीतिक द्वन्द बढ्दै गैरहेको वेला मूलत: तीन प्रमुख बाह्य शक्तिवीच सन्तुलन मिलाउनु सट्टा आफ्नो लहड वा निजी स्वार्थमा कहिले कोसंग कहिले अर्कोसंग टॉसिने र अर्कोलाई चिढ्याउने तरिकाले देशको सार्वभौमिकतारस्वाधीनताको रक्षा हुन्छ कि खतरामा पर्छ ?

लाटो खान्छ एक बल्ड्यांग, बाठो खान्छ दश बल्ड्यांग नहोस् !

चीनमा भेटियो ५३०० वर्ष पुरानो धानको बोट
बेइजिङ । पुरातत्वविद्हरुले चीनमा ५३०० वर्ष पुरानो धानको बोट फेला पारेका छन् । यो बोट भेटिएको ठाउँ हेमुडु संस्कृतिसँग सम्बन्धित छ। प्राचीन उन्नत सिँचाई प्रणाली र तल्लो यांग्जी नदी क्षेत्रसँग मानिसहरूको कनेक्टिभिटीको प्रमाण पनि उक्त क्षेत्रमा पत्ता लगाइएको छ।

चिनियाँ इतिहासमा यसलाई ठूलो खोज मानिएको छ । निङ्बो म्युनिसिपल रिसर्च एकेडेमी अफ कल्चरल हेरिटेज म्यानेजमेन्टको प्रतिवेदनअनुसार यो धान रोप्ने क्षेत्र करिब एक हजार वर्गमिटरमा फैलिएको छ । उक्त खोज नियोलिथिक हेमुडु संस्कृति क्षेत्रको केन्द्रमा भएको हो । यो प्राचीन समयमा मानव गतिविधिको प्रमुख स्थल थियो । उत्खननका क्रममा पुरातत्वविद्हरूले तीन चुचुरा, नौ वटा खाडल, धान र झारका निशानहरू फेला पारेका थिए। उनीहरुले सिँचाइ, निकास प्रणाली र धान खेतलाई छिमेकी घरहरूमा जोड्ने बाटो पनि पत्ता लगाएका थिए।

उक्त ठाउँमा पाइएको सिँचाइ प्रणाली देखेर वैज्ञानिकहरु छक्क परेका छन् । अध्ययनले वरपरका चुचुराहरू र खाडलहरू वरिपरि गरिएको निर्माणबाट क्रेटर बनेको देखाएको छ। उक्त खोजले धान खेतीको एक पुरानो प्रणाली उजागर गरेको पुरातत्वविद्हरुले विश्वास गरेका छन् । खोजले उक्त क्षेत्रको मैदानहरूमा प्रचलित प्राचीन कृषि प्रविधिबारे महत्त्वपूर्ण जानकारी प्रदान गरेको छ।

हेमुडु संस्कृति निङ्बोको हेमुडु बस्तीमा विकसित भएको थियो। यो धान खेतीको प्रगति र अद्वितीय अग्ला भवनहरुका लागि प्रसिद्ध एक प्राचीन सभ्यता थियो । यो संस्कृति तल्लो यांग्त्जे नदी क्षेत्रमा फस्टाएको थियो।

हेमुडु क्षेत्र नजिकै सियाओ भग्नावेशषहरुमा रहेको यो प्रागऐतिहासिक धान खेतीले करिब नौ लाख वर्गमिटर क्षेत्र ओगटेको छ । अहिले सोमध्ये सात हजार वर्गमिटरको उत्खनन भइरहेको छ ।

एजेन्सीको सहयोग

इन्टरपोलको ‘भिडियो’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)द्वारा आयोजित इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेष्ट फर योङ पुलिस लिडर्स प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ ।

यही मङ्सिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका एक सय ९५ सदस्य राष्ट्रमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।

नेपालको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘लेट्स सेभ द प्लानेट–इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो । भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टेलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्या समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न संयुक्त राष्ट्रसङ्घको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको   छ ।

