• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल

सौगात मल्ल अभिनित चलचित्र ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक



काठमाडौं । नेपाली चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक सार्वजनिक भएको छ ।

फिल्म घनचक्कर असार १० गते सार्वजनिक हुँदैछ । काठमाडौंमा मंगलवार एक कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट २९ सेकेण्ड लामो ट्रेलर युवाहरुको पैसा र प्रेम मोहलाई प्रश्तुत गरिएको छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको अभिनय रहेको छ ।

कार्यक्रममा अभिनेता सरोज खनालले सिनेमामा काम गर्दा धेरै खुशी अनुभव गरेको बताउनु भयो । उहाँले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने पनि उहाँले बताउनु भयो । त्यस्तै अभिनेता सौगात मल्लले वरिष्ठ कलाकारहरुसँग फिल्म खेल्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले फिल्मले नेपाली दर्शकलाई उर्जा थप्नेमा विश्वस्त रहेको बताउनु भयो ।

सुसन प्रजापति खिचेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङले सम्पादन गर्नुभएको हो ।