• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

मैले देखेको ममतामयी आमाहरु….



एकदिन अफिसमा कुराकानी गर्दै जाँदा आमाको मुख हेर्ने दिन कहिले रहेछ भनेर कुरा भयो । मैले मोबाइलको एपमा रहेकाे क्यालेन्डर हेरें । मातातीर्थ औसी शनिबार परेको रहेछ भनें । तर औंसी शब्दले पहिले मेरो मनमा गडेको थिएन जति आज गड्यो । औंसी अर्थात् जून बिना अन्धकारमय । यो देखेर मेरो मनमा भने खिन्न भयो ।

औसी अर्थात् कालो रात जुन दिन चन्द्रमा देखिन्न, त्यो दिनलाई किन आमाको मुख हेर्ने दिन भनेको होला । जब कि आमाले त संसारमा जीवन दिन सक्ने सामर्थ्य बिशेषता बोकेकी नारी, विशेष शक्ति, क्षमता भएकीे सर्वश्रेष्ठ नारी , प्राण दिएर जीवन दिने, जीवन जीउन सिकाउने, नयाँ युगलाई जन्माएर अघि बढ्ने, संसार देखाउने, तोतेबोली बोल्दै बोली बोल्न सिकाउने, हाँस्न, हिड्न, दौडन सिकाउने नारी आदि इत्यादि हन् । तर आमालाई सम्मान गर्ने दिनलाई भने किन कालो रातमा राखीदिएको होला । पूर्णिमाको जूनमा भएको भए आमा पनि हाँस्थिन् होली हई। किनकि धेरै आमाहरुको जीवन अध्यारो नै देखेको छु ।

यस्तै यस्तै कुरा मनमा बसे, खेले ।

जसले आफ्नो कोखमा नौ महिना राखेर एउटा जीवनलाई आफू भित्र हुर्काइ बढाइ यो संसारमा ल्याउन छोरी, छोरीबाट परिपक्क नारी अनि नारीबाट ममतामयी आमा बनेकी आमाहरुको संसार एकदिन बाटोमा औलाउदै गएँ ।

एकदिन बाटोमा हिड्दै थिएँ । एउटी आमा चार वर्षका छारीलाई डो-याउदै गरेको देखें । उनी आफ्नो बच्चालाई हातले समातेर छिटो छिटो पाइला चाल्दै डोहो-याउदै थिइन ।उनी आफ्नो छोरीलाई स्कुल पुराउन हतार गरिरहेकी भनेर मलाई अनुमान लगाउन कुनै गाह्रो भइराखेको थिएन किनकि ती सानी बालिका स्कुलको पोशाकमा थिइन् । हात समातेर हतार हतार डोराउदै स्कुल पुर्याउन छोरीलाई लम्काउदै मात्र थिएन ती आमाको काखमा अर्को डेढ बर्षको बच्चा पनि बोक्दै हिडिरहेकी थिइन् ।

म मनमनै सोचेें श्रीमान चाही कहाँ होला के गर्दै होला, स्कुल पुर्याउनु अघि के बच्चालाई लुगा लगाउन सहयोग गर्यो होला । उनको अनुहारमा चिन्ता प्रस्टै देखिन्थ्यो । केही पाइला सार्दै गर्दा सोचहरु थुप्रिदै थिए । उनले पक्कै पनि श्रीमान्लाई कराउदै आफै छोरीलाई तयार गरिन् होली । कि उनको श्रीमान् काममा जान तयार हुदै हुदो हो ।

बिहान सरसफाइ अनि खाना, बालबच्चालाई उठाई, खाना खुवाई, स्कलको तयारी गर्दा उनीलाई गाह्रै भयो होला । म आफै भावना बुन्दै पाइला अघि सार्दै हिड्दै थिएँ ।
अलि पर पुगें ।

एउटी बुढी आमै आँगनको राखेको मुढामा बसिरहेकी थिइन् । उनलाई मैले परैबाट देखिरहेको थिएँ । आफै भुतभुताउदै थिइन् । कपाल फुलिसकेको , चाउरी परेको छाला अनि चिन्तित अनुहार । अलि नजिक पुगें अनि सुनें,

तँ साने सानो छँदा भनेको जस्तो किनिदिएको थिएँ ।
तँ अहिले मलाई नै उल्टै कराउन थालिस् होइन ।
तेरो बुढी आएपछि म चाहिएन हैन ।
यस्तै यस्तै … कुनि के भएछ कुनि
पक्कै पनि छोराले केही भनेछ भन्ने रन्काको मैले बझिहालें ।

ती आमाले भुत्भुताउदै गरेको सुनेर म अघि बढिरहेको थिएँ । फेरि सोचें के भएको होला साँच्चै ती आमाको छोरा सानो हुँदा च्याँ च्याँ गर्दा बाबुको पछि लागे होला त !

