धर्म/ज्योतिष – News Polar

चार दिनमा ५० हजार बढी भक्तजनद्वारा मुक्तिनाथको दर्शन
काठमाडाैँ । पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो चारदिनयता धार्मिक पर्यटकको आगमन बढेको छ । औसत दैनिक चार हजार दशनार्थी आउने गरेकामा बिहीबारदेखि दैनिक १५ हजारभन्दा बढीले मन्दिर दर्शन गरेका छन् । मुक्तिनाथ मन्दिर दर्शन गर्ने अनुकूल याम भए पनि विगत वर्षको तुलनामा यसवर्ष भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ ।

छिमेकी मुलुक भारतमा गर्मी अत्यधिक बढेकाले शैक्षिक संस्था बन्द हुँदा भारतीय दर्शनार्थी पर्यटकको सङ्ख्या बढेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । भारतमा गर्मी बढेसँगै एक महिनासम्म शैक्षिक संस्था बिदा भएकाले यहाँ भारतीय पर्यटकको आगमन बढेको उहाँको भनाइ छ । नेपालमा पनि गत बिहीबारदेखि चार दिन लामो सार्वजनिक बिदा परेकाले मुक्तिनाथमा दर्शनार्थी पर्यटकको सङ्ख्या वृद्धि भएको हुनसक्ने व्यवस्थापक भुसालले बताउनुभयो ।

कार्यालय तथा स्कुल, बलेज बिदा भएकाले आन्तरिक र भारतीय पर्यटकको आगमन बढेको उहाँको भनाइ छ । पछिल्लो चारदिन यता म्याग्दी हुँदै दैनिक १०–१२ हजार पर्यटक मुस्ताङ भित्रिने गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको आगमन बढेसँगै प्रहरी तथा सुरक्षाकर्मीले व्यवस्थापनमा सहजीकरण गर्दै आइरहेका उहाँले बताउनुभयो । उहाँका अनुसार भारतीय पर्यटक गर्मी छल्ने बहानामा मुक्तिनाथ दर्शन गर्न आएका भेटिन्छन् ।

मन्दिर क्षेत्रमा हजारौँ दर्शनार्थी भएकाले सहज दर्शनको प्रबन्धसहित आवश्यक सुरक्षा प्रबन्ध व्यवस्थापन चुनौतीपूर्ण बनेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो । सहज रूपमा मुक्तिनाथको दर्शन, अवान्छित क्रियाकलाप नियन्त्रण, चोरी नियन्त्रण तथा समग्र शान्ति सुरक्षा कायम गर्न प्रहरी टोली निरन्तर परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । मुक्तिनाथमा भक्तजनमैत्री दर्शन व्यवस्थामा सहजीकरण गर्न इलाका प्रहरी कार्यालय मुक्तिनाथका १५ जना सुरक्षाकर्मीसहित जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षा बल परिचालन गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार पछिल्लो चार दिन यता सडकमार्ग तथा हवाईमार्गबाट बढी पर्यटक आइरहेका छन् । मुक्तिनाथ मन्दिर परिसरको क्षमता ५०० को हाराहारीमा भए पनि एकसाथै हजारौँ दर्शनार्थी उपस्थित हुँदा मन्दिरको व्यवस्थापनमा मुक्तिनाथ विकास समिति र सुरक्षा निकायलाई सास्ती भइरहेको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो । पछिल्लो समय तीन वटा लाइनमार्फत सहज रूपमा दर्शनका लागि सहजीकरण गरिरहेको विकास समितिका व्यवस्थापक भुसालले जानकारी दिनुभयो । उहाँकाअनुसार करिब ७० प्रतिशत भारतीय दर्शनार्थी रहेका छन् ।

मुक्तिनाथ मन्दिर परिसरको क्षमता कम भएकाले आगामी दिनमा क्षमता बढाउने योजनामा समिति प्रयासरत रहेको व्यवस्थापक भुसालले उल्लेख गर्नुभयो । हालै विकास समितिले पूर्वाधार निर्माणका लागि पेस गरेको चार वटा प्रस्ताव पुरातत्व विभागमा स्वीकृत भइसकेको जनाउँदै उहाँले यथाशीघ्र भक्तजनमैत्री पूर्वाधार निर्माण गर्ने योजना कार्यान्वयन गरिने बताउनुभयो । भारतको ४४ डिग्री सेल्सियस तापक्रम छल्न मुक्तिनाथ आइपुगेका भारतीय पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यता र अद्वितीय भूगोल नियाल्दा आनन्दितत बनाएको प्रतिक्रिया दिएका छन् ।

भगवान् विष्णुको बासस्थान रहेको पावन भूमीप्रति भारतीयको आस्था रहेकाले उहाँहरू यहाँ आउने मन्दिर व्यवस्थापन समितिका व्यवस्थापक भुसालले बताउनुभयो । काठमाडौँकी डोपा शेर्पाले लगातार चार दिन सरकारी बिदा परेकाले मुक्तिनाथको दर्शन गर्न आइपुगेको बताउनुभयो । दर्शनका लागि एक घण्टा लाइनमा उभिनुपरेको बताउँदै यहाँ पुग्दा आत्मशान्ति महसुस भएको प्रतिक्रिया दिनुभयो ।

मुक्तिनाथस्थित रानीपौवा बसपार्क क्षेत्रमा भक्तजन सवार सवारीसाधनको लस्करले बसपार्क क्षेत्र भरिएको छ । करिब २०० सवारी क्षमता भएको बसपार्कमा अहिले एक हजारभन्दा बढी सवारीसाधन पार्किङ गरिएका छन् । जिल्ला प्रहरी कार्यालयमार्फत ट्राफिक व्यवस्थापन मिलाउन ट्राफिक प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो ।

भक्तपुरकाे मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
काठमाडाैँ । भक्तपुरकाे चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीनसय वर्ष पुरानो एकमहिने मेला सुरु भएको छ । मेलाका अवसरमा मन्दिर परिसर झकिझकाउ पारिएको छ ।

