• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

‘देश, जनता र संगठनको सेवा गर्छु’



सरकारले बिहीबार कुवेरसिंह रानालाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । आईजीपी नियुक्तिमा प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारबीच करिब एक महिनादेखि चलेको रस्साकस्सीपछि बिहीबारको मन्त्रिपरिषद् बैठकले रानालाई नियुक्त गरेको हो । प्रधानमन्त्री भट्टराईले रानालाई नै महानिरीक्षक बनाउन चाहेका थिए भने गच्छदार पहिले तेस्रो वरीयताका भीष्म प्रसाईं र पछि दोस्रो वरीयताका नवराज ढकालका पक्षमा थिए ।

६० हजारभन्दा बढी जनशक्ति भएको नेपाल प्रहरीका २३ औं महानिरीक्षक भएका रानाको कार्यकाल १४ महिना हुनेछ । २०४० मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका राना व्यावसायिक छविका अधिकृतका रूपमा चिनिन्छन् । आफ्नो ब्याचको वरिष्ठतामा एक नम्बर उनका लागि संगठन प्रमुख बन्नु सजिलै चाहिँ भएन ।

५२ वर्षीय राना मानविकी संकायका स्नातक हुन् । उनले अपराध अनुसन्धान र प्रशासनिकसम्बन्धी विभिन्न उच्चस्तरीय तालिम लिएका छन् । उनन्तीस वर्ष लामो प्रहरी वृत्तिभर कुनै गैरव्यावसायिक काममा नमुछिएका उनीमाथि द्वन्द्वकालमा भएको एक घटनालाई लिएर लागेको मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दा पनि सर्वोच्च अदालतले गत महिना खारेज गरेको थियो ।

उनै रानासँग गरिएको संक्षिप्त कुराकानी-

…………………………………………………………………….

 

जनताको सुरक्षित हुने अपेक्षा कसरी पूरा गर्नुहुन्छ ?

जनताको शान्तिसुरक्षा नै प्रहरीको मूल कर्तव्य हो । प्रहरी सेवालाई सहज, पारदर्शी र दबाबरहित किसिमले जनस्तरमा पुर्‍याउन मैले आफ्नो नेतृत्वलाई भरपूर प्रभावकारी बनाउनेछु । नेतृत्व परिवर्तनलगत्तै हठात् परिवर्तन भन्ने हुँदैन । जिम्मेवारी बाँडफाँड, व्यावसायिकता, कार्यक्षमता, प्रहरी मनोबल, आचरणलगाय तका विष यमा स्पष्ट नतिजाहरू दिन प्रयत्न गर्नेछु ।

आईजीपी पदका लागि चरम प्रतिस्पर्धा भयो । यस्तो अवस्थामा ‘टिम स्पिरिट’ कसरी मिलाउनुहुन्छ ?

म ‘पार्टिसिपेटिभ म्यानेजमेन्ट’मा विश्वास राख्छु, यही मेरो कार्यशैली हो । जहाँसम्म प्रतिस्पर्धाको कुरा छ, त्यो स्वभाविक र व्यावसायिक ढंगबाट भयो । संगठनभित्रको एउटै मात्र स्थानका लागि एकभन्दा बढी दाबेदार हुनु अनौठो होइन । हामी एक ढिक्का भए र काम गर्छौं । त्यो वाता  वरण बनाउने जिम्मेवारी मेरो हो ।

तपाईंलाई यो पदमा नियुक्त हुन राजनीतिक गुन लागेको हो ?

मलाई पटक्कै त्यस्तो लाग्दैन । बाहिरबाट त्यस्तो ‘प्रोजेक्सन’ भएको हुनसक्छ । म कर्तव्यनिष्ठ र गैरराजनीतिक पहिचा न भएको राष्ट्रसेवक हुँ । म यो कुरा व्यवहारमै पनि देखाउनेछु ।

गृहमन्त्रीसँगको सहकार्य कस्तो रहने अपेक्षा छ ?

म राज्यको एउटा सिपाही हुँ । मलाई राज्यको नीति, कानुनले बाँधेको छ । त्यहीअनुसार देश, जनता र संगठनको सेवा गर्छु । मलाई मेरो जिम्मेवारीमा द्विविधा छैन । म यसबारे स्पष्ट छु ।

तपाईंबाट जनताले तत्काल के आस गर्ने ?

गुनासो सुन्ने, इच्छित सेवा दिने प्रहरी संगठन मेरो सर्वोपरि लक्ष्य हो । यसका लागि म आफ्नो कार्ययोजना शीघ्र सार्वजनिक गर्नेछु ।