रास्वपा – News Polar

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित
कास्की। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी हुनुभएको छ ।

रास्वपाको शुक्रबारदेखी पोखरामा प्रथम अधिवेशन सुरु भएको थियो । नयाँ नेतृत्वका लागि शुक्रबार राति भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा त्रिपाठीले २३४ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँ प्रदेश समितिको निर्वतमान महामन्त्री समेत हुनुहुन्छ । सभापतिका प्रत्याशीहरू निर्वतमान सभापति एवं प्रतिनिधिसभाका सांसद राजन गौतमले १८२, माधव कँडेलले ११ र डा हरि कार्कीले २ मत प्राप्त गर्नुभयो । रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ । त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डा राम गुरुङले जानकारी दिनुभयो । अधिवेशनमा कूल ७८० प्रतिनिधी रहे पनि ४३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए ।

रास्वपा गण्डकी प्रदेशको सदस्यका लागि ५१ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् ।

५१ आकांक्षीमध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेद्वार छन् । यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका १/१ जना निर्वाचित हुन्छन् ।

समावेशी प्रदेश सदस्यका लागि २३ जनाको उम्मेद्वारी परेको थियो । प्रदेश सदस्यका लागि ५१ आकांक्षीमध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् ।

क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ–१ का मीना शर्मा आचार्य, गोरखा–१ बाट मनोज गुरुङ, गोरखा–२ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ–१ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित हुनुभएको छ ।

मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएको जनाइएको छ । अधिवेशनको शुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्घाटन गर्नुभएको थियो । रासस

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी
कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अब संयम, जिम्मेवार र अनुशासित हुनुपर्ने बताउनुभएको छ ।

रास्वपा गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उहाँले पार्टी स्थापनाको चार वर्षको छोटो समयमा पार्टीको काँधमा देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी रहेकाले पार्टी पङ्क्तिसमेत अनुशासित हुनुपर्ने उहाँको भनाइ छ ।

“अधिवेशनहरूले नीति र नेतृत्वमा खार्दै लैजान्छ । हामीलाई पनि महाधिवेशनको चटारो छ, हामी बृहत्तर पार्टी निर्माणमा लागेका छौँ र आफैँलाई कसी लगाउनुपर्ने ठाउँमा आएका छौँ । एकबखत हामी धेरै भोकाएका थियौँ, अहिले मोटाएका छौँ, अब हामीले धेरै चिजहरूमा संयम हुनुपर्दछ । हामी संयम हुन सक्यौँ भने पार्टी कमजोर हुँदैन”, महामन्त्री बुर्लाकोटीले भन्नुभयो ।

उहाँले कुनै एक व्यक्तिका लागि पार्टी स्थापना गरेर पद सृजना नगरिएको भन्दै रास्वपा यो देशका सबै नेपाली नागरिकका लागि भएको र देश निर्माण गरिछाड्ने उल्लेख गर्नुभयो । बुर्लाकोटीले भन्नुभयो, “हामी सबैकोे योेगदानका कारण पार्र्टी बनेको हो, हाम्रो राजनीतिक भविष्य खोज्नका लागि पार्टीमा जोडिएको होइन, देशको भविष्य निर्माण गर्न रास्वपामा जोडिएका हौँ, त्यसैले सबै जना तोकिएको जिम्मेवारीमा बस्नुपर्छ ।”

उहाँले इमानदार कार्यकर्ताका लागि पार्टीले जहिले पनि जिम्मेवारी दिने भएकाले अधिवशेनबाट जिम्मेवारी नपाउने इमानदर र योग्य व्यक्तिलाई विधि बनाएर काम दिइने स्पष्ट पार्नुभयो ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी र सरकारमा अहिले कुनै पनि समस्या नरहेको बताउनुभयो । पार्टी सभापति रवि लामिछानेले पार्र्टी सङ्गठन र वरिष्ठ नेतासमेत रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहले राजकीय जिम्मेवारी सञ्चालन गर्नेगरी दुई नेताका बीचमा जिम्मेवारी बाँडफाँट गरिएको उहाँले बताउनुभयो । पराजुलीले रास्वपाको लामो राजनीतिक अभ्यास र अनुभव नभए पनि पार्टी राष्ट्र निर्माणको अभियानमा लागेको बताउनुभयो ।

प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका पार्टी सचिवालय सदस्य सागर ढकालले देशलाई कसरी कायापलट गर्ने भन्ने मूल उद्देश्य पार्टी गठनको रहेकाले अन्य पद र जिम्मेवारीलाई ठूलो नमान्न आग्रह गर्नुभयो ।

