• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   दाहाल, ओली र रविबीच भेटः राजनीतिक घटनाक्रमबारे समीक्षा ★   राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त ★   चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छः उद्धव थापा ★   मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छः मन्त्री शर्मा ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त ★   मधेशका मुख्यमन्त्री यादवले गरे मन्त्रीपरिषद् बिस्तार ★   कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा ★   अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल… ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लगाएको ज्याकेटको मुल्य  एक करोडभन्दा बढी 



युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ज्याकेट

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लगाएको फ्लिसको ज्याकेट  एक सय एघार हजार अमेरिकी डलर (एक करोड ३७ लाख २० हजार रूपैयाँ) मा बिक्री भएको छ।

लन्डनमा आयोजित एक कार्यक्रममा युक्रेनको सहयोगको लागि उक्त ज्याकेट बिक्री भएको हो। राष्ट्रपति जेलेन्स्कीले लगाएको सो ज्याकेटमा उनले हस्ताक्षर समेत गरेका सिएनएन ले उल्लेख गरेको छ ।

बेलायतको लागि युक्रेनी दूतावासले यसै सन्दर्भमा ट्विट गरेको एक भिडिओमा राष्ट्रपतिले उक्त ज्याकेट लगाएर युद्धमा हिँडेको फोटा र भिडिओ क्लिपहरू देख्न सकिन्छ साथै भिडिओको क्याप्सनमा, ‘थुप्रै फ्लिसको ज्याकेटमध्ये जेलेन्स्कीको एक मात्र यो ज्याकेट, ९० हजार पाउन्डमा बिकेको छ’ भनेर लेखिएको छ ।

दूतावासको अनुसार यो कोष संकलनको कार्यक्रम कोष जुटाउनु मात्र नभएर यस्को मुख्य उद्देश्य युद्धको समयमा युक्रेनीहरूले देखाएको बहादुरीका कथाहरू सुनाउनु र यो बहादुरीलाई समर्थन गर्न कोष जुटाउनु रहेको बताएको छ।

लन्डनमा युक्रेनी दूतावासले आयोजना गरेको टेट आधुनिक आर्ट ग्यालरीमा ‘ब्रेभ युक्रेन’ कोषमा ओलेना जेलेन्स्की (युक्रेनी प्रथम महिला)ले बच्चाहरूको लागि खेलौना, जेलेन्स्कीको ज्याकेट र स्वर्गीय फोटोग्राफर म्याक्स लेभिनले खिचेका तस्बिरहरू कोषको लागि दिएकी हुन्।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोषको एक कार्यक्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भिडिओमार्फत कुराकानी गर्दै उनको नेतृत्व र युक्रेनीहरूको बहादुरीको प्रशंसा गरेका थिए।

दूतावासका अनुसार उक्त कोषमा संकलन भएको सो रकम (७ करोड ७४ लाख रूपैयाँ) विशेषत पश्चिमी युक्रेनी विशेषीकृत बाल चिकित्सा केन्द्रको मर्मतमा खर्चिने जनाएको छ।