मेलाको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले ग्रामीण पर्यटनको विकास र सिङ्गो चाँगुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग नगरपालिकाले माग गरिरहेको बताउनुभयो ।

वडा नं ५ का अध्यक्ष एवं मत्स्यनारायण मन्दिरका संरक्षक जयन्द्र खड्काले यहाँको ऐतिहासिक धार्मिक क्षेत्रको विकास र पर्यटनको विकासको अवसरलाई गुम्न नदिने गरी अगाडि बढिरहेको बताउनुभयो । पुरुषोत्तम मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले एकमहिने मेलालाई व्यवस्थापन सिङ्गो गाउँ लागेको बताउनुभयो ।

मेला अवधिभर प्रवचन र भजनकीर्तनको व्यवस्था, नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन, दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरेको उहाँको भनाइ छ । मन्दिर संरक्षकसमेत रहेका पुरीले भन्नुभयो, “यो ३०० वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”

स–साना तीन खोलाको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामलेसमेत चिनिने गरिन्छ । यहाँ ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत छ । मन्दिर परिसरमा मलमासमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने गरेको उहाँको भनाइ छ । ख्यो पुखमा एकमहिन मेला सुरु यसैगरी, भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) आजदेखि एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला सुरु भएको छ ।

यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिने र यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । यस क्षेत्रमा प्राकृतिक सौन्दर्यता रहेको र यहाँ पार्क निर्माण गरेकाले बाह्रै महिना आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनुभयो । यस मन्दिरमा तीज र जनैपूर्णिमामा पनि मेला लाग्ने गरेको छ भने बालाचर्तुदशीमा महाद्वीप बाल्न र ६४ शिवलिङ्ग परिक्रमा गरी सद्बिज छर्न घुइँचो लाग्ने गरेको पुरी बताउनुहुन्छ ।

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
काठमाडौं । पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज यहाँस्थित स्वयम्भू र बौद्धसहित काठमाडौँ उपत्यकाका बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

यस अवसरमा बौद्ध क्षेत्रहरूमा विशेष पूजा–आराधना, प्रवचन, दीप प्रज्वलन र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भूस्थित आनन्द कुटी विहारमा भगवान् बुद्धसँग सम्बन्धित अस्तु धातु दर्शनका लागि सार्वजनिक रूपमा राखिएकाले त्यहाँ दर्शनार्थीको लामो लाम लागेको छ ।

साथै बौद्ध गुम्बाहरूमा भिक्षु तथा भिक्षुणीद्वारा शान्तिपाठ, ध्यान साधना तथा परिक्रमा कार्यक्रम सञ्चालन गरिएको छ ।

यसैगरी, बौद्धनाथ क्षेत्रमा भक्तजनले दीप प्रज्वलन गर्दै शान्ति र समृद्धिको कामना गरेका छन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको स्मरणमा पूजा, आराधना तथा धार्मिक प्रवचन गरी मनाइन्छ ।

अहिंसा, करुणा र मध्यम मार्गको सन्देश दिनुभएका बुद्धको शिक्षाले विश्व शान्ति स्थापना तथा मानवतावादी मूल्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको मानिन्छ ।आजभन्दा २५७० वर्षअघि पिता शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

उनले बोधगयामा ज्ञान प्राप्त गरी सारनाथमा पहिलो धर्मचक्र प्रवर्तन गर्नुभएको थियो भने कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको इतिहासमा उल्लेख छ ।

यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने विभिन्न संघसंस्था तथा धार्मिक निकायले देशभर शान्ति र सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गरेका छन् ।

रातो मत्स्येन्द्रनाथको रथ मंगलबजार पुर्‍याइयो, आज सुन्धारा लगिँदै
काठमाडाैँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ बुधवार गाबहालबाट तानेर मंगलबजार पुर्‍याइएको छ । स्थानीयवासी र गुठियारहरूको विशेष सक्रियतामा रथ तानेर मंगलबजार पुर्‍याइएको हो ।

आज बिहीवार मंगलबजारबाट पाटनको सुन्धारामा रथ लगिने कार्यक्रम रहेको छ । जात्रा तालिकाअनुसार आज दिउँसोपछि रथ सुन्धाराका लागि प्रस्थान गर्नेछ । मंगलवारबाट विधिवत रुपमा सुरू भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा मंगलवार पुल्चोकबाट तानेर गाबहाल लगिएको थियो ।

आज बिहानैबाट मंगलबजारमा पूजाआजा गर्ने भक्तजनहरूको ठूलो भीड लागेको छ । स्थानीय बासिन्दाहरूले रथको दर्शन र पूजा अर्चना गरिरहेका छन् । जात्रालाई शान्तिपूर्ण र भव्य रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था पनि मजबुत पारिएको छ ।

अक्षय तृतीया : शिवालयमा भक्तजनको घुइचो
काठमाडौं । अक्षय तृतीया पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइचो लागेको छ ।

पशुपतिनाथलगायत देशभरका शिवालयमा जम्मा भएका भक्तजनले पूजा, आराधना एवं दर्शन गरी अक्षय तृतीया पर्व मनाउँदै छन् ।

आज सोमबार भएकाले पशुपतिनाथलगायत शिवालयमा यत्तिकै भक्तजनको घुइँचो हुने गरेकामा अक्षय तृतीया पर्व पनि परेकाले भक्तजनको लर्को लागेको हो । बिहानैदेखि भक्तजनको घुइँचो भएकाले पशुपति क्षेत्रमा आज दर्शनार्थीका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रका धेरै स्थानमा सातु सर्वत खाने व्यवस्था पनि मिलाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।

अक्षय तृतीयाका दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन् । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने उनले सुनाए । सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ ।

यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

१३ औं शताब्दीकाे महागौरी/पार्वतीको प्रस्तर मूर्ति संग्रहालयबाट आफ्नै आसनमा फिर्ता
काठमाडौँ । विभिन्न समयमा चोरी भएर विदेशका संग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र संग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता गराउने कामलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको छ ।