पार्टीका प्रदेश सभापति राजन गौतमले अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले गण्डकीका ६४ पालिका र ५५५ वडा तथा नौ जिल्लाको अधिवेशन सम्पन्न भएको जानकारी दिनुभयो । महाधिवेशनमा ७३५ जना प्रतिनिधि सहभागी रहेका छन् । अधिवेशनबाट नयाँ नेतृत्व चयनको कार्यतालिका रहेको छ । रासस

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे चीनमा स्पष्ट अडान राख्नुपर्छः खुश्बु ओली
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाल लाई आगामी चीन भ्रमणका क्रममा सीमा समस्याबारे स्पष्ट र दृढ धारणा राख्न सुझाव दिनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले परराष्ट्रमन्त्री खनालले हालैको भारत भ्रमणका क्रममा सीमा विवादको विषय स्पष्ट रूपमा नउठाएकोप्रति आपत्ति जनाउनुभयो । उहाँले भारत भ्रमणपछि जारी गरिएको विज्ञप्ति र संसदमा दिइएको अभिव्यक्तिमा समेत सीमा विवादलाई पर्याप्त महत्व नदिइएको दाबी गर्नुभयो ।

उहाँका अनुसार सीमा व्यवस्थापन र सीमा विवाद फरक विषय भएकाले सरकारले यसलाई स्पष्ट रूपमा छुट्याएर कूटनीतिक रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ । ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको विषयमा सरकार स्पष्ट हुनुपर्ने बताउँदै छिमेकी मुलुकहरूसँग कूटनीतिक संवादलाई अझ सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी उहाँले आगामी चीन भ्रमणका क्रममा उक्त विषयलाई दृढतापूर्वक उठाउन परराष्ट्रमन्त्रीलाई आग्रह गर्दै कूटनीतिक टेबल र औपचारिक प्रेस नोटमा नेपालका सरोकार स्पष्ट रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने लुम्बिनी प्रदेश अधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले अधिवेशन निर्वाचन समिति गठन तथा नियुक्तिसम्बन्धी तेस्रो संशोधन गरेको छ।

बिहीबार जारी निर्णयअनुसार केन्द्रीय निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ।

समितिमा राहुल केसी लाई केन्द्रीय कानुन तथा न्याय विभागबाट सदस्यको जिम्मेवारी दिइएको छ। त्यसैगरी पवनराज देवकोटालाई केन्द्रीय मानव विकास मजबुतीकरण विभाग, सुदनप्रसाद ज्ञवालीलाई केन्द्रीय निर्वाचन आयोगबाट तथा सुमन धरेललाई सदस्यका रूपमा समेटिएको छ।

राहुल केसीको नियुक्तिलाई लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन प्रक्रियालाई कानुनी रूपमा थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन महत्त्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले समितिलाई पार्टीको प्रचलित विधान, निर्देशिका तथा प्रदेश अधिवेशन कार्यविधिअनुसार निर्वाचन प्रक्रिया सञ्चालन गरी अधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरिएको जनाएको छ।

रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान
काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन यही जेठ ३० गते हुने भएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले आज सूचना जारी गरी यही जेठ २७ गते रोकिएको निर्वाचन जेठ ३० गते हुन लागेको जानकारी दिएको हो ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूचीको व्यवस्थापन, प्राविधिक परीक्षणलगायतका सम्पूर्ण तयारी सम्पन्न भइसकेकाले जेठ ३० गते निर्वाचन हुने जानकारी दिनुभयो ।

विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिएको रास्वपा निर्वाचन आयोगले जनाएको छ । रास्वापाले मतदान गर्नका लागि पार्टीले उपलब्ध गराएको आधिकारिक फोटोसहितको परिचयपत्र र लेभी बुझाएको प्रमाण, तोकिएको समयभित्र मतदान केन्द्रमा उपस्थित हुनुपर्ने जनाएको छ । रासस

ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने दाबी गर्नुभएको छ।

बिहीवार बसेको प्रतिनिधिसभाको बजेटमाथिको सैद्धान्तिक छलफलमा उहाँले बजेटलाई “फुकेको बेलुन” को संज्ञा दिँदै लामो समय टिक्न नसक्ने टिप्पणी गर्नुभयो। उहाँका अनुसार दक्षिण एसियामा कुनै पनि देशले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३२ देखि ३३ प्रतिशत बराबरको बजेट निर्माण गर्ने अभ्यास छैन।

सांसद सिंहले बजेटमा केही सकारात्मक पक्ष भए पनि समग्र रूपमा आम नागरिकलाई राहत दिन नसकेको दाबी गर्नुभयो। उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाइएकोप्रति आपत्ति जनाउँदै ती क्षेत्र संविधानले मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्नुभयो। निजी विद्यालय र अस्पतालमा लगाइएको करको भार अन्ततः विद्यार्थी र सेवाग्राहीमै पर्ने उहाँको भनाइ थियो।

