• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

बार परिसरको घटनामाथी कलाकारहरुको व्यङ्ग्य प्रहार



काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबिच भएको कुटाकुटबारे कलाकार तथा निर्माता दीपकराज गिरीले कटाक्ष प्रहार गरेका छन् । कलाकार तथा निर्माता गिरीले घटनाको कटाक्ष गर्दै  ‘बार’को अगाडि रेष्टुरेन्ट शब्द थप्ने हो कि भनेर लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कलाकार तथा निर्माता गिरीले ''क़ानून ब्यबसायीहरू को संस्था “बार” को अगाडि “रेष्टुरेन्ट “शब्द पनि थप्ने हो कि रु त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो
जति कुटाकुट गरे पनि भो'' भनेका छन् । त्यस्तै सोही घटनाबारे हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुडा) ले पनि आफ्नो भनाई राखेका छन् । उनले पनि सामाजक सञ्जाल फेसबुकमा स्ट्याटस् लेख्दै भनेका छन् ''नेपाल बार नाम राखेचन् , नेपाल वार राख्नु परो'' । 

आज (शुक्रबार) दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद निम्तिँदा बार एशोसिएसन परिसरमै कुटाकुट भएको हो ।

उनीहरुबिच भएको कुटाकुटको भिडियो यतिबेला चारैतिर भाईरल भईरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेकाको अवस्थामा सो विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको बताइएको छ । 

भिडियो हेरौं: