• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना ★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर ★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट ★   नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि ★   हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान ★   स्वरोजगार महिलालाई उपमहानगरको सम्मान

सुवासले जिते सूर्य नेपाल गल्फ उपाधि



सूर्य नेपाल गल्फ २०७९

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जितेका छन् ।

गोकर्ण गल्फ क्लबको कोर्समा बिहीबार भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि जितेका हुन । यससँगै सुवास गल्फको मुख्य तीन उपाधि जित्ने पहिलो एमेच्योर खेलाडी समेत बनेका छन । १३ औं सागका दुई स्वर्ण विजेता सुवासले यस अघि २०१९ मा सुर्य नेपाल च्यालेन्ज र अप्रिलमा सुर्य नेपाल वेस्टरन ओपन जितेका थिए ।

अन्तिम दिन ४ अन्डर ६८ अंक जोडेका सुवासले कुल १९ अन्डर २ सय ६९ अंक जोडे । शुक्र र भुवनले कुल १२ अन्डर २ सय ७८ अंक जोडेका थिए । व्यावसायिक खेलाडीतर्फ संयुक्त पहिलो बनेका शुक्र र भुवनले समान १ लाख ११ हजार ५ सय प्राप्त गरे ।

एमेच्योर खेलाडी भएकाले सुवासले नगद पुरस्कार भने प्राप्त गर्न सकेनन् । रबि खड्का ६ अन्डर २ सय ८२ अंकसहित समग्रमा चौंथो तथा व्यावसायिकतर्फ तेस्रो बने । उनले ६५ हजार प्राप्त गरे । निरज तामाङले कुल ६ अन्डर २ सय ८४ अंकसहित चौंथो बन्दै ५३ हजार ५ सय नगद पाए ।

धन बहादुर थापाले ३ अन्डर २ सय ८५ अंकसहित पाँचौं बन्दै नगद ४५ हजार प्राप्त गरे । नेपाल गल्फर एसोसियनले आयोजना गरेको प्रतियोगितामा ३१ प्रोफेसनल र १३ एमेच्योर गल्फरको सहभागिता रहेको थियो ।

सूर्य नेपाल गल्फ २०७९
सूर्य नेपाल गल्फ २०७९