• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   पीडित श्रेष्ठ परिवारसँग भेटेपछि गृहमन्त्रीले भनेः व्यक्ति नभइ मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु ★   सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग ★   नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण ★   रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल ★   काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड ★   नेप्से परिसूचकको ओरालो यात्रा जारी ★   नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह ★   पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन ★   दुबईमा वर्षाले विजोग, अस्तव्यस्त बनायो दैनिकी ★   आईपीएलको १६ औं वार्षिकोत्सवः पहिलो छक्का कसले हिर्काएका थिए ?

‘बर्बाद’लाई एडल्ट सटिफिर्केट



काठमाडौ  –

पछिल्लो समय चलचित्र सेन्सर बोर्डले उत्तेजक दृश्य समावेश गरिएका चलचित्र माथी कैची चलाइरहेको छ । गत वर्ष प्रदर्शनमा आउने भनिएको चलचित्र ‘बर्बाद’ सेन्सर बोर्डको कैचीको शिकार भएपछि अलमलमा परेको थियो । नायिका जीया केसीको उत्तेजक दृश्यका कारण सेन्सरले ‘बर्बाद’लाई पास गर्न सकेको थिएन । तर लामो समय पछि चलचित्र ‘बर्बाद’लाई सेन्सर बोर्डले एडल्ट सटिफिर्केट दिदै पास गरेको छ । अब यो सिनेमा हेर्नका लागि दर्शक १६ वर्ष भन्दा माथीको उमेरको हुनुपर्नेछ । चलचित्र सेन्सर बोर्डले बर्बादलाई करिब १९ पटक पास गर्न नसक्ने भन्दै फर्काएको थियो । तर निर्माण पक्षले लामो समयको कसरत पश्चात आङ्खनो लगानीलाई हलसम्म पुयाउन पाएको छ । रीम विश्वकर्माको निदर्शेनमा तयार भएको यो चलचित्रलाई जीके शर्माले निर्माण गरेका हुन् । निर्माता शर्माले सेन्सर बोर्डले सिनेमामा समावेश के कस्ता दृश्य काट्यो भन्ने विसयमा केही बोल्न चाहेका छैनन् । ‘बर्बाद’लाई सेन्सरको सुरुवातमा अधिकांश दृश्य काटेर ल्याउन भनिएकाले पनि दर्शकले हलसम्म पुगेर कस्तो सिनेमा हनेपाउछन  भन्ने अडक्ल काटन् थालिएको छ । तर यसको निर्माण पक्षका लागि भने सिनेमा सेन्सर बोर्डबाट  पास हुनु फलामको चिउरा चपाउनु सरह भएको छ ।