• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस् ★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ ★   राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो ★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू

गोलमेचको एजेण्डा कि प्रतिगमनको चक्रब्युह !



अमर आचार्य-

नेपालमा अहिले गोलमेच सम्मेलन किन भएन ? किन गर्नुपथ्र्यो ? भन्नेबारेमा चर्को बौद्धिकविलास भईरहेको छ । गोलमेच सम्मेलनका प्रस्तावकहरुले सो प्रस्ताव राख्नुका पछाडिका रहस्यहरु पत्तानलगाई सतहिरूपमा गरिएको विश्लेषणबाट सहि निष्कर्ष ननिस्कने देखिन्छ । गोलमेचका प्रस्तावक ड्यास माओवादी लगायतका दलहरुले चाँहि गोलमेचलाई ०६२-०६३को जन आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउँदै अग्रगामी दिशातर्फ मुलुकलाई अगाडि बढाउनकालागि दोस्रो संविधान सभाको निर्वाचन गराउने ध्येय पूर्तिकालागि नभएर आफू संविधान सभा र निर्वाचन विरोधी नभएको देखाउनकालागि मात्रै गोलमेचको नाटक मञ्चनगरिएको संकेतहरु देखापरेका छन् । तेत्तीस दलीय गठबन्धन भित्रकै क्यासमाओवादी र ड्यासमाओवादीका नेताहरुको आँतभेउ थाहापाएका र माओवादीका नेताहरु कतिसम्म षडयन्त्रकारी, छद्मभेषी, जाली, फटाहा हुनभन्ने राम्ररीबुझेका मातृका यादवले केहिदिनअगावै आफूलाई वैद्यमोर्चाबाट अलगभएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा ब्यक्तगरेका विचारलेसमेत वैद्य माओवादी अग्रगमनतर्फ होइन लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिएर पश्चगमनतर्फ मूलुकलाई धकेल्न सहज बनाउनेतर्फ लागेको रहस्योद्घाटन भएको छ । यतिमात्रहोइन वैद्यको अहिलेको बत्तीसदलीय मोर्चामा आवद्ध पार्टीहरुमध्येका एउटा पार्टीका नेताले यस पङ्तीकार सँगको भेटमा मोहन वैद्य र विप्लपले राजसंस्था फर्काउन आफूहरु लाग्ने प्रतिवद्धता ब्यक्तगरेकालेनै आफूहरुले वैद्य मोर्चामा सहभागिता जनाएको बताउदै अहिल त्यहि रणनीति अनुरूप वैद्यको पार्टीले काम गरिरहेको बताउनुले समेत मातृका यादवको भनाई सत्यतथ्यमा आधारीत भएको पुष्टि गर्दछ । ती नेताको भनाईअनुसार नेपाल सरकारले सेनालाई निर्वाचन सुरक्षामा खटाउने भनिरहेको छ तर नेपाली सेना निर्वाचन गराउने नेपाल सरकारलाई सहयोग गर्ने होइन निर्वाचन विथोल्न हिडेकाहरुलाई हतियार दिने तयारी गर्दैछ । यस कुरालाई वैद्य माओवादीका नेता र नेपाली सेनाबीच गोप्य सहमति भईसकेको र ड्यास माओवादीका केन्द्रीय नेताहरुले विद्रोह गर्न नेपाली सेनाले आफूलाई हतियार दिन्छ भन्दै आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुले पुष्टि गरेकोमात्र नभई नेपाली सेनाको नियत लोकतान्त्रिक गणतन्त्र मास्नेमा रहेको र ड्यास माओवादी यहि तत्वबाट परिचालित रहेको छर्लङ्गभएको छ । यदि नेपाली सेनाको लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिवद्ध र ब्यक्ति हत्या हिंसाको राजनीति गर्ने माओवादीसँग उसको अघोषित साँठगाँठ छैनभने यसरी माओवादीलाई आतङ्कमच्चाउन हतियार दिने सम्झौता गर्ने सेनाको कुन अधिकारी हो त्यसमाथि सेनाले कारबाही गरेर देखाउन जरुरी छ । होइन भने अझै नेपाली सेनाको नियतमाथि नेपाली नागरिकले शङ्का गर्ने ठाँऊ रहने छ ।
