साहित्य – News Polar

‘लालीबजार’को चर्चा वर्षौंसम्म हुनेछः अभिनेता तथा निर्देशक शाह
काठमाडाैँ । अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्र ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताउनुभएको छ । सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल चलचित्र भवनमा चलचित्र हेरेपछि अभिनेता शाहले विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयले चलचित्रलाई आगामी कयौँ वर्षसम्म चर्चामा ल्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “चलचित्रका निर्माता, निर्देशक र कलाकारले हामीलाई वर्षांैसम्म सम्झिने सुन्दर कोसेलीका रुपमा चलचित्र ‘लालीबजार’ दिनुभएको छ । जुन विश्वासका साथ चलचित्र भवन छिरेको थिएँ, निस्किँदा त्योभन्दा बढी पाएँ । यसमा सबै कलाकारले जीवन्त अभिनय गर्नुभएको छ, हेर्नै पर्ने चलचित्र निर्माणमा संलग्न सबैलाई धन्यवाद दिन्छु ।”

उहाँसँगै अभिनेत्री प्रियङ्का कार्की, वर्षा राउत, अभिनेता आयुष्मान जोशी, गायक खेम सेन्चुरीलगायतले पनि चलचित्रको तारिफ गर्नुभयो । चलचित्रमा मुख्य भूमिका निर्वाह गर्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र कलाकर्मीबाट पाइरहेको प्रतिक्रियाले आफूसहित सम्पूर्ण निर्माण टिम उत्साहित रहेको बताउनुभयो ।

“चलचित्र प्रदर्शन भएदेखि नै हामीले दर्शकसँग भेटघाट गरिरहेका छौँ, चलचित्र बुझ्नुभएका कलाकर्मीदेखि मनोरञ्जनका लागि चलचित्र भवन पुग्ने दर्शकसम्म चलचित्र हेरेर खुसी हुनुहुन्छ, यही नै हाम्रो सफलता हो । पूर्वतर्फबाट दर्शक भेटघाट कार्यक्रममा सरिक हुँदै अहिले विर्तामोडमा छौँ, क्रमशः धरान, विराटनगर, इटहरी पनि पुग्ने छौँ”, अभिनेत्री खड्काले भन्नुभयो ।

उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रशंसा सुवेदी, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरवल चौधरीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

ईन्द्रालाप…
बुवा यो के हो ?

छोरा यो डोजर हो ?

डोजरले के गर्छ बुवा ?

राज्यको विकास गर्छ

अनि तिमी हामी जस्ताको उठिबास लगाउँछ ।

किन बुवा हामी राज्यका मानिस होइनौ ?

हुन त हौं बाबु……

तर राज्य आफ्नो भन्नलाई हामीसँग एकधरो जमिन छैन

हो राज्य आफ्नो भन्नलाई हामीसँग एकधरो आकाश छैन ।

यो राज्य मेरो मन मुटुमा छ

मेरो रगतमा छ

तर भुगोलमा म यो राज्यको हुन सकेको छुइन ।

म जन्मेको धरती मेरो होइन

म खेलेको धरती मेरो होइन

मैले पसिना बगाएको धरती मेरो होइन

मैले पुजेको आकाश मेरो होईन

भोली म मरेपछि मेरो खरानी बगाउने वा

मलाई गाड्ने धरती पनि हाम्रो होइन ।

मर्नु अगाडी मैले ६ फिट जमिन जोड्न सकिन भने

बाबु, तैले मेरो लाश खोलामा बगाईदिनु

म बग्दै अनन्त सागरमा पुग्नेछु

कतै त्यहाँ पो छ की मेरो धरती ?

होइन भने मेरो लाश डढाई दिनु

धुँवा बनेर अनन्त ब्रह्माण्डमा पुग्नेछु

कतै त्यहाँ पो छ की मेरो आकाश ?

न म नाम अनुसार स्वर्गको राजा ईन्द्र हुन सके

न म बलियो बाँङ्गो बहादुर नै हुन सके

म राई हुँ……

भुमिपुत्र हाम्रो पहिचान हो छोरा

तर म भुमिपुत्रसँग भुमि छैन ।

भुमिहिन सुकुमबासी हौं हामी

त्यसैले यो खोला किनारमा छौ,

र आज तँ जन्मिएको

अनि मैले पसिना बगाएको

यो घर अगाडी

डोजर आईपुगेको छ बाबु ।

यो डोजर हो

यसले राज्यको विकास गर्छ

अनि तिमि हामी जस्ताको उठिबास लगाउँछ ।

“तर म घर भत्काएको हेर्न सक्दिन।”

२०८३ वैशाख २० गते

विजय पौडेल

नेपाली कला सांस्कृतिक प्रतिष्ठानको वागमती प्रदेश अधिबेसन सम्पन्न
काठमाडौ —हाम्रो गौरव हाम्रो शान, कला सांस्कृतिकको संरक्षण हाम्रो अभियन भन्ने मुल नाराका साथ आज नेपाली कला सांस्कृतिक प्रतिष्ठानको प्रथम बागमती प्रदेश अधिबेसन भब्यताका साथ सम्पन्न गरिएको छ । नेपाली कला सांस्कृतिक प्रतिष्ठानद्धारा आयोजित उक्त अधिबेसनमा सहभागी प्रमुख अथिति कलाकारहरुले सफलताको शुभकामना ब्यक्त गरेका छन ।

सोही प्रथम अधिबेसनमा बागमती प्रदेशको नया नेतृत्व चयन गरिएको आयोजक प्रतिष्ठानले जनाएको छ । प्रतिनिधि चयन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लोक गायक बमबहादुर कार्कीले अधिबेसनको सफलताको शुभकामना दिएका छन । मलाई असाध्यै गौरव लाग्यो यो प्रतिष्ठान अघि बढेको देख्दा कार्कीले भने देशको कला सांसकृति जर्गेना गर्न यस प्रतिष्ठानले भूमिका खेल्न आबश्यक छ । हामी त्यसै बहकिनु हुन्न आफनो पहिचान सहित बहकिनु पर्छ कार्कीले बताउनु भयो ।

लोक गायक कार्कीका अनुसार यो नेपाली कला सांस्कृतिक प्रतिष्ठानले सात वटै प्रदेशमा तर्दस समिति गठन गरेर कला सांस्कृतिलाई अघि बढाएको देख्न म यस प्रति खुशी भएको छु। हाम्रो जस्तो मिठो सांस्कृति अन्य कुनै देशमा छैन उनले भने अनेक भान्सा अनेक भेषभूषाले भरिपूर्ण छ । नेपाली गीत संगीतलाई महत्व दिएर संरक्षण गर्ने उदेश्यका साथ यो नेपाली कला सांस्कृतिक प्रतिष्ठान जन्मिएको प्रतिष्ठानका अध्यक्ष पदमबहादुर रोकायाले बताउनु भयो ।

श्रष्टा श्रृजनाको उत्पादन र कलाकारहरुको सम्मान गर्न यस प्रतिष्ठानको महत्व भूमिका रहेको रोकायाको भनाई छ बिस २०८१ सालमा स्थापना भएका यस प्रतिष्ठानले छोटो समयमा सात वटै प्रदेशमा तर्दस समिति गठन गरि काम काज अघि बढाइसको उनले बताउनु भयो ।

गीत संगीत कला साहित्य क्षेत्रलाई संरक्षण गर्न यो नेपाली कला सांस्कृतिक नेपाली कला सांस्कृतिक प्रतिष्ठानको गठन भएको प्रतिष्ठानका उपाध्यक्ष महेन्द्र मल्लले बताउनु भयो । अधिबेसन बाट निर्बाचित पदाधिकारीलाई प्रमाण पत्र प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।

बिशेष गरेर दुर्गम क्षेत्रमा ओझेलमा परेका कला सांस्कृतिलाई उजार गर्न यसले कार्य गर्ने मल्लको भनाई छ । कल्चरमा छिरेपछि धेरैलाई मोहो लाग्ने मल्लले भने यस प्रतिष्ठानले कला सांस्कृतिकको संरक्षण संगै कलाकारहरुलाई भेटघाट जमगट गर्ने थलोको रुपमा पनि रहेको छ ।कार्यक्रममा देउडा गायक मुगुका जयसिह कुमाइले तिला कर्णाली अ मेरो रैवार शहर लैजा, कठै राजधानी अ कहिले जालाई कर्णालीमा भनेर मिठो देउडा गीत सुनाउनु भयो ।

सोही कार्यक्रममा सहभागी अन्य कलाकारहरुले पनि गीत गाउनु थियो । कार्यक्रममा प्रमुख अतिथि बाट नया चयन गरिएको नेतृत्वलाई प्रमाण पत्र उपलब्ध गराइएको छ ।

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
काठमाडौं । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा चेतनाको विगुल फुक्ने बेला हुन्छ अनि आर्थिक तथा सामाजिक विकासका लागि आह्वान गर्नुपर्ने हुन्छ त्यतिबेला गुञ्जने गीत हो

गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ…,

यस्तै अर्काे सुर पनि गुञ्जिन्छ

आउ मिलाउँ हाम्रा हातहरू न्याय र समानताका लागि…।

विसं २०३१ मा लेखिएको र ४० को दशकमा रेकर्ड भएको गाउँगाउँबाट उठका रचना तथा सङ्गीत श्याम तमोटको हो भने रामेशलगायत साथीहरूको स्वर छ । त्यसपछि दर्जनौँ भर्सनमा गीत आइसकेको छ । प्रमोद हमालको सङ्गीत तथा रामेश रायनको स्वर रहेको आउ मिलाउँ हाम्रा हातहरू… होस् या मणि थापाको रचना र सङ्गीत रहेको गीत

भेटेर तिमीलाई सोधुँसोधुँ लाग्यो लेखेर तिम्रो गीत गाउँगाउँ लाग्यो प्यारो जलजला… होस् ।