उहाँले मुलुकमा लगानी र व्यवसायिक वातावरण कमजोर हुँदै गएको उल्लेख गर्दै निजी क्षेत्र डर र अनिश्चितताका कारण ऋण लिनसमेत हिचकिचाउने अवस्थामा पुगेको बताउनुभयो। “डरले शासन चल्न सक्छ, तर विकास हुन सक्दैन,” उहाँले भन्नुभयो।

कृषि क्षेत्रप्रति असन्तुष्टि जनाउँदै सांसद सिंहले किसानले उत्पादन गरेको तरकारी न्यून मूल्यमा बेच्न बाध्य हुने तर उपभोक्ताले महँगोमा किन्नुपर्ने अवस्था कायम रहेको बताउनुभयो। उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने स्पष्ट व्यवस्था बजेटमा नभएको उहाँको आरोप थियो।

उहाँले युवा रोजगारी सिर्जनाका लागि स्पष्ट कार्यक्रम नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। साथै, व्यापार घाटा, कृषि उत्पादनमा कमी र वैदेशिक रोजगारी तथा रेमिट्यान्समा बढ्दो निर्भरता अर्थतन्त्रका प्रमुख समस्या भएको उहाँको भनाइ थियो।

सांसद सिंहले बजेट घाटामा आधारित भएको र पुरानो ऋण तिर्न नयाँ ऋण लिनुपर्ने अवस्था देखिएको उल्लेख गर्दै यस्तो प्रवृत्तिले दीर्घकालीन रूपमा अर्थतन्त्र कमजोर बनाउने चेतावनी दिनुभयो। पुँजीगत खर्च न्यून रहेको भन्दै उहाँले विकास खर्च प्रभावकारी नभएसम्म रोजगारी र लगानी बढ्न नसक्ने धारणा राख्नुभयो।

उहाँले विगतका वर्षदेखि यस्तै प्रकृतिका बजेट आउने गरे पनि अपेक्षित परिणाम नदेखिएको टिप्पणी गर्दै देशको आर्थिक अवस्था निरन्तर ऋणमुखी बन्दै गएको बताउनुभयो।

तस्बिरः गोपाल दाहाल/रासस

आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारी आचार्यले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले दशकौँ देखिको परम्परागत शैली र यथास्थितिवादलाई चिर्दै अर्थतन्त्रको समग्र समस्या समाधानका लागि ‘सर्जिकल अपरेसन’ गरेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभामा बुधवार राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले यो बजेट नेपालको अर्थतन्त्रलाई विप्रेषण, आयात र बेरोजगारीको चक्रबाट उत्पादन र रोजगारीतर्फ लैजाने ‘प्याराडाइम सिफ्ट’ भएको दाबी गर्नुभयो ।

सांसद अधिकारीले बजेटले निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार्दै खस्किएको मनोबल उकास्ने दिशा निर्देश गरेको उल्लेख गर्नुभयो ।

विशेषगरी अदालतमा विचाराधीन रहेका मुद्दाहरूमा निर्धारित करको १ प्रतिशत मात्र बुझाएमा सम्पूर्ण जरिवाना र ब्याज मिनाहा हुने व्यवस्थाले उद्योगीहरूलाई ठुलो राहत पुग्ने उहाँको भनाइ थियो ।

भन्सार प्रशासनलाई सरलीकृत गर्दै भन्सार दरका ११ तहलाई ७ तहमा झारिएको र २७३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटाइएको विषयलाई उहाँले बजेटको सबल पक्षका रूपमा प्रश्तुत गर्नुभयो । नेपालमा उद्योगीहरू टाट पल्टिनुको मुख्य कारण उधारो नउठ्नु रहेको उल्लेख गर्दै उहाँले ‘उधारो असुली सम्बन्धी कानून’ ल्याउने सरकारी प्रतिवद्धताको स्वागत गर्नुभयो ।

मध्यम वर्गलाई राहत दिन व्यक्तिगत आयकरको सीमा १० लाख रुपैयाँ कायम गरिनु र अधिकतम करको दर १० प्रतिशत विन्दुले घटाउनुलाई उहाँले क्रान्तिकारी कदमको संज्ञा दिनुभयो । औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र (सेज) मा लिजमा लिइएको जग्गामा निर्मित संरचना धितो राख्न पाउने व्यवस्थाले बैंकमा थन्किएको लगानी योग्य रकम उत्पादनमूलक क्षेत्रमा परिचालन हुने उहाँको विश्वास छ ।