यसै क्रममा आज विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय संग्रहालय, छाउनीमा राखिएको १३ औं शताव्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं. २० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनस्थापित गरिएको छ ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ता द्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले संग्रहालयको जुद्धजातीय कलाशालामा राखिएको यो मूर्ति बुझेर ल्याएका हुन् ।

संग्रहालयका प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, राष्ट्रिय संग्रहालयका संग्रहालय अधिकृत सुवासकृष्ण डंगोल र पुुरातत्व विभागका पुरातत्व अधिकृत अमृता महर्जनको रोहवरमा संग्रहालयका भण्डारे विन्दा श्रेष्ठ र सहायक पथ प्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाएका हुन् । मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको छ ।

औपचारिक कार्यक्रम गरेर कार्यक्रम मनाउनुभन्दा सम्पदा दिवसका दिन प्राचीन मूल्य, धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यता स्थापित गर्ने कार्यक्रम गर्ने योजना अनुरुपमा समुदायको जिम्मेवारीमा मूर्ति पुनस्थापित गरिएको कार्यवाहक प्रमुखले प्रतिक्रिया दिइन् ।

“काठमाडौँ खुला संग्रहालय हो । यहाँ कला कौशल मात्र होइन । सांकेतिक रुपमा ज्ञान, विज्ञान र जीवनसँग सम्बन्धित शिक्षा अध्ययन पाइन्छ । यस्ता महत्वका आकृति तथा कलाकृति समाजमै राख्नुपर्छ । समुदायमै सुरक्षित हुने वातावरण बनाउनुपर्छ भनेर पुनःस्थापित गर्ने निर्णय गरेका हौँ,” उनको भनाइ थियो ।

महानगरपालिकाको प्रतिष्ठा र पहिचानमा एउटा इटा थपिएको छ । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्, “काठमाडौँको पहिचान जोगाउनु हाम्रो मुख्य दायित्वमध्येको एउटा दायित्व हो । यसप्रति हामी प्रतिवद्ध छौँ । नियमित काम गरिरहन्छौँ ।”

वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले मूर्तिको सुरक्षा र संरक्षणका लागि स्थानीय समुदाय प्रतिवद्ध रहेको बताए ।

चोरिएर लण्डन पुगेको यो मूर्ति, नेपाली दूताबास वेलायतबाट फिर्ता भएपछि पुरातत्व विभागले २०५२ साल चैत २९ गते राष्ट्रिय संग्रहालयमा सुरक्षित राख्न पठाएको थियो ।

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै
काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ ।

त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाउने काम भइरहेको छ । हरेक १२÷१२ वर्षमा मन्दिरको कलेवर फेर्ने गरिएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन् ।

वैशाख १८ गतेसम्म कलेवर फेरी सक्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको मूर्तिमा सूँढ छैन ।

कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा जयवागेश्वरीको निर्माण सम्पन्न भएको इतिहास छ । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्वार गरिएको थियो । यस्तै, विसं २०७२ वैशाख १२ को भूकम्पमा धेरै क्षति भएपछि मन्दिर पुनःनिर्माण गरिएको थियो ।

जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मी मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरी मै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ ।

जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ । जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी सन्देश मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउनुहुन्छ । यो बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी र नौ ढोकालगायत संरचना रहेको उनको भनाइ छ ।

गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी रहेको र लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको जानकारहरू बताउँछन् । मल्लकालमा भने हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहास छ ।

आमाको चिठी
प्यारा छोराहरू, बुहारीहरू,

छोरीहरू, ज्वाइँहरू

नाति नातिना, पनाति पनातिनाहरू

मलाई यहाँ सन्चै छ

तिमीहरूलाई कस्तो छ ?

देशमा छौ, कोही परदेशमा छौ

तिमीहरु कस्तो परिवेशमा छौ !

सम्झेर तिमीहरूलाई चिन्ता लागिरहन्छ

भोक र निन्द्रा भागिरहन्छ ।

भोक र निन्द्रा भाग्नु,

त्यो पनि ठिकै पो लाग्छ–

भोक नलागे अनिकालबाट बचिन्छ

निन्द्रा नलागे चोरचकारबाट जोगिइन्छ

म त पहिलाभन्दा झन् दह्री भएकी छु

जति दाम्री पर्यो उति चाम्री भएकी छु

तिमीहरू ढुक्कले किर्ती कमाउँदै जानू

दुनियाँका अगाडि धाक जमाउँदै जानू

मेरो कुनै सुर्ता गर्नु पर्दैन

भन्छन्, माया ओरालो झर्छ–

झरोस्, फिर्ता गर्नु पर्दैन ।

अहिलेसम्म खासै दुख् बिमार केही छैन

कहिलेकाहीँ अलिअलि कम्मर दुख्छ

दुख्दा दुख्दै दुख्दा दुख्दै हुरुक्क बनाउँछ

सासै जाला जस्तो गराउँछ

त्यस्तो बेला दाह्रा किटेर खप्नुपर्छ

भगवानको नाम जप्नुपर्छ ।

तर पनि म कडै छु

लड्खडाउँदै भए पनि चुलो सल्काउन खडै छु

मेरो पिर गर्नु पर्दैन, भर्खर नब्बेमा टेक्दैछु

यी अहिले पनि अगेनामा सुन्निएका गोडा सेक्दैछु ।

कान एकोहोरो कराइरहन्छ, बेलाबेला होस हराइरहन्छ

बाका बेसुरा कुरा सुनेर मन डराइरहन्छ

तर पनि केही छैन नानी हो,

आँखा नदेखे पनि बा अलिअलि कान सुन्नुहुन्छ

कान नसुने पनि म अलिअलि आँखा देख्छु

बालाई मेरो भर छ, मलाई बाको भर छ

यति भएपछि हामीलाई केको डर छ ?

