• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

सिटीको सानदार जित, डि ब्रुएना एक्लैले गरे चार गोल



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले वल्भ्सलाई उसकै मैदानमा ५-१ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन केभिन डि ब्रुएनाले ह्याट्रिकसहित चार गोल गर्दा रहिम स्टर्लिंगले एक गोल गरे । वल्भ्सका लिन्डर डेन्डोनकरले एक गोल फर्काए ।

खेलको सातौं मिनेटमा बर्नाडो सिल्भाले उपलब्ध गराएको पासलाई डि ब्रुएनाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि १६ औं मिनेटमा स्टर्लिंगले प्रहार गरेको बल फर्किएर आयो जसलाई डि ब्रुएनाले गोलमा परिणत गरे । यस्तै, २४ औं मिनेटमा डि ब्रुएनाले डि बक्सबाहिरबाट सानदार गोल गर्दै ह्याट्रिक पूरा गरे ।

खेलको ६० औं मिनेटमा फिल फोडेनले क्रस गरेको बललाई डि ब्रुएनाले गोल गर्दै व्यक्तिगत चार गोल गर्न सफल रहे । ८४ औं मिनेटमा ज्याक ग्रिलिसले जोआओ कान्सेलोलाई पास दिएर कान्सेलोले स्टर्लिंगलाई चलाखीपूर्ण बल उपलब्ध गराए । स्टर्लिंगले मौकाको सदुपयोग गर्दै गोल गरे ।

जितसँगै सिटीले लिभरपुलसँग तीन अंकको अग्रता बनाएको छ । ३६ खेलबाट सिटीको ८९ अंक रहेको छ । समान खेल खेलेको वल्भ्स ५० अंकसहित आठौं स्थानमा रहेको छ । सिटी र लिभरपुल दुबैले अब दुई खेलमात्र खेल्न बाँकी रहेको छ ।