सांसद अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीले परिकल्पना गरेको १० वर्षमा ३० हजार मेगावाट ऊर्जा र ३० हजार किलोमिटर राजमार्गको लक्ष्य पूरा गर्न सरकारी ढुकुटी बाहिरबाट पुँजी परिचालन गर्ने नीति आवश्यक रहेको बताउनु भयो । उहाँले हाइब्रिड एन्नुटी मोडल, भायबिलिटी ग्याप फन्डिङ, अफशोर बोन्ड र कार्बन ट्रेड जस्ता वैकल्पिक विकास वित्तका अवधारणाहरूको स्वागत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘३६० वटा वस्तुको अन्तःशुल्क खारेज गर्दा आन्तरिक उत्पादन लागत घट्ने र स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढ्ने निश्चित छ । यो बजेट पुरानो रोगमा लगाइएको साधारण मलम मात्र होइन, बरु अर्थतन्त्रको संरचनात्मक रोग नै निको पार्ने एउटा प्रभावकारी ‘एन्टीबायोटिक’ हो ।’

नेपाललाई ‘नलेज इकोनोमी’ का रूपमा विकास गर्न सूचना प्रविधि उद्योगलाई नयाँ आर्थिक इन्जिनको रूपमा अगाडि सारिएको उहाँको तर्क थियो । आइटी सेवा निर्यातमा ५० प्रतिशत कर छुट र स्वयम्भूमा स्थापना हुने सार्वभौम एआई कम्प्युट सेन्टरले युवाहरूका लागि ठुलो संख्यामा रोजगारी सिर्जना गर्ने र नेपाललाई आधुनिक डिजिटल युगमा प्रवेश गराउने उहाँले बताउनु भयो। सांसद अधिकारीले पुँजी निर्माण र नागरिकको आयस्तर वृद्धि भएपछि मात्र वास्तविक समाजवादको आधार तयार हुने धारणा समेत व्यक्त गर्नुभयो ।

छलफलमा सहभागी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले मुलुकको वर्तमान आर्थिक अवस्था र प्रविधिको बढ्दो प्रभावका बारेमा सरकारको ध्यानाकर्षण गराउनु भयो । आचार्यले नेपालको पुँजीगत खर्च र वैदेशिक ऋणको साँवा–ब्याज भुक्तानीको रकम झन्डै बराबर हुने स्थिति आएको भन्दै यसलाई ‘ऋणको तनाव’ को संज्ञा दिनुभयो ।

पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसक्ने तर ऋणको दायित्व बढ्दै जाने अवस्थाले अर्थतन्त्रमा चुनौती थपेको उहाँको विश्लेषण छ। अर्थमन्त्रीलाई सुझाव दिँदै आचार्यले आगामी दिनमा वित्तीय व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । सांसद आचार्यले नेपालले आफ्नै ‘सार्वभौम एआई कम्प्युटिङ सेन्टर’ स्थापना गर्दा रणनीतिक रूपमा चतुर हुनुपर्ने धारणा राख्नुभयो। महँगो उपकरण र जीपीयू हरूमा ठूलो लगानी गरेर शुन्यबाट शुरु गर्नुभन्दा भारतले एआई क्षेत्रमा गरिरहेको लगानी र त्यहाँका ‘ओपन सोर्स’ प्रविधिहरू (जस्तैः भाषिनी एआई) बाट लाभ लिनुपर्ने उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, ‘भारतले आफ्नो संविधानको अनुसूचीमा नेपाली भाषालाई पनि मान्यता दिएको छ र उनीहरूले विभिन्न भाषामा आधारित एआईमा अर्बौँ लगानी गरिरहेका छन् । हामीले भारतको ओपन सोर्स प्रविधिलाई प्रयोग गरी त्यसलाई थप परिष्कृत गर्दा गुणस्तर पनि राम्रो हुने र ठुलो रकम समेत बचत हुने देखिन्छ ।’

विश्व श्रम बजार तीव्र रूपमा एआई केन्द्रित हुँदै गएको प्रति सचेत गराउँदै आचार्यले दक्ष जनशक्तिको अभावमा नेपाली श्रमिकहरू विस्थापित हुनसक्ने जोखिम औँल्याउनु भयो । वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीको सीपलाई एआईसँग तादात्म्य नमिलाएमा उनीहरू रोजगारी गुमाएर फर्कनुपर्ने स्थिति आउनसक्ने उहाँको तर्क छ । यसका लागि सरकारले अहिल्यैदेखि योजना बनाउनुपर्ने र एआईले तत्काल विस्थापित गर्न नसक्ने मानवीय संवेदना जोडिएका क्षेत्रहरू (जस्तैः ज्येष्ठ नागरिकको हेरचाह र हस्पिटालिटी) मा लगानी बढाउनुपर्ने उहाँले बताउनु भयो ।

