• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

आइबा बक्सिङः मिनु र चन्द्रकला अंकका आधारमा पराजित



टर्किको इस्तानबुलमा यहि सन् २०२२ को मई ९ तारिख देखि सञ्चालन भइरहेको आईवा उमन वल्र्ड बक्सिङ च्याम्पियनसीपमा फ्लाइ वैट ५० देखि ५२ किलो तौल समूहमा नेपाली खेलाडी मिनु गुरुङ जापानका खेलाडी रिन्का किनोसितासंग अंकको आधारमा पराजित भएकी छिन् ।

राष्ट्रिय खेलकुद परिषदका अनुसार, अर्का खेलाडी चन्द्रकला थापा पनि ५४ देखि ५७ तौल समूहमा भारतीय खेलाडी मनीसासंग अंकको आधारमा पराजित हुन पुगेका छन् ।

रिन्का जापानका च्याम्पियन खेलाडी हुन भने मनिशा सन् २०१८ मा भारतमा भएको वल्र्ड च्याम्पियनसिप बक्सिङ खेलमा क्वार्टर फाईनलिष्ट खेलाडी हुन् ।