• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै

आईपीएलः राजस्थानलाई हराउँदै दिल्ली प्लेअफको दौडमा



एजेन्सी । आईपीएल २०२२ को ५८ औं खेलमा दिल्ली क्यापिटल्सले एकतर्फी जित हात पारेको छ ।

दिल्लीको टोलीले राजस्थानलाई ८ विकेटले पराजित गर्दै यो सिजन उसले पहिलो पटक सो टिममाथि जित निकालेको हो । राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा दुई विकेटको क्षतिमा पुरा गरेको थियो । यो सिजन क्यापिटल्सको छैटौं जित हो र उ अंकतालिकाको पाँचौं स्थानमा छ ।

राजस्थानले दिएको १६१ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सको सुरुवात राम्रो हुन सकेन । उसले दोस्रो बलमा केएस भरतको विकेट गुमायो । तर, यसपछि डेभिड वार्नर र मिचेल मार्सले दोस्रो विकेटका लागि १४४ रनको सानदार साझेदारी गरे । यस अवधिमा मिचेल मार्शले आफ्नो पहिलो आईपीएल अर्धशतक पूरा गरे । युजभेन्द्र चहलले १८ औं ओभरमा मार्सलाई कुलदीप सेनको हातमा क्याच आउट गराए ।

मार्सको आउटले दिल्लीलाई खासै असर भएन र बाँकी डेभिड वार्नर र ऋषभ पन्तले जिम्मेवारी पूरा गरे । पन्त चार बलमा १३ रनमा अविजित रहे । उनले चहलको अन्तिम ओभरमा दुई छक्का प्रहार गरे । अर्कोतर्फ वार्नरले ४१ बलमा ५२ रन बनाउँदै अविजित रहेर खेल जिताउने इनिङ्स खेले ।

यसअघि दिल्ली क्यापिटल्सले टस जितेर राजस्थान रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । राजस्थानको सुरुवात राम्रो भएन र तेस्रो ओभरमा विस्फोटक ओपनर जोस बटलर ११ बलमा ७ रन बनाएर आउट भए ।

बटलर आउट भएपछि रविचन्द्रन अश्विन तेस्रो नम्बरमा ब्याटिङ गर्न आए । उनले यशस्वी जैसवालसँग दोस्रो विकेटका लागि ४३ रनको महत्वपूर्ण साझेदारी गरे । यशस्वी १९ बलमा १९ रन बनाएर आउट भए ।

त्यसपछि अश्विनले तेस्रो विकेटका लागि देवदत्त पडिक्कलसँग ५३ रनको अर्धशतकीय साझेदारी गरे । यसै क्रममा अश्विनले आईपीएल करियरको पहिलो अर्धशतक बनाए । उनले ३७ बलमा आफ्नो अर्धशतक पूरा गरे । त्यसपछिको बलमा मिचेल मार्सको बलमा वार्नरले क्याच गरेपछि अश्विन पेभिलियन फर्किए ।

अश्विन आउट भएपछि पडिक्कलले द्रुत रन बनाए र टोलीको स्कोरलाई बलियो स्थितिमा पुर्याए । यद्यपि उनले अर्धशतक बनाउन सकेनन् र ३० बलमा ४८ रन बनाएर आउट भए । राजस्थानको टोलीले अन्तिम ५ ओभरमा तीन विकेट गुमाएर ४४ रन जोड्दै कुल १६० रन बनाएको थियो ।