कृषि क्षेत्रमा विनियोजित अनुदान वास्तविक र तल्लो तहका कृषकसम्म पुग्नुपर्नेमा जोड दिँदै उहाँले यसको प्रभावकारी कार्यान्वयनका लागि भूमि बैंकजस्ता संयन्त्रलाई सक्रिय बनाउनुपर्ने उल्लेख गर्नुभयो। त्यस्तै, जलवायु परिवर्तनका कारण हुने बालीनालीको क्षति र प्राकृतिक प्रकोपको तत्काल क्षतिपूर्तिका लागि छुट्टै कोष वा संयन्त्रको आवश्यकता उहाँले औँल्याउनु भयो । पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी बनाउनुपर्ने र यसलाई सरकारको ‘फ्ल्यागसिप प्रोजेक्ट’का रूपमा अगाडि बढाउनुपर्ने आचार्यको भनाइ छ ।

समाजमा बढ्दो तनाव र मानसिक स्वास्थ्यको समस्यालाई भुइँतहदेखि नै सम्बोधन गरिनुपर्ने उहाँले बताउनु भयो । उहाँले सरकारी योजनाहरूको सफल कार्यान्वयनका लागि जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने भन्दै २७५ जना सांसद नै आफ्ना जिम्मेवारीमा सक्षम र गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल

नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्भित्र प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै ती अभिव्यक्तिहरूलाई अभिलेखबाट हटाउन माग गरेको छ।

प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रयोग गरेका केही शब्दहरू ‘अशिष्ट’ र ‘अपमानजनक’ भएको बताइन्। उनले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) स्मरण गराउँदै अशिष्ट, अश्लील तथा मर्यादाहीन शब्द प्रयोग गर्न नपाइने व्यवस्था रहेको उल्लेख गरिन्।

बास्कोटाले ‘सदनको चीरहरण’, ‘मुर्दा लास’ र ‘मुर्दा शान्ति’ जस्ता अभिव्यक्तिहरू संसद्को मर्यादा विपरीत भएको दाबी गर्दै ती शब्दहरू संसद्को अभिलेखबाट हटाउन सभामुखसँग आग्रह गरिन्।

उनले संसद् कुनै दल विशेषको नभई नागरिकको आवाज उठाउने साझा थलो भएको उल्लेख गर्दै मर्यादित बहस आवश्यक रहेको बताइन्।

यसैबीच, उनले सत्तापक्षका सांसदहरूलाई लक्षित गरी प्रयोग गरिएका अपमानजनक शब्दप्रति पनि आपत्ति जनाउँदै यस्ता अभिव्यक्तिले संसद्को गरिमा घटाउने टिप्पणी गरिन्।

संसद्को गतिरोध अन्त्य गर्न सभापति लामिछाने सक्रिय, विपक्षी नेतासँग छलफल
काठमाडौँ । सङ्घीय संसद्मा जारी अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलका शीर्ष नेताहरूसँग छलफल थालेका छन्।

सिंहदरबारस्थित संसद् भवनमा भइरहेको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली माओवादीका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओली लगायत सहभागी छन्।

विपक्षी दलहरूले कांग्रेस संसदीय दलको कार्यालयमा बैठक गरिरहेका बेला लामिछानेले उनीहरूलाई छलफलका लागि आमन्त्रण गरेका हुन्। संसद्मा देखिएको राजनीतिक गतिरोध समाधानका उपायबारे नेताहरूबीच विचारविमर्श भइरहेको बताइएको छ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। सोही विषयलाई आधार बनाएर विपक्षीहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन्। संसद्को नियमित कामकारबाही सुचारु गराउने उद्देश्यले सत्तापक्ष र विपक्षीबीच संवादलाई तीव्र बनाइएको छ।

रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले बागमती प्रदेश अधिवेशन अन्तर्गत सञ्चालन भइरहेको निर्वाचन कार्यक्रम केही समयका लागि मात्र स्थगित गरिएको स्पष्ट गरेको छ।

आयोगले आज जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत अधिवेशन पूर्ण रूपमा रद्द भएको भन्ने सूचना भ्रामक रहेको जनाएको छ। आयोगका अनुसार जेठ २६ गते पूर्वनिर्धारित कार्यतालिकाअनुसार सञ्चालन भइरहेको अधिवेशनलाई प्राविधिक तथा व्यवस्थापकीय कारणले जेठ २७ गते बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो।

यसबीच अधिवेशन रद्द भएको भन्ने गलत सूचना फैलिँदा केही प्रतिनिधिहरू मतदान स्थलबाट फर्किएको विषयप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले अधिवेशन रद्द नभई निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन अस्थायी रूपमा मात्र स्थगन गरिएको स्पष्ट पारेको छ।

आयोगका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न तथा करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको सम्बोधन गर्न समय आवश्यक परेकाले निर्वाचन प्रक्रिया रोकिएको हो।