इन्टरपोल प्रेसिडेन्ट मेजर जेनेरल डा अहमेद नासेर रैसीबाट नेपाल प्रहरीलाई सम्मानस्वरूप प्रमाणपत्र प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  इन्टरपोल स्थापनाको एक सय वर्षलाई विशेष उत्सवका रूपमा मनाउन इन्टरपोल इनोभेसन सेन्टरद्वारा ‘कानुन कार्यान्वयन तथा सुरक्षा सुनिश्चित गर्न इन्टरपोलको उपयोगिता’ विषयमा आधारित रही उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रलाई आह्वान गरिएको थियो ।

महासभामा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी छ । रासस

फ्यानसँग सन्दीपको आग्रह : नेपालको पक्षमा के भन्नुहुन्छ ?
काठमाडौं: नेपाली क्रिकेट टिमका उत्कृष्ट लेग स्पिनर सन्दीप लामिछानेले भोलि (सोमबार)को खेलका बारेमा आफ्ना धारणा राख्न खेल समर्थकहरु (फ्यान) लाई आग्रह गरेका छन् ।

आइसिसी पुरुष टी–२० विश्वकपका लागि एसियाली क्वालिफायर अन्तर्गत समूह ए मा रहेको नेपालले सोमबार सिंगापुर विरुद्ध खेल्दैछ । उक्त खेल बिहान ९ बजे सुरु हुनेछ ।

भोलि नै युएई र बहराइन, ओमान र मलेसिया तथा हङकङ र कुवेत बीच खेल हुनेछन् ।

समूह ए मा नेपाल सहित सिंगापुर, ओमान र मलेसिया रहेका छन् ।

सन्दीपले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “भोलिदेखि सुरु हुने टी२० वर्ल्डकप क्वालिफायरप्रति तपाइँ रोमाञ्चित हुनुहुन्छ भने मेरो पोस्टको कमेन्ट बक्समा लेख्नुहोस् ।”

नेपाली टिमका कप्तान रोहित पौडेलले पनि नेपाली टिममा सन्दीप समावेश भएपछि टिम बढी सन्तुलित र बलियो भएको प्रतिक्रिया दिएका छन् ।

https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/pfbid0PZoQdxVYD5oZDi3e31U48388UGjdzRAA2WSULfgCibL3i4KaskgPdMingVdRPdbhl

यी हुन् संसारका सबैभन्दा खतरनाक पाँच ठाउँहरू जहाँ मृत्यु पनि डराउछ
एजेन्सी । मृत्युको मिति कहिले आउछ कसैलाई थाहा छैन, तर संसारमा यस्ता केही ठाउँहरू छन् जहाँ मृत्यु पनि डराउछ । संसारमा यस्ता खतरनाक ठाँउ पनि छन्, ती ठाउँहरूमा जानुको अर्थ जुनसुकै बेला ज्यान जान सक्छ।

जानौँ विश्वका अत्यन्त खतरनाक मानिने पाँच स्थानहरु:

दानाकिल मरुभूमि

दानाकिल मरुभूमि

इथियोपियामा अवस्थित यो ठाउँ संसारको सबैभन्दा तातो ठाउँ हो। यो पृथ्वीको सबैभन्दा सुख्खा र तल्लो क्षेत्र मध्ये एक हो। ज्वालामुखीबाट निस्कने लाभा र विशाल नुन भण्डारले भरिएको यो ठाउ हेर्दै अचम्मको छ। यो घातक मरुभूमि १० लाख टनभन्दा बढी नुनले ढाकिएको छ।

डेथ भ्याली

डेथ भ्याली

डेथ भ्याली, नामले नै थाहा हुन्छ कि यहाँ जुनसुकै बेला कसैको अन्त्य हुनसक्छ । नेभाडा र क्यालिफोर्नियाको बीचमा रहेको यो डेथ भ्याली उत्तर अमेरिकाको सबैभन्दा तल्लो बिन्दु हो। यसलाई चरम भूमि पनि मानिन्छ। यहाँको उच्चतम तापक्रम ५६.७ डिग्री सेल्सियस रहेको छ। यति मात्र होइन, डेथ भ्यालीमा ७ सय पाउण्डसम्म तौल भएका ढुङ्गाहरू आफैँ सर्छन् । ती ढुङ्गाहरू किन सर्छन् भन्ने रहस्य आजसम्म कसैले पत्ता लगाउन सकेको छैन ।

लेक नेट्रोन

लेक नेट्रोन

लेक नेट्रोन उत्तरी तान्जानियाको एउटा खतरनाक ताल मानिन्छ । पत्याउनै गार्हो पर्ने यस खतरनाक नुन तालले जनावरहरूलाई सिधै ढुङ्गामा जमाईदिन्छ । लेक नेट्रोनको अत्यधिक प्रतिबिम्बित र रासायनिक रूपमा बाक्लो पानीले चराहरूलाई झुक्काउने गरेको छ । तालको नजिक पुग्नेबित्तिकै उनीहरु त्यहा खस्छन् र केहि सेकेण्ड मै मर्छन् ।

माउन्ट वाशिंगटन

माउन्ट वाशिंगटन

अमेरिकाको सबैभन्दा खतरनाक ठाउँहरू मध्ये एक माउन्ट वाशिंगटन पनि हो । यहा पृथ्वीको सतहमा सबैभन्दा शक्तिशाली हावा प्रवाह हुन्छ भनेर गिनिज रेकर्डमा पनि रेकर्ड गरिएको छ। यहा हावाको गति २०३ माइल प्रति घण्टा सम्म पुग्छ। माउन्ट वाशिंगटनको यात्रा अन्त कतै भन्दा बढी खतरनाक छ किनभने तीव्र हावा मात्र नभएर यहाँको माइनस ४० डिग्री तापक्रमले जो कोहिको लागि घातक साबित हुन सक्छ।

स्नेक आईल्याण्ड

यो पृथ्वीको सबैभन्दा घातक ठाउँहरू मध्ये एक हो। साओ पाउलोबाट ९० किलोमिटर टाढा रहेको यस टापुमा संसारमा सबैभन्दा धेरै सर्प पाइन्छ। स्नेक आइल्याण्डलाई इल्हा दा क्विमाडा ग्रान्डे को नामले पनि चिनिन्छ, जहाँ प्रति वर्ग मिटरमा पाँचवटा सर्प पाइन्छ। सर्प यति विषाक्त मानिन्छ कि जसले मान्छेको मासु समेत पगाल्ने गर्छ ।

रवीन्द्र मिश्र भन्छन्ः ‘आउँदो वर्ष गणतन्त्र दिवस नआवोस् !’
आउँदो वर्ष

गणतन्त्र दिवस नआवोस्!

संसदको भूमिका भाडमे जाओस्,

नियम-कानून भाडमे जाओस्,

न्यायालय भाडमे जाओस्,

पदीय जिम्मेवारी भाडमे जाओस्,

प्रहरी, प्रशासन, अख्तियार, विद्यालय, विश्वविद्यालय, समाज भाडमे जाओस्,

धर्म, संस्कृति, सभ्यता भाडमे जाओस्,

युवाहरूको भविष्य भाडमे जाओस्,

गरिवको जीवन भाडमे जाओस्,

देशको अस्मिता भाडमे जाओस्,

मेरो र आफन्तको कल्याण होस्,

गणतन्त्र अमर रहोस्!

होइन त?

‘हो’ भन्नुहुन्छ भने त्यसको दुखद र दिर्घकालीन परिणाम हाम्रो पुस्ताले भन्दा पनि, यो भिडियोमा देखिएकी वालिकाको पुस्ताले भोग्नु पर्नेछ।

हामी त नेपालको इतिहासमैँ (असल नागरिकहरूलाई छोडेर) समग्रमा भन्नुपर्दा सबैभन्दा फटाह, सबैभन्दा भ्रष्ट, सबैभन्दा आडम्बरी, सबैभन्दा राष्ट्रघाती पुस्ता बनिसक्यौँ। कमसेकम यी वालिकाको पुस्तामाथि अपराध नगरौँ।

उनको पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि “कुशन संस्था”का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ। अन्यथा, आन्तरिक र भूराजनीतिक संकट आईपर्दा सबै पक्षले भर पर्न सक्ने विश्वासीलो संस्था कुनै हुने छैन।

इतिहासका गल्तीहरूमा सबैले सबैलाई क्षमा दिऊँ। राजा, राजनीतिक दल र जनता एउटा “नवीन समझदारी”मा पुगौँ, अन्यथा यो देश र भावी पुस्तामाथि अक्षम्य अन्याय हुनेछ।

आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्!