तिमीहरूले बेलाबेला सन्चो बिसन्चो बोले पुग्छ

मातातीर्थे–कुशे औंसीमा भिडियो खोले पुग्छ

भाडा पिटाएर यता आइरहनु पर्दैन

बृद्ध भत्ता आएकै छ,

हामीलाई खर्च पठाइरहनु पर्दैन ।

बरु बाको बिसन्चोले पो मलाई अलि सन्च हुँदैन

सम्झाउँछु, हाम्रो बिमार अब नमरी अन्त हुँदैन

पोहोरदेखि सुन्निन थालेका हातगोडा बस्न जानेका छैनन्

मुखमा बाँकी दुइटा दाँतका जरा अझै खस्न मानेका छैनन्

बूढो हड्डी हो दुख्नु नौलो कुरा होइन भन्छु, सम्झाउँछु

पानी निख्रिएको शरीर हो–

कटकट खानु अचम्म होइन भन्छु, फकाउँछु

आफैं रुनुहुन्छ, मलाई नरोऊ भन्नुहुन्छ

बेलाबेला मलाई नै ‘तिमी को हौ ?’ भन्नुहुन्छ ।

त्यता कस्तो छ, यता यस्तै छ

बिसन्चो भनौँ बिसन्चो केही छैन

सन्चो भनौँ सन्चो केही छैन

थाहा पनि पाउँदिन अचेल म

मुटु दुखेको हो कि मन

छाला चाउरिएको कि सम्बन्ध

हाड मकाएको हो कि सम्झना

आँखा धमिलिएको हो कि माया

कान कराएको हो कि शङ्ख ?

शङ्खले सम्झाइरहन्छ तथ्य, सकिँदै गएका मेरा दौंतरीहरू

म मर्दा आउन भ्याउलान् कि नभ्याउलान्–

मेरा बबुरा सन्ततिहरू ?

भ्यायौ भने आउनू, एक थुँगो फूल ल्याउनू

नभ्याए उतैबाट श्रद्धान्जली पठाउनू

लौ त,

चेतना अन्त नभई अन्त नहुने मनको तरङ्ग

भैंसी बराबरका अक्षरमा नअटाउने यो पत्र

कतै कसैलाई नपठाउने मनको खाम

रातरातभरि खोलिरहन्छु, पढिरहन्छु

तिमीहरूले जवाफ पठाए पनि नपठाए पनि

दिनरात म चिठी लेखिरहन्छु, लेखिरहन्छु ।।

लक्ष्मण गाम्नागेको फेसबुक वाल बाट साभार

चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा
काठमाडाैँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौँथो दिन भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ । पाँचौँ दिन सोमबार रथबाट मूर्ति मन्दिरमा सारिने सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ ।

रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा सोमबार अन्त्य हुने काठमाडौँ महानगरपालिका वडा नं २५ का पूर्वअध्यक्ष तथा सेतो मच्छेन्द्रनाथका पुजारी नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो ।

जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पु¥याइन्छ । जात्राको चौथो दिन आज लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो । सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ ।

असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनःरथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौँथो दिन अन्त्य गरिन्छ । पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गर्ने परम्परा छ । यसपछि पाँच दिन लामो जात्रा समापन हुने विधि रही आएको छ ।

चैत्र शुक्ल नवमी: देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौं । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ ।

यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका– ९ आरुबारीस्थित राम मन्दिर, डिल्लीबजारस्थित राममन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा आज दिउँसो विशेष प्रवचन कार्यक्रम आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिको कार्यालयका कार्यालय सचिव वसन्तबहादुर खड्काले जानकारी दिए।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको इतिहास छ ।

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजाआराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह भएको थियो ।

‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुसी पार्ने नै राजा हुन् भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गर्नुभएको जानकारहरू बताउँछन् । यसैले उहाँलाई आदर्श राजाका रूपमा स्मरण गरिन्छ । रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजाआराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख छ ।

आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

पितृ, मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गर्नुभएकाले उहाँको शासनकाललाई रामराज्यका रूपमा स्मरण गरिन्छ ।

सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रूपमा मनुष्यलोकमा जन्म लिनुभएको धर्मशास्त्रमा उल्लेख छ ।

चैती छठ अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै
काठमाडाैँ । मिथिलाञ्चलमा आज चैती छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदैछ । गत आइतवारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न लागिएको हो ।

बुधवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पर्वको समापन हुनेछ । कार्तिक महिनामा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ । खरनाको अवसरमा व्रतालुहरुले निराहार उपवास बसि साँझपख षष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवं विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ ।

पर्वको दोश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ्य दिन व्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्वदेखि नै व्रतालुहरु पोखरीमा प्रवेश गरी षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अघ्र्य दिने गर्दछन् ।

अघ्र्यमा मुला, उखु,भण्टा, ठकुवा, भुसवा,केरा,नरिवल लागायतका सामग्रीहरू चढाउने गरिन्छ । सन्ध्या अघ्र्य पश्चात रातभर व्रतालुहरू जागरम बसेर भोलीपल्ट चैत्र शुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गर्ने परम्परा रहेको छ ।

चैती छठका लागि जनकपुरधामको गंगासागर, धनुषसागर, अरगज्जा सर लगायतका पोखरीका साथै गाउँगाउँमा श्रद्धालु भक्तजनहरु चैती छठ पर्व मनाउँदैछन् ।

ईद–उल–फित्रले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्ने प्रधानमन्त्री कार्कीको विश्वास
काठमाडौँ । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्‍याओस् भन्ने कामना गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज इस्लामिक पात्रोको पवित्र महिना रमजानको लामो व्रतको समापनसँगै मनाइँदै गरेको ईद–उल–फित्रको अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उक्त काममा गर्नुभएको हो ।

“रमजानको महिनादिन लामो एवं कठिन व्रतले हामीलाई सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिन्छ”, प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “त्यही पवित्र महिमाकै कारण रमजानको रोजा बस्ने यस समयलाई सत्कर्म र संयमको महिना पनि भनिएको हो ।”

