• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   रञ्जितालाई भेट्न रेशम काठमाडौं आउँदै, कुरा मिले सँगै बस्ने नमिले छुटिने ★   तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल ★   आफ्नै श्रीमान् रेशमले हालेको मुद्दाले रञ्जितालाई तनाव ★   एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, प्रविधिमैत्री बनाइँदै ★   सगरमाथा आरोहणका लागि ३ सय ५२ ले लिए अनुमति ★   सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीलाई सफाइ ★   लखनउले चेन्नईलाई आठ विकेटले हरायो ★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना

साझा प्रकाशनको विशेष पुस्तक प्रदर्शनी, ५० पैसादेखी रु २८ सयसम्मको पुस्तक प्रदर्शनीमा राखियो (भिडियोसहित)



काठमाडौं । साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसरमा गरेको विशेष पुस्तक प्रदर्शनी जारी छ ।

साझा प्रकाशनले नयाँ वर्ष २०७९ को अवसर पारेर बैशाख १ गतेदेखि देशभर विशेष पुस्तक प्रदर्शनी गरेको छ । प्रदर्शनीमा साझा प्रकाशनले प्रकाशन गरेका पुस्तकहरु विशेष छुटका साथमा विक्रि भइरहेको छ ।

पाठकले खोजेका विभिन्न विधाका पुस्तकहरु पाठकको हातमा पु¥याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको साझा प्रकाशनका प्रवक्ता होमनाथ भट्टराईले बताउनुभयो । प्रदर्शनी काठमाडौं उपत्यका भित्र साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक, प्रदर्शनी मार्गमा र प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा प्रज्ञा प्रतिष्ठानमा रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी देशभरमा रहेका साझा प्रकाशनको शाखा कार्यालयहरु धरान, बिर्तामोड, विराटनगर, राजविराज, जनकपुर, त्रिशुली, चितवन, भरतपुर, दाङ, बुटवल, पोखरा र धनगढीमा समेत प्रदर्शनी रहेको उहाँले जानकारी दिनुभयो । प्रदर्शनीमा सस्तोमा पचास पैसादेखि महङ्गोमा २८ सय रुपैयाँसम्मका पुस्तकहरु पाइने उहाँले बताउनुभयो ।

विशेष पुस्तक प्रदर्शनी बैशाख १५ गतेसम्म चल्ने साझा प्रकाशनले जनाएको छ । पुस्तक प्रदर्शनीको छैठौँ दिन सम्ममा पुस्तक विक्रिमार्फत् ६ लाख ५० हजार रुपैयाँ संकलन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । प्रदर्शनीमा साझाले प्रकाशन गरेका साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्वका पुस्तकहरु रहेको उहाँले बताउनुभयो ।

प्रदर्शनीमा २०६० सालसम्म प्रकाशित पुस्तकहरुमा ५० प्रतिशत छुट, २०७० सालसम्म प्रकाशित पुस्तकहरुमा ३५ प्रतिशत छुट, ७१ सालसम्म प्रकाशित पुस्तकहरुमा ३० प्रतिशत छुट र गरिमा मासिक पत्रिकालाई ८० प्रतिशत छुटमा विक्रि गरिएको साझा प्रकाशनले जनाएको छ ।