• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता

विश्वको ‘सबैभन्दा ठूलो आश्चर्य’ पानीमा तैरने सहर बन्ने



बुसान । ‘पानीमा तैरिरहेको सहर’ साइन्स फिक्शन फिल्मको कल्पना जस्तो लाग्न सक्छ तर केही दिनमै यो वास्तविकताका रूपमा विश्वसामु हुनेछ ।

यो चमत्कार दक्षिण कोरियाको बुसान सहरमा देखिनेछ । संयुक्त राष्ट्र संघको सहयोगमा वैज्ञानिकहरूले यहाँ विश्वको पहिलो तैरने सहरको प्रोटोटाइप विकास गरिरहेका छन्।

यस परियोजनाको नाम ओसनिक्स हो । गत वर्ष यो परियोजनाको घोषणा गरिएको थियो। अब यो सहरको नयाँ डिजाइनका तस्बिर बाहिर आएका छन् ।

तस्बिरहरूमा अन्तरसम्बन्धित प्लेटफर्महरूले १५.५ एकडको कुल क्षेत्र कभर गर्ने देख्न सकिन्छ । जसले १२ हजार मानिसलाई समायोजन गर्न पर्याप्त ठाउँ दिनेछ।

सन् २०२५ सम्ममा तयार हुने यो फ्लोटिङ सिटी निर्माणमा करिब २० करोड डलर खर्च हुने अनुमान छ ।

तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई मद्दत गर्नु मिशनको उद्देश्य

ओसनिक्सका सीईओ फिलिप होफम्यानले भने, “हामी ओसनिक्स बुसान निर्माण गर्दैछौँ र तैरिरहेको पूर्वाधारले तटीय शहरहरूका लागि निरन्तर विस्तार हुँदै गइरहेको समुद्रको समस्या समाधान गर्न दिगो तरिकाहरू खोज्ने नयाँ आधार सिर्जना गर्न सक्छ भनेर देखाउँदैछौँ।”

यस परियोजनाको उद्देश्य समुद्री सतह बढ्दा खतरामा परेका तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई मद्दत गर्नु रहेको छ । ओसनिक्सका अनुसार विश्वका पाँचमध्ये दुई जना तटीय क्षेत्रको १०० किलोमिटरभित्र बस्छन्। बाढीका कारण बर्सेनि लाखौँ मानिस घरबार छाड्न बाध्य छन् ।

फ्लोटिङ सिटी १५. ५ एकड क्षेत्रफलमा फैलिने

जलीय सहरीकरणको नयाँ रूपको ओसनिक्सले बुसान शहरको चरित्र र संस्कृतिलाई जमिनबाट पानीमा लैजाने बताइएको छ। यो सहर धेरै पुलसहितको निलो लगुनमा बनाइनेछ।

शहरको आधार धेरै प्लेटफर्महरू हुनेछन् जुन भित्रबाट एकसाथ जोडिनेछ र १५.५ एकडको कुल क्षेत्रफल भएको शहर बन्नेछ।

सहरमा कम अग्लो भवनहरू हुने

बसोबास, अनुसन्धान र आवासको सुविधासहित सहरलाई विभिन्न भागमा विभाजन गरिने छ र सहरमा रहेका भवनहरूको उचाइ कम हुनेछ ।

कम्पनीले सहरका भवनहरू सात तलाभन्दा कम उचाइमा हुरी हावाले असर नगर्ने बताएको छ। बुसानमा गर्मी चर्को छ । त्यसैले भवनहरूको छाना छायाँदार हुनेछ जुन सौर्य ऊर्जाको लागि पनि प्रयोग गर्न सकिन्छ।

क्षमता एक लाख पुर्याउने चुनौती

सहरको प्रारम्भमा १२ हजार बासिन्दा र पाहुनाहरूको क्षमता हुनेछ। भविष्यमा यसलाई एक लाख मानिसहरूमा विस्तार गर्न सक्षम हुने निर्माताहरू बताउँछन्।

सहरका प्रत्येक टापुहरू आकारमा हेक्सागोनल हुनेछन् र सबैलाई कंक्रीटभन्दा तीन गुणा बलियो चुनढुङ्गाको तहले ढाकिएको हुनेछ। ग्रीनहाउस, नेट जिरो इनर्जी, फूड, इनोभेटिभ मोबिलिटी जस्ता अन्य मुख्य सुविधाहरू पनि शहरमा हुनेछन्। नवभारत टाइम्सबाट