पक्कै पनि आमा नै खोज्दै हिडे होला नि हाई ।
म सानो छँदा पनि बुबा भन्दा बढी हामीले आमा आमा भन्दै चिच्चाएर कति बोलाउथ्यौ ।
बोलाएका दिनहरु सम्झिन थालें ।
ती आमैको छोराले के भने होला । ती आमा किन रिसाएकी होली ।
छोराले अरुको छोरीलाई आफ्नो श्रीमती बनाएर लेराउदैमा ती आमाको महत्व घट्छ र ।
भन्ने सोचले म अघि नै बढिरहें ।

केही दिन पछि सधै हिडिरहने बाटोमा हिड्ने क्रममै मेरो आँखा एउटा सानो चार साढे चार वर्षको बच्चामा पर्यो । पेटीमा उभिरहेको त्यो बच्चाले हातमा चप्पल समातेको देखें । लुगा मैलो लगाएको अनि अलि सुघरी पनि देखिएको थिएन ।
मैले त्यो फुच्चेले के गरेको होला भनेर सोचें ।

किन चप्पल समातेको होला भनेर मनमा खल्दुली भयो । किनकी त्यो चप्पलमा एउटा लोता थिएन अनि कुर्कचा टेक्ने चप्पलमा प्वाल पनि थियो ।
यसो नियालेर हेरें उसको उभाइ एउटा क्रिकेट खेलाडीको जस्तो पोजमा थियो । त्यसैले पनि म आश्चर्यमा थिएँ ।
म मनमनै हासें ।

एकास्सी फुत्त बल फालेको देखें । त्यो बच्चाले ब्याटिङ गरे जसरी चप्पलले बललाई उडायो । उसको अगाडी साढे दई तीन वर्षकी सानी फुच्ची उभिएको बल्ल पो मैले देखें । म छक्क परें । ती बालिका दौडदै बल समात्न कुद्यो । मैले बल तिर हेरें बल पनि पलास्टिक बेरेर बनाएको बल रहेछ ।
त्यो फुच्चे दाजु तिर म फर्केर हेरें ।

यति सानोमा पनि क्रिकेटको क्रेज … उसलाई क्रिकेट भन्ने त थाहा छ होला र ….
अनि ती सानी बहिनी उसले दाजुसँग खेलेको बल बलिङ हो भन्ने नि थाहा छैन होला ।
तर म एकमनले खशी पनि भएँ । त्यो फुच्चे केटोमा क्रिकेट खेलाडीको सम्भावनाको बोकेको प्रष्ट देखिन्थ्यो । अनि आफ्नी बैनीसँग खेलेको देखेर म झन् खशी भइरहेको थिएँ ।

मनमा भने मलाई कताकता यिनीहरुलाई बल किनिदिन मन भित्रैबाट भइरहेको थियो । वरपर बल पाउने पसलहरु पनि थिएन । भोलि यिनीहरु फेरि खेलेको देखें भने बल चाँहि किनीदिन्छु भनेर मनमा भनें ।
म दायाँ बायाँ हेर्न पुगें ।
उनीहरुको अभिभावकलाई मैले खोजें ।
जस्ताको घर भएको साँघारमा खुट्टा राखी अनि घँुडामाथि एउटा हात गालामा राखेको ।
यीनै हन् कि क्या हो यी फुच्चाफुच्चीको आमा ।
के कुरामा अन्तै धुमधुम्ति टोलाइ रहेकी थिइन् ।

भात खाएको थाल बाहिरै आँगनमा थियो । पक्कै पनि ती बच्चाहरुलाई खाना खुवाएर बसेकी होलिन् भन्ने सोचें ।
यिनको बुढा चाँही कता गएछन् । कामैमा त गए होलान् नि ।
यिनी पनि काममा जानुनि ।
फेरि यी बच्चाहरुलाई कस्ले हेरचाह गर्ने ।
दिनभरि जोखना हेरेर ती बालबच्चाको गनगन सुनेर, पकाइ, खुवाई यसरी नै यिनको जिन्दगी, यी आमाको दिनचर्या बित्ने होला हई आफै मनमा कुरा गर्दै हिडेेंं ।
अनि यसो पछाडी तिर पनि फर्केर हेरें । दाजुबहिनी अझै खेल्दै थिए । म मुसक्क रमाउदै अघि बढें ।
अगाडी उनीहरु खेलिरहेको भन्ने थाहा भएको भए म त्यो क्षणलाई मोबाइलमा रेकड गर्थे होला किनकी त्यो क्षण फर्केर आउदैन भन्ने मलाई भान नभएको होइन ।

