• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

लम्फू बन्नेभए सुदर्शन



मेरो एउटा साथी छ, के यो माया हो, मेरो लभ स्टोरी, धन्दा , मधुमासका निर्देशक सुदर्शन थापालाई लम्फूको मुख्य पात्रमा अनुबन्धित भएका छन् । फिल्मको बारेमा जानकारी दिंदै लम्फूका निर्माता शक्तिबल्लभ घोराशैनीले भने गाउँबाट शहर पसेको एक पात्रले शहरिया पर्वको तामझामलाई नियाल्ने छ । शहरमा मनाईने जनै पूर्णिमा, गाईजात्रा, तीज, दशैं, तिहार र छठ पर्वको वातावरण र यि पर्वहरूमा हुने घटनाहरूलाई पर्दामा देखाईने निर्माता घोराशैनी बताएकाछन् । चाडपर्वमा हुने राम्रा नराम्रा घटनाहरूलाई फिल्म मार्फत देखाउने हाम्रो प्रयास हुनेछ, निर्माताले भने ।यिनै पर्वहरूसँग जोडिएको मौसमलाई ध्यानमा राखेर निर्माण युनिटले सुटिङ पनि ब्रेक गरेर गर्ने भएको छ । कथाले जुन वातावरण माग्छ त्यहि अनुसार सुटिङ गर्नुपर्ने भएकाले पनि मौसमलाई समेत स्क्रिप्टमा ध्यान दिईएको छ । तीजमा सुटिङ गरेपछि दशैं र तिहार अनि छठ पर्वमा फिल्मको सुटिङ गर्ने उनी बताउँछन् । सुदर्शन बाहेक अन्य कलाकार भने फाईनल भईनसकेको निर्माता घोराशैनीको भनाई छ । यसअघि बोक्सी र किन लाग्छ माया फिल्म निर्माण गरेका घोराशैनीको फिल्म लम्फू लाई गोपालचन्द्र लामिछानेले निर्देशन गर्नेछन् । दिपक बज्राचार्यको छायाँकन रहने लम्फूको कथा भूपतीले लेखेका हुन् भने संगीत अर्जुन पोखरेलको रहने छ ।