• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल

देशका गहना भनेर के गर्नु



काठमाडौं, २९ जुन, ठूला–ठूला आवाजमा राष्ट्रिय गीत गाएर मात्र हुँदैन, मनभित्र पनि राष्ट्रिय भावना र देशप्रेम भयो भने त्यो गीत अनि गीत गाउने गायक तथा गायिकाको आवाजले झनै मूर्तरूप पाउन सक्छ। डुबेर राष्ट्रिय भावनाले ओतप्रोत गीत गाउने तर मौका मिल्यो र अवसर पाइयो भने त्यही गीतको खिल्ली उडाउनेजस्ता प्रवृत्ति सर्जकमा देखियो भने त्यस्ता गीत अनि गायकको औचित्य के ? यो त सरासर मुलुकको भाषा र संस्कृतिप्रति नै धज्जी उडाएको भएन र ? फाइदा हुञ्जेल र पाउञ्जेल आफ्नो मुलुकबाट भारीका भारी फाइदा उठाउने अनि अप्ठ्यारो पर्ने अवस्था आयो भने मुलुकको नाम नै बिर्सन र आफूलाई त्यो मुलुकको नागरिक होइन भन्न पनि पछि नहट्ने व्यक्तिलाई त सबैले गद्दार नै भन्लान् भन्दा फरक नपर्ला। यस्तै प्रवृत्ति देखाए गत हप्ता गायक यम बरालले ।

नेपाली कलाकार भएर अमेरिकामा रहेका नेपालीमाझ सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न उनी नेपाली पासपोर्ट प्रयोग गरेर अमेरिका छिरे। कार्यक्रम प्रस्तुत गर्न गएका बरालले उतै काम गर्दै ग्रिनकार्ड एप्लाई पनि गरे र त्यो कार्ड पाए पनि उनले। आर्थिक रूपमा खस्किएका बराल अमेरिकामा पुगेपछि आर्थिक रूपमा केही मात्रामा भए पनि उकासिए। विगतको दुःख र हन्डर बिर्सने बराल आर्थिक रूपमा उकासिएपछि उनलाई धन खर्च गर्ने चाहनाले छोयो। अमेरिकामा काम गरेर कमाएको धन उतै खर्च गर्दा त्यति महत्व नहुनाले उनी बेला–बेलामा एल्बम निकाल्ने निहुँमा नेपाल आइरहन थाले।

अमेरिकामा जे–जस्तो अवस्थामा बाँचे तापनि नेपालको बसाइ भने उनको आलिशान नै हुन थाल्यो। नेपालमा रहँदा फुर्सदमा साथीभाइसँग यसो कहिले तास खेलेर समय बिताउने यम अब बन्द कोठाभित्र होइन क्यासिनोतिर रमाउन थाले। जे पनि अति गर्योग भने खति हुन्छ भनेजस्तै गत साता ठमेलमा रहेको मल्ल क्यासिनोमा जुवा खेल्दाखेल्दै रङ्गेहात पक्राउ परेपछि यमको वास्तविकता छर्लङ्ग भएको थियो।

यम बराललाई अनुहारले नचिन्ने को थियो र ? तर उनले प्रहरीसमक्ष आफ्नो वास्तविकता सहज किसिमले बताएनन्। प्रहरीले रङ्गेहात पक्राउ गर्दा उनी झनै आक्रोशित मुद्रामा प्रस्तुत भएर अमेरिकी ग्रिनकार्ड देखाउँदै– ‘म नेपाली होइन, अमेरिकी हो। विदेशी नागरिकलाई समात्न पाइँदैन’ भन्नेजस्ता तर्क दिन थाले। रक्सीले चुर अनि धन हारेर थकित भएका यमको यो तर्क सुनेपछि प्रहरी हाँस्यो। यमलाई यति पनि थाहा थिएन कि ग्रिनकार्ड पाउन नागरिकता ल्याग्नुपर्दैन? उनले अझै पनि नेपाली नागरिकता र पासपोर्ट त्यागेका छैनन्। अनि अर्को कुरा ग्रिनकार्ड भनेको नागरिकता त्यागेपछि पाउने कार्ड होइन। आफूजस्तै प्रहरी प्रशासनलाई पनि भ्रममा पार्न खोज्ने यमलाई यी सबै कुराको जानकारी दिएपछि लज्जित भएर लुरुलुरु प्रहरीको भ्यानमा चढेका थिए।

करिब पाँच दिन प्रहरीमा थुनिएपछि बाहिर निस्किएका यममाथिको विश्वास यतिबेला श्रोताहरूमा टुटेको छ। नेपाली पासपोर्ट बुझाएर ग्रिनकार्ड हात पारेका यमले आफूलाई अप्ठ्यारोमा पर्दा ‘म नेपाली होइन’ भनेर दिएको अभिव्यक्तिले अप्ठ्यारो पर्दा यम जे पनि गर्न र बोल्न सक्दारहेछन् भन्ने कुरा स्पष्ट भएको छ। गलत कामबाट मुक्ति पाइन्छ भने आफ्नो राष्ट्रियता पनि दाउमा राख्दारहेछन् यमले। यमको यो क्रियाकलापले यतिबेला समग्र साङ्गीतिक क्षेत्रमा तरङ्ग पैदा भएको छ।