• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै नेपाल ★   आफ्नै श्रीमान् रेशमले हालेको मुद्दाले रञ्जितालाई तनाव ★   एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, प्रविधिमैत्री बनाइँदै ★   सगरमाथा आरोहणका लागि ३ सय ५२ ले लिए अनुमति ★   सुनील पौडेल दोषी ठहर, सचिव मरासिनीलाई सफाइ ★   लखनउले चेन्नईलाई आठ विकेटले हरायो ★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा

दैनिक साढे ७ लाखसम्म मतपत्र छापिँदै



३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरु गरेको छ । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएकोमा आयोगले कुल १ करोड ९४ लाख मतपत्र छपाइ गर्ने भएको हो ।

आयोगले स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइसकेको छ । आयोगका अनुसार १ करोड ९४ लाख मतपत्र छाप्न करिब २५ देखि २८ दिन समय लाग्नेछ । काठमाडौंको मतपत्र १७ चैतपछि छपाइ हुनेछ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख मतपत्र आवश्यक पर्नेमा धमाधम छपाइ सुरु गरिएको जानकारी दिए ।

‘मतपत्र छपाइको काम सुरु भएको छ, स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख मतपत्र चाहिन्छ, अहिले जनक शिक्षामार्फत दैनिक साढे ६ देखि ७ लाख मतपत्र छपाइ भइरहेको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने । आजको राजधानी दैनिकमा समाचार छ ।