• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

जनताको माया पाएकी छु यो नै जितको ठूलो आधार हो: उपमेयरकी उम्मेदवार डंगोल



काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ ।  उहाँले लगनको फसीगा ननी चोकस्थित मतदान स्थलबाट मतदान गर्नुभएको छ ।

मतदानपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा आजको दिन मतादाताको एक भोटको पनि धेरै महत्वपूर्ण हुने भएकोले योग्य र मन परेको उम्मेदवारलाई भोट हाल्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनलाई लिएर आफू उत्साहीत रहेको र जनताको माया पाएकोले आफूले जित्नेमा विश्वस्त रहेको बताउनु भयो ।

उपमेयरकी उम्मेदवार डंगोलले भन्नुभयो, ‘अधिकारको प्रयोग गरेर मत हालौँ । म पनि एकदमै उत्साहीत छु । मैले जनताको माया पाएकी छु यो ने जितको ठूलो आधार हो ।’

उपमेयरकी उम्मेदवार डंगोलले अबको केही दिनमा नै नतिजा आउने भएकोले संयमता अपनाएर बस्न र उचित उम्मेदवारलाई मतदान गर्न पनि आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचन आज देशभरका ७५० स्थानीय तहमा भइरहेको छ ।