• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट ★   नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि ★   हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान ★   स्वरोजगार महिलालाई उपमहानगरको सम्मान ★   राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा ★   निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ: प्रधानमन्त्री ★   सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए ★   यशराजको आगामी फिल्ममा विशेष लुकमा देखिदै बबी देओल ★   चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई कुलमानको आह्वान ★   बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ: प्रधानमन्त्री

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी



म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

कागबेनीस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिनजिङ नामगेल गुरुङले ८६७ मत ल्याएर विजयी हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा एमालेकी ढिकी गुरुङले ७४९ मत प्राप्त गरेर विजयी हुनुभएको छ । अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका आङजेन गुरुङले ५७७ र उपाध्यक्षमा कांग्रेसकै धेव आङवो गुरुङले ६७७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दुई हजार २२४ मतदाता रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा शुक्रबार भएको मतदानमा ६७।०२ प्रतिशत अथवा एक हजार ५०८ मत खसेको थियो । वडा नम्बर १, ३ र ५ मा नेकपा एमालेका तथा वडा नम्बर २ र ४ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नं १ मा एमालेका प्रमेश गुरुङ, वडा नम्बर २ मा कांग्रेसका न्होरु गुरुङ, ३ मा एमालेका विनोद गुरुङ, ४ मा कांग्रेसका कर्म घ्याचो गुरुङ र ५ मा एमालेका सुरेन्द्र गुरुङ विजयी हुनुभएको छ ।

पाँच वटा स्थानीय तह रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ । रासस