• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

नायिका केकी अधिकारीको विवाह(फोटो फिचर)



तस्बिर: केकी अधिकारीको फेसबुकबाट ।

काठमाडौ । नायिका केकी अधिकारी विवाह वन्धनमा बाँधिएकी छन् । व्यवसायी रोहित तिवारीसँग नायिका अधिकारीले बिवाह गरेकी हुन् । विवाहको फोटो सार्बजनिक गर्दे अधिकारीले जीवनको नँया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवनसाथीले उपहार स्वरूव यहाँहरूको आशिर्वादको अपेक्षा गरेको जनाएकी छिन् ।

सामाजिक संञ्जालमा अधिकारीले लेखेकी छिन् – आजका दिनसम्म मलाई कलाकारको रूपमा दिनु भएको माया, सद्भाव र समर्थन प्रति हार्दिक आभारी छु। मेरा हरेक उतार चढावको साक्षी बन्नु भएका मेरा प्रिय दर्शकहरुसॅंग मेरो विवाहको शुभ समाचार बाढ्न पाउँदा अत्यन्तै हर्षित छु।

जीवनको नँया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवनसाथीले उपहार स्वरूव यहाहरूको आशिर्वादको अपेक्षा गरेका छौँ। यहाँहरूको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ।

केकी र रोहित