• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव ★   आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु ★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

मलाई केटीहरुले ‘प्ले ब्वाय’ बनाए



नेपाली लोकदोहोरीमा शंकर वीसी नौलो नाम होईन । आजसम्म १२ सय वढि भिडियो निर्देशन गरिसकेका शंकर अहिले सिनेमाको नृत्य निर्देशनमा पनि जम्ने क्रममा छन् । कोरस हुँदै भिडियोको निर्देशनसम्म आईपुग्दा उनले धेरै संघर्ष गरेका छन् । उनै शंकर बीसीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :

दोहोरी भिडियोको बजार कस्तो छ ?

अहिले अडियो बिक्रि हुँदैन । यसैले पनि सिआरविटीका लागि भिडियो बनाउनुपर्ने अवस्था छ । यही कारणले पनि भिडियो बनाउनेको बजार राम्रो छ ।

तपाईको बजार कस्तो छ त ?

मैले गरेको कामलाई दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । यसैले आजसम्म १२ सय वटा भिडियो निर्देशन गरेको छु । अडियोको बजार गएपछि भिडियोको बजार अझै राम्रो छ ।

 आफै भिडियो बनाउने आफै खेल्ने, यो त आफ्नो हात जगन्नाथ भने जस्तो भएन र ?

होईन, पहिला म भिडियो निर्देशन मात्र गर्थे । तर सुपारी चाम्रो बोलको गीतमा खेलेपछि दर्शकले राम्रो प्रतिक्रिया दिनुभयो । कम्पनीले पनि भिडियोमा मलाई नै खेल्नु पर्छ भन्नुहुन्छ । यसैले मात्र खेलेको हुँ । १२ सय भिडियो बनाएँ, ६ सयमा म आफै खेलेको छु ।

तपाईले निर्देशन गर्ने अधिकांश भिडियोमा मोडलको रुपमासम्झना वुढाथोकी देखिनुहुन्छ, के लभ अफेयर हो तपाईहरुको ?

हाम्रो बिचमा त्यस्तो कुनै सम्वन्ध छैन । हाम्रो जोडि हिट भएकाले सवैले हामीलाई नै खोज्नुहुन्छ । धेरैले त यि दुई विहे गरेर सागै वस्छन् समेत भन्नुभयो । तर, उनले मलाई दाई भन्छिन । हामी पर्दाको सफल जोडी मात्र हौँ ।

तपाई विवाहित कि अविवाहित ?

विवाहीत हुा । मैले ५५ सालमै विहे गरेको ।

सम्झनासँग मात्र नाच्दा श्रीमतीले के भन्नुहुन्छ, घर झगडा त खुवै पर्छ होला नी हैन ?

यहाँ कान फुक्नेहरु धेरै छन् । सुरु सुरुमा त खुवै अप्ठ्यारो पर्‍यो । पछि उसले पर्दाको जोडि मात्र हो भन्ने वुझेपछि अहिले खासै समस्या छैन ।

आजको सफलतालाई हेर्दा विगतलाई कसरी संझनुहुन्छ ?

मैले नसोचेको सफलता पाएको छु । म कोरस नाच्दै आएको केटा हुँ । आज दर्शकको माया देख्दा आफैलाई सपना जस्तो लाग्छ । मिहिनेत गर्नुपर्छ सफल भईदो रहेछ भन्ने लाग्छ ।

विहेको प्रस्ताव कति आउँछ ?

एकदमै धेरै आउाछन् । आई लभ यु भनेर फोन गर्ने युवतीहरुको संख्या धेरै छ । कतिले त तपाईको फोटो सिरानीमुनी राखेर सुत्छु समेत भन्छन् । यस्तो प्रतिक्रिया नेपाल भन्दा बाहिरबाट धेरै आउाछ । उहाँहरुलाई म विवाहित हुा भनेर सम्झाउाछु ।

गिफ्ट कत्तिको आउाछन ?

धेरै नै, विशेषगरी विदेशबाट । कपडा, चकलेट, मोवाईल आदि आउाछन् ।

सिनेमामा पनि तपाईको माग वढेको हो ?

अहिले माग वढ्दै गएको छ । लगातार २२ वटा गीतमा काम गरे मैले ।

के फरक छ दोहोरी र सिनेमाको कोरीयोग्राफिमा ?

सिनेमामा आजै सक्नुपर्छ भन्ने छैन । धेरै वजेट भएकाले काम गर्न मजाले पाईन्छ ।

पहिलो प्रेम याद छ ?

कक्षा ७ मा पढ्दा मेरो सम्वन्ध एउटीसँग जोडिएको थियो, । तर उनले मलाई मतलव गरिनन् । मैले उनलाई पोष्टकार्ड र चिठि पठाएा तर उनले मतलव गरिनन् । पछि उनको अर्कै केटासाग लभ परेको थाहा पाएँ । पछि म चर्चित भएपछि भेट भएको थियो, उनले मैले केही सोच्न सकिन भनिन् । पश्चतापजस्तै थियो ।

विहे अघि कति केटीसँग लभ गरियो ?

लभको त कुरै नगरौँ । कति भए कति । यादै छैन । एकजनासँग छुट्ने वित्तिकै अर्कोसँग भैहाल्थ्यो ।

यसोभए तपाई त प्ले व्वाई पो हुनुहुँदो रहेछ हैन ?

म प्ले व्वाई हैन । मलाई केटीहरुले नै प्ले व्वाई बनाएका हुन् । म राम्रो नाच्ने भएकाले केटीहरु पछि लागेर हैरान पार्थे । यसैले धेरैसँग लभ गरियो ।

साँचो प्रेम कतिसाग भयो ?

साँचो प्रेम त ५ जना जतिसँग भयो । अरु त बाटोमा आए, एकछिन रमाए अनि गए ।

सेक्सको पहिलो अनुभव कहिले लिनुभयो ?

ठ्याक्कै याद छैन । कलेज पढ्दा जतिवेला म १६ बर्षको थिएा ।

त्यसपछि ?

गाउँघरको लभमा सेक्स हुादैनथ्यो । तर, काठमाण्डौ आएपछि दुई जनाको सहमती मै आधादर्जन जतिसँग सेक्ससम्बन्ध भयो ।

लोकदोहोरी खेलाईदिनु भन्दै कति आउाछन् सेक्स प्रस्ताव ?

आए त्यस्ता प्रस्तावहरु पनि । म तपाईसँग भिडियो खेल्नका लागि जे पनि गर्न तयार हुन्छु भन्नेहरुलाई मैले अस्विकार गरिसकेा । किनकी उनीहरु मेरो करिअर नै वर्वाद गर्नेगरी जासुस भएर पनि आएका हुनसक्छन् जस्तो लाग्यो ।

आफैंले चाहिं दोहोरी खेलाईदिन्छु भन्दै कत्तिलाइ सेक्स प्रस्ताव गर्नुभयो ?

मैले त्यस्तो गरेको छैन् । लोकदोहोरी मा यस्तो हुादैन । एकदिनमै छायांकन सकिने भएकाले पनि हामी त्यस्तो सम्वन्धसम्म पुग्नै पाउादैनौं । सिनेमामा पो ५० दिनसम्मसागै वस्नु पर्ने हुन्छ, यसैले के-के हुन्छ हुन्छ नि ।

देख्ने वित्तिकै सेक्स गर्न मन लाग्ने महिला को हो तपाईको नजरमा ?

ऐश्वर्या राय । मेरो कोठामा उसको ठुलो फोटो थियो । विहान उठ्न वित्तिकै उसको फोटो हेर्थे र विस्तारैबाट किस गर्थे अनि मात्र फ्रेस हुन्थें ।

अहिले कसलाई देखेर हुन्छ सेक्स डिजाएर ?

अहिले सवै कुरा करिना कपुरसँग गर्न मन लाग्छ ।

जिन्दगीमा नसोचेको कोही व्यक्तिसँग भेट भएको छ ?

म पहिला क्यासिनोमा नाच्थो । त्यतिबेला भारतीय नायक गोविन्द आउनुभएको थियो । उहाँलाई भेट्ने मेरो ठुलो सपना थियो । क्यासिनोमा उहाँलाई भेट्दा सपना जस्तो लागेको थियो ।

अवको सपना के छ ?

मेरो एउटै सपना छ, सिनेमाको निर्देशन गर्ने ।

कस्तो सिनेमा बनाउन मन लागेको छ ?

मलाई एकदमै कमेडि सिनेमा बनाउने रहर छ ।