• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   जुम्लामा स्याउ फुल्न थालेपछि बगैँचा सेताम्मे ★   कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’: ‘माइण्ड ब्लोइङ’ ★   कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा ★   ओलाङ्चुङगोला पुग्न सहज ★   शाहरुखको बारेमा मनिषाले भनिन्– ठूला स्टार भए पनि घमण्ड थिएन, भुइँमा बसेर चिया पिउँथे ★   उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति ★   नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन: उर्जामन्त्री बस्नेत ★   आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति ★   दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण ★   जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु

विश्वकै जेठी महिलाको निधन



एजेन्सी । विश्वकै जेठी महिला केन तनाका रहिनन् । जापान निवासी केनले ११९ वर्षको उमेरमा अन्तिम सास लिइन् । उनको जन्म २ जनवरी १९०३ मा दक्षिणपश्चिम जापानको फुकुओकामा भएको थियो ।

केन तनाकाको जन्म भएको वर्ष राइट भाइहरूले आफ्नो पहिलो उडान गरेका थिए । सन् २०१९ मा उनको नाम गिनिज बुकमा लेखिएको थियो । जसमा केन तनाका विश्वकै सबैभन्दा वृद्ध महिला भएको बताइएको थियो ।

केन तनाकाको निधन भएको जापानी सरकारले सोमबार घोषणा गरेको छ । मिडिया रिपोर्टका अनुसार केन तनाकाले अप्रिल १९ मा एक अस्पतालमा संसारलाई बिदाइ गरिन् । केन तनाकाको मृत्युपछि गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले पनि ट्वीट गर्दै केन अब यो संसारमा नरहेको भन्ने जानकारी गराउन दुःख लागेको बताएको छ ।

केन तनाकालाई चकलेट र फिजी पेय मन पर्थ्यो । केनको विवाह सन् १९२२ मा भएको थियो र उनी ४ सन्तानकी आमा थिइन् । पछिल्लो समय उनी नर्सिङ होममा बस्दै आएकी थिइन् । यहाँ उनी सोडा, चकलेट, बोर्ड गेमको मजा लिन्थिन् ।

सन् २०१९ मा जब उनको नाम गिनिज वर्ल्डमा प्रवेश भएको थियो, त्यतिबेला उनी ११६ वर्षकी थिइन् । गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले उनलाई संसारको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्थान दिएको थियो।