• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य

नेप्सेमा बिहीबार दोहोरो अङ्कले ओरालो



धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.६४ अङ्कले ओरालो लागेर दुई हजार ३५०.४२ मा ओर्लेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७० अङ्कले घटेर ४५३.९६ मा पुगेको छ । कूल २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर रु दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ४३ अर्ब ५५ करोड ६९ लाख ७० हजार बराबर रहेको छ ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । उत्पादन ८०.२५ र अन्य उपसमूह ७.३९ अङ्कले उकालो लागेको छ । त्यस्तै बैंकिङ १.७३, व्यापार २९.५६, होटल तथा पर्यटन ३४.७७, विकास बैंक ८९.०२, जलविद्युत् ५३.७२, वित्त ९.९, निर्जीवन बीमा ८३.३८, लघुवित्त ७४.५७, जीवन बीमा २५७.१४, सामूहिक लगानी कोष ०.१८ र लगानी १.३७ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड १० लाख ६७ हजार ४१८ बराबरको कारोबार भयो । त्यस्तै राधी विद्युत् कम्पनी रु आठ करोड १० लाख ३४ हजार ९५७, अरुण भ्याली हाइड्रोपावर कम्पनी रु आठ करोड आठ लाख २४ हजार ८७८, प्राइम लाइफ इन्स्योरेन्स रु सात करोड ८३ लाख ९० हजार ७९२ र नयादी ग्रुप अफ पावर रु सात करोड ४१ लाख ८५ हजार २५० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बिहीबार पनि जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । तेह्रथुम पावर कम्पनी ६.२०, युनियन हाइड्रोपावर ५.२२, शिवम् सिमेन्ट ५.१७ र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ३.९७ प्रतिशतले कमाए ।

त्यस्तै सूर्योदय बोमी लघुवित्त १०, प्राइम लाइफ इन्स्योरेन्स ७.६३, युनियन लाइफ इन्स्योरेन्स ६.९६, गुराँस लाइफ इन्स्योरेन्स ५.८३ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ५.१३ प्रतिशतले गुमाए ।