• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा नम्बर १ मा नेकपा एमालेको प्यानल बिजयी



काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा नम्बर १ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार द्धारिकालाल श्रेष्ठको प्यानललै निर्वाचित भएको छ ।

उहाँले १ हजार १ सय १७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवारले ६३८ मत मात्र ल्याउनुभएको छ । नगरपालिकाको मेयरमा पनि नेकपा एमालेकै उद्धव विष्टले अग्रता लिनुभएको छ । उहाँले ८५४ मत पाउनुभएको छ । यस्तै नेपाली काँग्रेसका दीपक रिसालले ८२४ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा पनि एमालेकी सान्नानी लामाले ९३५ मतका साथ अग्रता लिनुभएको छ भने काँग्रेसकी शान्ति नेपालले जम्मा ६९८ मत प्राप्त गर्नुभएको छ ।