यी गीतहरूमा नेपाली माटो, जीवन, सङ्घर्ष, प्रकृति, राष्ट्रियता, स्वतन्त्रता र एकता बोलिरहेको छ । यस्ता गीतहरूले समाज बदल्नलाई ठूलो योगदान गरेका छन् । हरेक नेपालीको मुखमा झुण्डिएर बसेका यस्ता प्रगतिशील सुरहरू यसपालि एकैठाउँमा पस्किने जमर्काे भइरहेको छ ।

तीनै गीतहरूलाई समेटेर यसपाली प्रगतिशील सुरहरू जलजलाको फेदमा प्रस्तुत हुँदैछ । नेपालको इतिहासमै पहिलोपटक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा रोल्पा कला साहित्य प्रतिष्ठान काठमाडौँको सहआयोजनामा रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव’ हुन लागेको हो ।

प्रकृतिको मनोरम क्षेत्र रङ्गीचङ्गी फूल र प्राकृतिक छटाले स्वर्गको टुक्राजस्तै देखिने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजलाको फेदीमा वैशाख १९ र २० गते प्रगतिशील सुरहरू गुञ्जिँदै छन् ।

गाउँगाउँबाट उठ र आऊ मिलाउँ हाम्रा हातहरू… त ४५ जना प्रगतिशील कलाकारहरूले एकै स्वरमा पस्किन लागेका प्रतिष्ठानकी सदस्यसचिव तथा उत्सव संयोजक कुश्मा महरा प्रगतिले बताइन् । समाज रूपान्तरण र नेपालको राज्यव्यवस्था नै परिवर्तनका लागि विभिन्न चरणमा चलेका सामाजिक जागरणका सचेत अभियानमध्येको एक मत्त्वपूर्ण केन्द्र रोल्पा, थवाङ हो । जहाँ त्यस दिन सङ्गीतका तरङ्गहरूले सामाजिक यथार्थ बोल्ने छन् ।

हरेक मनका ढुकढुकी परिवर्तनको झन्कारका रूपमा व्यक्त हुनेछन् । नेपाली समाज, सुन्दर समाज अनि समृद्ध समाजको भाकामा गुन्जिनेछन् र अग्रगामी चेतनाको आवाज घन्किने छ ।

इतिहासदेखि नै नेपाली समाजमा सकारात्मक परिवर्तनको नेतृत्व गरिरहेको, समाज विकासका हरेक घुम्तीमा काँध थाप्ने हिम्मत भएको, हरेक सुरहरूको पनि सुर तर सधैँ ओझेल परेको साङ्गीतिक धारा हो प्रगतिशील सङ्गीत ।

प्रगतिशील गीत–सङ्गीतमार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने, सांस्कृतिक एकता सुदृढ गर्ने, तथा सिर्जनशील अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्ने उद्देश्य रहेको छ ।

प्रतिष्ठानले बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपाली समाजको विविधतालाई सम्मान गर्दै त्यसको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उनले बताइन् ।

समाज रूपान्तरण र नेपालको राज्यव्यवस्था नै परिवर्तनका लागि विभिन्न चरणमा चलेका सामाजिक जागरणका सचेत अभियानमध्येको एक मत्त्वपूर्ण केन्द्र रोल्पा, थवाङ हो । जहाँ त्यस दिन सङ्गीतका तरङ्गहरूले सामाजिक यथार्थ बोल्ने छन् ।

हरेक मनका ढुकढुकी परिवर्तनको झन्कारका रूपमा व्यक्त हुनेछन् । नेपाली समाज, सुन्दर समाज अनि समृद्ध समाजको भाकामा गुन्जिनेछन् र अग्रगामी चेतनाको आवाज घन्किने छ । इतिहासदेखि नै नेपाली समाजमा सकारात्मक परिवर्तनको नेतृत्व गरिरहेको, समाज विकासका हरेक घुम्तीमा काँध थाप्ने हिम्मत भएको, हरेक सुरहरूको पनि सुर तर सधैँ ओझेल परेको साङ्गीतिक धारा हो प्रगतिशील सङ्गीत ।

प्रगतिशील गीत–सङ्गीतमार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने, सांस्कृतिक एकता सुदृढ गर्ने, तथा सिर्जनशील अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्ने उद्देश्य रहेको छ ।

प्रतिष्ठानले बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपाली समाजको विविधतालाई सम्मान गर्दै त्यसको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उहाँले बताइन् ।

समाज रूपान्तरणको चेतना बोकेको प्रगतिशील साङ्गीतिक धारालाई केन्द्रमा राखिएको बताउँदै संयोजक महराले भनिन् , “यसलाई केबल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई समाज परिवर्तन, जनचेतना अभिवृद्धि र सांस्कृतिक जागरणको सशक्त साधनका रूपमा स्थापित गर्ने लक्ष्य छ, समाजमा विद्यमान असमानता, विभेद, अन्याय तथा कुरीतिहरूविरुद्ध सचेतना फैलाउने तथा समानता, समावेशिता र सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले हो ।”

हरेक कला प्रगतिशील हुन्छ, नाटक गर्दा केही न केही समाजका लागि गरिएको हुन्छ । गायकले गीत गाउँता त्यसका शब्दमा समाज बोलिरहेको हुन्छ । प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलल भन्छिन्, “त्यसैले यस्ता गीत सङ्गीत कलाको समुचित प्रवद्र्धन र प्रवर्द्धन गर्नुपर्छ, ऐतिहासिक पृष्ठभूमिलाई आत्मसात गर्दै उक्त उत्सवले साङ्गीतिक अभिव्यक्तिलाई अझ सशक्त बनाउने छ ।”

यस उत्सवको पहिलो दिन १९ गते उद्घाटन समारोहसँगै सहभागी प्रगतिशील क्षेत्रका कलाकारहरूको सांस्कृतिक परिचय तथा विशेष साङ्गीतिक प्रस्तुति रहनेछ । दोस्रो दिन संवाद, अन्तरक्रिया, कार्यशाला तथा प्रगतिशील सङ्गीतका विविध आयाममा केन्द्रित ‘प्यानल डिस्कोर्स’ गरी नेपालमा प्रतिशील सङ्गीतको भूमिका र महत्वको निष्कर्ष प्रस्तुत गरिने कार्यक्रम छ ।

यस्तै वरिष्ठ प्रगतिशील गीतकार, सङ्गीतकार तथा गायकहरूको बेजोड प्रस्तुतिसहित प्रगतिशील सङ्गीत उत्सव–२०८३ समापन गरिनेछ । झण्डै ४५ कलाकारहरू सहभागी हुनेछन् । अन्य सहभागीहरूसहित २०० को हाराहारीमा उपस्थिति हुने अनुमान गरिएको छ ।

उत्सवमा देशभरका प्रगतिशील गीत–सङ्गीतका अग्रज कलाकारहरू, उदीयमान प्रतिभाहरू, सांस्कृतिक समूहहरू, शोधकर्ता, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको प्रतिष्ठानका उपकुलपति शम्भु राईले बताए ।

यस्तै महिला, दलित, आदिवासी–जनजाति तथा सीमान्तकृत समुदायहरूको सक्रिय सहभागितालाई विशेष प्राथमिकता दिइने र त्यसले समावेशी सांस्कृतिक वातावरण निर्माणमा टेवा पुग्ने विश्वास गरिएको उनले बताए ।

उपकुलपति राईले प्रगतिशील गीत सङ्गीत संरक्षणको अभावमा कलाकारसँग हराएर गइरहेका सन्दर्भमा यस्ता कार्यक्रमले केही प्रवर्द्धनमा भूमिका खेल्ने बताए ।

ऐतिहासिक, सामरिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थानका रूपमा चिनिएको रोल्पा प्रगतिशील विचार र सामाजिक चेतनाको केन्द्रका रूपमा परिचित रहँदै आएको छ । त्यसैले यस स्थानमा आयोजना हुन लागेको उत्सवले स्थानीय सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

यस उत्सवले स्थानीय कलाकारहरूको क्षमता अभिवृद्धि गर्नुका साथै संस्कृतिका क्षेत्रमा सम्भावनाका ढोका खुल्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

उत्सवमार्फत प्रगतिशील गीत–सङ्गीत क्षेत्रका अग्रज तथा नयाँ पुस्ताबीच सांस्कृतिक सेतु निर्माण गर्ने, सामाजिक एकता र समावेशितालाई सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने र प्रगतिशील साङ्गीतिक धारा राष्ट्रको मूल साङ्गीतिक प्रवाह भएकाले पहिचान स्थापित गर्दै अन्तरराष्ट्रियस्तरमा नेपालको साङ्गीतिक छवि स्थापित गर्ने दीर्घकालीन उद्देश्य पनि यस उत्सवसँग जोडिएको संयोजक महराले बताउनुभयो । संस्कृति राष्ट्रको पहिचान, अस्तित्व र विकासको आधारभूत स्तम्भ हो ।

गीत, सङ्गीत, नाटक र नृत्यजस्ता विधाहरू नेपाली संस्कृतिलाई पूर्णता दिने मूल आधार हुन् । यी आधारहरूले समाजलाई जोड्ने, अग्रगामी चेतना फैलाउने तथा सकारात्मक परिवर्तनको मार्ग प्रशस्त गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

यसले नेपाली समाजमा थप सकारात्मक सोच, सहकार्य र सहअस्तित्वको भावना अभिवृद्धि गर्दै समुन्नत र समावेशी राष्ट्र निर्माणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ । उत्सवको तयारीका लागि संयोजक महरा थवाङ पुगेका छन् । उनले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित
काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको जेन्जी आन्दोलनमा केन्द्रित भइ लेखिएको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशनमा आएको छ ।

विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील नवपुस्ताप्रति समर्पित जेन्जी कविताका प्रकाशकमा रचनाकारकी ९२ वर्षीया आमा चेतकुमारी रहेका छन् । कृतिभित्र २३ र पुस्तकावरणमा एक गरी २४ कविता सङ्ग्रहित छन् जसले भदौ २३ र २४ लाई सङ्केत गर्छन् जुन दिन नेपालमा जेन्जी आन्दोलन भौतिक रूपमा सुरु भई उत्कर्षमा पुगेको थियो ।

‘आगो’, ‘खरानी’, ‘डेलुलु’, ‘कैलदेवी’, ‘जेन्जी जुत्ता’, ‘मुस्कान खातुन’, ‘थुक्तेन’, ‘सेप्टेम्बर ८’, ‘भदौ २३’ आदि शीर्षकमा नवपुस्ताका आशा, आकाङ्क्षा, मुलुकमा व्याप्त कुशासन, बेथिति र भ्रष्टाचार, जेन्जी सहिदका भावना, पुराना राजनीतिक दल र तिनका नेताहरूको पुरातन सोचाइ, निर्वाचन आदि विषय समेटिएका छन् जसमा विश्वबोध पनि भेटिन्छ ।

निरास युवाहरूका उकुसमुकुसले ज्वालामुखीको रूप लिएपछि उत्पन्न आक्रोशलाई ‘लाभा’ मार्फत प्रतिनिधित्व गराइएको छ । जेन्जी आन्दोलनसँग सम्बन्धित कविताहरूको यो नै सम्भवतः पहिलो नेपाली कवितासङ्ग्रह हो ।

गीत, मुक्तक, हाइकु, कथा, धारावाहिक उपन्यास पनि प्रकाशन गराइसकेका रिमालका समसामयिक विषयमा लेखिएका लेखरचना पनि पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् । उहाँको यसअघि ‘एउटा काँढा बिझ्दा’, गीतसङ्ग्रह (विसं २०४८), ‘त्रिशूलीको किनाराबाट’, कविता सङ्ग्रह (विसं २०६६), ‘बारपाक’ कम्पकाव्य (विसं २०७४), ‘नदी बग्दैन’, कवितासङ्ग्रह (विसं २०७८), ‘चमेरो’, कोरोना कविता (विसं २०८०), ‘हिमाल त कालै भएछ’, २०२४ का कविता (विसं २०८१) कृति प्रकाशन भइसकेका छन् ।

पुख्र्याैली घर तार्केश्वर–सामरी÷त्रिशूली बजार, नुवाकोट रहेका उनी हाल आफूद्वारा विभिन्न समयमा फुटकर रूपमा लेखिएका प्रकाशित–अप्रकाशित निबन्धहरूको सङ्ग्रह प्रकाशनको गृहकार्यमा छन् ।

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको आठौँ साधारणसभाः ‘माटाेकाे ममता’ लोकार्पित
नुवाकोट। राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले आठौँ साधारणसभाका अवसरमा समाजद्वारा प्रकाशित मुखपत्र ‘माटाेकाे ममता’ को दोस्रो संस्करणको आज लोकार्पण गरिएको छ ।

नुवाकोटको ककनी गाउँपालिकास्थित पर्यटकीयस्थल ककनी डाँडोमा आज आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, नेपाल सरकारका पूर्वसचिव रामप्रसाद थपलिया, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराम केसी, समाजका संस्थापक अध्यक्ष डा केदारनरसिंह केसी, समाजका अध्यक्ष उदयबहादुर राना मगर लगायतले पुस्तकको लोकार्पण गर्नुभयो ।

सोही कार्यक्रममा समाजले प्रकाशन गरेको वर्ष २०८३ को भित्तेपात्रो पनि विमोचन गरियो । नुवाकोटमा जन्म तथा बासिन्दा भई निजामतीलगायत राष्ट्रसेवाका विभिन्न निकायमा कार्यरत कर्मचारीको सो संस्थाले राष्ट्रसेवामार्फत सामाजिक कार्यमा योगदान दिन २०७१ सालमा सो समाजको स्थापना भएको हो ।

ककनी गाउँपालिकाका अध्यक्ष तामाङले जिल्लालाई सबै हिसाबले समृद्धिका लागि भूमिका निर्वाह गर्न राष्ट्रसेकहरूको महत्त्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले गुर्जे भञ्ज्याङदेखि चिम्टेश्वरसम्मको हाइकिङ, फुङफुङ झरना, वनभोजस्थल र स्ट्रबेरी उत्पादनलगायत कारण ककनी स्थापित भएकाले पर्यटन प्रवद्र्धनका राष्ट्रसेवक कर्मचारी समाज, नुकाकोटले योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

समाजका संस्थापक अध्यक्ष डा केसीले सानो समूहबाट सुरु गरिएको समाज विस्तारित भएकामा खुसी व्यक्त गर्दै विचार र सिद्धान्तभन्दा माथि गएर सामाजिक कार्यमा समर्पित हुन आग्रह गर्नुभयो ।

समाजका अध्यक्ष रानामगरले जिल्लामा जन्म तथा निवास भएका राष्ट्रसेवकबीच सञ्जालीकरण, अतिरिक्त क्रियाकलाप, क्षमता विकास, आरोग्य जीवन, खेल र मनोरञ्जनात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

विमोचित माटाेकाे ममता’ बारे समीक्षा गर्दै आश्विनीकुमार पुडासैनीले राष्ट्रसेवाका लागि प्रतिस्पर्धात्मक परीक्षा सामग्री विशेष अङ्कका रूपमा सो सामग्री प्रकाशन गरिएको बताउनुभयो । स्मारिकको प्रधानसम्पादकमा वासुदेव गुरागाईं रहनुभएको छ ।

साधारसभामा अध्यक्ष रानामगरद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्ष कृष्णराज खतिवडाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफलसहित पारित भएको छ । साथै सभामा समाजको विधान संशोधन प्रस्ताव पनि छलफलसहित पारित भएको छ । रासस

चार जनालाई ‘वानीरा पुरस्कार’
काठमाडौं । वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा आज एक समारोहमाझ ‘नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशकदेखि निरन्तर साधनारत एवम् नेपाली भाषाको श्रीवृद्धिका लागि समेत समर्पित  माधव खनाल ‘भावुक’लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्नुभयो ।

समारोहमा ई.गिरिले ‘आफ्नै स्रोत र साधनबाट विगत चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै कृत्रिम बौद्धिकतामा आधारित यन्त्र मानवको आविष्कार गरी अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएबापत कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्नुभयो ।

यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।

सोही समारोहमा संस्थापक गिरिले ‘आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमा समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत चितवनका  धनराज गिरिलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्नुभयो ।

साथै किशोरावस्थादेखि नै समाजसेवामा सदैव जागरुक भई खास गरेर काठमाडौँ महानगरपालिकाको विकासमा मन, वचन र कर्मले समर्पित श्री सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ समर्पण गरिएको छ ।

यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा.गिरीको पूर्ण कदको सालिकमा वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईबाट माल्यार्पण गरिएको थियो ।

इञ्जिनियर शङ्कर गिरीको प्रवल इच्छा बमोजिम २०७९ साल वैशाख २० गते वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो ।

वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरु, वानीरा फाउन्डेसनका उपाध्यक्ष प्रा.डा. ऋषिराम शर्मा, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट वानीरा गिरिबारे मन्तव्य प्रकट भएको थियो ।

आमाको चिठी
प्यारा छोराहरू, बुहारीहरू,

छोरीहरू, ज्वाइँहरू

नाति नातिना, पनाति पनातिनाहरू

मलाई यहाँ सन्चै छ

तिमीहरूलाई कस्तो छ ?

देशमा छौ, कोही परदेशमा छौ

तिमीहरु कस्तो परिवेशमा छौ !

सम्झेर तिमीहरूलाई चिन्ता लागिरहन्छ

भोक र निन्द्रा भागिरहन्छ ।

भोक र निन्द्रा भाग्नु,

त्यो पनि ठिकै पो लाग्छ–

भोक नलागे अनिकालबाट बचिन्छ

निन्द्रा नलागे चोरचकारबाट जोगिइन्छ

म त पहिलाभन्दा झन् दह्री भएकी छु

जति दाम्री पर्यो उति चाम्री भएकी छु

तिमीहरू ढुक्कले किर्ती कमाउँदै जानू

दुनियाँका अगाडि धाक जमाउँदै जानू

मेरो कुनै सुर्ता गर्नु पर्दैन

भन्छन्, माया ओरालो झर्छ–

झरोस्, फिर्ता गर्नु पर्दैन ।

अहिलेसम्म खासै दुख् बिमार केही छैन

कहिलेकाहीँ अलिअलि कम्मर दुख्छ

दुख्दा दुख्दै दुख्दा दुख्दै हुरुक्क बनाउँछ

सासै जाला जस्तो गराउँछ

त्यस्तो बेला दाह्रा किटेर खप्नुपर्छ

भगवानको नाम जप्नुपर्छ ।

तर पनि म कडै छु

लड्खडाउँदै भए पनि चुलो सल्काउन खडै छु

मेरो पिर गर्नु पर्दैन, भर्खर नब्बेमा टेक्दैछु

यी अहिले पनि अगेनामा सुन्निएका गोडा सेक्दैछु ।

कान एकोहोरो कराइरहन्छ, बेलाबेला होस हराइरहन्छ

बाका बेसुरा कुरा सुनेर मन डराइरहन्छ

तर पनि केही छैन नानी हो,

आँखा नदेखे पनि बा अलिअलि कान सुन्नुहुन्छ

कान नसुने पनि म अलिअलि आँखा देख्छु

बालाई मेरो भर छ, मलाई बाको भर छ

यति भएपछि हामीलाई केको डर छ ?

