• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला ★   महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन ★   वन्यजन्तु सप्ताह: सामुदायिक वनमा चरा अवलोकन ★   इजराइलमा आक्रमण गरेपछि इरानले आणविक केन्द्र बन्द गर्यो ★   चैते दसैं सम्झाउने बागलुङतिरको यो गीत ★   छोरी सुहानाको फिल्ममा शाहरुखले गरे २०० करोड लगानी ★   समिति सभापतिसहित सांसदहरुमा समयमा उपस्थित नहुँदा अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित ★   प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता ★   बिश्वभर छरिएर रहेका नेपालीलाई कुनै न कुनै रुपमा नेपालसंग जोड्नु पर्छ: उपराष्ट्रपति यादव ★   प्रभु बैंकको ३०२ औं शाखा नयाँगाउँमा सञ्चालन

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी



नुवाकोट । नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का अनिलकुमार घलेले ६९ मत प्राप्त गर्नुभएको छ । वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३ , माओवादीका उम्मेदवारलाई ६९, नेकपा ९एमाले०को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ । रासस