(रवीन्द्र मिश्रको ट्वीटबाट साभार)

विवाहबारे विद्यार्थीले लेखे यस्तो निबन्ध, शिक्षकले बोलाए भेट्न
एजेन्सी । आजकल सामाजिक सञ्जालमा के भाइरल हुने हो केही भन्न सकिन्न । अनौठा भिडियो, म्यासेज र पत्रहरू हरेक दिन इन्टरनेटमा भाइरल हुन्छन् ।

विद्यालय बिदाका लागि विद्यार्थीले लेखेका निवेदन पनि भाइरल भएका छन् । अहिले यही बीचमा एक विद्यार्थीले पेपरमा लेखेको निबन्ध निकै भाइरल भइरहेको छ ।

वास्तवमा शिक्षकले विद्यालयका सबै विद्यार्थीलाई विवाहको बारेमा निबन्ध लेख्न भनेका थिए । तर एक विद्यार्थीले सबै विद्यार्थीभन्दा बिल्कुलै फरक निबन्ध लेखे, जसको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

विद्यार्थीले आफ्नो निबन्धमा लेखेका छन् – बिहे तब हुनेछ जब परिवारका सदस्यले केटीलाई भन्नेछन् कि तिमी ठूली भइसक्यौ र अब हामी तिमीलाई खाना खुवाउन सक्दैनौँ । तिमी आफ्नो लागि केटा जसले तिमीलाई खाना खुवाउन सक्छ ।’ उनले निवन्धमा अगाडि लेख्छन् – ‘त्यसपछि केटासँग केटीको भेट हुन्छ र दुबैको बिहे हुन्छ । दुवैले एकअर्काको परीक्षा लिन्छन् र सँगै बस्न थाल्छन् ।’

केटाले लेखेको निबन्ध देखेर शिक्षकको होश उड्यो । उनले विद्यार्थीलाई शून्य नम्बर दिँदै आएर भेट्न भनेका छन् । अहिले यो लेखिएको निबन्ध सामाजिक सञ्जालमा भाइरल भएको छ । शिक्षकले यो निबन्ध मन नपराए पनि मानिसहरुले निकै रुचाइरहेका छन् ।

यो हदसम्मका नालायक, गैरजिम्मेवार र राष्ट्र बिरोधी शासक दुनियाँमा अब बाँकी छैनन् होला
आर्थिक वर्ष ०७८/०७९ मा हामीले बिभिन्न देशबाट १९ खर्ब २० अर्ब अर्थात हाम्रो बजेट भन्दा बढीको सामान आयात गरेका रहेछौ ।

जसमध्ये भारतबाट मात्र १२ खर्ब भन्दा बढीको सामान आयात गरिएको रहेछ। यसबाट भारतसॅग मात्र हाम्रो ब्यापार घाटा साढे १० खर्ब जतिको छ।

देशको बजेट भन्दा बढी ब्यापार घाटा र वैदेशिक ऋण हाम्रो छ । आन्तरिक खर्चको कुरा गर्दा बजेटको सबैजसो हिस्सा साधारण खर्चमै सकिन्छ। संघ र स्थानीय तहको भन्दा कुनै पनि नौलो कार्यक्षेत्र नभएको र कहिकतैबाट औचित्य सिद्ध गर्न नसकेको प्रदेशको खर्च मात्र बर्षेनी ३ खर्ब जतिको छ।

देशको हालत यस्तो छ । तर, सरकार, संसद् र प्रतिपक्षको किल्लामा यी कुराको उच्चारण सम्म पनि हुंदैन। उनीहरूको ध्यान चुनावको मुखमा पछि आउने संसद्को समेत अधिकार कटौती हुने गरि विदेशीलाई नागरिकता बाड्न केन्द्रित छ।

शायद् यो हदसम्मका नालायक, गैरजिम्मेवार र राष्ट्र बिरोधी शासक दुनियॅामा अब बॅाकी छैनन होला । कोही बाँकी रहेका पनि हालसालै भागीसके। हामी नेपाली अब जागौं ! अति भयो !

संविधानविद डा.भीमार्जुन आचार्यको फेसबुकबाट