मनोरञ्जन – News Polar

सपनाको कुरा गर्ने ‘रोल नं १’को गीत ‘रंगीन सपना’ सार्वजनिक
काठमाडौं। चलचित्र ‘रोल नं १’को नयाँ गीत सार्वजनिक भएको छ । सिनेमा दोस्रो सातामा प्रदर्शन भइरहेका बेला निर्माण टिमले नयाँ गीत ‘रंगीन सपना’ सार्वजनिक गरेको हो ।

उज्वल सागरको स्वर रहेको गीतमा शब्दरचना रोशन अधिकारीको छ । संगीत पनि उज्जल सागरकै रहेको छ ।

गीतले सपना कुरा गर्छ । गीतले उज्वल भविष्यको कामना गर्दै त्यसका लागि देख्ने सपना र मेहनतको विषय उठान गरेको छ । सन्तानको सुखमा खुसी हुने अभिभाक र दुःखमा दुखी बाबुआमाको कथा गीतमा उनिएको छ ।

सन्तानको अनिश्चित भविष्यमा घबराउने बुबाआमाको कथा भन्ने गीतले सुुख र दुःख जिन्दगीका दुई पाटा भएको यथार्थ बताउँछ । दुःखहरूबीच जिउनु पर्ने जिन्दगीको वास्तविकता झल्काउने गीतले सन्तानको सानो सफलतामा बुबाआमाले देख्ने ठूलो सपना समेटिएको छ ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार छन् । सिनेमाको फुटेज खेलाउँदै गीतको भिडियो तयार पारिएको छ ।

‘रोल नं १’ शुक्रबारबाट प्रदर्शनरत छ । सिनेमाका कलाकार दर्शक भेट्न हलहल पुगिरहेका छन् । सिनेमाले वर्ड अफ माउथ राम्रो पाएको छ ।

जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमामा डीओपी शिवराम श्रेष्ठ छन् ।

बढी कमाई गर्ने चलचित्र बन्यो ‘लालीबजार’
काठमाडौँ। यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले  गरेको छ ।

चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते शनिबारसम्म उक्त चलचित्रले आठ करोड हाराहारीको कमाइ गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा–२ बक्सअफिस’ मा उल्लेख भए अनुसार गत शनिबारसम्म चलचित्र ‘लालीबजार’ ले रु सात करोड ९० लाख ३१ हजार ४७६ कमाई गरेको छ ।

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ को सोही अवधिमा कूल एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा पाएको सफलताले चलचित्रसँग जोडिएको सम्पूर्ण सदस्यलाई उत्साहित बनाएको अभिनेता रवीन्द्रसिंह बानियाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले दर्शकबाट पाएको मायाले मेहनतको फल पाएको आभाष भएको छ । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरञ्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, जसलाई दर्शकले रुचाउनुभयो । यो चलचित्रले शिक्षा नभई जीवन उज्यालो हुन सक्दैन भन्ने सन्देश प्रवाह गर्छ ।” उहाँका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् ।

उक्त चलचित्रमा अभिनेता बानियाँसँगै समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ । यस्तै, गत वैशाख ११ गते प्रदर्शन भएको चलचित्र ‘परालको आगो’ ले रु चार करोड २७ लाख ८४ हजार ४४५ कमाई गरेको छ । सुशील पोखरेलले निर्माण गर्नुभएको उक्त चलचित्रका लागी कुल एक लाख ५४ हजार ३४ टिकट बिक्री भएका छन् ।

लक्ष्मण सुनारको निर्देशनमा तयार भएको उक्त चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ । यस्तै, गत २५ वैशाखदेखि नै प्रदर्शनरत नेपाली चलचित्र ‘मालती मङ्गले’ ले रु ५१ लाख ७३ हजार ७९३ कमाई गरेको छ । उक्त चलचित्रका लागि कुल १६ हजार १८८ टिकट बिक्री भएका छन् । गायक रामकृष्ण ढकालले निर्माण गर्नुभएको उक्त चलचित्रमा वर्षा राउत, विजय बराल, मेक्सम गौडेललगायत कलाकारले अभिनय गर्नुभएको छ । प्रकु पाण्डेयले निर्देशन गर्नुभएको उक्त चलचित्रले घरेलुबजारमा राम्रो कमाइ गर्न सकेको छैन ।

गत वैशाख २५ मै प्रदर्शन भएको चलचित्र ‘गुरु आमा’ ले रु २९ लाख ४२ हजार ५७६ कमाई गरेको छ । उक्त चलचित्रका लागि कुल नौ हजार ३२७ टिकट बिक्री भएका छन् । प्रेम सोनी सुनारले निर्देशन गर्नुभएको उक्त चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टीका सानु, सुस्मा थापा, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम केसी, गिरीबहादुर पुनलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यस्तै, गत जेठ १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ ले रु पाँच लाख २१ हजार ८२५ कमाई गरेको छ । सहारा शर्माले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कूल एक हजार ५०५ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा अभिनेत्री आँचल शर्मा, सहयोग अधिकारी, उषा रजक, निशा शर्मा लगायतले अभिनय गर्नुभएको छ ।

गत जेठ १ मै प्रदर्शन भएको चलचित्र ‘लाइफ ड्यामेज’ ले रु ३३ लाख २६ हजार ३२० कमाई गरेको छ । निमेष श्रेष्ठले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कुल १० हजार ८५५ टिकट बिक्री भएका छन् । ‘फेन्टासी कमेडी ड्रामा’मा निर्माण गरिएको उक्त चलचित्रमा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिश जङ्ग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारले अभिनय गर्नुभएको छ ।

यस्तै, गत जेठ ८ मा प्रदर्शन भएका दुई चलचित्र ‘काजी’ र ‘मित ज्यू’ ले दर्शकको राम्रो साथ पाएको छैन । यी दुई चलचित्रले पहिलो साता सुखद व्यापार गर्न सकेको छैन । अभिनेत्री विपिन कार्की, अभिनेत्री केकी अधिकारी, गरिमा शर्माले अभिनय गर्नुभएको चलचित्र ‘काजी’ ले रु ४० लाख ८८ हजार १७५ कमाएको छ । लक्ष्मण रिजालले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कुल १३ हजार सात वटा टिकट बिक्री भएका छन् । रामप्रसाद रिजालले निर्माण गर्नुभएको उक्त चलचित्रमा ग्रामिण भेगको प्रेमकथा देखाइएको थियो ।

गत जेठ ८ मै प्रदर्शन भएको चलचित्र ‘मितज्यू’ ले सोही अवधिमा रु एक करोड २० लाख ५९ हजार ८२ कमाई गरेको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कुल ४१ हजार २४८ टिकट बिक्री भएका छन् ।

जनक घर्तीमगरले निर्माण गर्नुभएको उक्त चलचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई, टेरिया फौजा मगरलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ मा रहेको सार्वजनिक तथ्याङ्कअनुसार यस वर्ष जेठ मध्यसम्म प्रदर्शन भएका चलचित्रमा घरेलुबजारमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र ‘लालीबजार’ देखिएको छ ।

चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रले गरेको कमाइको विवरण आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेको छ । रासस

‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट
काठमाडौं। ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’ले युनिभर्सल सर्टिफिकेट पाएको छ ।

सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले ‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै ‘रोल नं १’ सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् । अब यो चलचित्र हेर्न बालबालिकाले अभिभावकको साथ लिएर पनि हल जानु पर्ने छैन ।

युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्र हेर्न सबैलाई बाटो फुकेको छ । “के बच्चा के वृद्ध÷वद्धा रोल नं १ सबैले हेर्न मिल्छ, भोलिबाट देशभर,” निर्माता पौडेलले फेसबुकमा लेखेका छन् ।

‘रोल नं १’ २ घण्टा ३२ मिनेट लामो सिनेमा रहेको सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले सर्टिफाई गरेको सर्टिफिकेटमा उल्लेख छ ।

भोलिबाट रिलिज हुने चलचित्रको अग्रिम बुकिङ खुला भइसकेको छ । जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले सिनेमालाई ग्रेडिङ गर्ने क्रममा चलचित्रको खुलेर तारिफ गरेको निर्माण टिमले बताएको छ । कमिटीले सिनेमाको तारिफ गरेपछि निर्माण टिम उत्साहित बनेको छ ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ छन् ।

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
काठमाडौँ। चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई प्रेम, त्याग वा भावनामा मात्रै सीमित राखिन्छन् ।

तर पछिल्लो समय यो भाष्य परिमार्जित हुँदै गएको छ । अभिनेत्रीहरु पनि चलचित्र बिकाउन सक्छन् भन्ने भाष्य बन्दै गएको छ । उदाहरणका रुपमा पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रलाई लिन सकिन्छ ।

पछिल्लो समय प्रदर्शनमा आएका ‘लालीबजार’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ र ‘गुरू आमा’ जस्ता चलचित्रमा महिलाहरू कथा सजाउने पात्र होइनन्, कथा चलाउने शक्ति बनेर आएका छन् । पहिलो पटक होइन, तर लामो अन्तरालपछि अभिनेत्रीहरूले पर्दामा ‘लिड’ मात्र होइन, ‘हिरो’ को जिम्मेवारी बोकेका देखिन्छन् ।

यीमध्ये ‘लालीबजार’ अहिले सबैभन्दा धेरै चर्चामा छ । गत वैशाख २५ देखि प्रदर्शनमा रहेको चलचित्रमा स्वस्तिमा खड्काले वादी समुदायकी महिलाको जीवन संघर्षलाई प्रस्तुत गर्नुभएको छ । छोरीको भविष्य जोगाउन समाजसँग जुध्ने आमाको कथा बोकेको चलचित्रले सामाजिक विभेद र कुप्रथाविरुद्ध आवाज उठाएको छ ।

स्वस्तिमा खड्काका अनुसार महिला पात्र केन्द्रमा हुनु आफैँमा ठूलो परिवर्तन हो । उहाँ भन्नुहुन्छ, “हाम्रो चलचित्रमा अझै पनि धेरै कथाहरू पुरुष पात्रलाई केन्द्रमा राखेर लेखिन्छन् । तर दर्शकले अहिले फरक कथा पनि स्वीकार्न थालेका छन् ।” उहाँले बलियो पटकथा भए पात्रको लिंगभन्दा कथा महत्वपूर्ण हुने बताउनुभयो ।

चलचित्र ‘एक मुठ्ठी बादल’ले महिलाको व्यक्तिगत स्वतन्त्रताको विषय उठाएको छ । चलचित्रमा अभिनेत्री आँचल शर्मासँगै निशा शर्मा, उषा रजकलगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा प्राविधिक टोलिसँगै निर्देशक समेत महिला नै हुनुहुन्छ । चलचित्रमा विवाह गर्ने निर्णय लिएकी एक युवतीले निर्णयमा खोज्ने स्वतन्त्रालाई चित्रण गरिएको छ ।

गत जेठ १ मा प्रदर्शन भएको चलचित्र ‘एक मुठ्ठी बादल’ मा  अभिनेत्री आँचल शर्माले ‘माइली’ छोरीको भूमिका निर्वाह गर्नुभएको छ । “मैले चलचित्रमा निर्वाह गरेको पात्रले आफ्नो निर्णयको स्वतन्त्रतालाई प्रस्तुत गरेको जस्तो लाग्छ । विवाह गर्न तयार पात्रको मनोविज्ञान र उसले आफ्नो निर्णयलाई अन्य परिवारका सदस्यको दबाव बिना नै स्वतन्त्र रुपमा भन्नसके हुनुपर्छ भन्ने देखाइएको छ । यसमा महिला शीर्ष भूमिकामा हुनुका साथै छायाँकार, सम्पादकलगायत चलचित्र तयार गर्दा तयार हुने प्राय विधाको प्रमुख नै महिला हुनहुन्छ”, अभिनेत्री शर्माले भन्नुभयो ।

आँचल शर्माले चलचित्रले महिलाको निर्णय क्षमता र आत्मविश्वासलाई देखाउन खोजेको बताउनुभयो । “महिलाले आफ्नो जीवनका निर्णय आफैँ गर्न पाउनुपर्छ भन्ने सन्देश चलचित्रले दिन्छ,” उहाँको भनाइ छ ।

एक समय रेखा थापाले नेपाली सिनेमामा महिला पात्रलाई ‘एक्शन हिरो’ कै रूपमा स्थापित गर्नुभएको थियो । तर त्यसपछि बजार फेरि पुरुष केन्द्रित कथातिर मोडियो । अहिले भने परिस्थिति फेरि बदलिन थालेको संकेत देखिएको छ ।

पछिल्ला चलचित्रहरूले एउटा स्पष्ट सन्देश दिएका छन् । दर्शक अब केवल ‘हिरो’ हेर्न हल गएका छैनन्, उनीहरू राम्रो कथा खोजिरहेका छन् । र त्यो कथा महिलाको आँखाबाट पनि भन्न सकिन्छ भन्ने विश्वास नेपाली सिनेमामा विस्तारै बलियो हुँदै गएको छ ।

यस्तो छ नेपाली चलचित्रको कमाइ
काठमाडौँ। चलचित्र विकास बोर्डले चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ ।

बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्स अफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको यही जेठ ९ गते शनिबारसम्मको व्यावसायिक विवरण आज सार्वजनिक गरेको हो ।

सार्वजनिक तथ्याङ्कअनुसार लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्र ‘परालको आगो’ ले रु चार करोड २७ लाख ५३ हजार ६४५ कमाइ गरेको छ । सुशील पोखरेलले निर्माण गर्नुभएको उक्त चलचित्रका लागि एक लाख ५३ हजार ९२५ टिकट बिक्री भएका छन् । गत वैशाख ११ गतेदेखि प्रदर्शन भएको उक्त चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ ले गत शनिबारसम्म रु पाँच करोड ७६ लाख ३९ हजार ४७१ कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल एक लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बजारमा पाएको सफलताले उत्साहित भएको कार्यकारी निर्माता प्रदीप भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले घरेलु दर्शकबाट पाएको मायाले कृतज्ञ भएका छौँ । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरञ्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, दर्शकले रुचाउनुभयो । आगामी दिनमा हामीलाई यस किसिमका सामाजिक विषयमा चलचित्र निर्माण गर्न हौसला प्राप्त भएको छ ।”