यस्तै एकदिन म ट्याप्पमा थिएँ । हर यात्रामा सबले केही न केही सोचेरै बसेको हन्छ । म पनि आफ्नै दुनियाँमा हराईरहेको थिएँ ।

कसैले ट्पाम्पु रोक्न ड्याङ ड्याङ गर्यो । ट्याप रोक्यो ।
म ढोकाको छेउमा थिएँ । भित्रबाट मान्छे झर्ने क्रम देखि झरेर आफ्नो सामान झारेर पैसा तिरुन्जेर मेरोे आखाँ
बाटोमा एउटी आमामा परिरहेको थियो ।

जसको अगाडी एउटा व्हीलचेयरमा दश बाह्र वर्षको छोरा थियो । छोरा अलि मोटो घाटो नै थियो । तर ऊ हिड्न सक्दैन थियो । ऊ अपाङ थियो । ती आमालाई व्हीलचियर गुडाउन गाह्रो भएर होला एकछिन त्यही बिश्राममा थिइन् जस्तो देखिन्थ्यो । ती आमा छोराको अगाडी आइन् त्यही उभिएर छोराको अनुहारमा परेको र्याल आफ्नो ओड्नीको सप्काले पुछिदिदै थिइन् अनि निधारमा भएको पसिना पनि पुछिदिदै थिइन् । अनि फेरि छोराको कपाल पनि मिलाइ दिइन् ।

ओहो…….. हिड्न नसक्ने भएपनि आमालाई आफ्नो सन्तान कति प्यारो हुदोरहेछ । आफ्नो सन्तान सधै सन्दर राम्रो देखियोस् भन्ने त सबै आमालाई हदोरहेछ ।
कुनै पनि आमालाई आफ्नो सन्तान करुप लाग्दैन रहेछ । संसारमा जस्तै रंगको भएपनि आमालाई सन्तान त सधै राम्रो देखियोस् भन्ने नै पो हुदोरहेछ । आखिरमा कोही नराम्रो भन्ने नै हुदैन रहेछ त हई ..कुरुप कोही हदैन रहेछ मनमनै मनन गरें ।

प्राय अपाङ सन्तानलाई त्यति वास्ता गरेको देखेको थिइन तर ती आमाले छोरालाई गरेको माया अनि माया गरेर मिलाइ दिएको कपाल , सुन्दर बनाएको दृश्यले मलाई एउटा कुरा बझाइदियो …कि हरेक आमाले आफ्नो सन्तानलाई राम्रो नै देख्छ । हामी राम्रो नराम्रो रंगले छुटाउछौं , वर्णनले छुटाउछौं तर सुन्दर बन्ने चाहना हरेक मान्छे व्यक्तिमा हुने रहरले हामी सबै सुन्दर नै रहेछौ कोही नराम्रो भन्ने हुदैन रहेछ भन्ने शीख अनि पाठ बुझाएको कहिले बिर्सिन्न ।

हर गल्लीमा आमाका कथाहरु कति रहेछन् जो अन्धकारमा गुज्रेर ती ताराहरुको चमक देखाइरहेकी हुदिरहेन्छिन् ।

एउटा बस यात्राको क्रममा कसैले सुनाइरहेको कथामा पनि आमाको अन्धकार जीवन पछारिएको छ ।

म पछाडीको सिटमा बसेर उनीहरुको कुरा सुनिरहेको थिएँ ।
तिनको छिमेकमा आज बाटोमा रुदै कराउदै एउटी दिदि बसेकी थिइन् रे । उनी बिहे गरेर आउदा कस्ती राम्री थिइन् रे ।
सुन्दर लामो कपाल भएकी, धुमधाम सँग नै बिहे गरेर भित्रिएकी थिइन् रे । माइती पनि धनी, एकली छोरी थिइन् रे तिनी ।
केही वर्ष पछि उनी दुइ छोराको आमा भइन् ।
श्रीमान् भने कुलतमा फसेका , जुवा, तास, रक्सीको मातमा रहिरहने । एकदिन उनको श्रीमान अर्को केटीको चक्करमा अन्तै घरबार गरेर बसेका रे ।
घर पनि आउनै छाडे रे ।