उहाँले यी मूल्यहरूले समाजलाई मानवमूल्यको महसुस, सहअस्तित्व र समृद्धिका लागि प्रेरणा प्रदान गर्ने र ईद–उल–फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो, सिद्धनाथ मन्दिरमा बढ्यो चहलपहल
काठमाडाैँ । कञ्चनपुरको महेन्द्रनगरमा भारतीय दर्शनार्थीको ठूलो भीड देखिएको छ। भारतको उत्तराखण्ड राज्यअन्तर्गत चम्पावत जिल्लास्थित चुरे पहाड शृङ्खलामा रहेको पूर्णागिरि माता मन्दिरको दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिरमा पूजा आराधना गरेपछि मात्र मनोकामना पूरा हुने भन्ने धार्मिक विश्वासका कारण यहाँ दर्शनार्थीको भीड बढेको हो।

फागु पूर्णिमादेखि सुरु भएको पूर्णागिरि मेलाका कारण यस क्षेत्रको धार्मिक आवागमन बढे पनि आज बिहानदेखि विशेषगरी भारतीय दर्शनार्थीको उपस्थिति अत्यधिक भएको छ। भीड बढेपछि मन्दिर आसपासको क्षेत्रमा सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र भीमदत्त नगरपालिकाको नगर प्रहरी परिचालन गरिएको छ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लका अनुसार पूर्णागिरि मन्दिरको दर्शनपछि सिद्धनाथ मन्दिर पुग्नुपर्ने मान्यताका कारण हजारौँ दर्शनार्थी यहाँ आउने गर्छन्। उनले दर्शनार्थीका लागि मन्दिर नजिकै भण्डाराको व्यवस्था गरिएको बताए । उनका अनुसार भीडसँगै महेन्द्रनगर, ब्रह्मदेव र गड्डाचौकी क्षेत्रमा चहलपहल उल्लेख्य रूपमा बढेको छ भने पार्किङ व्यवस्थापनका प्रयास पनि गरिएको छ।

यसैबीच ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष केशवसिंह नायकले नवरात्राका समयमा दैनिक हजारौँ दर्शनार्थी मन्दिरमा आउने गरेको जानकारी दिए । उनका अनुसार फागु पूर्णिमादेखि असारसम्म चल्ने पूर्णागिरि मेलाको अवधिमा मात्र तीन महिनामा एक लाखभन्दा बढी दर्शनार्थी सिद्धनाथ मन्दिर दर्शनका लागि आउने गरेका छन्।

यद्यपि धार्मिक भीडले बजार क्षेत्रमा चहलपहल बढाए पनि पहिलेको तुलनामा व्यापारमा अपेक्षित सुधार नभएको व्यवसायीहरूको भनाइ छ। अध्यक्ष नायकका अनुसार होटल तथा यातायात व्यवसाय भने यस अवधिमा राम्रो चल्ने गरेको छ।

महेन्द्रनगरका अग्रज व्यवसायी प्रमोद जजोदियाका अनुसार विगत एक दशकदेखि नवरात्रिका समयमा दर्शनार्थीका लागि निःशुल्क भोजनको व्यवस्था गरिँदै आएको छ। उनले दैनिक दुईदेखि तीन हजारदेखि आठ–नौ हजारसम्म दर्शनार्थीले भण्डाराबाट भोजन गर्ने गरेको जानकारी दिए। स्थानीय ३०–४० जना व्यापारीको सहकार्यमा सिद्धनाथ मन्दिर नजिकै निःशुल्क भोजनको व्यवस्थापन गरिएको उनले बताए ।

धार्मिक आस्था, भारतबाट आउने दर्शनार्थीको आगमन र स्थानीय व्यवस्थापनका कारण महेन्द्रनगर र आसपासको क्षेत्र अहिले विशेष चहलपहलपूर्ण बनेको छ।

सेतो मच्छिन्द्रनाथको रथ यात्राको लागि रथ निर्माण कार्य सुरू
काठमाडाैँ । सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण कार्य सुरू भएको छ ।

वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउन सुरू गरिएको हो ।

काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलनअनुसार सेतो मछिन्द्रनाथको रथयात्रा गर्ने गरिन्छ । यसपटकको सेतो मच्छिन्द्रनाथको जात्रा १२ चैतमा परेको छ ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट खटमा राखी तीनधारा पाठशालामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन रहिआएको छ । यात्राको अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

किंवदन्तीअनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठह¥याइ जनबहालमा स्थापना गरिएको किंवदन्ती छ ।

सोही परम्पराअनुसार अहिले पनि मूर्ति फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ । उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चारवटा मच्छिन्द्रनाथ छन् ।

चैत्र शुक्ल प्रतिपदाः ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले कालगणना सुरु गर्नुभएको स्मरणमा आज ज्योतिष दिवस मनाइँदै छ ।

चैत्र शुक्ल प्रतिपदाका दिन काल अर्थात् समय गणना सुरु भएको विषय ‘ब्रह्मपुराण’मा उल्लेख भए अनुसार ‘कालमाधव’ नामक ग्रन्थमा भनिएको छ— चैत्रे मासि जगद्ब्रह्मा ससर्ज प्रथमेऽहनि । शुक्लपक्षे समग्रं तु तदा सूर्योदये सति ।। तदा प्रवर्तयामास कालस्य गणनामपि ।।

अर्थात् चैत महिनाको शुक्ल पक्षको पहिलो दिन, सूर्योदयको समयमा ब्रह्माजीले सृष्टिको निर्माण गर्नुभयो र त्यही समयदेखि कालगणनाको प्रारम्भ पनि गरे । यसै प्रमाणका आधारमा विसं २०८० देखि नेपालमा चैत्र शुक्ल प्रतिपदाको दिनलाई ज्योतिष दिवसका रुपमा मनाउन थालिएको हो । यसवर्ष तेस्रो ज्योतिष दिवस मनाउन लागिएको छ ।

