• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo

नर्थ लण्डन डर्बीः आर्सनललाई टोटेनहमले हरायो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ‘नर्थ लण्डन डर्बी’मा टोटेनहम विजयी बनेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले आर्सनललाई ३-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई तथा सन हेउंग मिनले एक गोल गरे ।

खेलको २२ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । यस्तै, ४७ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमको जित सुनिश्चित गरे ।

जितसँगै टोटेनहमले शीर्ष चारमा रहने सम्भावना कायमै राखेको छ । ३६ खेलबाट आर्सनल ६६ अंकसहित चौंथो स्थानमा रहँदा ६५ अंकसहित टोटेनहम पाचौँ स्थानमा छ ।