एउटा कोणबाट माथि उल्लेख गरिएको षडयन्त्र हुँदैछ भने अर्को कोणबाट उनीहरुले सर्वप्रथम नेकपा ड्यास माओवादीका नेता कार्यकर्ता मार्फत अरु पार्टीका नेताहरु भन्दा पूर्वराजा राष्ट्रवादी भएको प्रचार—प्रसार गराउने तत्पश्चात पूर्वराजालाई देशको संविधान उल्लङ्घन गर्ने प्रकृतिको गतिविधि गर्न लगाउने र यस्तो गतिविधि गर्नेलाई जेल हाल्नुपर्दछ भन्दै एमाओवादी मार्फत दवाव दिनलगाएर ज्ञानेन्द्रलाई २÷४दिन जेलनै नभएपनि हिरासतमा सम्म लगेर राख्ने परीस्थिति निर्माण गराउने रणनीति बनाएको देखिन्छ । यसकार्यमा अहिले प्रत्यक्षरूपमा नेत्रविक्रम चन्द र बाबुराम भट्टराईलाई खटाईसकेको र पछि उक्त केन्द्रले अन्य ब्याक्तिहरुलाई विस्तारै प्रतिगमनको पक्षमा उतार्दैलैजाने शिलशीला शुरुभएको देखिदैछ । यसरी पूर्वराजालाई हिरासतमा पु¥याएपछि मण्डले र राजा आऊ देश बचाऊ मार्काका मानिसहरुलाई अगाडिलगाएर पछाडिबाट ड्यास माओवादी र अन्य पार्टीहरुमा घुसपैठ गराइएका कार्यकर्ताहरु लगेर सशस्त्र विद्रोह मच्याएर संविधान सभाको निर्वाचन हुननदिने मात्र होइन देशनै ठप्प बनाउने छन् । यसबाट एकातिर मुलुक जनप्रतिनिधि विहिनको अवस्था र अर्कोतिर आन्दोलनको निस्सासिँदो वातावरण बनेपछि पहिले देशभित्रका सम्पूर्ण शक्तिहरु भन्दैलगेर त्यसपछि राष्ट्रवादी शक्तिलाईसमेत समावेश गर्नेभन्दै अन्तमा राष्ट्रवादी शक्ति भनेको पूर्वराजालाई समेत राखेर गोलमेच सम्मेलन गर्ने प्रस्ताव ड्यास माओवादीले उठाउने र नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई समाप्तपार्ने योजना बनाइएको चर्चा छ । यस तथ्यलाई अहिले निरंकुश पञ्चायति व्यवस्थाका हर्ताकर्ता मण्डलेहरुसमेत गोलमेच सम्मेलनको पक्षमा खुलेर आउनुले पुष्टि गरेको छ । यसरी गोलमेच गर्दाको अवस्थामा नेपाली कांग्रेसबाट समर्थन जुटाउन डा. शशाङ्क कोइराला लगायतका केहि व्याक्तिहरुलाई तयार बनाइएको छ भने एमाले र मधेशवादी भित्रपनि ठूलो समूह तयार भइसकेको चर्चा छ । यदी कुनै पार्टीका नेताले यस्तो प्रतिगामी कदमको विरोध गरेमा त्यस्तालाई भ्रष्टाचारीको आरोप लगाएर सिध्याइदिने रणनीति अनुसार ठूलो योजना अनुरूप लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाएको खुलासा हुन थालेको छ ।
यसरी ०६२÷०६३को जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्तपार्दा अहिलेसम्म राष्ट्रव्यापी संरचना भएका पार्टीहरु समाप्त भईसक्ने उनीहरुको आँकलन छ । जसबाट प्रतिगमनका विरुद्धमा रहेको परिवर्तनकामी ठूलो शक्ति विद्रोहमा निस्कने र त्यो आन्दोलनमा इण्डो–सिआइए समुहले लगानीगरेर स्थापितगराइएका जातीयतावादी र क्षेत्रीयतावादी विभिन्नसमुहसमेमतलाई आन्दोलनमा उतारेर नेपालमा सर्वत्र अन्यौल श्रृजनागराई विगतमा दरबार हत्याकाण्ड गराएजस्तै अर्को हत्याकाण्ड मच्चाएपछि नेपाललाई सहजै क्षत–विक्षत गराउन सकिने ठहरकासाथ लागिपरेको आभाष हुन थालेको छ ।
