• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

हेटौँडा उपमहानगरको प्रमुखमा लामा लामा जित नजिक



hetauda

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार मीना लामा जित नजिक पुगेकी छन् ।

कुल ७३ हजार ४४३ मत खसेको यो हेटौँडामा अहिलेसम्म ६७ हजार ४४३ मतगणना भइसकेको छ । प्राप्त पछिल्लो मतगणनाअनुसार सत्ता गठबन्धनबाट समाजवादीकी उम्मेदवार लामाले २१ हजार २०३ मत प्राप्त गरेकी छन् ।

दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उम्मेदवार अनन्तप्रसाद पौडेलले १९ हजार १२५ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले १८ हजार ६२६ मत प्राप्त गरेका छन् । अब छ हजार मत गणना गर्न बाँकी छ । लामा दोस्रो स्थानमा रहेका पौडेलसँग दुई हजार ७८ मतान्तरले अगाडि छन् ।