• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना ★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर ★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट

मैथिल ब्रम्हाण समाजको सर्वोत्कृष्ट पुरस्कार साकार मिश्रलाई



काठमाडौं । नेपाल मैथिल ब्रम्हाण समाजको संयोजनमा हरेक वर्ष प्रदान गरिँदै आएको सर्वोत्कृष्ट प्रवेशिका सम्मान तथा पुरस्कार विसं २०७७ का लागि साकार मिश्रलाई प्रदान गरिएको छ ।

शहीद भरतगोपाल झाको स्मृतिमा उहाँकी धर्मपत्नी शारदा झाले स्थापना गर्नुभएको रु पाँच हजार राशि र सम्मानपत्र सहितको सो पुरस्कार मैथिल ब्रम्हाण समाजको संयोजनमा हरेक वर्ष प्रदान गर्ने गरिन्छ ।

एसइइ परीक्षामा सर्वोत्कृष्ट नम्बर प्राप्त गर्ने यस मैथिल ब्राम्हण बन्धुका छात्रछात्रालाई सो पुरस्कार प्रदान गर्ने गरिन्छ । हाल सेन्ट जेभियर्स् कलेजमा ११ कक्षा अध्ययनरत साकारले विसं २०७७ को एसइइ परीक्षामा विशिष्ट श्रेणीसहित ४ मा ४ जिपिए प्राप्त गरेका थिए ।

मैथिल ब्रम्हाण समाजद्धारा मंगलबार गुहेश्वरीमा आयोजना गरिएको एक कार्यक्रममा सो समाजका अध्यक्ष गौरीदत्त मिश्रले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

शहिद भरतगोपालका झाको स्मृतिमा स्थापित सो पुरस्कार मैथिल बन्धुका छात्रछात्राहरुबाट हरेक वर्ष एसइइमा प्राप्त लब्धांकपत्रका आधारमा प्रदान गरिने सो पुरस्कार शैक्षिक क्षेत्रको सर्वाङ्गीण विकासका लागि प्रोत्साहनस्वरुप प्रदान गरिँदै आएको छ ।

मंगलबार आयोजना गरिएको सो कार्यक्रममा नेपाल मैथिल ब्राम्हण समाजमा आवद्ध भई मैथिल संस्कृति र भाषाको उत्थानका लागि योगदान गर्नुभएकामा जेष्ठ नागरिक ८० वर्षीय विद्याप्रसाद झा लगायत अन्य जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरिएको थियो ।