उहाँका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।

गत वैशाख २५ गतेदेखि नै प्रदर्शनरत नेपाली चलचित्र ‘मालती मङगले’ ले रु ५१ लाख ६३ हजार ५९३ व्यापार गरेको छ । उक्त चलचित्रका लागि कूल १६ हजार १३७ टिकट बिक्री भएका छन् । गायक रामकृष्ण ढकालले निर्माण गर्नुभएको उक्त चलचित्रमा वर्षा राउत, विजय बराल, मेक्सम गौडेललगायतका कलाकारले अभिनय गर्नुभएको छ । प्रकु पाण्डेयले निर्देशन गर्नुभएको उक्त चलचित्रले घरेलुबजारमा राम्रो कमाइ गर्न सकेको छैन ।

वैशाख २५ मै प्रदर्शन भएको तेस्रो चलचित्र ‘गुरु आमा’ ले रु २९ लाख ४२ हजार ५७६ व्यापार गरेको छ । उक्त चलचित्रका लागि कूल नौ हजार ३२७ टिकट बिक्री भएका छन् । प्रेम सोनी सुनारले निर्देशन गर्नुभएको उक्त चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धु्रव कोइराला, उत्तम केसी, गिरीबहादुर पुन लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

गत जेठ १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ ले रु पाँच लाख २१ हजार ८२५ कमाइ गरेको छ । सहारा शर्माले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कूल एक हजार ५०५ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा अभिनेत्री आँचल शर्मा, सहयोग अधिकारी, उषा रजक, निशा शर्मालगायतले अभिनय गर्नुभएको छ ।

गत जेठ १ मै प्रदर्शन भएको चलचित्र ‘लाइफ ड्यामेज’ ले रु २८ लाख ४६ हजार १७० कमाइ गरेको छ । निमेष श्रेष्ठले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि कूल नौ हजार २४१ टिकट बिक्री भएका छन् । ‘फेन्टासी कमेडी ड्रामा’मा निर्माण गरिएको उक्त चलचित्रमा सुरक्षा पन्त, निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीशजङ्ग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूले अभिनय गर्नुभएको छ ।

चलचित्र विकास बोर्डले प्रत्येक सोमबार नेपाली चलचित्रले गरेको कमाइको विवरण सार्वजनिक गर्ने गरेको छ ।

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
काठमाडौँ। अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दुई सातामा रु पाँच करोड २५ लाख कमाइ गरेको छ ।

गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आटर््सले जनाएको छ ।

कम्पनीका प्रमुख म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले १४ दिनमा घरेलु बजारमा गरेको कमाइ उत्साहजनक छ । उक्त चलचित्रका निर्मातासमेत रहनुभएका खत्रीले तेस्रो सातामा प्राप्त ‘शो’ सङ्ख्याले आगामी दिनमा समेत राम्रो कमाइ गर्ने अपेक्षा गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले घरेलु दर्शकबाट पाएको मायालाई धन्यवाद भन्ने कुनै शब्द नै छैन । हामीलाई विश्वास गरेर चलचित्र हेर्न आएका दर्शक फर्किँदा सन्तुष्ट हुनुभएको छ, त्यो नै हाम्रो ठूलो सफलता हो । यसपटक हामीले सामाजिक दायित्वका रुपमा मनोरन्जनसँगै शिक्षाको ज्योतिले समाज र व्यक्तिमा पार्ने प्रभावलाई देखाएका थियौँ, दर्शकले रुचाउनुभयो, कृतज्ञ छौँ ।”

“हामीले चलचित्रमार्फत देखाउन खोजेको विषय र दिएको सन्देशलाई दर्शकले स्पष्ट बुझ्नुभएको छ, चलचित्र हेरिसकेका दर्शकको प्रतिक्रिया लिन मसहित हाम्रो चलचित्रमा आवद्ध कलाकार नेपालभर मुख्य सहरमा रहेका चलचित्र भवन पुगेका थियौँ, सबै ठाउँमा दर्शकले उस्तै राम्रो प्रतिक्रिया दिनुभयो । देशभर चलचित्रलाई जुन सोचका साथ ग्रहण गर्नुभएको छ, त्यो हाम्रो सफलता हो”, अभिनेत्री खड्काले भन्नुभयो ।

उहाँका अनुसार नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । उक्त चलचित्रमा अभिनेत्री खड्कासँगै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ । रासस

कलाकार र पत्रकार एकअर्काका परिपूरकः अभिनेतृ मानन्धर
काठमाडौँ।  अभिनेतृ करिष्मा मानन्धरले नेपाली चलचित्र क्षेत्र र पत्रकारिता क्षेत्र एकअर्काको परिपूरक रहेको बताउनुभएको छ ।

विगत लामो समयदेखिको सहकार्यलाई स्मरण गर्दै उहाँले चलचित्र क्षेत्रलाई दर्शकसम्म पु¥याउने मुख्य माध्यम नै सञ्चार जगत भएको उल्लेख गर्नुभयो ।

अभिनेतृ मानन्धरले ‘कामना’ प्रकाशन र ब्ल्याक एन्ड ह्वाइट पत्रकारिताको सुरुवातदेखि नै चलचित्र र पत्रकारिता क्षेत्रले सँगसँगै विकासको यात्रा तय गरेको बताउनु भयो ।

पत्रकार र कलाकारको सम्बन्धलाई ‘प्रहरी र जनता’ को मित्रतासँग तुलना गर्दै उहाँले पत्रकारहरू नै चलचित्र र दर्शकबीचको सेतु भएको स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि क्षेत्रको स्वरूप र छवि जनतामाझ कस्तो बनाउने भन्ने कुरा पत्रकारितामा निर्भर रहने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र क्षेत्रको उदय र पत्रकारिताको सिक्ने चरण उस्तै समयमा शुरु भएको हो । यस क्रममा कलाकार र पत्रकार दुवै पक्षबाट केही त्रुटिहरू भएका हुन सक्छन्, तर हामीले सँगसँगै सिकेर यहाँसम्म आइपुगेका हौँ ।’

नेपाली चलचित्रप्रति दर्शकको चासो कायम राख्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । अभिनेतृ मानन्धरले चलचित्र क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउन पत्रकारिता क्षेत्रको निरन्तर साथ र रचनात्मक सहयोग आवश्यक रहेकोमा समेत जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल

कान्सकाे रेड कार्पेटमा नेवारी पोशाकमा सुनिता डंगोल
काठमाडौं: काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी छिन् । उनी नेवारी समुदायको परम्परागत वेशभूषा लगाएर महोत्सवमा सहभागी भएकी हुन् । यस फेस्टिभलमा विश्वभरका चर्चित कलाकार, फिल्मकर्मी लगायतको सहभागिता हुने गर्दछ ।

विश्वप्रसिद्ध त्यस फेस्टिभलमा उहाँ चार दिन सहभागी भएर फेस्टिभलको अनुभव बटुल्ने तथा कान्स फेस्टिभलका प्रमुखलाई काठमाडौं भ्रमणको निम्तो समेत दिने कार्यक्रम छ ।

महानगरले निकट भविष्यमा आयोजना गर्न लागेको काठमाडौं फिल्म फेस्टिभलको पूर्वतयारी स्वरुप डंगोल कान्स गएकी काठमाडौं महानगरले जनाएको छ । यो महोत्सवअन्तर्गत काठमाडौं महानगरका टोल टोलमा फिल्म फेस्टिभल आयोजनाको तयारी भैरहेको छ ।

यसअघि तत्कालिन महानगर प्रमुख बालेन शाह पनि कान्स गएका थिए । युनेस्कोले काठमाडौं सहरलाई फिल्म सिटीको रुपमा घोषणा गरिसकेको छ ।

