• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

गृह तथा स्वास्थ्य मन्त्रालयको आग्रहः स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हौं (भिडियोसहित)



सरकारले स्थानीय तहको निार्वचनमा आम नागरिकहरुको भुमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ ।

आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरु परिचालित भइसकेको र स्वयं मतदाताहरुको भुमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह गरेको हो । सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको जनाएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले प्रत्येक जिल्लामा सुरक्षा योजना बनाएर त्यसै योजना अनुसार सम्पूर्ण सुरक्षा परिचालित भएको बताउनु भयो । उहाँले स्थानीय निकायको निर्वाचनका लागि राज्यले चुस्त,दुरुस्त सुरक्षा व्यवस्थापन गरेको बताउनु भयो । प्रवक्ता पोखरेलले अहिले राज्य नै निर्वाचनमय भएकोले निर्वाचन शन्तिपूर्णरुपमा सम्पन्न हुने विश्वा व्यक्त गर्नुभयो ।

प्रवक्ता पोखरेलले भन्नुभयो, ‘अहिलेको परिस्थिति हेर्दा सरकारी स्तरबाट सम्पूर्ण श्रोत साधनहरु निर्वाचनमा परिचालित गरेका छौँ । हाम्रा सुरक्षा निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई हामीले निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न, हाम्रो राष्ट्रिय स्तरको नीति पनि बनेको छ, एकीकृत सुरक्षा योजना । प्रत्येक जिल्लामा पनि सुरक्षा योजना बनेर त्यही सुरक्षा योजना मुताविक हाम्रो सम्पूर्ण सुरक्षा परिचालित भएको अवस्था छ ।

त्यसकारणले राज्यले चुस्त, दुरुस्त, सुरक्षा व्यवस्थापन गरिराखेको अवस्था छ एकातिर भने अर्कातिर सबै राजनीतिक दलहरु निर्वाचनमा होमिनुभएको अवस्था छ । उहाँहरुले पनि सुरक्षा व्यवस्थापनमा चासो राखेर सुरक्षा व्यवस्थापन गर्नुपर्छ भनेर लाग्नुभएको छ । आम नागरिक, नागरिक समाजले पनि सुरक्षामा चासो राखेर कतै निर्वाचनलाई बिथोलिने काम गर्नुहुँदैन, हामी सबैले निर्वाचनलाई सघाउनुपर्छ भनेर लाग्नुभएको हुँदा अहिले राज्य नै निर्वाचनमय भएको छ । निर्वाचन शन्तिपूर्णरुपमा सम्पन्न हुनेछ भन्ने विश्वास गर्दछु ।’

प्रवक्ता पोखरेलले पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढीरहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्नुभयो । विदेशबाट स्थानीय तहको निर्वाचका लागि मतदान गर्न आउने नागरिकहरुले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर थप जोखिम हुनबाट बचाउन अनुरोध गर्नुभयो । । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता अधिकारीले सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरु राखिएको जानकारी दिनुभयो । उहाँले कोरोनाको जोखिम कम गर्न सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय र छलफल गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

प्रवक्ता पोखरेलले भन्नुभयो, ‘निर्वाचन भीड जम्मा हुने ठाउँ हो । कोरोना संक्रमण खुला सीमाना छ । निर्वाचनमा भाग लिनको लागि देश, विदेशबाट नेपाली जनताहरु यहाँ आउनुहुन्छ । हामीले उहाँहरुलाई बोर्डर एरियामा प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको समन्वयमा त्यही किसिमको हेल्थ डेस्कहरु राखेका छौँ । हामीले यसबारेमा स्वास्थ्य मन्त्रालयसँग थप के गर्नुपर्छ सरसल्लाह लिइरहेका छौँ । उहाँहरुले पनि यसलाई व्यवस्थापन गर्नुपर्छ भनेर जानुभएको छ । त्यसैले भोलिको दिनमा स्वास्थ्य मन्त्रालयले यसलाई व्यवस्थापन गर्नेछ ।’