त्यसैगरी प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचन प्रक्रियालाई थप सहज, व्यवस्थित र विश्वसनीय बनाउन पनि कार्यक्रम स्थगन गरिएको आयोगले जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगले प्रतिनिधि तथा सम्बन्धित सबै पक्षलाई आधिकारिक सूचनामाथि मात्र विश्वास गर्न आग्रह गर्दै निर्वाचन कार्यक्रमबारे थप जानकारी समयमै सार्वजनिक गरिने जनाएको छ।

योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी
मकवानपुर। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा योग्य, इमान्दार र सक्षम युवा नेतृत्वलाई पाँच वर्ष निर्भिक भएर काम गर्ने अवसर प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

महामन्त्री बुर्लाकोटीले रास्वपा बागमती प्रदेशको प्रथम अधिवेशनको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै राजनीतिक नेतृत्वमा सक्षम व्यक्ति हुनुहुन्छ भन्ने पार्टीमा कुनै समस्या उत्पन्न नहुने स्पष्ट पार्नुभयो ।

उहाँले मुलुकमा बढ्दो कुशासन, भ्रष्ट्राचारजन्य अपराधलाई कानुनी एवं राजनीति भूमिकाको नेतृत्वबाट नियन्त्रित गर्न सबै नेतृत्व तहमा पार्टीमा आज इमान्दारीको खाँचो परेको छ भन्नुभयो ।

महामन्त्री बुर्लाकोटीले विसं २०८४ हुने प्रदेशस्तर र स्थानीय निकाय निर्वाचनमा पार्टीको युवापुस्ताले निर्वाचनमा सहभागी हुन, जनप्रतिनिधिमा निर्वाचित हुनको लागि जनताको बीचमा पुग्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा स्थापना कालदेखि सक्रिय रहँदै आएको भए पनि नेता र कार्यकर्ताको बीच नेतृत्व तहको क्षमतामा सक्षम र इमान्दारी नरहे रास्वपाले जिम्मेवारी नदिनेतर्फ जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सदस्यहरू खगेन्द्र सुनार, समीक्षा बाँस्कोटा र गणेश पराजुलीले मुलुकमा सुशासनको दीर्घकालीन लक्ष्य प्राप्ति गर्ने र जनतालाई  विकास र आर्थिक समृद्धितर्फ आत्मनिर्भर बनाउन पार्टीले नवयुवाको योग्यता क्षमतालाई निर्वाचनको माध्यमबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोक जिल्लाको बाहेक १२ जिल्लाका करिब एक हजार प्रतिनिधि र प्रवेक्षकहरुको सहभागिता रहेको रास्वपा मकवानपुरका अध्यक्ष सञ्जय पाठकले राससलाई बताउनुभयो । रासस

सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी
काठमाडाैँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शहीदप्रति श्रद्धाञ्जली स्वरूप ५ मिनेट मौनधारण गरिएको विषयलाई लिएर सभामुखले आपत्ति जनाएका छन् ।

बैठकका क्रममा नेपाली कांग्रेसका सचेतक निश्कल राईको आग्रहमा सांसदहरूले शहीदहरूको सम्मानमा मौनधारण गरेका थिए। तर सो कार्यपछि सभामुखले त्यसलाई संसदीय अभ्यासविपरीत भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

सभामुखका अनुसार बैठक सञ्चालन गर्ने अधिकार औपचारिक रूपमा सभामुखसँग रहने भएकाले सदस्यहरूले आफ्नै निर्णयमा समय निर्धारण गरेर मौनधारण गर्नु उचित नहुने टिप्पणी गरिएको छ। उनले यस प्रकारको अभ्यासले संसदको मर्यादामा असर पर्ने भन्दै ध्यानाकर्षण गराएका छन्।

यस घटनापछि संसदभित्र प्रक्रियागत अभ्यास र मर्यादाबारे फेरि बहस सुरु भएको छ।

रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय निर्वाचन आयोगले मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सबै गतिविधि अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।

पार्टीको विधान २०७९ (तेस्रो संशोधन सहित) को दफा ४१ र ४९ बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै केन्द्रीय निर्वाचन आयोगले अधिवेशनलाई निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत रूपमा सञ्चालन सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको जनाउँदै स्थगनको निर्णय गरेको हो।

आयोगका प्रमुख भुवन के.सी. द्वारा जारी सूचनामा मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचार–प्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासम्बन्धी सम्पूर्ण गतिविधि तत्काल प्रभावबाट स्थगित गरिएको उल्लेख छ।

सूचनामा अधिवेशन पुनः सञ्चालन हुने मिति, समय तथा संशोधित कार्यतालिका पछि केन्द्रीय निर्वाचन आयोगबाट आधिकारिक रूपमा जानकारी गराइने पनि जनाइएको छ।