यस अवसरमा आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलगायत ज्योतिषसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले विविध कार्यक्रम आयोजना गरी ज्योतिष दिवस मनाउँदै छन् ।

समितिले आज दिउँसो १ बजे नारायणहिटीस्थित समितिको कार्यालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरेको कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले राससलाई जानकारी दिए ।

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल
मुस्ताङ: अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दू तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा चिसोमा पनि दर्शनार्थीको सङ्ख्या नघटेको मुक्तिनाथ विकास समितिका कार्यालय व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो । अघिल्लो वर्षमा चिसो बढ्न थालेसँगै दर्शनार्थी घट्ने गरे पनि यस वर्ष भने यहाँ आउनेहरु नघटेको उहाँको भनाइ छ ।

अत्यधिक चिसोका कारण स्थानीयको जनजीवनमा प्रतिकूल बनेको छ । अहिले मन्दिर रहेको स्थानमा बिहान र बेलुकी तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ । भुसालका अनुसार हाल मन्दिरमा दैनिक औसत एक हजार ५०० दर्शनार्थी आइरहेका छन् ।

मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारामा जलसेचन र कुण्डमा स्नान दर्शन गरी मन्दिर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास छ । चिसोका कारण स्वास्थ्यमा समस्या आउनेहरुलाई मुक्तिनाथ विकास समितिले हेरचार गर्दै आएको छ । समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मी राखेको छ ।

चिसोमा पनि पर्यटन आउने क्रम जारी रहेपछि होटल व्यवसाय पनि फस्टाएको छ । यहाँ स्वदेश र विदेशबाट पनि पर्यटकहरु आउने गरेका छन् । विशेष गरी भारतीय पर्यटकहरुको उल्लेख्य उपस्थिति हुने गरेको छ ।

हुम्लाबाट मुक्तिनाथ आउनुभएका सुन्दर राउतले मुक्तिनाथको दर्शन गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । मुक्तिनाथ मन्दिरको महिमा र यसको चर्चा सुनेपछि आफू यहाँ आएको बताउनुभयो । साथै जाजरकोटबाट आउनुभएका देवबहादुर रोकायाले पनि धार्मिक तपोभूमिमा धार्मिक आस्था र विश्वास लिएर दर्शन गर्न आएको बताउनुभयो ।

पछिल्लो समय नेपाल–चीन जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकको यात्रा सहज भएपछि मुस्ताङमा पर्यटक बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरम्म दुई लाख तीन हजार २९२ जना आन्तरिक र ४८ हजार १०९ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जनाएको छ ।

कुन दिशामा टाउको पारेर सुत्नु शुभ हुन्छ ?
एजेन्सी । सनातन धर्ममा वास्तुशास्त्रको विशेष महत्व छ।

यसमा सुत्नेसम्बन्धी विभिन्न नियमहरूको पनि विस्तृत रूपमा उल्लेख गरिएको छ।

यस्तो मानिन्छ कि सही दिशातिर टाउको गरेर सुत्दा अनिद्रा हट्न मद्दत हुन्छ र सकारात्मक ऊर्जाको सञ्चार हुन्छ। त्यसैले अब ढिलो नगरी वास्तु अनुसार कुन दिशातिर टाउको गरेर सुत्नु उत्तम मानिन्छ, त्यसबारे जानौँ।

सुत्ने सही दिशा

वास्तुशास्त्र अनुसार, सुत्दा दक्षिण वा पूर्व दिशातिर टाउको राखेर सुत्नु उत्तम मानिन्छ। यसरी सुत्दा मनमा शान्ति रहन्छ, तनाव कम हुन्छ र थकान दूर हुन्छ। यसबाहेक तपाईं चाहनुहुन्छ भने ज्योतिषीको पनि सल्लाह लिन सक्नुहुन्छ।

यी कुरा ध्यान दिनुहोस्

सुत्दा दिशाको विशेष ध्यान राख्नुपर्छ। वास्तुशास्त्र अनुसार, पश्चिम दिशातिर टाउको राखेर सुत्नु राम्रो मानिदैन। यसले जीवनमा विभिन्न समस्याहरू निम्त्याउन सक्छ। उत्तर दिशातिर टाउको गरेर सुत्नु पनि राम्रो मानिँदैन, यसले नकारात्मक प्रभाव पार्न सक्छ।

सुत्नु अघि गर्नुपर्ने कामहरू

दैनिक रूपमा सुत्नु अघि आफ्नो इष्टदेवको ध्यान गर्नुहोस्।

कसैको बारेमा गलत सोच नगर्नुहोस्।

हात–खुट्टा धुने बित्तिकै सुत्नुहोस्।

बिहान उठ्नेबित्तिकै देवी–देवताहरूको स्मरण गर्नु राम्रो मानिन्छ।

सुत्नु अघि यो मन्त्र जप गर्नुहोस्

गायत्री मन्त्रः

ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्॥

सनातन धर्ममा गायत्री मन्त्रको विशेष महत्व छ। सुत्नु अघि यस मन्त्रको जप गर्नाले मानसिक शान्ति मिल्छ, एकाग्रता र आत्मविश्वास बढ्छ। धार्मिक मान्यताअनुसार, गायत्री मन्त्रको जप गर्नाले नराम्रा सपना पनि आउँदैनन्।

नकारात्मक ऊर्जा हट्छ

यदि जीवनमा नकारात्मक ऊर्जाको सामना गरिरहनुभएको छ भने, सुत्नु अघि सिरान नजिक तामाको लोटामा पानी भरेर राख्नुहोस् र बिहान त्यो पानी बोटबिरुवामा हालिदिनुहोस्। वास्तुशास्त्र अनुसार, यसो गर्नाले निद्रासम्बन्धी समस्याबाट छुटकारा मिल्छ र नकारात्मक ऊर्जा हट्न मद्दत हुन्छ।

घरबाट बाहिर निस्कँदा यी शुभ संकेतहरू देखिएमा बुझ्नुस् भाग्यको ताला चाँडै खुल्दैछ
एजेन्सी । जीवनमा सफलता पाउनका लागि मेहनत र लगनसँगै भाग्यको साथ हुनु पनि आवश्यक मानिन्छ।

ज्योतिष शास्त्र तथा शकुन–अपशकुनका मान्यताअनुसार, जब हाम्रो राम्रो समय आउन लागेको हुन्छ, तब भगवानको तर्फबाट केही शुभ संकेतहरू प्राप्त हुन्छन्, जो घरबाट बाहिर निस्कँदा प्रायः देखिन्छन्।

यदि तपाईंलाई पनि यस्ता संकेतहरू देखिन थालेका छन् भने बुझ्नुहोस् कि तपाईंको मेहनत अब छिट्टै फल दिन लागेको छ। अब ती शुभ संकेतहरू बारे जानौँ।

१. जलले भरिएको कलशको दर्शन

यदि घरबाट बाहिर निस्किएलगत्तै पानीले भरिएको कलश, घडा वा कुनै अन्य पात्र देखियो भने यसलाई अत्यन्त शुभ मानिन्छ। यो सम्पन्नता र शुभताको प्रतीक हो। यसले जनाउँछ कि तपाईं जुन कामका लागि निस्कनुभएको छ, त्यसमा पक्कै सफलता मिल्छ र धनलाभको सम्भावना पनि रहन्छ।

२. ऊखु वा दुधको दर्शन

यदि घरबाट निस्कँदा तपाईंले ऊखु वा दुधले भरिएको कुनै भाँडो देख्नुभयो भने पनि यो शुभ मानिन्छ। मान्यताअनुसार, ऊखु मिठास र समृद्धिको प्रतीक हो भने दुध पवित्रता र सौभाग्यको। यसले संकेत गर्छ कि तपाईंको काम सफल हुनेछ र जीवनमा खुशियाली आउनेछ।

३. सफाइकर्मीको दर्शन

यदि महत्वपूर्ण कामका लागि जाँदै गर्दा तपाईँले झाडू लगाइरहेका कुनै सफाइकर्मी देख्नुभयो भने यो पनि शुभ संकेत मानिन्छ। झाडूलाई दरिद्रता हटाउने र लक्ष्मीको आगमनको प्रतीक मानिन्छ। यसले जनाउँछ कि आर्थिक समस्याहरू हट्दै जानेछन्।

४. सुहागन स्त्री वा कन्याको दर्शन

घरबाट बाहिर निस्किँदा सुहागन स्त्री, सोलह शृंगार गरेकी स्त्री वा सानी बालिका देखिएमा यो पनि शुभ संकेत मानिन्छ। यसले बताउँछ कि लक्ष्मी र दुर्गा माताको आशिर्वाद तपाईंमाथि छ, र तपाईंले गर्ने काम सफल हुनेछ।

५. शंख वा मन्दिरको घण्टीको आवाज

यदि घरबाट बाहिर निस्कँदा मन्दिरबाट शंख वा घण्टीको आवाज सुनियो भने यो अत्यन्त शुभ मानिन्छ। मान्यता छ कि तपाईंको दिन शुभ रहनेछ र तपाईंका सबै प्रयास सफलतापूर्वक पूरा हुनेछन्।

यस्ता मूर्तिहरू आफ्नो घरमा नराख्नुहोस्, नत्र खराब समय सुरु हुनेछ !
एजेन्सी । घरमा साना–साना वास्तुका नियमहरूको ध्यान राख्दा जीवनमा धेरै प्रकारका फाइदा पाउन सकिन्छ ।

यसका साथै तपाईँलाई वास्तु दोषको सामना पनि गर्नुपर्दैन । त्यसैले आज हामी तपाईंलाई बताउँदैछौं कि वास्तुशास्त्र अनुसार घरमा कुन–कुन मूर्तिहरू राख्न नहुने हो, किनभने यसले विभिन्न समस्याहरू ल्याउन सक्छ ।

घरमा राख्न नहने मूर्तिहरू

घरमा कहिल्यै पनि नटराज, शनिदेव, राहु–केतु र उग्र रूपका देवी–देवता जस्तै माता काली, काल भैरव आदि देवताहरूको मूर्तिहरू राख्नु हुँदैन ।

यस्तो गर्दा घरमा नकारात्मकता र अशान्ति फैलिन सक्छ। यसको सट्टामा भगवानका शान्त र सौम्य रूपका मूर्तिहरू मात्र मन्दिरमा राख्नुपर्छ । साथै, घरको मन्दिरमा एकभन्दा बढी शिवलिङ्ग पनि राख्नु हुँदैन, अन्यथा शुभ परिणाम प्राप्त हुँदैन ।

नकारात्मकता बढ्न सक्छ

वास्तुशास्त्र अनुसार, घरको मन्दिरमा कहिल्यै पनि खण्डित (टुटेका० मूर्तिहरू राख्न हुँदैन, किनभने यसले घरमा नकारात्मक ऊर्जा बढाउँछ र झगडा–विवादका अवस्था सिर्जना गर्न सक्छ ।

यदि घरमा यस्ता मूर्तिहरू छन् भने, क्षमायाचनासहित ती मूर्तिहरूलाई कुनै बग्ने पानीमा विसर्जन गर्न सकिन्छ, जसले दोष लाग्दैन । वा ती मूर्तिहरूलाई पीपलको रुखमुनि राख्न सकिन्छ ।

यस्ता मूर्तिहरू राख्नु पनि अशुभ हुन्छ

वास्तुशास्त्रमा भनिएको छ कि घरको मन्दिरमा युद्ध वा हिंसा देखाउने मूर्तिहरू पनि राख्नु हुँदैन । यस्ता मूर्तिहरूले घरमा नकारात्मक ऊर्जा फैलाउँछन्, जसले जीवनमा विभिन्न समस्याहरू ल्याउन सक्छ ।