कान्स फिल्म फेस्टिभल यही २१ मे सम्म (बुधबारसम्म) फ्रान्समा आयोजना भइरहेको छ ।

दोस्रो हप्तामा ‘मालती मङ्गले’को गीत ‘झुटो आरोप’ सार्वजनिक
काठमाडौं। नेपालभरका सिनेमाघरहरूमा दर्शकको उल्लेख्य साथ र अपार माया पाइरहेको नेपाली चलचित्र ‘मालती मङ्गले’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ।

पहिलो सातामै दर्शकहरूको स्वतःस्फूर्त सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ पाएको यस चलचित्रले डायस्पोरा रिलिज र दोस्रो साताको सफलतालाई लक्षित गर्दै ‘झुटो आरोप’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ।

रामकृष्ण ढकालको स्वर रहेको मर्मस्पर्शी गीत ‘झुटो आरोप’मा गोपाल अधिकारीको शब्द तथा हरि लम्सालको सङ्गीत रहेको छ। यस गीतमा रिकेश गुरुङको सङ्गीत संयोजन र चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। चलचित्रको कथावस्तुलाई थप जीवन्त बनाउने यो गीतले दर्शकलाई अझ बढी आकर्षित गर्ने निर्माण पक्षको विश्वास छ।

नेपालमा बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको यो चलचित्र आज (मे १५) देखि उत्तर अमेरिकाका दर्शकमाझ पनि पुगेको छ। सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा अमेरिकाका सान फ्रान्सिस्को, ड्यालस, सिकागो, क्लिभल्याण्ड, सिनसिनाटी, कोलम्बस र अस्टिन लगायतका प्रमुख सहरहरूमा दैनिक शोसहित चलचित्र बक्स अफिसमा प्रदर्शनमा आएको हो।

अङ्ग्रेजी सबटाइटलसहित प्रदर्शन भइरहेको चलचित्रको अग्रिम बुकिङ निकै उत्साहजनक रहेको छ। त्यस्तै, क्यानडा प्रदर्शनका लागि आँगन इभेन्ट्सले अधिकार खरिद गरिसकेको छ भने अन्य देशहरूमा पनि चलचित्रको अधिकार ‘सोल्ड आउट’ भइरहेको र छिट्टै विस्तृत जानकारी दिइने निर्माता रामकृष्ण ढकालले बताएका छन्।

सिनेमा हेरेर बाहिरिएका अधिकांश दर्शकले यसलाई पेट मिचीमिची हँसाउनेदेखि लिएर आँखा रसाउनेसम्मको गहिरो भावनात्मक यात्रा गराउने ‘नेपालीपन बोकेको अब्बल मास्टरपिस’को सङ्ज्ञा दिएका छन्। विशेष गरी अभिनेत्री वर्षा राउतको मर्मस्पर्शी अभिनय तथा अभिनेताद्वय विजय बराल र मेक्सम गौडेलको जीवन्त प्रस्तुतिले सबैको मन जितेको छ। दर्शकबाट प्राप्त यही मायाले चलचित्रको बक्सअफिस यात्रा आगामी दिनमा थप रफ्तारमा अगाडि बढ्ने निश्चित देखिएको छ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। निर्देशक पाण्डेय स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङको सशक्त अभिनय रहेको छ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा रहेका छन्।

४३ वर्षपछि ‘जीवनरेखा’ को विशेष प्रदर्शन
काठमाडौँ। शिव श्रेष्ठ फाउन्डेशनको आयोजनामा, चलचित्र विकास बोर्डको सहकार्यमा र लायन्स क्लब चितवनको व्यवस्थापनमा ४३ वर्ष अघि प्रकाश थापा द्वारा निर्देशित ‘जीवनरेखा’ , जलमा हल नारायणघाटमा विशेष प्रदर्शन गरियो। यस्का लागि डिजिटल सिनेमा नेपाल (डीसीएन ) को पनि सहयोग रहेको थियो।

नेपाली चलचित्र इतिहासका महत्वपूर्ण कृतिहरूलाई संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ अभियान सुरु गर्ने तयारीको स्याम्पल टेस्ट शिव श्रेष्ठ फाउन्डेशनसंग मिलेर गरेको छ।

यस अभियानअन्तर्गत ३० वर्षभन्दा पहिले प्रदर्शन भएका नेपाली चलचित्रहरू हरेक हप्ता विशेष रूपमा प्रदर्शन गरिने बोर्डले जनाएको छ। बोर्डले यसअघि नै १० वटा ऐतिहासिक सेलुलोइड चलचित्र डिजिटाइज गरिसकेको छ भने ऐतिहासिक, अभिलेखीय महत्वका तथा साहित्यिक कृतिमा आधारित थप १० चलचित्र डिजिटाइज गर्ने तयारी भइरहेको छ।

बोर्डका अनुसार यो अभियान पुराना चलचित्रलाई अभिलेखमा मात्र सीमित नराखी दर्शकमाझ पुर्‍याउने प्रयास हो। पुरानो पुस्ताले हेरेका र सम्झनामा राखेका चलचित्रलाई नयाँ पुस्ताले पनि परिवारसँग बसेर हेर्न सकून् भन्ने उद्देश्य कार्यक्रमको केन्द्रमा छ।

कार्यक्रममा विशिष्ट कलाकार नीर शाह, बोर्ड अध्यक्ष दिनेश डिसी, निर्देशक प्रकाश सायमी, कलाकार आकाश अधिकारी, नायक शिव श्रेष्ठ, पुर्व वोर्ड सदस्य एवं चलचित्रकर्मी रवी अधिकारी, हल सञ्चालक वीरेन्द्रनारायण श्रेष्ठ, चलचित्रकर्मी चक्रबहादुर चन्द, प्रसाद श्रेष्ठ र कलाकार दीपक अधिकारी लगायत दर्शकहरुको उल्लेख्य उपस्थिति थियो।

जीवन रेखामा शिव श्रेष्ठ, मीनाक्षी आनन्द, शान्ति मास्के,प्रकाश थापा,अर्जुनजंग शाही, वसुन्धरा भुषाल , गोपालराज मैनाली, हरिवंश आचार्य आदिको अभिनय रहेको छ।

ईन्द्रालाप…
बुवा यो के हो ?

छोरा यो डोजर हो ?

डोजरले के गर्छ बुवा ?

राज्यको विकास गर्छ

अनि तिमी हामी जस्ताको उठिबास लगाउँछ ।

किन बुवा हामी राज्यका मानिस होइनौ ?

हुन त हौं बाबु……

तर राज्य आफ्नो भन्नलाई हामीसँग एकधरो जमिन छैन

हो राज्य आफ्नो भन्नलाई हामीसँग एकधरो आकाश छैन ।

यो राज्य मेरो मन मुटुमा छ

मेरो रगतमा छ

तर भुगोलमा म यो राज्यको हुन सकेको छुइन ।

म जन्मेको धरती मेरो होइन

म खेलेको धरती मेरो होइन

मैले पसिना बगाएको धरती मेरो होइन

मैले पुजेको आकाश मेरो होईन

भोली म मरेपछि मेरो खरानी बगाउने वा

मलाई गाड्ने धरती पनि हाम्रो होइन ।

मर्नु अगाडी मैले ६ फिट जमिन जोड्न सकिन भने

बाबु, तैले मेरो लाश खोलामा बगाईदिनु

म बग्दै अनन्त सागरमा पुग्नेछु

कतै त्यहाँ पो छ की मेरो धरती ?

