• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

थप १२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ हजार ५८० जनाको पीसीआर र १ हजार ४७ जनाको एन्टीजेन परीक्षणमा गरी जम्मा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार हाल देशभर १५० जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने ९ जना पूर्ण रुपमा निको भएका छन् ।

नेपालमा कोरोना संक्रमितबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ९३८ जना भएका छन् भने कुल संक्रमितको संख्या ११ लाख १९ हजार २४७ पुगेको छ ।