• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

बुद्ध एयर भित्र वेवारिसे अवस्थामा अमेरिकी डलर बरामद



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको बुद्ध एयरको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्‍याण्ड ब्यागभित्र वेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारी प्रहरीले बरामद गरेको हो ।

बरामद डलर आवश्यक कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।