होइन भने मेरो लाश डढाई दिनु

धुँवा बनेर अनन्त ब्रह्माण्डमा पुग्नेछु

कतै त्यहाँ पो छ की मेरो आकाश ?

न म नाम अनुसार स्वर्गको राजा ईन्द्र हुन सके

न म बलियो बाँङ्गो बहादुर नै हुन सके

म राई हुँ……

भुमिपुत्र हाम्रो पहिचान हो छोरा

तर म भुमिपुत्रसँग भुमि छैन ।

भुमिहिन सुकुमबासी हौं हामी

त्यसैले यो खोला किनारमा छौ,

र आज तँ जन्मिएको

अनि मैले पसिना बगाएको

यो घर अगाडी

डोजर आईपुगेको छ बाबु ।

यो डोजर हो

यसले राज्यको विकास गर्छ

अनि तिमि हामी जस्ताको उठिबास लगाउँछ ।

“तर म घर भत्काएको हेर्न सक्दिन।”

२०८३ वैशाख २० गते

विजय पौडेल

डान्सिङ गीत ‘गाली नि मीठो’ सार्वजनिक
काठमाडौँ। लोक–पप शैलीमा तयार गरिएको डान्सिङ गीत ‘गाली नि मीठो’ शनिबार सार्वजनिक भएको छ।

शीतल पाण्डेको प्रस्तुति रहेको यो गीत वरिष्ठ गीतकार राजेन्द्र थापाले लेखेका हुन् भने सङ्गीत लोकप्रिय सङ्गीतकार दीपक शर्माले दिएका छन् ।

गीतमा अधिवक्ता समेत रहेकी शीतल पाण्डे र मदन खनालको स्वर छ । एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । गीतको भिडियोमा मोडल लोमश शर्मा र विना राउतले अभिनय गरेका छन् ।

त्यस्तै भिडियोको निर्देशन केशव राज भट्टले गरेका छन् ।

लोकरक लिएर नेपथ्य न्युजिल्यान्डतर्फ
काठमाडौँ: लोकरक ब्यान्ड नेपथ्यले न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिने भएको छ । पृथ्वीको उत्तरी गोलार्ध (आर्कटिक महासागर) जोडिएको क्यानाडामा प्रस्तुति दिएर फर्किएको दुई साता नबित्दै नेपथ्य दक्षिणी गोलार्ध (एन्टार्टिक महासागर) छेउमा जान लागेको हो । टोली यसै सोमबार त्यसतर्फ प्रस्थान गर्दै छ ।

सार्वजनिक महत्त्वको कार्यक्रम लिएर जाने जो कसैले पनि अमेरिका पुगेको बेला क्यानाडा र अस्ट्रेलिया पुगेको बेला न्युजिल्यान्डको भ्रमण गर्ने परम्परा छ । यसको कारण हो, त्यहाँ बसोबास गर्ने अल्पसङ्ख्यक नेपालीको उपस्थिति । नेपथ्यले भने जे जस्तो सङ्ख्यामा भए पनि यी दुवै मुलुकका दर्शकको उच्च सम्मान गर्दै ती मुलुकमा मात्र केन्द्रित भएर साङ्गीतिक यात्राको थालनी गरेको हो ।

ब्यान्डले यसपटक प्रस्तुतिका लागि न्युजिल्यान्डको उत्तरवर्ती टापुमा रहेको व्यस्त सहर अकल्यान्ड छनोट गरेको छ । त्यहाँस्थित ‘ड्यु ड्रप इभेन्ट सेन्टर’ मा मे १०, आइतबार साँझ नेपाली लोकरक घन्किनेछ ।

नेपथ्यले यसअघि पनि सन् २०१७ मा अकल्यान्डमै प्रस्तुति दिएको थियो । त्यति बेला नेपथ्य ‘स्काई सिटी थिएटर’ मा प्रस्तुत भएको थियो । त्यो वर्ष नेपथ्यको प्रस्तुतिसँगै उक्त मुलुकमा नेपाली कलाकर्मीको आवतजावतको ढोका खुलेको जानकारी तत्कालीन आयोजक टोलीका राज महर्जनले दिएका थिए । नौ वर्षको अन्तरालमा ब्यान्डको यो दोस्रो न्युजिल्यान्ड भ्रमण हो ।

स्थानीय आयोजक टोलीका रोजन भट्टराईका अनुसार अकल्यान्डको शोका निम्ति उल्लेख्य मात्रामा दर्शक सहभागिता जुट्न सुरु भइसकेको छ । ‘टिकट बुकिङ तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘कार्यक्रमको मिति नजिकिँदै गर्दा शोप्रति चासो राख्नेहरू जताततै देखिन थालिसकेका छन् ।’

आदिवासी माउरी समुदायको परम्परागत ‘हाका शैली’ मै भव्य रूपले नेपथ्यलाई न्युजिल्यान्डमा स्वागत गर्न आफूहरू तत्पर रहेको भट्टराईले बताए ।

पछिल्लो समय विशेषतः अध्ययनका निम्ति यो मुलुक नेपालीको आकर्षक गन्तव्य बन्दै आएको छ । स्थायी बसोबास गर्नेको सङ्ख्या पनि यहाँ दिनप्रतिदिन बढ्दो छ । तीन वर्ष पहिलेको जनगणनाले यहाँ झन्डै सात हजार नेपालीको स्थायी बसोबास देखाएको थियो ।

‘न्युजिल्यान्ड भन्नेबित्तिकै हाम्रो मुलुकलाई अत्यन्त माया गर्ने प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारीको श्रद्धापूर्वक सम्झना हुन्छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘मेरो आफ्नै बाल्यकालको गण्डकी बोर्डिङ स्कुलका हेड सर ब्रायन उडलाई पनि सम्झन पुग्छु ।’

अमृत उक्त स्कुलमा अध्ययनरत रहेकै बेला अन्नपूर्ण भेगको पदयात्रामा गएका बेला उडको हिमालकै काखमा निधन भएको थियो ।

बाचुन्जेल खुम्बु क्षेत्रको विकासमा समर्पित हिलारी, नेपालको शिक्षामा योगदान गर्ने आफ्ना गुरु ब्रायन उड र झन्डै सात दशकअघि न्युजिल्यान्डको अध्ययन भ्रमण गरेर जनस्तरमा दुई मुलुकलाई जोड्ने संस्कृतिविद् सत्यमोहन जोशीजस्ता व्यक्तिहरूको प्रेरणा नै न्युजिल्यान्डप्रति आफ्नो श्रद्धाको मूल आधार रहेको अमृत उल्लेख गर्छन् ।

‘थोरै नेपालीको बसोबासस्थल भनेर वास्ता नगरिएकै बेला नौ वर्षअघि हामीले तत्कालिन आयोजकसंग मिलेर नेपथ्यलाई न्युजिल्यान्डमा प्रस्तुत गरेका थियौँ,’ ब्यान्डको व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसैलाई निरन्तरता दिँदै यो दोस्रो यात्रा अस्ट्रेलियासँग पनि नजोडेर केवल न्युजिल्यान्डमै केन्द्रित बनाएका छौँ ।’ न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली समुदायको गौरवसँगै नेपाली कलाकारप्रति उनीहरूले दर्साउने माया पनि बढ्दै गएको श्रेष्ठ बताउँछन् ।