आज कोही मान्छे आएर घरबाट निस्कन धम्की पो दिएर गए रे । किन भन्दा त उनको श्रीमान्ले घर बेचेर सम्पति सकिसकेको रहेछ ।
ती दुइ छोराहरु लिएर कता जाने माइत गहार्दा दाजुभाइ कसैले सुनेनन् । एउटी बहिनीलाई माया गर्ने दाजुभाइहरु नै वास्ता गर्न छाडे रे ।
न माइतीले हेरे न घरकाले भनेर रुदै कराउदै थिइन् रे । उनीसँग बस्ने बास नै भएन बिचरा कहाँ जान्छन् होला हई भन्दै गुनासो पोखिरहेकी थिइन् । एउटीले भनि ।
आज बाटोमा रुदै बसेकी रे ।

मरो मनमा भने ती दुई छोराहरुको हेरचाह कसरी गर्छिन् । सन्तान जन्माएर पालनपोषणमा बाबुको भमिका खै …
अब ती बच्चाहरुलाई डोहोराउने त ती आमा मात्र रहिन् ।
त्यही श्रीमान्को आशमा त उनी पक्कै बस्दिनन् होली हई ।
मनमा अनेक कुरा खेलें ।

यस्तै एउटा पीडादायी व्यथा बोकेकी आमा पनि हर छिमेकमा देखिन्छ ।

एउटा घरमा काम गर्न बसेकी थिइन् उनी । उसको बिहे भयो । श्रीमान् नि राम्रै थियो । बैदेशिक रोजगारमा काम गर्ने पैसा पनि पठाइरहन्थ्यो ।
उनीहरुको एउटा छोरा जन्मियो । छोरा चार पाँच वर्षको हुदा सम्म हास्खेल गर्ने स्कुल जाने भइसकेकको थियो । सबै राम्रै थियो । श्रीमान्को माया छोराको पढाइ सबै राम्रो तर बिस्तारै छोराको खुट्टामा समस्या देखियो । हिड्न नसक्ने भयो । के रोग लाग्यो थाहा भएन ।
बोल्ने छोरो बिस्तारै बोल्न छाड्दै गयो ।

पछि ऊ अपाङ नै भयो । स्कुल गइरहेको छोरा स्कुल जान नै बन्द भयो । छोराको त्यो हाल देखेर कति अस्पताल धाए कति पैसा खर्चिए ।
श्रीमान पनि टाढीदै गए । पैसा पठाउन छाडे । खानपिन, घर डेरा सबै वास्ता गर्न छाडे । अझ अर्को बिहे गरेर बसे ।

तर ती आमालार्ई भने त्यो बच्चाको स्याहारसुसार गर्न जीवन बाँच्न नै थियो । उसको र्याल पुछ्ने, बसेकै ठाउँमा दिसापिसाब गरेको सपाm गर्ने, लुगा फेरि दिने, दिनचर्या त दु ख मा नै बित्दै गयो । निराशा बढ्दै गयो । झन्डै बाह्र तेह्र वर्ष आफ्नो छोराको स्याहारसुसार गर्नमा कटाएका दिनहरु एक दिन ती बिस्तारामै अल्लारे बन्दै गएको छोरा नै अस्ताए ।

उनीहरु सहनशील आमाहरु थिइन् जसले आफु अन्धकारमा बसेर चम्किला ताराहरु चम्काउने, ती अबोधलाई बोध गराउने ताराहरु जन्माएकी थिएन् । यस्ता हजारौं लाखौं आमाहरुको कथा व्याथा अन्धकारमा छन् सायद त्यसैले पनि औसीमा परेको होला आमाको मुख हेर्ने दिन । यी मेरा भावना…..

धन्य छिन् ती नारी, ती आमा जसले मनमा पहाड जतिको बोझ व्यथा बोकेकी छिन् , आशु लुकाएर दुनियाँको अघि सधैं मुस्काउछिन् , हाँस्छिन् , रमाउछिन्, रमाइलो गर्छिन, अरुको अगाडी सधैं नम्र भएर अभिवादन गर्छिन् ।

आफु ओझेलमै परेर आमाको भूमिका निभाइरहेकी हुन्छिन् ।
सायद नौ लाख तारा जति नै होला त्यो मनमा पनि खोपिएको घाउहरु आफ्नो सन्तान हुर्कादा बढाउदा ।

नौरंगी सपना बुन्ने ती आमाहरुको मुहारमा पूर्णिमाको जून उदाउला त……
अन्धकारमै नौ लाख खोपिएका घाउको सट्टा चम्किला असर्फि बन्लान् त ……..