• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

बहराईन र ओमनमा दूताबास खुल्ने भो



खाडी मुलुकको ओमन र बहराइनमा नेपाली दूतावास खुल्ने भएको छ । दुवै मुलुकमा दूतावास खोल्न परराष्ट्र मन्त्रालयबाट ती देशका लागि दुई कार्यवहाक राजदूत गइसकेका छन् ।

ओमनका लागि नेपाली कार्यवहाक राजदूत उपसचिव झवीन्द्र प्रसाद अर्याल ओमनको राजधानी मस्कट पुगिसक्नु भएको छ । बहराइनका लागि कावा राजदूत उपसचिव दुबसु छेत्रीले मन्त्रालयबाट रमाना लिइसक्नु भएको छ ।  बाबुराम भट्टराई प्रधानमन्त्री हुदा ओमानको राजधानी मस्कट र बहराइनको मनामा मा नेपाली दूतावास स्थापना गर्ने निर्णय भएको थियो ।