नेपथ्यले संसारको जुनसुकै कुनामा पनि आफ्नो प्रस्तुतिमा एकरूपता ल्याउने कोसिस गर्दै आएको छ । त्यसैले अघिल्ला विदेश यात्राहरूमा जस्तै यस यात्रामा पनि कलाकार र प्राविधिक एवं व्यवस्थापकको टोली न्युजिल्यान्ड पुग्दै छ ।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ । त्यसका लागि नेपथ्यको वेबसाइट www.nepathya.com.np बाट आफ्नो सिट सुरक्षित बनाउन सकिनेछ ।

म्युजिक भिडियो कलाकार सङ्घको वार्षिक क्यालेन्डर विमोचन
काठमाडौँ। म्युजिक भिडियो कलाकार सङ्घको आयोजनामा वार्षिक क्यालेन्डर तथा भित्तेपात्रो विमोचन, विशिष्ट तथा वरिष्ठ कलाकारहरूलाई मानार्थ सदस्यता परिचयपत्र वितरण तथा सङ्घका मनोनित सल्लाहकारहरूलाई नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रम अनामनगरस्थित सिलेटो कटेजमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा बरिष्ठ सङ्गीतकर्मी शम्भु राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सभापतित्व म्युजिक भिडियो कलाकार सङ्घका कार्यवाहक अध्यक्ष सुनील लामिछानेले गरेका थिए।

कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू दुर्गा राईमाझी, नारायण राईमाझी, प्रस्तोता समाजका अध्यक्ष नरहरि प्रेमी,चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी, रोयल्टी संकलन समाजका उपाध्यक्ष पी एन सापकोटा लगायत विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरु उपस्थिति रहेको थियो ।

साथै सङ्घका सल्लाहकारहरू बाबुराज केसी”उज्ज्वल “, हरी डागी ,देवेन्द्र बजगाईँ, शेषकान्त पुरी, घनश्याम आचार्य, शिवन पोखरेल लगायतका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा म्युजिक भिडियो क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका विशिष्ट कलाकारहरू राजेश हमाल, भुवन केसी, धिरेन शाक्य लगायतका विशिष्ट कलाकारहरुलाई “विशिष्ट म्युजिक भिडियो कलाकार”को मानार्थ परिचयपत्र प्रदान गरिएको थियो।

त्यसैगरी म्युजिक भिडियो क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका कलाकारहरू संस्थाकी संस्थापक अध्यक्ष अन्जु निरौला, निवर्तमान अध्यक्ष सम्झना बुढाथोकी , सुरबिर पण्डित, बिनोद श्रेष्ठ, सविन श्रेष्ठ, रञ्जन रिजाल, अशोक घिताल तथा लोकप्रिय कलाकार पल शाहलाई वरिष्ठ म्युजिक भिडियो कलाकार को मानार्थ परिचयपत्र प्रदान गरिएको सङ्घले जनाएको छ।

कार्यक्रमका संयोजक तथा सङ्घका महासचिव सनम कठायतले म्युजिक भिडियो क्षेत्रलाई संस्थागत, व्यवस्थित र मर्यादित बनाउँदै कलाकारहरूको पेशागत सम्मान अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताए।

साथै वार्षिक क्यालेन्डरमा समावेश गरिएका योजनाबद्ध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्न सबै कलाकार, स्रष्टा र शुभेच्छुकहरूको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।

उक्त कार्यक्रममा नेपाली कलाकारिता क्षेत्रका उल्लेख्य व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। वक्ताहरूले कार्यक्रमको उद्देश्य अत्यन्तै अर्थपूर्ण रहेको उल्लेख गर्दै यसै उद्देश्यअनुसार संस्था अघि बढे देशका कलाकारहरूको हकहित र पेशागत सम्मानका लागि बलियो संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरेका थिए। साथै म्युजिक भिडियो कलाकार संघले कलाकारद्वय दुर्गा भट्ट र निरुता कुवर बिष्टलाई आर्थिक सहयोग समेत गरेको थियो ।

‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध
काठमाडौं। चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध भएका छन् । केही दिनअगाडि पूजा शर्मालाई इन्ट्री गराएको निर्माण टिमले आज अर्का कुशल अभिनेता सुशील सिटौलालाई अनुबन्ध गराएको हो ।

सुशीललाई मुख्यमध्ये एक भूमिकामा ‘महाराजधिराज’मा देख्न सकिने निर्माण टिमले जानकारी दिएको छ । सुशील नेपाली सिनेमा उद्योमा अन्डररेटेड अभिनेता हुन् ।

कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुग्दा सिनेमाको लाइनअप थप बलियो बन्दै गएको छ । यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भइसकेका छन् । ‘पिरियड ड्रामाको झल्को दिने यो सिनेमा यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा छ ।

परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा सुशील, पुष्प र पूजासँगै केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कालाकार छन् ।

निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले कलाकारको बलियो लाइनअप अनुसार नै सिनेमा पनि बलियो बजाउने बताएका छन् ।

चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । यो सिनेमा नबराज थापाले खिच्नेछन् ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।

‘रोल नं १’को टिजर सार्वजनिक
काठमाडौं। विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो ।

मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा टिजरमा देखाइएको छ । आफ्नो भाग त्यागेर छोराको खुसीका लागि बाबुले देख्ने सपना समेटेको टिजरले उक्त सपना पूरा नहुँदाको निराशा प्रस्तुत गरेको छ ।

पढ्नका लागि छात्रवृत्तिकै भर पर्नुपर्ने बाध्यता र त्यो छिनिँदाको दुःखलाई ट्रेलरले मार्मिक ढंगले समेटेको छ । समाजमा इज्जतका लागि पनि पढाइमा अब्बल हुनै पर्ने बाध्यताको कसीभित्र रहेको समाज कसरी सरकारी छात्रवृत्तिबाट बञ्चित भइरहेको छ भन्ने यथार्थ टिजरमा समेटिएको छ ।

छात्रवृत्ति पाउन कक्षामा प्रथम हुनै पर्ने सरकारी नियमले कसरी आम गरिब समुदाय पढाइबाट बञ्चित भइरहेको छ भन्ने तीतो सत्यलाई टिजरले देखाउने प्रयास गरेको छ ।

आफ्नो इच्छा, आकांक्षा र भरोसा कसरी छोरामा परिवारले बोकाउँछ ? तर, छोराले जतिसुकै प्रयास गरे पनि पढ्न नसक्दा उसको बालमनोविज्ञानमा कस्तो असर गर्छ भन्ने वास्तविकतालाई टिजरले उजागर गरेको छ ।

टिजरले यो चलचित्रले अधिकांश गरिब नेपालीको कथा भन्ने संकेत गरेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता पौडेलको सिनेमा ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटिएको छ ।

‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शन हुँदैछ । जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका हुन् ।

चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् ।

निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।

टेरेन्स लुइस ‘सेलिब्रेटी ग्रान्ड जज’ रहेको वर्ल्ड अफ डान्स नेपालको दोस्रो सिजनको सहभागिता सिटिपे मार्फत हुने
काठमाडौँ । विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज ‘वर्ल्ड अफ डान्स’ को दोस्रो संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को औपचारिक घोषणा गरिएको छ । गत आइतबार काठमाडौँमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत यस प्रतियोगिताको सुरुवात गर्दै जुरी, पुरस्कार राशि र अडिसनका मितिहरू सार्वजनिक गरिएको हो ।

