• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   अफ्रिकामा अझै निर्मूल भएन मलेरिया, जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै ★   चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष ★   मायाको पहिचानको अर्को सफलता: समलिङ्गी तेस्रोलिंगीले प्रत्येक वडा विवाह दर्ता गर्न पाउने ★   चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन ★   श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै ★   ओलीसँग भिडेकै कारण मलाई गोदावरीमा निषेध गरियो: भीम रावल ★   उप—निर्वाचनको सुरक्षा तयारी पूरा ★   कर्णालीका मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने ★   आगलागीबाट ७९ घर जले, एकको मृत्यु ★   नेपाल र कतारबीचको समझदारी ऐतिहासिक छन्: राजदूत डा ढकाल (अन्तरवार्ता)

सुवासले जिते सूर्य नेपाल गल्फ उपाधि



सूर्य नेपाल गल्फ २०७९

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जितेका छन् ।

गोकर्ण गल्फ क्लबको कोर्समा बिहीबार भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि जितेका हुन । यससँगै सुवास गल्फको मुख्य तीन उपाधि जित्ने पहिलो एमेच्योर खेलाडी समेत बनेका छन । १३ औं सागका दुई स्वर्ण विजेता सुवासले यस अघि २०१९ मा सुर्य नेपाल च्यालेन्ज र अप्रिलमा सुर्य नेपाल वेस्टरन ओपन जितेका थिए ।

अन्तिम दिन ४ अन्डर ६८ अंक जोडेका सुवासले कुल १९ अन्डर २ सय ६९ अंक जोडे । शुक्र र भुवनले कुल १२ अन्डर २ सय ७८ अंक जोडेका थिए । व्यावसायिक खेलाडीतर्फ संयुक्त पहिलो बनेका शुक्र र भुवनले समान १ लाख ११ हजार ५ सय प्राप्त गरे ।

एमेच्योर खेलाडी भएकाले सुवासले नगद पुरस्कार भने प्राप्त गर्न सकेनन् । रबि खड्का ६ अन्डर २ सय ८२ अंकसहित समग्रमा चौंथो तथा व्यावसायिकतर्फ तेस्रो बने । उनले ६५ हजार प्राप्त गरे । निरज तामाङले कुल ६ अन्डर २ सय ८४ अंकसहित चौंथो बन्दै ५३ हजार ५ सय नगद पाए ।

धन बहादुर थापाले ३ अन्डर २ सय ८५ अंकसहित पाँचौं बन्दै नगद ४५ हजार प्राप्त गरे । नेपाल गल्फर एसोसियनले आयोजना गरेको प्रतियोगितामा ३१ प्रोफेसनल र १३ एमेच्योर गल्फरको सहभागिता रहेको थियो ।

सूर्य नेपाल गल्फ २०७९
सूर्य नेपाल गल्फ २०७९