• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत ★   प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन ★   दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल

सिटीको सानदार जित, डि ब्रुएना एक्लैले गरे चार गोल



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले वल्भ्सलाई उसकै मैदानमा ५-१ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन केभिन डि ब्रुएनाले ह्याट्रिकसहित चार गोल गर्दा रहिम स्टर्लिंगले एक गोल गरे । वल्भ्सका लिन्डर डेन्डोनकरले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा बर्नाडो सिल्भाले उपलब्ध गराएको पासलाई डि ब्रुएनाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि १६ औं मिनेटमा स्टर्लिंगले प्रहार गरेको बल फर्किएर आयो जसलाई डि ब्रुएनाले गोलमा परिणत गरे । यस्तै, २४ औं मिनेटमा डि ब्रुएनाले डि बक्सबाहिरबाट सानदार गोल गर्दै ह्याट्रिक पूरा गरे ।

खेलको ६० औं मिनेटमा फिल फोडेनले क्रस गरेको बललाई डि ब्रुएनाले गोल गर्दै व्यक्तिगत चार गोल गर्न सफल रहे । ८४ औं मिनेटमा ज्याक ग्रिलिसले जोआओ कान्सेलोलाई पास दिएर कान्सेलोले स्टर्लिंगलाई चलाखीपूर्ण बल उपलब्ध गराए । स्टर्लिंगले मौकाको सदुपयोग गर्दै गोल गरे ।

जितसँगै सिटीले लिभरपुलसँग तीन अंकको अग्रता बनाएको छ । ३६ खेलबाट सिटीको ८९ अंक रहेको छ । समान खेल खेलेको वल्भ्स ५० अंकसहित आठौं स्थानमा रहेको छ । सिटी र लिभरपुल दुबैले अब दुई खेलमात्र खेल्न बाँकी रहेको छ ।