यस पटकको संस्करणमा डिजिटल वालेट सिटीपे मार्फत सहभागीले आफ्नो सहभागिता कन्फर्म गर्नुपर्नेछ। सिटीपेले यस शोको अन्तर्राष्ट्रिय फर्म्याटसँग मिल्ने गरी डिजिटल व्यवस्थापन र प्रणालीको विकास गरेको छ र सोही प्रणालीको प्रयोग गरि इच्छुक सहभागीले आफ्नो सहभागिता निर्क्योल गर्ने तथा सहभागिता शुल्क भुक्तानी गर्ने प्रणाली बिकास गरिसकेको छ।

प्रतियोगितामा सहभागी हुन चाहने डान्सरहरूले सिटीपे एप डाउनलोड गरी केवाईसी भेरिफिकेसन गरेर Events सेक्सनमा गई आफ्नो पायक पर्ने स्थानका लागि आवेदन दर्ता गर्न सक्नेछन् । साथै दर्शकहरूले समेत ग्राण्ड फिनालेको टिकट सिटीपे मार्फत नै बुक गर्न पाउने व्यवस्था मिलाइएको छ ।

यस सिजनको मुख्य आकर्षणको रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसलाई ‘सेलिब्रेटी ग्रान्ड जज’ को रूपमा घोषणा गरिएको छ । ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता ठुला शोका अनुभवी निर्णायक लुइसको उपस्थिति नेपाली प्रतिभाहरूका लागि विशेष हुने आयोजकको विश्वास छ । उनीसँगै निर्णायक मण्डलमा वाइल्ड रिपर्ज क्रुका किरण थापा र जेडी तमु रहनेछन् ।

प्रतियोगितालाई चार वटा डिभिजनमा विभाजन गरिएको छ । जसमा अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन रहेका छन् ।

प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट सुनको जलप लगाइएको (Real Gold Plated) ट्रफी र विभिन्न उपहारहरू प्राप्त गर्नेछन् । साथै विजेताले वर्ल्ड अफ डान्सको दुबई, थाइल्यान्ड तथा अमेरिकामा हुने प्रतिस्पर्धामा पनि सामेल हुने मौका प्राप्त गर्न सक्नेछन् ।

नेपालभरका प्रतिभाहरूलाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुनेछ । जसअनुसार १९ वैशाखमा नेपालगन्ज, २२ वैशाखमा बुटवल, २६ वैशाखमा पोखरा, ३० वैशाखमा काठमाडौँ र २ जेठमा इटहरीमा आयोजना हुनेछ ।

अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको सेमिफाइनल २१ जेठमा र भव्य ग्राण्ड फिनाले २३ जेठमा सम्पन्न हुनेछ । यो सिजनको फाइनल इभेन्ट ‘प्याराडाइम टिभी’ मार्फत युट्युबमा समेत प्रसारण गरिनेछ ।

सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएको ‘वर्ल्ड अफ डान्स’ अहिले ५० भन्दा बढी देशमा फैलिसकेको छ ।

नेपाली डान्सरहरूलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमको घोषणा समारोहमा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्कर, अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, नृत्याङ्गना कविता नेपाली र भ्लगर सिसन बानियाँ लगायतको उपस्थिति थियो ।

मधुर धुनसँगै पलेँटीमा गुञ्जिए पवन, रमेश
काठमाडौँ: गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर’शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार पवन गोले र रमेश गुरुङको सांगीतिक ‘पलेँटी’ सम्पन्न भएको छ ।

यसपालिको पलेँटीमा गायक पवन गोलेले नयाँ पुराना गरी १६ वटा गीत प्रस्तुत गरेका थिए। विभिन्न संगीतकारका धुन समेटिएको सो कार्यक्रममा आठवटा गीतमा भने संगीतकार रमेश गुरुङका एकल धुन रहेका थिए ।

कार्यक्रममा प्रस्तुत हुने क्रममा पवनले आजभन्दा १४ वर्षअघि पहिलो पल्ट पलेँटीमा प्रस्तुत भएको सम्झना गरे । संगीतकार रमेश गुरुङ पनि आजभन्दा २० वर्ष पहिले पलेँटीमा संलग्न भएका कलाकार हुन् । सन् २००६ मा रमेशले अग्रज कण्ठ शिल्पी दावा ग्याल्मोलाई हार्मोनियममा साथ दिएर पलेँटी कसेका थिए ।

कार्यक्रमको थालनी कवि तथा गीतकार दिनेश अधिकारीको शब्द ‘माटो मात्र देश होइन’बाट गरिएको थियो । दिवंगत संगीतकार दिव्य खालिङले धुन भरेको यस रचनामा सांस्कृतिक सिमाना देश सिमानाभन्दा बाहिर पनि फैलिएको हुन्छ भन्ने भाव बोकेको थियो ।

सधैँ झैँ यसपालि पनि कार्यक्रमको सञ्चालन पलेँटीका संयोजक तथा गायक संगीतकार आभासले गरेका थिए । उनले कार्यक्रमलाई दुई चरणमा विभाजन गरेर प्रस्तुत गरेका थिए।

कार्यक्रमको पहिलो चरणमा संगीतकार रमेश गुरुङले धुन भरेका गीतहरू प्रस्तुत गरिएका थिए । त्यस क्रममा गीतकार मधुकर बल, नरदेन रुम्बा, संजय बान्तवा, संजय बिष्ट, पुरन गिरी, कालुसिंह रनपहेली, जस योन्जन प्यासी, नगेन्द्र खड्का र जितेन्द्र बर्देवाका शब्दहरू समेटिएका थिए ।

संगीतकार रमेश गुरुङले धुन भरेका आठवटा गीतमा शैलीको विविधता झल्कन्थ्यो । उनले नेपाली आधुनिक संगीतमा अपनाइने शास्त्रीय, लोक र समसामयिक तीनवटै शैलीलाई आफ्नो सृजनाको आधार बनाएको झल्को पाइन्थ्यो ।

कार्यक्रमको दोस्रो चरणमा पवन गोलेको स्वरमा रेकर्ड भएर लोकप्रिय बनेका गीतका साथै केही नयाँ गीत पनि प्रस्तुत गरेका थिए।

दोस्रो चरणको आरम्भमा पवन गोलेका पहिलो संगीतकार सुवर्ण लिम्बुका दुई धुनहरू समेटिएका थिए । ‘छाडी जाने मायालु’ बोलको गीतको प्रस्तुतिपछि गायक पवन गोलेले मुस्कुराउँदै जानकारी गराए- ‘यो गीतको गीतकार ओम विक्रम बिष्ट दाइ हुनुहुन्छ है ।’

दोस्रो चरणको दोस्रो प्रस्तुतिमा गीतकार अरुण तिवारीको ‘मलाई थाहा छैन’ बोलको गीत रहेको थियो। जुन गीतलाई पवनले केही दिन पहिलेमात्र संगीतकार सुवर्ण लिम्बुबाट प्राप्त गरेर सिकेको जानकारी गराए।