यस अवधिमा अधिवेशनसँग सम्बन्धित कुनै पनि नयाँ गतिविधि सञ्चालन नगर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशन मकवानपुरको हेटौँडामा सुरु भएको छ ।

रास्वपा बागमती प्रदेश समितिका सभापति डा अच्युतम लामिछानेको अध्यक्षतामा सुरु भएको अधिवेशनको पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, प्रतिनिधिसभाका सदस्यहरू जगदीश खरेल, खगेन्द्र सुनार, डा तोसिमा कार्कीलगायत पार्टीका केन्द्रीय नेताहरूको सहभागिता रहेको छ ।

अधिवेशनले प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा बागमती प्रदेशका १३ वटै जिल्लाबाट एक हजार ४०० प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।

हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको मकवानपुरको हेटौँडामा मङ्गलबार हुने प्रथम अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

भोलि बिहान ९ बजेदेखि सुरु हुने अधिबेशनको पार्टी अध्यक्ष रवि लामिछानेले हेटौँडास्थित हिमालय दरबारमा उद्घाटन गर्नुहुनेछ । उद्घाटन कार्यक्रमका लागि मञ्च तयार पार्ने तथा जिल्ला जिल्लाबाट आउने प्रतिनिधिहरुको व्यवस्थापको काम भइरहेको रास्वपा बागमती प्रदेशका सभापति डा अच्युतम लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार अधिवेशनमा बागमती प्रदेशका १३ वटै जिल्लाबाट एक हजार ४०० प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनबाट प्रदेश समितिले नयाँ नेतृत्व चयन हुनेछ ।

सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी
काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुने बताएको छ ।

सोमवार रास्वपा सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा उक्त विषयमा कुरा नमिलेपछि थप छलफल गरी अवरुद्ध संसद सुचारु गराउने विषयमा छलफल हुने निष्कर्षमा पुगिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भयो ।

उहाँले आफूहरुले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिनुभएको अभिव्यक्ति परराष्ट्र मन्त्रालयको विषय भएकाले परराष्ट्रमन्त्रीले जवाफ दिँदा हुनेकुरा राखेको र त्यसमा विपक्षले प्रधानमन्त्रीकै जवाफ चाहिन्छ भन्ने अडान राखेपछि उक्त विषयमा थप छलफल आवश्यक रहेको पनि बताउनु भयो ।

महामन्त्री बुर्लाकोटीले सभापति लामिछानेले प्रधानमन्त्रीको संसदको सम्बोधन विषयगत रुपमा प्रवेश भएकाले यसको जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले दिँदा उपयुक्त हुने धारणा राख्नु भएको पनि बताउनु भयो ।

महामन्त्री बुर्लाकोटीले परराष्ट्र मामिलाको विषयलाई ठिक ढंगले सम्बोधन गर्ने काम परराष्ट्र मन्त्रालयले गर्ने पनि बताउनु भयो ।

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित
काठमाडाैँ । प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको अवरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ।

सभामुख डोलप्रसाद अर्यालले आजको बैठक सञ्चालन भइरहेका बेला अवरोध जारी रहेपछि स्थगनको घोषणा गरेका हुन्।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिएर क्षमायाचना नगरेसम्म संसदको कारबाही अघि बढ्न नसक्ने अडान दोहोर्‍याएका छन्। उनीहरूको निरन्तर विरोधका कारण बैठक सुचारु हुन नसकेको हो।

प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह तत्काल संसदमा उपस्थित हुन नसक्ने बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतका केही भू–भाग मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि उत्पन्न विवादबारे विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसदमा आएर स्पष्ट पार्नुपर्ने अडान राखेका थिए ।

तर सभापति लामिछानेले प्रधानमन्त्री तत्काल संसदमा उपस्थित हुन नसक्ने जानकारी दिनुभएको हो । उहाँका अनुसार उक्त विषयमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिनेछन् । परराष्ट्रमन्त्रीको जवाफ चित्त नबुझे आफूले समेत आवश्यक परेमा जवाफ दिने लामिछानेको भनाइ थियो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गम्भीर विषय भएको भन्दै संसदमै आएर स्पष्ट पार्नुपर्ने पक्षमा विपक्षी दलहरू अडिग रहेको बताउनुभयो ।

उहाँका अनुसार विपक्षी दलहरूले संसद अवरोध गर्ने चाहना नभए पनि प्रधानमन्त्रीको अभिव्यक्तिको औपचारिक जवाफ आवश्यक रहेको बताएका थिए । “यदि उहाँको त्यस्तो कुनै नियत होइन भने पनि प्रधानमन्त्रीको अभिव्यक्ति संसदबाट स्पष्ट पारिनुपर्छ,” महरले भन्नुभयो ।