त्यसैले यदि तपाईंले घरमा मूर्तिसम्बन्धी यी नियमहरूको पालना गर्नुभयो भने, घरमा सधैं सुख–शान्ति र सकारात्मकता रहन्छ ।

महाशिवरात्रिमा नागा साधुहरु, सर्वोच्च भन्छः नग्नता र अश्‍लीलता एकै होइनन्
काठमाडौं: सर्वोच्च अदालतले महाशिवरात्रि पर्वका अवसरमा पाशुपत क्षेत्र र अन्य शिवालयहरुमा नागा साधुहरु नाङ्गै बस्नु अश्लिलता होइन भनी व्याख्या गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु डा कुमार चुडाल र नहकूल सुवेदीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।

अधिवक्ता यज्ञमणि न्यौपानेले महाशिवरात्रिमा पशुपति क्षेत्र लगायतका शिवालयहरूमा जोगीहरू नाङ्गै बस्ने, आफूलाई नागा साधु भनी भक्तजनलाई बोलाई आफ्नो लिङ्गमा दलेको खरानीको टीका लगाउन लगाउने र लिङ्गको प्रयोग गरी विभिन्‍न अश्‍लील खेलहरू सार्वजनिक रूपमा प्रदर्शन गर्दै दर्शनार्थीहरूलाई उक्त खेलहरू हेर्न बाध्य बनाउने कार्यबाट महिला तथा बालबालिका माथिको यौनहिंसा हुन गएको भन्दै शिवरात्रिको अवसरमा पशुपति लगायतका शिवालयहरूमा नागा साधुहरूलाई नाङ्गै हिँड्‍डुल गर्न निषेध गर्न माग गरी निवेदन दिएका थिए ।

सर्वोच्चको फैसलामा भनिएको छ, नग्नता एउटा वस्त्रविहीन शारीरिक अवस्था हो। खासगरी स्तन र यौनाङ्ग आदि नछोपिएको अवस्थालाई नग्नताको रुपमा लिने गरिन्छ। तर अश्लीलता यौनिक उत्तेजना ल्याउने वा सामाजिक सांस्कृतिक दृष्टिले लाजमर्दो र आपत्तिजनक अभिव्यक्ति हो। नग्नताका सबै अवस्थालाई अश्‍लील मान्न सकिँदैन। अश्लीलताको निर्धारण अभिव्यक्तिको सन्दर्भ, त्यसमा निहित उद्देश्य, सामाजिक स्वीकार्यता तथा कानूनी व्यवस्था आदिका आधारमा गरिनुपर्ने हुन्छ। कलारसंस्कृति, शैक्षिक उद्देश्य, चिकित्सकीय वा उपचारको प्रयोजनका लागि वा अन्य स्वीकार्य सामाजिक मान्यता अनुरूप यौनाङ्ग देखाउनुलाई अश्लीलताको द्योतक मान्न सकिँदैन। प्राचीन मन्दिरका टुँडालहरूमा कुँदिएका देवदेवीका श्रृङ्गार रसयुक्त कलात्मक चित्र वा सङ्ग्रहालयमा राखिएको नाङ्गो चित्र वा मूर्ति आदिलाई अश्‍लील मान्न सकिँदैन। अश्लील मानिनका लागि सामान्यत: सामाजिक रूपमा स्वीकार्य मान्यता विपरीत, अशोभनीय र यौनिक दृष्टिले दिग्भ्रमित बनाउने उद्देश्यले गरिएको अभिव्यक्ति वा क्रियाकलाप हुनुपर्ने हुन्छ। तथापि अश्‍लीलता वैधानिक अवस्थासमेत भएको र यसको कानूनी परिणामसमेत हुने भएकाले अश्लीलताको निर्धारण सम्बन्धित मुलुकको फौजदारी कानूनले परिभाषित गरे अनुरूपको विषयसमेत हुने देखिन आउँछ। अश्‍लीलता आफैँमा सापेक्ष विषय पनि हो। यसको व्याख्या समय र समाज सापेक्ष हुन्छ। एउटै काम कारबाही वा आचरण कुनै समय, समाज वा सन्दर्भमा श्‍लील र अर्को समय, समाज वा सन्दर्भमा अश्‍लील मानिने वा कायम हुन जाने अवस्थासमेत हुने भएकाले केवल शारीरिक रूपमा नाङ्गो हुनुलाई मात्र अश्‍लीलताको प्रदर्शन भन्ने मिल्ने देखिएन।

नागा सन्यासी साधुहरू शरीरमा कुनै वस्त्र धारण नगरी गोप्य अङ्गसमेत नछोपी शरीर भरी खरानी घसी अग्नीको उपासना गरी धुनी जगाई बस्नु सनातन धार्मिक अभ्यास र परम्परा बमोजिमको रहेको देखिएको र नागा साधुहरू मन्दिर परिसरमा नाङ्गै रहनुलाई सामाजिक र नैतिक स्वीकार्यताको दृष्टिले समेत अन्यथा नदेखिएको स्थितिमा निजहरूले अश्लीलताको प्रदर्शन गरेको भन्न मिलेन। मेला व्यवस्थापनका क्रममा विपक्षी पशुपति क्षेत्र विकास कोषले नागा साधुहरूलाई खास स्थान वा क्षेत्र तोक्न सक्ने देखिए तापनि निजहरूलाई भगवान् पशुपतिनाथ मन्दिरको परिसरमा प्रवेश नै निषेध गर्दा सनातनदेखि चलिआएको परम्परा नै हस्क्षेप हुन जाने भएकाले नागा साधुहरूलाई पशुपतिनाथ क्षेत्र परिसरमा प्रवेश गर्न निषेध गरिनुपर्ने भन्ने निवेदन जिकिरसँग सहमत हुन सकिएन, आदेशमा भनिएको छ ।

आदेशको पूर्णपाठ यसैसाथ छ

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/10/naga-baba.pdf” title=”naga baba”]