त्यस चरणमा प्रस्तुत भएका थप गीतहरूमा ‘कहीँ तिमीलाई’, ‘कति संगालेँ’, ‘भत्किएको महल’, ‘कहाँ दिन खुल्छ’ बोलका गीतहरू रहेका थिए। उल्लेखित गीतहरू क्रमश: नरदेन रुम्बा, अशोक गुरुङ, पारस गजमेर र प्रमोद स्नेहीले सृजना गरेका शब्दहरू हुन् । संगीतकार बसन्त छेत्री, पवन गोले, पारस गजमेर र प्रदीप छेत्रीले धुन भरेका गीतहरूको प्रस्तुतिपछि कार्यक्रमले अन्तिम चरण प्रवेश गरेको थियो ।

कार्यक्रमको समापन पवन गोलेको अत्यधिक लोकप्रिय गीत ‘हावासँगै बगुँ भन्छ’ बाट भयो। संगीतकार सुवर्ण लिम्बुले नै धुन भरेको यस गीतलाई अग्रज गीतकार शिवशंकर थापाले सिर्जना गरेका हुन् । आगामी महिनाको पलेँटीमा उनै गीतकार शिवशंकर थापालाई निम्त्याइएको छ । शिवशंकर थापा प्रसिद्ध गायक दीप श्रेष्ठका प्रारम्भिक चरणका गीतकार हुन् । उनले रचेका गीतहरूमा ‘भन्थी मेरी उनी’ ‘बिधुवालाई सिन्दूरको रहर’ लगायत अनेकौं गीतहरू लोकप्रिय छन् ।

आयोजकले आगामी पलेँटीको बुकिङ खुलिसकेको कुरा पनि जानकारी गराएका छन्। त्यसका निम्ति पलेँटीको आधिकारिक वेभसाइटमा प्रवेश गर्नुपर्ने हुन्छ ।

यसपालिको पलेँटीमा बाद्यवादनतर्फ हार्मोनियममा संगीतकार रमेश गुरुङ, किबोर्डमा सुनील सिंह नेपाली, बाँसुरीमा मिलन घिमिरे, ताल बाजाहरूमा मिलेश तण्डुकार र सुन्दरकुमार महर्जन, रिदम गिटारमा प्रवीण पुलामी मगर र बेस गिटारमा कृपेश लोहनीको साथ रहेको थियो।

दिप्ता श्रेष्ठ र साराना केसी बने ‘जुनियर स्कूल प्रिन्सेस २०२६’ का विजेता
काठमाडौं । सिजन मिडियाद्वारा आयोजित “जुनियर स्कूल प्रिन्सेस २०२६ – सिजन ११” भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा जुनियर र सिनियर दुई समूहमा प्रतिस्पर्धा गरिएको थियो ।

जुनियर समूहतर्फ अक्षरा स्कूलमा अध्ययनरत छात्रा दिप्ता श्रेष्ठ विजेता घोषित भइन् । यसै समूहमा स्वस्तीश्री गुरुकुलकी साम्रागी श्रेष्ठ फस्र्ट रनरअप र लिटिल एन्जल्स स्कूलकी आयुना चन्द सेकेन्ड रनरअप बन्न सफल भइन् ।

त्यसैगरी सिनियर समूहतर्फ स्वस्तीश्री गुरुकुलकी छात्रा साराना केसी विजेता भइन् । सोही विद्यालयकी इता चेन राजभण्डारी फस्र्ट रनरअप तथा भ्याली भ्यू बोर्डिङ स्कूलकी खुसी राई सेकेन्ड रनरअप घोषित भइन् ।

प्रतियोगितामा विभिन्न विधागत शीर्षकहरू पनि प्रदान गरिएको थियो। अर्गनाइजर च्वाइसतर्फ जुनियरबाट श्रृष्टि लामा र सिनियरबाट एसल खनाल चयन भए । मिस पर्सनालिटीमा इता चेन राजभण्डारी र दिप्ता श्रेष्ठ, मोस्ट ट्यालेन्टमा निभानी अधिकारी र आरुना चन्द, मिस फ्रेन्डलीमा प्राप्ती सुनार र केकसा श्रेष्ठ, तथा मिस कन्फिडेन्टमा श्रीमई कोइराला र नितिशा अग्रवाल विजेता बने ।

त्यस्तै मिस फोटोजेनिकमा सहिसा पाण्डे र अग्रता ढकाल, मिस भ्यूअर्स च्वाइसमा खुसी राई र मेगन मोक्तान, तथा मिस पपुलरमा साराना केसी र साम्रागी श्रेष्ठ सम्मानित भए । सिनियर समूहमा मात्र प्रदान गरिएका शीर्षकहरू अन्तर्गत मिस क्रिएटिभ रिन्चेन सेर्पा र बेस्ट वाक श्रीताजा पुरी ले हात पारिन् ।

कार्यक्रमका प्रमुख अतिथि निर्वाचन आयोगका कार्यवाहाक प्रमुख आयुक्त राम प्रसाद भण्डारी तथा विशेष अतिथि नेपाल चेम्वर अफ कर्मसका उपाध्यक्ष उर्मीला श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा जसमा एसईइ प्रिन्सेस प्राश्ना श्रेष्ठ, जुम्वा प्रशिक्षक सोनाम केसी, मिसेस व्यूटी क्वीन नेपाल विजेता वर्षा कुवर, गेटकलेजका प्रिन्सिपल किरण कुमार श्रेष्ठ, भक्ति इन्टरनेशनल स्कूलका नवराज भट्ट, कोरोना स्कूलकी भाइस प्रिन्सीपल रोसनी साही ठकुरी तथा मुख्य निर्णायकका रूपमा अमेरिका निवासी व्यवसायी तथा कलाकार अन्सुया श्रेष्ठ वन्त रहनुभएको थियो ।

विजेताहरूलाई साइकल उपहार प्रदान गरिएको थियो भने प्रायोजक चोको फनको तर्फबाट सबै प्रतियोगीहरूलाई आकर्षक उपहार वितरण गरिएको आयोजकले जनाएको छ।

सिजन मिडियाद्वारा आयोजना गरिएको यस प्रतियोगिताले बाल प्रतिभाको विकास, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने उदेश्यका सात विगत ११ वर्ष देखि नियमित रुपमा गर्दै आइ रहेको हो ।

नयाँ लोक दोहोरी गीत ‘रातो रातो बर्को’ सार्वजनिक
काठमाडौं: नेपाली लोक दोहोरी संगीत क्षेत्रमा नयाँ गीत ‘रातो रातो बर्को’  को सार्वजनिक भएको छ। गीतमा चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र लोकप्रिय गायिका  रचना रिमालको सुमधुर स्वर रहेको छ।

स्लो मोसन पिक्चर्स द्वारा प्रस्तुत गरिएको उक्त गीतमा प्रथम क्षेत्री न्यौपाने र सनिशा बजगाइ को आकर्षक अभिनय देख्न सकिन्छ। प्रेम, रोमान्स र लोक संस्कृतिको सुन्दर मिश्रणले सजिएको यस गीतले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् भने संगीत संयोजन खेम सेञ्चुरीले गरेका छन्। भिडियो निर्देशन प्रितम क्षेत्री ले गरेका हुन्।

हालै सार्वजनिक गरिएको यस गीतले छोटो समयमा नै दर्शकको ध्यान खिच्न सफल भएको छ। लोक दोहोरी संगीतप्रेमीका लागि नयाँ स्वाद दिन सफल ‘रातो रातो बरुको’ अहिले युटुव लगायत विभिन्न डिजिटल प्लेटफर्ममा उपलब्ध छ।