तिमीहरूले बेलाबेला सन्चो बिसन्चो बोले पुग्छ

मातातीर्थे–कुशे औंसीमा भिडियो खोले पुग्छ

भाडा पिटाएर यता आइरहनु पर्दैन

बृद्ध भत्ता आएकै छ,

हामीलाई खर्च पठाइरहनु पर्दैन ।

बरु बाको बिसन्चोले पो मलाई अलि सन्च हुँदैन

सम्झाउँछु, हाम्रो बिमार अब नमरी अन्त हुँदैन

पोहोरदेखि सुन्निन थालेका हातगोडा बस्न जानेका छैनन्

मुखमा बाँकी दुइटा दाँतका जरा अझै खस्न मानेका छैनन्

बूढो हड्डी हो दुख्नु नौलो कुरा होइन भन्छु, सम्झाउँछु

पानी निख्रिएको शरीर हो–

कटकट खानु अचम्म होइन भन्छु, फकाउँछु

आफैं रुनुहुन्छ, मलाई नरोऊ भन्नुहुन्छ

बेलाबेला मलाई नै ‘तिमी को हौ ?’ भन्नुहुन्छ ।

त्यता कस्तो छ, यता यस्तै छ

बिसन्चो भनौँ बिसन्चो केही छैन

सन्चो भनौँ सन्चो केही छैन

थाहा पनि पाउँदिन अचेल म

मुटु दुखेको हो कि मन

छाला चाउरिएको कि सम्बन्ध

हाड मकाएको हो कि सम्झना

आँखा धमिलिएको हो कि माया

कान कराएको हो कि शङ्ख ?

शङ्खले सम्झाइरहन्छ तथ्य, सकिँदै गएका मेरा दौंतरीहरू

म मर्दा आउन भ्याउलान् कि नभ्याउलान्–

मेरा बबुरा सन्ततिहरू ?

भ्यायौ भने आउनू, एक थुँगो फूल ल्याउनू

नभ्याए उतैबाट श्रद्धान्जली पठाउनू

लौ त,

चेतना अन्त नभई अन्त नहुने मनको तरङ्ग

भैंसी बराबरका अक्षरमा नअटाउने यो पत्र

कतै कसैलाई नपठाउने मनको खाम

रातरातभरि खोलिरहन्छु, पढिरहन्छु

तिमीहरूले जवाफ पठाए पनि नपठाए पनि

दिनरात म चिठी लेखिरहन्छु, लेखिरहन्छु ।।

लक्ष्मण गाम्नागेको फेसबुक वाल बाट साभार

साहित्यकार श्रवण मुकारुङको ‘सलह’ उपन्यास लोकार्पण
काठमाडौँ: शनिबार बिहान नेपालयको आरशाला खचाखच थियो । जहाँ कवि तथा गीतकारका रुपमा प्रसिद्ध श्रवण मुकारुङ आख्यानकार अवतारमा अवतरित हुँदै थिए ।

पहिलो आख्यानका रुपमा ‘सलह‘ ल्याएका श्रवण मुकारुङले सुरुमै हलको बाहिर बसेर सुनिरहेकाहरूलाई सम्बोधन गरे ।

लेखक श्रवण मुकारुङले भने, ‘म बाहिर पारिएकाहरूको लेखक, सीमान्तको लेखक सबभन्दा पहिला तपाईं बाहिर उभिएर सुनिरहनु भएकाहरूलाई सम्बोधन गर्छु ।’

लोकार्पणमा अग्रिम नाम दर्ता गरेर आउने पाठकहरू र आरशालामै आएर नाम दर्ता गर्ने पाठकहरू धेरै भएपछि आयोजकले पहिलोपटक कफी शपतिरको ढोका खोल्नुपरेको थियो ।

‘सलह’ लोकार्पण कार्यक्रममा श्रवण मुकारुङ आफ्ना बाबा सम्झेर भावुक भएका थिए । उनले आफ्नो चार दशक लामो साहित्य यात्रा पनि स्मरण गरे । ‘हुन त कवि–गीतकारभन्दा पहिला म निबन्धकार र नाटककार भएको थिएँ । कक्षा ७ मा पढ्दा ‘हुलाकी बन्ने धोको’ निबन्ध र ९ मा पढ्दा ‘अस्तित्व’ नाटक लेखेको थिएँ । काठमाडौँ आएपछि रत्नराज्यलक्ष्मी क्याम्पस पढ्दा पहिलो चोटि मैले ‘आजकल रानीपोखरीमा’ शीर्षकको कविता सुनाएको थिएँ ।’

आफू सुरुदेखि नै साहित्यका विभिन्न विधामा छरिएको बताउँदै मुकारुङले भने, ‘निबन्ध, नाटक, कविता, गीत, कथा, चलचित्र हुँदै अहिले म उपन्यास ‘सलह’ लिएर आएको छु । लेखकले छनोट गरेका कतिपय विषयले आफैँ विधाको आग्रह गर्दो रहेछ । यो विषयले नै मलाई उपन्यास ‘सलह’ लेखायो ।’

श्रवण मकारुङले कल्पना र स्मृतिले नै मानिसलाई बचाउने बताए । ‘स्मृतिमा जान खोज्दा पाँच वर्षको उमेरदेखि सम्झिन्छु । हाम्रो परिवार उदयपुरको झोडामा पुगेको थियो । झोडाभित्र हाम्रो झुपडी थियो । टुकीको सानो उज्यालो थियो । ठूलो उज्यालो खोज्ने हुँदा मैले झुपडी नै जलाएको थिएँ । अझ उज्यालो खोज्ने हुँदा अँध्यारो पारेछु ।’

जनआन्दोलन २०६२/०६३ ताका ‘बिसे नगर्चीको बयान’ लेखेर माहौल तताएका साहित्यकार मुकारुङले धेरै उज्यालो खोज्दा अँध्यारो पनि हुन सक्ने भन्दै निकटको आन्दोलनतिर पनि संकेत गरे ।

आफ्ना साथीहरुले तिम्रो कवितामै आख्यान, सिनेमा, नाटक छ भनिदिएको हुनाले आफूले धेरै ढिलो गरी आख्यान लेखेको भन्दै रमाइलो पनि गरे ।

‘श्रवण मुकारुङ पलेँटी र ई–कवितामार्फत पनि नेपालयसँग जोडिनुभएको छ,’ नेपालयका सम्पादक विमल आचार्यले भने, ‘अब उहाँ लेखकका रुपमा पनि हामीसँग जोडिनुभएको छ । साहित्यलाई विचार र शैली दुवै हिसाबले गरिमामय बनाउने श्रवण मुकारुङको ‘सलह’ले उहाँलाई आख्यानकारका रूपमा पनि स्थापित गर्नेछ ।’

चार दशक लामो साहित्य यात्रामा श्रवण मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’ र ‘बिसे नगर्चीको बयान’ कविता संग्रह, ‘हिउँको दरबार’, ‘सुन रे सियाराम’ गीत संग्रह लगायत प्रकाशित छन् । मुकारुङ पाँच वर्षदेखि नेपालयको साप्ताहिक अडियो कविता शृंखला ई–कविता पनि संयोजन गरिरहेका छन् ।

उपन्यासकार श्रवण मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ तथा श्रीमती गीता थापा मगरलाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो ।

लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ लोकार्पण
काठमाडौँ: नेपालमा प्रजातन्त्र आगमनको कथा भन्ने पुस्तक ‘सन्धिकाल: सामाजिक परिवर्तनका आधारभूमि’ लोकार्पण गरिएको छ । ऐतिहासिक समाजशास्त्री लोकरञ्जन पराजुली लिखित पुस्तक ‘सन्धिकाल’ शनिबार बिहान नेपालयको आरशालामा विमोचन गरियो ।

लेखक लोकरञ्जन पराजुलीले आफ्नो पुस्तक ऐतिहासिक महेशराज पन्त, जेनजी अभियन्ता रक्षा बम र समाजविज्ञानका विद्यार्थी यादव अर्याललाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो ।

पुस्तक ‘सन्धिकाल’ लोकार्पण गर्दै लेखक पराजुलीले वि.सं. २००७ को परिवर्तन आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो टर्निङ पोइन्ट भएको बताए । ‘२००७ पछि रैतीहरूलाई सार्वभौम नागरिकका रुपमा स्वीकार गरियो । बोल्न, पढ्न, लेख्न, छाप्न तथा संगठित हुन पाइने स्वतन्त्र वातावरण बन्यो,’ लेखक पराजुलीले भने, ‘सात सालले भुइँ तहसम्म ठूलो उत्साह ल्यायो । सामाजिक संघ–संगठन, मिडिया, स्कूल, कलेज, पुस्तकालय आदि क्षेत्रमा त उथलपुथल नै ल्यायो ।’

राणा शासन विरोधी आन्दोलनको व्याख्या गर्ने क्रममा सामाजिक, साहित्यिक, रेडियो, शिक्षा, सिनेमाहरुको योगदानबारे चर्चा नगरिएको लेखक लोकरञ्जन पराजुलीले बताए । ‘रुख ढल्नुमा जसरी बन्चरोको अन्तिम प्रहारको मात्र योगदान हुँदैन, उसरी नै कुनै पनि परिवर्तन देखिएको अन्तिम कारणले मात्र भएको हुँदैन,’ लेखक पराजुलीले भने, ‘परिवर्तनमा कवि, कलाकार, सिनेमा हल, रेडियो, पत्रपत्रिका आदि धेरैको भूमिका हुन्छ । मैले त्यही आधारभूमि सन्धिकालमा खोतलेको छु ।’

२००७ फागुन ७ गते प्रजातन्त्र आए पनि त्यसको आधार अलि पहिलेदेखि नै तयार हुँदै गएको लेखक पराजुलीको भनाइ छ । उनको अध्ययनमा चार सालदेखि सात सालबीचको समय सन्धिकाल हो । सन्धि अर्थात् कुनै युगको समाप्ति भई अर्को युग प्रारम्भ हुँदै गरेको समय ।