त्यस्तै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले भारतमा कोरोना संक्रमण बढेको भन्दै नेपाल आउने नागरिकहरु र नेपालमा रहेर चुनावी प्रचारप्रसार तथा मतदान गर्न जाने नागरिकहरुले सवस्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको बताउनु भयो । सहप्रवक्ता अधिकारीले कोरोनाको सम्भावित जोखिमलाई कम गर्न सरकारले भारतसँगको सीमा नाकाहरुमा हेल्थ डेस्क राखेको र आवतजावतलाई व्यवस्थित गर्न लागिपरेको बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न, मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सम्पूर्ण जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले स्वास्थ्य मन्त्रालयले यस सम्बन्धी विभिन्न कार्ययोजना बनाइ सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताउनु भयो । सहप्रवक्ता अधिकारीले जनस्वास्थ्यका मापदण्डको सुनिश्चितता गर्न हरेक स्थानीइ मतदान केन्द्रमा अनिवार्य एक जना स्वास्थ्यकर्मी राख्ने पनि जानकारी दिनुभयो । उहाँले अहिले स्वास्थ्य मन्त्रालय जोखिमको आँकलन गर्ने, निगरानी गर्ने, संवेदनशीलताका आधारमा प्राविधिक विश्लेषण गर्ने र सम्बन्धित सबै निकायहरुसँग समन्वय गरी आवश्यक तयारीका लागि सर्वसाधारणहरुलाई खोप लगाउन बाँकी व्यक्तिलाई खोप लगाउने, जनस्वास्थ्यका मापदण्ड उल्लंघन नहुने खालको वातावरण बनाउन सबैलाई आह्वन गर्ने र बुझाउने कुराहरुमा स्वास्थ्य मन्त्रालय लागिरहेको बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘अहिले हामी आसन्न स्थानीय तहको निर्वाचनको समयमा छौँ । अहिले निर्वाचनको प्रचारप्रसारका कुराहरु आवश्यक तयारीको कुराहरु चलिरहेका छन् । यही क्रममा छिमेकी मुलुक भारतमा विभिन्न सन्दर्भमा व्यापार, व्यवसाय, अध्यननका लागि गएका नेपालीहरु हुनुहुन्छ, उहाँहरु मतदानमा सहभागी हुनका लागि उहाँहरु आउँदै हुनुहुन्छ । यो आउने क्रममा उता संक्रमण बढीरहेको अवस्थामा उहाँहरु आउँदै गरेको र यतातिर संक्रमण सकियो कि भन्ने खालको बुझाइ बढीरहेको अवस्था देख्दा जोखिमका हिसवाले अलि बढी संवेदनशील हुनुपर्ने स्वास्थ्य मन्त्रालयले आँकलन गरेको छ ।

त्यसैअनुसार जति पनि हेल्थ डेस्कहरु छन्, सीमावर्ती क्षेत्रहरुमा रहेको आवतजावतलाई व्यवस्थित गर्ने कुरा र उहाँहरु जुन ठाउँमा आउनुहुन्छ ती स्थानीय तहमा उहाँहरु गएर जनस्वास्थ्यका मापदण्डको पालना गर्ने, क्वारेन्टेनको कुराहरुको पालना गर्ने कुराहरु स्वास्थ्य मन्त्रालयले जोखिमको आँकलन गरेर पत्राचार गरेको त्यसैअनुसार उहाँहरुलाई बुझाउने कामहरु गरेको छ । चुनावलाई लिएर चुनाव भन्दा अघि र चुनावकै दिनमा पनि जनस्वास्थ्यका मापदण्डको पालना हुने कुराको सुनिश्चितता गर्न हरेक स्थानीय मतदान केन्द्रहरुमा अनिवार्य एक जना स्वास्थ्यकर्मी राख्ने व्यवस्था गर्न, मास्क र हातको सरसफाईको कुराहरुलाई व्यवस्थित गर्नका लागि प्राविधिक विश्लेषण गरेर स्वास्थ्य मन्त्रालयले सम्बन्धित निकायहरुसँग आवश्यक तयारीका कामहरु अघि बढाएको छ ।

अहिले स्वास्थ्य मन्त्रालयले जोखिमको आँकलन गर्ने, त्यसको निगरानी गर्ने, त्यसको संवेदनशीलताका आधारमा प्राविधिक विश्लेषण गर्ने र सम्बन्धित सबै निकायहरुसँग समन्वय गर्ने र आवश्यक तयारीका लागि सर्वसाधारणहरुलाई विशेष गरी खोप लगाउन बाँकी व्यक्तिलाई खोप लगाउने कुराहरु, जनस्वास्थ्यका मापदण्ड उल्लंघन नहुने खालको वातावरण बनाउन सबैलाई आह्वन गर्ने र बुझाउने कुराहरुमा स्वास्थ्य मन्त्रालय लागिरहेको छ । पछिल्लो समय संक्रमण पुष्टि हुने संख्या कम देखिएपनि संक्रमण फैलिन सक्ने जोखिम एकदमै बढेर गएको छ । मास्क नलगाएको, कोरोनाको प्रोटोकल पालना नगरेको र संक्रमण सकियो भन्ने खालको व्यवहार गर्न थालेकोले बढी जोखिम छ । सबैलाई अलि बढी सजग भइदिन र संवेदनशील भएर व्यवहार गरिदिन अनुरोध छ । सबैले आफ्नो ठाउँबाट गर्नसक्ने सहयोग गर्नसके सम्भावित जोखिमलाई टार्न सक्छौँ ।’

सहप्रवक्ता अधिकारीले पछिल्लो समय संक्रमण पुष्टि हुने संख्या कम देखिएपनि संक्रमण फैलिन सक्ने जोखिम बढीरहेको भन्दै मास्क नलगाउने, कोरोनाको प्रोटोकल पालना नगर्ने र संक्रमण सकियो भन्ने खालको व्यवहार गर्न थालेकोले बढी जोखिम भएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले स्थानीय निर्वाचनबाट कोरोनाको संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गरेर सबै नागरिकहरु यसप्रति सजग भइ संवेदनशील व्यवहार गर्न पनि आग्रह गर्नुभयो ।