• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   महालेखापरीक्षकमा तोयम राया नियुक्त ★   डा अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा नियुक्त ★   बर्दिबासमा एक अर्ब १० करोडको लागतमा पाँच तारे होटल ‘रामिणी’ बन्ने  ★   कोशी प्रदेशसभाको विशेष अधिवेशन ★   उच्चशिक्षा अध्ययनमा एसएचई अष्ट्रेलियाको सुरुवात, गुणस्तरीय शिक्षाको प्रतिबद्धता ★   भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे ★   पोखरामा माइक्रो बस र जीप ठोक्किँदा आठ चिनियाँ घाइते ★   विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ ★   २९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ ★   एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

मैथिल ब्रम्हाण समाजको सर्वोत्कृष्ट पुरस्कार साकार मिश्रलाई



काठमाडौं । नेपाल मैथिल ब्रम्हाण समाजको संयोजनमा हरेक वर्ष प्रदान गरिँदै आएको सर्वोत्कृष्ट प्रवेशिका सम्मान तथा पुरस्कार विसं २०७७ का लागि साकार मिश्रलाई प्रदान गरिएको छ ।

शहीद भरतगोपाल झाको स्मृतिमा उहाँकी धर्मपत्नी शारदा झाले स्थापना गर्नुभएको रु पाँच हजार राशि र सम्मानपत्र सहितको सो पुरस्कार मैथिल ब्रम्हाण समाजको संयोजनमा हरेक वर्ष प्रदान गर्ने गरिन्छ ।

एसइइ परीक्षामा सर्वोत्कृष्ट नम्बर प्राप्त गर्ने यस मैथिल ब्राम्हण बन्धुका छात्रछात्रालाई सो पुरस्कार प्रदान गर्ने गरिन्छ । हाल सेन्ट जेभियर्स् कलेजमा ११ कक्षा अध्ययनरत साकारले विसं २०७७ को एसइइ परीक्षामा विशिष्ट श्रेणीसहित ४ मा ४ जिपिए प्राप्त गरेका थिए ।

मैथिल ब्रम्हाण समाजद्धारा मंगलबार गुहेश्वरीमा आयोजना गरिएको एक कार्यक्रममा सो समाजका अध्यक्ष गौरीदत्त मिश्रले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

शहिद भरतगोपालका झाको स्मृतिमा स्थापित सो पुरस्कार मैथिल बन्धुका छात्रछात्राहरुबाट हरेक वर्ष एसइइमा प्राप्त लब्धांकपत्रका आधारमा प्रदान गरिने सो पुरस्कार शैक्षिक क्षेत्रको सर्वाङ्गीण विकासका लागि प्रोत्साहनस्वरुप प्रदान गरिँदै आएको छ ।

मंगलबार आयोजना गरिएको सो कार्यक्रममा नेपाल मैथिल ब्राम्हण समाजमा आवद्ध भई मैथिल संस्कृति र भाषाको उत्थानका लागि योगदान गर्नुभएकामा जेष्ठ नागरिक ८० वर्षीय विद्याप्रसाद झा लगायत अन्य जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो ।