• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   चैते दसैं सम्झाउने बागलुङतिरको यो गीत ★   छोरी सुहानाको फिल्ममा शाहरुखले गरे २०० करोड लगानी ★   समिति सभापतिसहित सांसदहरुमा समयमा उपस्थित नहुँदा अन्तर्राष्ट्रिय समितिको बैठक स्थगित ★   प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता ★   बिश्वभर छरिएर रहेका नेपालीलाई कुनै न कुनै रुपमा नेपालसंग जोड्नु पर्छ: उपराष्ट्रपति यादव ★   प्रभु बैंकको ३०२ औं शाखा नयाँगाउँमा सञ्चालन ★   भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय ★   सहकारी प्रकरणमा काग्रेस नेता शिवाकोटीको दाहाल र ओलीलाई प्रश्न ★   भारतको काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता ★   धादिङ खाल्टेको मिनिट्रक दुर्घटनाका घाइतेको मृत्यु

शाहरुख खानसँग नेपाली महिला फुटबल टोलीको भलाकुसारी



२ असोज, काठमाण्डौ । साफ च्याम्पियनसीप फुटबलमा दोश्रो स्थान प्राप्त गर्न सफल नेपाली महिला फुटबल टोलीले बलिउड अभिनेता शाहरुख खानसँग भेटघाट गरेको छ ।

श्रीलंकाको कोलम्बोबाट नयाँ दिल्ली हुँदै नेपाल फर्किने क्रममा दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा महिला टोली र शाहरुख बीच भेट भएको हो । विमानस्थलमा ट्रान्जिटमा रहेको नेपाली टोलीले संयोगवस शाहरुखसँग भेट गर्न सफल भयो । त्यस क्रममा शाहरुखले नेपाली महिला टोलीलाई शुभकामना दिए ।

शाहरुखलाई विमानस्थलमा देख्ने वित्तिकै नेपाली महिला खेलाडिहरु चिच्याउन थाले । त्यसपछि शाहरुख एक छिन रोकिएर महिला खेलाडीसँग भेट गरी केही तस्वीर समेत खिचे । नेपाली महिला फुटबल खेलाडिहरुले शाहरुख सँग भेट गर्न पाउँदा खुसी लागेको बताए ।