नेपालले ७५ वर्ष पहिले हिँडेको प्रजातान्त्रिक बाटोको कथा ‘सन्धिकाल’ पुस्तकमा समेटिएको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताए । ‘म पुस्तक वार्ताहरू नियमित पढ्थेँ । त्यहाँ एउटा स्थायी प्रश्न हुन्थ्यो— नेपालमा कस्ता पुस्तक लेखिनुपर्छ ? अनि जवाफ पनि स्थायी नै हुन्थ्यो— नेपालको इतिहास, राजनीति, समाज, शिक्षा, संस्कृति, भूगोल आदिबारे गहिरो अनुसन्धान गरी लेखिएका पुस्तक लेखिनुपर्छ,’ सम्पादक आचार्यले भने, ‘त्यही धेरैले दिने स्थायी जवाफको बलियो जवाफ हो, पुस्तक— सन्धिकाल ।’

सात सालको युगान्तकारी परिवर्तनका सामाजिक आधार र आयाम ‘सन्धिकाल’मा खोतलिएको उनले बताए ।

पब्लिकेसन नेपालयले ‘सन्धिकाल’को लोकार्पण कार्यक्रम अग्रिम दर्ताबाट गरेको थियो । ‘महाकवि देवकोटाहरुले राणाकालमै टिकटमा कवि सम्मलेन गर्नुभएको आज लोकार्पित पुस्तक सन्धिकालमा उल्लेख छ ।

हामीले पनि लोकार्पण कार्यक्रमलाई टिकटमा गर्ने प्रयास गर्यौँ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘आरशाला हल सीमित सिटको भएको हुँदा हामीले टिकटमा गर्यौँ । यसमा उत्साहजनक सहभागिताले हामीलाई हौसला मिलेको छ ।’

‘सन्धिकाल’का लेखक लोकरञ्जन पराजुली सामाजिक अध्ययन–अनुसन्धान गर्ने संस्था मार्टिन चौतारीमा आबद्ध ऐतिहासिक समाजशास्त्री हुन् । उनले जर्मनीको बिलेफेल्ड विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका छन् । पराजुलीको लेखन–सहलेखन, सम्पादन–सहसम्पादनमा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

उनले सहसम्पादन गरेको पछिल्लो पुस्तक ‘नेपाल इन द लङ नाइन्टिन फिफ्टिज’लाई भारतीय इतिहासकार लेखक रामचन्द्र गुहाले समीक्षा गरेका छन् । नेपालका दुई प्रतिष्ठित जर्नल ‘स्टडिज् इन नेपाली हिस्ट्री एन्ड सोसाइटी’ (सिन्हास) र ‘समाज अध्ययन’का उनी सम्पादक हुन् । नेपाली समाज, शिक्षा, इतिहास र राजनीतिबारे पराजुली गहिरो ज्ञान राख्छन् ।

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक
काठमाडौं: लेखक ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो । लेखक रिजालले इतिहासकार भवेश्वर पंगेनी र छोरी स्पृहा रिजाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो ।

दैलेखको दुल्लुमा जन्मेहुर्केका लेखक रिजालले कर्नालीको लोकसाहित्य, भाषा र संस्कृतिबाट प्रेरित भएर ‘पैकेलो’ लेखेको बताए । उनले भने, ‘कर्नालीका लोकसाहित्य र संस्कृतिले मकन लेख्न्या नैयाइ नैयाइ कथा दिया । मेरा लेखनका स्रोत अपठित कर्नालीका मान्ठहरूले सुनायाका श्रुतिसामाग्री हुन् । म लेख्य साहित्यका पूरा कितापमा नभेटिन्या गइला दर्शन कर्नाली लोकसाहित्यका हरफ हरफमा भेटाउँछु ।’

साथै उनले नेपाली भाषा, सभ्यता र संस्कृतिको मूलथलोका रूपमा कर्नालीको महत्व औँल्याए । कर्णालीको लोकसाहित्यमा समाज, संस्कृति र इतिहासका गहिरा पक्षहरू समेटिएको पनि बताए ।

तर, अहिले पनि कर्णालीको विषयमा लेखिएका सामग्रीमा पर्याप्त अनुसन्धान र मर्म नबुझी लेखिएकोमा चिन्ता व्यक्त गर्दै उनले भने, ‘कति लेखकले त कर्नालीकन बिकाउ माल सम्झिया र कर्नालीका आँसु मात्तै लेख्या । कतिले कर्नाली नबुजीकनै लेख्या, कर्नाली नटेकीकनै लेख्या र तथ्य बङ्ग्याइकन पण्डित्याइँ छाँट्या । आज पन कर्नाली लेखिनै छ । तर पन कर्नाली केई लेखियाकै नाइँ । कर्नालीको भाषा, सभ्यता र संस्कृतिको हुनुपन्र्या जति खोज भयाको नाइँ ।’

दैलेखमा रेडियोमा काम गर्दा आफूले सयभन्दा बढी पाका अग्रजसित कुराकानी गरेको र त्यसैले आफूलाई संस्कृतितर्फ आकर्षित गरेको उनले बताए । उनले अगाडि भने, ‘कर्नालीको इतिहास बोल्न्या ताम्रपत्रहरू पानी खान्या गाग्री भइसक्याका छन् । वीरखम्बहरू नासिनाइ छन्, मासिनाइ छन् । देवलहरू ढल्लाइछन् । लोकगाथाहरू लोप हुनाइछन् । यी सबैको खोजी अरिकन नेपालीजातिको भाषिक, सामाजिक र सांस्कृतिक इतिहास लेख्न बाँकी नै छ ।’

त्यस्तै दलित समुदायले कर्नालीको लोकसाहित्य र सांस्कृतिक परम्पराको संरक्षणमा पुर्याएको योगदान पनि प्रस्ट पारे । उनले भने, ‘कर्नालीको लोकसाहित्य र संस्कृति कसैले बँचायाको छ भन्या अछुत भनीकन हेला अर्याका दलित जातिले बँचायाका छन् । कलाका ती उँचा धरोहरकन नमन अर्छु जो नभयाको भया न म लोकप्रिय वीरगाथा बालाराजा काशीरामको भारत सुन्न्या थियाँ न लेख्न्या थियाँ पैकेलो । कर्नालीका लोकगाथा, वीरगाथा, वीरखम्ब, कीर्तिखम्ब, पडेली, हुड्केली र न्याउल्या लोप भयाका दिन मेरो कलम रोकिन्या छ।’

लेखक रिजालले आफ्नो २५ मिनेट लामो मन्तव्य पूरै खस भाषामा दिएका थिए ।

नेपालयका सम्पादक विमल आचार्यले भने, ‘पैकेलो साहित्यिक हिसाबले जति पठनीय छ, संस्कृति, समाज, भाषा, इतिहास अध्ययनको दृष्टिले उत्तिकै संग्रहणीय ।’

विज्ञान र जनप्रशासनमा स्नातकोत्तर रिजालको यसअघि ‘हटारु’ उपन्यास छापिएको थियो । उनका ‘यात्रा–विम्ब’ कविता संग्रह र ‘रुँदै बग्दोछ मुगु कर्नाली’ नियात्रा पनि प्रकाशित छन् । रिजालका संस्कृतिकेन्द्री आख्यानसँगै अनुसन्धानमूलक लेख पनि प्रकाशित छन् ।

दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
काठमाडौँ, ४ चैतः यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ ।

दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको हालैको बैठकले उक्त निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

पुरातत्वविज्ञ प्रकाश दर्नालको संयोजकत्वमा लेखक सुकदेव उपाध्याप र कोष संस्थापक राजेन्द्रप्रसाद अर्याल सदस्य रहेको समितिले कूटनीतिज्ञ एवं शिक्षासेवी आचार्यलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पचास हजार राशिको यो पुरस्कार यही चैत १३ गते प्रदान गरिने छ ।

विजय मल्ल शताब्दी महोत्सव मनाइयो
काठमाडौँ, १७ फागुनः नइ एकेडेमीले शनिबार नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव मनाएको छ । त्यस अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको संवद्र्धनमा उल्लेखनीय योगदानका लागि ४६ प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रकर्मीलाई विजय मल्ल नइ शताब्दी पुरस्कार र पदकबाट विभूषित गरिएको थियो ।

नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँले समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई ‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित गर्नुभयो । प्रा डा त्रिपाठीले विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई प्राज्ञिक कार्य गरेबापत उक्त पदकबाट विभूषित गरिएको हो ।

यस्तै नेपाल तथा भारतका सात प्राज्ञलाई जनही रु २५ राशिसहित ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत गरियो । पुरस्कृत हुने प्राज्ञहरूमा डा रमा शिवाकोटी, डा साधना पन्त ‘प्रतीक्षा’, डा लेखराज खतिवडा, डा गोपालप्रसाद गैरे, डा भगवानचन्द्र ज्ञवाली, डा नित्यानन्द खतिवडा र प्रा डा कृष्णराज घतानी हुनुहुन्छ ।

त्यसैगरी, विजय मल्लका सिर्जनात्मक कृतिमा आधारित नाट्यमञ्चन तथा चलचित्र निर्माणमा उल्लेखनीय योगदान दिएबापत ३८ जनालाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिएको छ । सो पदकबाट विभूषित हुनेहरूमा अंशुमाला शाही, कृष्ण मल्ल, प्रा केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहारी, प्रा डा दयाराम श्रेष्ठ, डा दुर्गाबहादुर घर्तीमगर, प्रा डा देवीप्रसाद गौतम, प्रा डा देवीप्रसाद सुवेदी, नगीना जोशी, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा डा महादेव अवस्थी, मुरलीधर, मोतीशोभा श्रेष्ठ, रवीन्द्र खड्का, राधेश्याम प्रधान, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षेत्री, सुषमा शाही, सूर्यमाला शर्मा, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा डा हेमचन्द्र नेपाल हुनुहुन्छ ।

समारोहमा समालोचक प्रा डा दयाराम श्रेष्ठ, प्रा डा कृष्णराज घतानी, चैत्यदेवी, मदनदास श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, हरिहर शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले स्रष्टा विजय मल्लको योगदानबारे चर्चा गर्नुभयो ।रासस

नारायण ढकालको उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक
काठमाडौं: साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो ।

ढकालले नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो ।

लोकार्पण कार्यक्रममा ढकालले आफ्नो पाँच दशक लामो साहित्य यात्राको अनुभव सुनाए । किशोर उमेरमै जासुसी उपन्यास लेखेर प्रकाशकलाई बुझाएको तर नछापिएको कथा सुनाउँदै ढकालले आफ्नो पठन यात्राका प्रारम्भिक दिन स्मरण गरे, ‘त्यसपछि मैले संसारका प्रसिद्ध लेखक खोज्दै पागलझैँ पढ्न र पढिरहन थालेँ । मेरो यस्तो लत अझै उस्तै छ ।’

बसमा, शौचालयमा, कलेजमा, घरमा लुकीलुकी पुस्तक पढ्ने बानीले बिस्तारै आफूभित्रको लेखक जाग्दै गएको ढकालले बताए । जीवनमा आफू विभिन्न विधा र आन्दोलनमा छरिएको स्मरण गर्दै उनले भने, ‘घरी झोछेँका गल्लीहरुमा शिवधुवाँको कुइरीमण्डलमा जीवनको सपना खोज्न थालियो, घरी प्रतिबन्धित कम्युनिस्ट पार्टीको कार्यकर्ता भइयो ।’

विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, जेल यात्रा, पत्रकारिता, सांसद, हङ्ग्री जेनरेसन, यस्ता विविध घटना र मोडहरूको अस्थिर जीवन नै आफ्नो साहित्यिक खुराक बनेको ढकालले बताए ।

ढकाल साहित्यलाई कोरा भावुकताको रुपमा मात्र नहेरी राजनीति, इतिहास, अर्थशास्त्र, समाजप्रतिको प्रश्न र प्रतिबद्धताका रुपमा अथ्र्याउँछन् । ‘जगज्जननी उसकी आमाको नाम होइन’ उपन्यासलाई ढकालले विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुस्वप्न वक्तव्यको संज्ञा दिए ।

नारायण ढकालको पाण्डुलिपिले आफ्नो दिमाग खराब र मन सफा गरेकाले उपन्यास प्रकाशन गरेको नेपालयका सम्पादक विमल आचार्यले बताए । ‘आफूप्रति हदैसम्म निर्मम र आफ्नो लेखनप्रति हदैसम्म विश्वास भएका लेखक नारायण ढकालभित्र पटक–पटक परिष्कार गर्ने हुटहुटी र आलोचना सुन्ने लोकतान्त्रिक संस्कार प्रचुर पाएँ,’ उनले भने, ‘जगज्जननी उसकी आमाको नाम होइन नेपाली उपन्यासको इतिहासमा बिर्सन सकिने नाम होइन ।’

२०३० सालमा पहिलो कथा प्रकाशन भएको मितिले ढकालको साहित्यिक यात्रा ५२ वर्ष कटेको छ । ढकालका छ उपन्यास, सात कथा संग्रह, तीन निबन्ध संग्रह, दुई बालकथा संग्रह, एक कविता संग्रह प्रकाशित छन् ।

‘नारायण वाग्लेदेखि सुरु भएको हाम्रो उपन्यास यात्रा नारायण ढकालसम्म आइपुगेको छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले भने, ‘प्रकाशन यात्राको यो २१ वर्षमा हामी २१ औँ शताब्दीका ७५ नयाँ लेखकका कथा, कविता र निबन्ध पनि चाँडै प्रकाशन गर्दैछौँ ।’

दुई सय ८६ पृष्ठको पुस्तकको मूल्य छ सय ७५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रै डटकम (thuprai.com) र अमेजन (Amazon) बाट विश्वभरका पाठकले किन्न सक्छन् ।

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस
काठमाडौँ : आज अन्तरराष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ ।

बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारी प्रवद्र्धन गर्नु यो दिवसको उद्देश्य हो ।

यो दिवस सन् २०००देखि संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) महासभाको आह्वानमा हरेक वर्ष फेब्रुवरी २१ मा मनाइन्छ । सन् १९९९ मा बङ्गलादेशलको पहलमा युनेस्कोले मातृभाषा दिवस मनाउने प्रस्ताव अघि सारेको हो । यो प्रस्तावलाई राष्ट्रसङ्घीय महासभाले सन् २००८ अनुमोदन गर्दै यसलाई अन्तरराष्ट्रिय भाषा वर्ष घोषणा गरेको थियो ।

यसैबीच, अन्तरराष्ट्रिय भाषा दिवसका अवसरमा यहाँस्थित बङ्गलादेशको राजदूतावासले सहिद स्मृति दिवसका साथ एक कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

शुक्रबार यसै अवसरमा भाषा आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा एक कार्यक्रम आयोजना गरेको थियो । त्यस अवसरमा उक्त मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका साथै नेपालका लागि बङ्गलादेशका राजदूत शफीकुर रहमान उपस्थित हुनुहुन्थ्यो ।

युनेस्कोका अनुसार भाषाका माध्यमबाट विकासमा, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवाद सुनिश्चित गर्न, सहकार्य सुदृढ बनाउन र सबैका लागि गुणस्तरीय शिक्षा हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।

सात जना प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
काठमाडौं । नइ एकेडेमीबाट सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत नेपाल भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । यी पुरस्कारका राशि जनही पच्चिस पच्चिस हजार रुपियाँ रहेका छन् ।

‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा.रमा शिवाकोटी, डा.साधना पन्त ‘प्रतीक्षा’, डा.लेखराज खतिवडा, डा.गोपालप्रसाद गैरे, डा.भगवानचन्द्र ज्ञवाली, डा.नित्यानन्द खतिवडा र प्रा.डा.कृष्णराज घतानी हुनुहुन्छ ।

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।

सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
काठमाडौं: नइ एकेडेमीबाट नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा नेपाल र भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । यी पुरस्कारका राशि जनही रु २५/२५ हजार रहेका छन् ।

मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत यो पुरस्कार घोषणा भएको हो ।

‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा रमा शिवाकोटी, डा साधना पन्त ‘प्रतीक्षा’, डा लेखराज खतिवडा, डा गोपालप्रसाद गैरे, डा भगवानचन्द्र ज्ञवाली, डा नित्यानन्द खतिवडा र प्रा डा कृष्णराज घतानी हुनुहुन्छ ।

नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँका अध्यक्षतामा भएको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।

छन्द कविता लिएर भूषिता फेरि पलेँटीमा
काठमाण्डौ: छन्द कविता प्रेमीका निम्ति पलेँटीले यसपल्ट भूषिता वशिष्ठलाई प्रस्तुत गर्ने भएको छ । भूषिताले झण्डै सातवर्ष पहिले पनि पलेँटीमा छन्द कविताको अनुष्ठान गरेकी थिइन् ।

छन्द कविता लयात्मक माधुर्यमा गुञ्जाउन सकिने सुललित साहित्यिक विधा हो । परापूर्व कालमा गेयात्मक कविता संसारभर नै साहित्यको मूल शैली मानिन्थ्यो तर अहिले यो शैली सिमित लयप्रेमी साहित्यिक अनुरागीहरूको रुचिमा बँचेको छ ।

स्वच्छन्द शैलीका कविताको लहर चलेसँगै छन्द विधालाई कम महत्व दिने प्रचलनले नेपाली छन्द कविता पनि छायामा पर्दै गएको हो । खासमा यो विधा वाचन परम्परामा जीवित बन्ने विधा हो । भाकामै छन्दको जीवन्तता छ । भाकाले छन्दलाई बचाउने र नयाँ पुस्तामा पुस्तान्तरण गर्ने दुबै कर्म एकसाथ गर्न सक्छ ।

पलेँटी नेपाली मौलिक गायन परम्पराहरूको अभिलेख राख्न सधैँ उत्साहका साथ क्रियाशील रहेको मञ्च हो । मनग्य प्रचार हुन बाँकी नेपाली छन्द कविता अनेकौं भाकाहरूले भरिएको सुगन्धको खानी हो ।

यसपालीको पलेँटीमा भूषिताले आफ्नो छन्द वाचनलाई नवरसमा आधारित गरेको जानकारी गराएकी छिन् । उनले विभिन्न कविका भिन्न रसका रचनाहरू छान्दै अभ्यास गरिरहेकी छिन् । नेपाली साहित्यका अग्रज कविका कविताका साथै पछिल्लो पुस्ताका रचना समावेस पलेँटीमा भूषिताले आफैँले रचेको कविता पनि प्रस्तुत गर्नेछिन् ।

केहीवर्ष पहिले अमेरिकाबाट ‘क्रिएटिभ राइटिङ’को अध्ययन सकेर आएकी भूषिता हाल धरानमा बस्छिन् । अँग्रेजी भाषाका साथै सँस्कृतमा पनि रुचि राख्ने उनी पलेँटीका निम्ति काठमाण्डौ आइपुगेकी छिन् । नेपालयमा पलेँटीका सङ्गीतकर्मीहरूसँग उनको सहकार्य चलिरहेको छ ।

छन्द-पलेँटीलाई नेपालयले एउटा उत्सवका रुपमा लिएको जनाएको छ । यसपालीको छन्द वाचनमा लेखनाथ पौडेल, सोमनाथ सिग्ध्याल, मोतीराम भट्ट, भैरव अर्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, नयराज पन्त, मनोज भण्डारी, भरतमणि भट्टराईका साथै भूषिताका रचनाहरू समावेस हुनेछन् ।

