• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo

बलिउड अभिनेता सलमान खान नेपाल नआउने



काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम फेरि रोकिने भएको छ ।

उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ स्थगित हुन लागेको हो ।

आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको बताइएको छ । यसबारे आयोजकले औपचारिक जानकारी विज्ञप्तिमार्फत दिने जनाएको छ ।

ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतको टिम नेपाल आउने बताइएको थियो ।

आयोजकले कार्यक्रममा प्रवेशका लागि ५ हजार, १०, १५ र २५ हजारको टिकट समेत तोकेको थियो ।