वैद्य मोर्चामा संलग्न केहि दलका नेताहरुले विदेशीको दवाव र नेपाली जनताको चुनाव होस्भन्ने तिव्र चाहना भएकाले मात्रै आफूहरुले स्पष्टरूपमा चुनावविरोधि भनेर घोषणा नगरेको बताउदै चुनाव विथोल्नकै लागि गोलमेच सम्मेलनको कुरा र इण्डोपश्चिमा शक्तिकेन्द्रको समर्थन लिनकालागि संविधान सभाको चुनाव पहिलेनै संविधानका अन्तर्वस्तुमा सहमति कायमगरेर जाने भनेर सहमतिनै नहुने एजेण्डा प्रस्तुत गरिएको विचार सार्वजनिकरूपमै ब्यक्तगरिरहेका छन् । यसले वैद्य मोर्चाको वार्ताको प्रस्ताव राष्ट्रलाई निकास दिनका लागि नभएर गोलमेचको बाहनामा अहिले निर्वाचनको मिति सार्न लगाउने र पछि वार्ता मिलेन भन्दै नेपालमा कहिल्यैपनि जनप्रतिनिधिले संविधान लेख्न नपाउने अवस्था निर्माण गर्ने षडयन्त्रअनुसार फलिएको पासा मात्र भएको सहजै बुझ्न सकिन्छ ।
गोलमेचका नाममा यस्तो षडयन्त्रको चक्रब्युह रचना गरिएको छ भने अर्को कोणबाट विगत २३५ वर्ष देखिको समय र अरबौँ अर्ब डलर लगानीगरेर नेपाललाइ गुलाम बनाएर दक्षिण एसियालाई अस्थिर बनाउने केन्द्रकारूपमा तयार गर्न खोजेको इण्डोसीआइए केन्द्र, पहिलो संविधान सभाबाट यो कार्य सम्पन्न हुननसकेपछि नयाँ रणनीति तयारगरेर अगाडिबढीरहेको संकेतहरु देखिदैछ । जसअनुसार विगतको संविधान सभामा जातीय संघीयताका नाममा नेपाललाई टुक्राटुक्रा बनाउन बाधा अड्चन पैदागर्ने क्षेत्री ब्राह्मण समाजलाई कमजोर बनाउन त्यसभित्र घुसपैठ गरेका दलालहरुमार्फत केहि महत्वाकांक्षी अल्पबुद्धिका मानिसहरुलाई उचालेर केहि पैसासमेत जुटाइदिने भन्दै पार्टी खोल्न लगाउन सफलभएको छ । यसका साथसाथै विगतमा सोहिकेन्द्रद्वारा परिचालितरहेका तर अहिले जातीय क्षेत्रीय संघीयताका पक्षमा नबोलेका पार्टीहरुलाई फुटाउनसमेत सो केन्द्र लागिपरेको छ । अबहुने संविधान सभाको दोस्रो निर्वाचनबाट समेत जातीय संघीयताकानाममा नेपाल टुक्राउने आफ्नो सपना साकार नहोला भन्ने डरले इण्डोसिआइए केन्द्रले आफूद्वारा परिचालित ड्यास माओवादी पार्टी मार्फत संविधान सभाको सार्वभौम अधिकारलाई चुनौतिदिने प्रस्ताव अर्थात बन्दकोठाभित्र केहि सीमित मानिसहरु राखेर संविधानको अन्र्तवस्तुमा पहिले सहमति गरौँ भन्ने प्रस्ताव पेशगरेको छ भने यसकुरामा अन्यदल सहमत नहोलानकि भन्ने डरले यदि त्यसो नगर्ने हो भने संविधान सभाको चुनाव भाडने धम्की दिनु भनेर अह्राएको सुनिदैछ ।
यी सबै दृष्टान्तहरुले नेपाल ठूलो संकटबाट गुज्रिरहेको स्पष्ट देखिएकाले नेपालका हरेक सचेत देशभक्त नेपालीहरु विशेषतः राष्ट्रभक्त युवापुस्ताले हरेक सबालमा अत्यन्त सजग र सचेत भएर हरेक घटना र मुद्धाहरुका बारेमा गहन अध्ययन र विश्लेषण गर्दै आ आफ्ना भनाइ र गराइ हरुलाई राष्ट्रियताको संरक्षण र संवद्र्धन गराउने पक्षमा केन्द्रित गराएर राष्ट्रलाई अग्रगामि दिशातर्फ लैजान प्रयास गर्न जरुरी देखिएको छ । कल्याणमस्तु ।।