भूषिता बाल्यकालदेखिकै छन्दको माहोलमा हुर्किएकी छन्द-अनुरागी हुन् । उनी छन्द कविताको वाचक मात्र होइनन्; छन्द साहित्य भित्र रहेको सैदान्तिक र दार्शनिक पक्षलाई पर्गेल्न रुचाउने अध्ययता पनि हुन् ।

‘पलेँटी मेरालागि, आराध्य व्यासासन थियो । त्यसलाई न्याय गर्ने ल्याकत ममा न हिजो थियो न आज । परन्तु, यो सानिध्यले मलाई काव्य साधना गर्न अझ बल दियो । म जति धन्य भएँ, त्यसको अंशमात्र पनि पोख्न पाए, यो काव्यको वसन्त-स्नान सार्थक हुने थियो।’ भूषिता भन्छिन् ।

‘पलेँटीलाई दोस्रोपल्ट छन्द कवितासँग सहकार्य गर्ने अवसर जुरेकोमा हाम्रो साङ्गीतिक टिम औधी उत्साहित छ ।’ संगीतकार आभास भन्छन् । ‘झण्डै सात वर्ष पहिले गरेको छन्द-पलेँटीको प्रभावले यस विधाप्रति अझै आकर्षण बढेको अनुभूति हुन्छ ।’ उनको थप प्रतिक्रिया छ ।

‘आर’ शालामा आएर यस कार्क्रमको प्रत्यक्ष आनन्द लिन असमर्थ संसारभरका पलेँटी प्रेमीलाई घरमै बसेर फोन वा टिभीमा प्रत्यक्ष अनुभव गर्न, लाइभ हेर्ने व्यवस्था पनि गरिएको छ । पलेँटीकै वेब साइटमार्फत ‘पे पर भ्यु’ को अवधारणा अनुरुप यो सेवा प्रयोग गर्न सकिन्छ ।

छन्द पलेँटीको प्रस्तुति यही जनवरी महिनाको ३० र ३१ तारिख साँझ कालिकास्थान स्थित नेपालयको ‘आर’ शालामा सम्पन्न हुनेछ । कार्यक्रमको टिकेट बुकिङ र ‘लाइभ’निम्ति बुकिङ https://paleti.com.np मार्फत् गर्न सकिने छ ।

एक रात अमेरिकामा
ठेलाम ठेल गर्दे सानो सुरंङ्ग भित्र पसे, सिढीमा झण्डै नचिप्लेको, करिब २४ वटा सिढी तल झरेपछि रेल स्टेण्डमा पुगे । ओहो जमिन मुनि पो रेल, म कहाँ छु, जमिन माथि वा मुनि मैले कुनै मेसो पाउनै छाडेको थिए ।

म पुग्नु पर्ने अर्को स्टेशनको वोर्ड देखे, अब पुगिन्छ भनेर मन शान्त भएर आयो । लेखिएको थियो, यले युनिभर्सिटी ४४० कि.मी उत्तर । सायद् यसलाई मोनो रेल भन्छन् क्यार म मनमनै केहि बोल्दै थिए । मेरो हुलिया करिब सुकुना क्याम्पस पढ्दाको जस्तै थियो । आखिर के परिवर्तन हुन्छ र मान्छे बीस वर्षमा ? बाहिरी आवरण त उस्तै उस्तै हुने न हो आधा कपाल र दारीहरु फुलेका छन्,आँखाको छेउमा तीन धर्के मुजाहरु थपिए, हात हेरे, खुट्टा हेरे । तर यो मनमा भने बडो बेजोड परिवर्तन भएछ क्यारे बीस वर्षमा ।

कस्तो मन हो सोचेको सोचै मात्र गर्छ, आफैसंग लडेको लड्यै छ निरन्तर । भौतिक जगत संग लडेर कहिँ सकिन्छ ? अनि कोसंग हो त लड्ने ? मनसंग ? बिचारसंग ? के म सोचेरै यहाँ आई पुगेको हुँ ? कि मेरो प्रारब्धले यहाँ ल्याई पुर्याएको हो । मेरा हजुरबुबालाई त बुबाले त चिन्न पाउनु भएन रे, कसले पठायो त मलाई यहाँ ।

हेल्लो कवीजी कहिले हो ? म झस्के, पछाडि फर्केको त मेरो सुकना क्याप्मसको लगौटीया पो छ । ईन्सटामा त बडो रोमान्स मोडमा देखिन्थ्यो कुखुराका फिला २ थान, १ थान काल्सवर्ग एउटा चश्मा टि शर्टमा राखेर,अर्को कालो चश्मा टाउकामा भिरेको आधा आकास हातले छेकुँदा भैm गरेर पूर्ण फ्रफुल्लित मुद्राको फोटो मलाई अघिल्लो महिना पठाएको साथी हो उ । आज उसलाई देखेर मलाई खनारको जुट मीलबाट बेलुका घर फर्केको मेरो छिमेकी दिलीप भाईको याद आयो ।

ओहो साथी म हिजो झरेको नि, के गर्नु तिमीहरुले नेपालमा बस्नेलाई मान्छे नै गनेनौ त, म ठट्टा पारमा साच्चै कुरा भन्दै थिए, उ आधा खुशी आधा वेखुशी भए जस्तो लाग्यो । उसले भन्यो दिक्षान्तमा हो ? अनि बस्ने कि फर्कने ? सोधि त हाल्यो । प्रश्न सोध्नेसंग उत्तर सुन्ने आँट पनि हुनु पर्छ यो कुरा मनमै राखेर भने, हो अर्को हप्ता फर्किन्छु । मैले यति बोल्दा उसको उनुहारमा उज्यालो थपिएको थियो । उ हतारमा थियो, यसो उता पर्केर सेलमा राखेको खानाको प्याकेट नजिक पुगेर म तिर फर्कदै थियो,मैले हातमा भर्जिनियामा बस्ने रेग्मीनी दिदीले पर्ठाईदिएको खानाको बट्टा झोलाबाट निकाल्दै थिए ।

उ मेरो नजिक आयो र भन्न थाल्यो के गर्ने नेपालमा नेता खराब, पार्टी खराब, नीति नियम कसैले मान्दैन,सबै खाने मात्र छन्, कर्मचारी तन्त्रको व्याख्या गर्यो, व्यपार, कालो बजारी उसले सबै क्षेत्र सक्यो, केहि कुराको त प्रमाण नै पो देखाउला झै गर्यौ । म चुपचाप सुनिरहे मेरो मुखमा उसलाई फकाउने जवाफ धेरै तयार भै सकेका थिए जस्तै पाल्पामा बिहान टिपेको रायोको साँग बेलुका कतारको भान्छामा पुग्छन अचेल, दार्चुलामा डोल्पामा बोलेर सरर पुगेका छन्, हजुरआमाको बैक खातामा सामाजिक सुरक्षा भत्ता पुगेको छ । करिब ९० हजार विद्यार्थीहरु भर्खरै विश्विद्यालयबाट दिक्षित भएका छन् ।

तिम्रो गुगल र मेरो गुगल एउटै हो भाइ मात्र फरक तिमी यँहा बसेर गुगलबाट काम खोज्छौ हामी नेपालमा बसेर गुगलमा राम्रो नेता खोज्छौ र थप्दै भने भने अब कुन दिन देखि तिमीहरुले हामी सबैलाई खराब भन्न थाल्छौ, तिम्रा टम्«प, वाइृडेन, बुस सबैलाई देखियो, तिमीहरुले मज्जाले भोगरहका छौं कुन दिन बोरा बोकाएर फकाई दिन्छ टुंगो छैन ,यति मात्र के भनेको थिए,यता खाना सकियो रेल पनि आयो, उ पनि गयो ।

म सरर निलो समुन्द्र हेर्दै थिए,समुन्द्र सकियो झ्यालमा हेरे अर्को झ्यालमा त करिब १० वर्ष संगै काम गरको कार्यालयको भु.पु.सर हुनुहुँदोरहेछ । फेसबुकमा जस्तो देखेको उस्तै मान्छे लाग्यो । कुराकानी छोटो नै गर्नु थियो उहाँ अघिल्लो स्टेशनमा ओर्लने यात्रि । हामीले एकै छिन विगत सम्झयौं, काम गरेको बेलाका समय, समुदाय, समाज,खोला नाला, उकाली ओराली,पाखा पखेरालाई सम्मान गर्यौ । मनको अमिलो पनि संस्थाका सबै तह र तप्कालाई धुलो चटाएर गाली गरेर सफा गरियो ।

साला सधै सिण्डिीकेट मात्र ? के क्षमता भएको मान्छेले घर घर पुगेर गेटमा तोरीको तेल, मार्सी चामल बोक्नु पर्छ र ? सरले सबैलाई एक एक गरि सम्झनु भएको थियो । सबैको दिन आउछ सर, म भन्दै थिए । केहि परिवर्तन हुदैन हेर्नुहोला जब सम्म मनमा, सोचमा परिवर्तन हुदैन । ल देवीजी काम सकेर कल गर्नु होला भन्र्दै ….प्रा.लि को कार्ड हातमा राखेर सर विदा हुनु भयो । म फेरि एक्लै ।

अगाडीको दृश्य हेर्दे, घरि दाँया घरि वाँया गर्दै गर्दा किन किन भित्रैबाट मलाई त्यहाँको समुन्द्रको पानी त हाम्रै हिमालबाट पुगेको जस्तो लाग्न थाल्यो, त्यँहा बहने हावा पनि हाम्रै बनबाट सुसाउदै पुगेको जस्तो । घामलाई एक्लो देखे, हाम्रो देशमा त घामसंगै लामटाङ,अन्नपुर्ण, सिस्ने, अपी हिमालहरु आँगनमा र आँखामा आउछन् । सडकबाट देखिने ति बिरुवाहरु पुरै कृतिम लाग्न थाले आधा मनले होईन बिरुवा नै हो भन्छ, आधा मनले भाइ यो अमेरिका हो यहाँ धेरै कुरा कृतिम छन् भन्छ । म दोधारमै थिए ।