उहाँले थप भन्नुभयो, “प्रधानमन्त्रीले कुनै पनि विदेशी भूमिबारे संसदमा बोलेको विषय संवेदनशील भएकाले त्यसको रेकर्ड सच्याउनुपर्ने वा स्पष्ट पारिनुपर्ने माग राखिएको हो ।”

बैठकमा सभापति लामिछानेले आफ्नो हालैको भारत भ्रमणबारे पनि जानकारी गराउनुभएको थियो ।

तर अन्ततः प्रधानमन्त्री स्वयंले संसदमा आएर जवाफ दिनुपर्ने मागमा सहमति नजुटेपछि बैठक निष्कर्षविहीन बनेको जनाइएको छ ।

सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित संसद सचिवालयको सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक जारी रहेको छ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गरिएको उक्त बैठकमा प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्ने उपायबारे पनि केन्द्रित छलफल भइरहेको छ।

बैठकमा सभापति लामिछानेले हालै सम्पन्न आफ्नो भारत भ्रमणका विषयमा समेत जानकारी गराएका छन्। सहभागी विभिन्न दलका नेताहरूले सर्वदलीय बैठकमार्फत संवादको सुरुवात भएकोमा स्वागत गर्दै समसामयिक राजनीतिक विषयमा आ–आफ्ना धारणा राखिरहेका छन्।

संसदमा लामो समयदेखि देखिएको अवरोध अन्त्य गर्दै संसदीय प्रक्रियालाई सहज बनाउने विषयमा सहमति खोज्ने प्रयास स्वरूप बैठक अघि बढिरहेको बताइएको छ।

रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । बाह्र जिल्लामा निर्वाचन प्रक्रिया चलिरहेको छ । रास्वपाले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन तोकेको थियो । शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएका थिए भने आइतबार २८ जिल्लामा अधिवेशन सुरु भएको थियो ।

आइतबार अधिवेशन सुरु भएका अधिकांश जिल्लामा नयाँ कार्यसमिति चयन भइसकेका छन् । रास्वापका प्रवक्ता मनिष झाका अनुसार कोशीका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, पाँचथर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, खोटाङ, इलाम र धनकुटामा अधिवेशन सम्पन्न भइसकेका छन् । उदयपुरमा निर्वाचनको तयारी भइरहेको छ ।

मधेसका महोत्तरी, रौतहट, सिरहा, पर्सा र सर्लाहीमा अधिवेशनपश्चात् निर्वाचनको प्रक्रिया अघि बढेको छ । सप्तरी र बारामा आज तथा धनुषामा मङ्गलबार अधिवेशन हुने सो पार्टीले जनाएको छ बागमती प्रदेशका दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, रसुवा, सिन्धुली, धादिङ, रामेछाप, चितवन र ललितपुरको अधिवेशन पनि सम्पन्न भइसकेको छ ।

सिन्धुपाल्चोकमा भने अधिवेशन स्थगित भएको छ । गण्डकीका स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ र गोरखामा अधिवेशन सम्पन्न भइसकेका छन् भने बागलुङमा जिल्ला कार्यसमितिमा सहमति भए भनिएपछि उजुरी परेपछि हाललाई रोखिएको छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा निर्वाचन प्रक्रिया चलिरहेको प्रवक्ता झाले जानकारी दिनुभयो ।

लुम्बिनीका गुल्मी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, रोल्पा, अर्घाखाँची र रुपन्देहीमा अधिवेशन सम्पन्न भइसकेका छन् । कर्णालीका कालीकोट, सल्यान, रुकुम पश्चिम, मुगु र जुम्लामा अधिवेशन सकिएको छ भने सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन हुँदैछ ।

सुदूरपश्चिमका बैतडी, बझाङ, दार्चुला, अछाम, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा अधिवेशन सम्पन्न भएको तथा डोटी र बाजुरामा निर्वाचन प्रक्रिया बाँकी रहेको प्रवक्ता झाले जानकारी दिनुभयो । रास्वपाले यही जेठ २६ गतेदेखि प्रदेश अधिवेशन गर्दैछ ।

मङ्गलबार बागमती प्रदेशको अधिवेशन हुँदैछ । पार्टीका तल्ला कमिटीको अविधेशन सम्पन्न गरेर रास्वपा अगामी असार ७ देखि ९ गतेसम्म प्रथम राष्ट्रिय महाधिवेशनमा होमिँदैछ । रास्वपाको पहिलो महाधिवेशन चितवनमा आयोजना गरिएको छ । रास्वपाले यसअघि चार हजार २५० वडा तथा ५१६ पालिकामा अधिवेशन सम्पन्न गरिसकेको छ ।