अर्को स्टेशनबाट फुत्त चढिन् कविता । मेलै लेख्न नसकेकी कविता थिन् उनी । हाम्रा आँखा–आँखा जुधि गए । ओहो तपाँइ कहिले हो ? आएर हात समाउदै मेरै सिटमा बसिन, सिटमा के भन्नु मंसंगै बसिन । कवितासंग एक पटक मात्र भेट भएको थियो तर खतरा भेट । मलाई डि.भी चिठ्ठा परेको बेला उनका दाजुहरु अमेरिकामा थिए रे, अनि मैले उँनिंसंग कागजी विवाह गरेर अमेरिका आउने अनि यहाँ आए पछि मलाई छोडेर दाजुबहिनी बस्ने रे ।

मलाई प्रस्ताव सुन्दै स्वार्थ मिसिएको लागेको थियो, मैले सरकारी कर्मचारीले जस्तै पछि हेरौला, बुझौंला भनेर त्यो संकट टारी दिए । म धरानमा तालिममा गएको बेला मेरै अफिस पुगेर मिठो चिया खाएर फर्केकी हुन कविता । मैले पनि यो त अमेरिका पो हो भन्दै गालामा मजाले मया गरिदिए, उनि रातो पीरो भएकी थिईन । मलाई यति माया गरिन् यति प्रस्तावहरु राखिन मैले सबै हासेरै टारिदिए । म उनका सबै कहानी सुन्न तयार थिए, आजको समय उनको थियो ।

उनि भन्दै थिईन म एक वर्ष पछि विद्यार्थी भएर यहाँ आए दुई वर्ष पछि दाइहरुबाट छुट्टै बस्न थाले । म घरकी कान्छी छोरी सबै काम अरुले गर्नुहुन्थ्यो म बसेर खान्थे, अहिले सबै काम म गर्छु तर खान पनि पुग्दैन, मैले तपाँईलाई देखे पछि अरुसंग विहे गर्नै मन लागेन । केहि वर्ष त तपाइँलाई नै अमेरिका ल्याउने योजनामा थिए पछि म एक्लैलाई त यति धौ छ भनेर तपाईँलाई भौतिक रुपमा बिर्सेर मनमै राखेर दिन बिताए ।

म एक्लो छु, म बाच्न चाहन्छु । उनले मोबाईल झिकेर मेरो ह्रवाटसप नम्बर सुरक्षित गरिन । मेरो अफिस आयो, बाई बेबी भन्दै मेरो हात ओठले छोएर उनि अर्को स्टेशनमा झरिन् । म हेरेको हेरै । मैले भने यो अमेरिका हो भाइ अमेरिका र म अमेरिकामा छुँ ।

म बसेको रेल हो की बस हो । के हो ? के हो ? मेसो पाउन सकिन । यात्रा जारी छ । कोही बोलेको आवाज सुनिदैन । हैन मान्छेलाई मौन बनाउने के औषधी रहेछ यहाँ । म सोच्दै थिए उ बेला बिराटचोक बाट बेलबारी अभ्यास शिक्षणमा जाँदा हामी बोलेको बोल्यै बेलबारी पुग्थ्योै । आज अमृत सरले क्या बेजोड पढाएको यार साला किताबै नेहेरी ग्रामर सबै पढाईदिन्छ यार, अनि त्यो केशब सर छ नि त्यो त नोट हेर्दे नोट लेख्न लगाउने यार अलि विस्तारै भन्नु नि मैले त एक प्याराग्राफ त छाडि दिए, भरे नोट सार्नु पर्ला ।

त्यो छ नि विद्यार्थी नेता भन्ने शम्भु, हो त्यसको बहिनी पो रै छ त अनिता, अनि पो खुब भाउ खाने रै छे, पास हुनु पर्यो नि नेता भएर के हुन्छ र अर्को बर्ष चिन्छे म को हुँ त्यसले । अर्कोले थप्यो घरबेटीले पहिले त साग टिपेर खानु भन्थे अब देखि त १ रुपयाँ मुठा अरे । अरे यार मेरो घरको बारीमा लगेर आखै हरियो बनाई दिउ जस्तो के, किन्न त बुधबारे बजार छ दै छ नि । बत्ति बालेर पढेको को नि रिस गर्छन यार ।

म यति बोल्ने मान्छे आज चुपचाप छु । समय बित्यो स्टेशन आयो । गुगल म्याप हेर्दै कलेज जादै थिए ओए देवे, धेरै पहिले सुनेको आवाज कानमा ठोक्कीयो म झसंग भए, गोठाले बेलाको साथीको याद आयो, डण्डी बियो खेल्दा जसरी बोलाउथ्यो उसै गरि आवाज आउदा हामी फेरि अमेरिकाबाट चारकोसे झाडि मुनतिरको खुल्ला मैदानमा पुग्यौ जहाँ प्रेमे सदा पीठारीको गाछीमा थियो,बुद्धीलाल चौधरी धानबारीमा मुसाको दुलो खोज्दे थिए, गीता भौजी पैनीमाथीको डुँडमा बसेर जाल थापेर माछा मार्दै थिईन । बुच्चेका बा आईतबारे बजार जादै थिए ।

खवाईनी ठुलीआमा बारीमा धनिया मुठो पार्दै थिईन । टिमाईको बासघारीमा के पुगेका थियौ । मौनता तोडदै मनोज बोल्यो किन ढिला गरिस ? म त अघि नै आईपुगेको मलाई भन्दै थियो । खै यार म ढिला हो कि अमेरिका ढिला हो । धेरै साहित्य नछाँट, उ त्यो चौरमा हो तेरो आज कार्यक्रम, मैले सबै बुझेर आए । तेरो पालो कतिबेला आउने हो, मेरो २ बज्छ होला । भरे बेलुका बेजुकोमा जाने है, बेजुले बोलाकी छे, थोरै बोल्ने मेरो साथीले अमेरिका आएर यति भनेर विज्ञानको दिक्षान्त समारोह तिर गयो ।

म मनोविज्ञानको समारोह तिर जादै थिए । कता कता ढोकाको प्यालबाट चिसो हावाले कानहरु चिसो भएछन्, म झल्यास्स बिउझिछु । बेलुका लगाएको टोपी सिरानीबाट भुईमा आफै चिसो भएछ, गलबन्दी सिरक भित्रै हराएछ । बाहिरको उज्याले भित्रै पुगि सकेको थियो । बुबाले गाई दुहेर दुध बजार पुुर्याई सक्ने बेला भएको थियो, घरमा कान्छी छोरी मुसे उठेर पुजा गर्ने बेला भएको थियो । अलि ढिला फोन गरेर गुड मर्निङ्ग भन्यो भने यति बेला हो हजुरको मर्निङ भनेर थर्काउछिन् । ओछ्यानबाट उठे ,एक छिन बसें । म जाजरकोटमा डेरामा छु । मेरा पात्रहरु सबैलाई सम्झे सबैलाई धन्यवाद दिए,अघि सम्म म अमेरिकामा थिए । आज बाडमिन्टन खेल्न नि ढिला भै गएछ । चिया खान तल झरे, फोनको घण्टी बज्यो ठुलीछोरीको पलिहलो सन्देश, ह्रयाप्पी न्यू इयर बाबा !

अस्तु ।

देवी प्याकुरेल

एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
गण्डकी, २० पुस: प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले शनिबार आठ जिल्लाका आठ कविलाई एकै मञ्चमा उभ्यायो । पोखरामा आयोजित प्रदेशस्तरीय कवि गोष्ठीमा कास्कीका गीता तिवारी, बागलुङका लाल ऋतम्भरा, लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी र पर्वतका राजकुमार निरञ्जन सुनिए ।

कविहरूले विभिन्न विषय र मुद्दामा प्रगतिशील धारका कविता प्रस्तुत गरे । गोष्ठीमा वाचित कविताले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य बलियो रहेको सन्देश दिएको साहित्यकार नारायण मरासिनीले बताउनुभयो । कविताले नेपाली समाजको प्रतिनिधित्वमात्र नभई वर्तमानमा देखिएको परिवर्तनको आकाङ्क्षालाई पनि मुखरित गरेको उहाँको भनाइ छ ।

प्रलेस गण्डकीका सल्लाहकार रघुनाथ अधिकारीले कविताले मानवीय जीवनलाई छुनुपर्नेमा जोड दिनुभयो । प्रगतिशील कविताले यथास्थितिका विरुद्ध बुलन्द आवाज उठाउनुपर्ने भन्दै उहाँले गण्डकी प्रदेशका नवपुस्ताका कविहरूको प्रस्तुति आशालाग्दो देखिएको बताउनुभयो । प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य भीम रानाभाटले साहित्य स्वान्त सुखायका लागि मात्र नभई समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

आफूले के लेख्दैछु, किन र कसका लागि लेख्दैछु भन्ने कुरामा सचेत भएर लेखनमा लाग्नुपर्ने उहाँको भनाइ छ । गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले गण्डकी प्रदेशका कविका प्रगतिशील कविता एकसाथ सुन्न पाउँदा खुसी लागेको बताउनुभयो । प्रगतिशील कविताको जगेर्ना र उत्थानमा टेवा पुर्याउन प्रदेशस्तरीय कवि गोष्ठीको आयोजना गरिएको प्रलेस गण्डकीका अध्यक्ष प्रा डा यदुनन्दन उपाध्यायले बताउनुभयो ।रासस