• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली

एनआरएन उपाध्यक्षमा अष्ट्रेलियाबाट ओलीको उम्मेद्वारी




सिड्नी, सेप्टेम्बर २ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको उपाध्यक्ष पदमा अस्ट्रेलियाबाट भवानी ओलीले उम्मेद्वारी घोषणा गरेका छन् । आइतवार सिड्नीमा आयोजित नेपाली समुदायका प्रतिनिधिहरुको भेलामा ओलीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उक्त कार्यक्रममा ८ पृष्ठ लामो घोषणा पत्र सार्वजनिक गर्दै ओलीले संघको संस्थागत पुनर्संरचना, सशक्तीकरणको अवधारणा र संघको उद्देश्य प्राप्तिमा देखिएका समस्याहरुको समाधान जस्ता विषयलाई उल्लेख गरेका छन् । साथै परोपकारी कार्यको लागि वर्षको ५० मिलियन डलरसम्म नेपाल भित्र्याउन सक्ने कार्यक्रम, जन दवावको लहर सृजना गरी एक पटकको नेपाली सधैको नेपाली कायम गराउन पहल गर्ने, सामुहिक लगानीको क्षेत्रमा ठूलो सहागिता बढाउने, द्वन्द्वमुखि साँगठनिक संरचनाबाट रचनात्मक संगठनिक स्वरुपतर्फ संघलाई रुपान्तरण गर्ने र विद्यार्थी, युवा र महिलाको समस्या पहिचान र समाधान गर्दै उनीहरुको एकिकृत शक्तिलाई संघको उद्देश्य प्रप्तिमा उपयोग आफ्ने मुख्य योजना रहेको ओलीले बताए ।

क्त कार्यक्रमका सोलिसिटर डा शम्शेर सिंह थापा, डा कृष्ण हमाल, डा होममूर्ती पन्त र एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले घोषणपत्रमा उल्लेख भएका कार्यक्रमहरुको कार्यान्वयन तथा निर्वाचनको लागि शुभकामना दिएका थिए । साथै कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरुले उम्मेदवारीका बारेमा बिबिध जिज्ञासा र र सुझावहरु दिएका थिए ।

एनआर अभियानमा अस्ट्रेलियाबाट निकै सक्रिय हुादै आएका ओली अन्तराष्ट्रिय युवा संयोजक (२००९-२०११) एनआरएन आइ सि सिको विधान संसोधन समितिमा बसेर काम गरिरहेका छन् । यसअघि अष्ट्रेलियबाट एनआरएन आइसिसिमा शेष घलेले अध्यक्ष र ध्रुव सुवेदीले महासचिव पदमा उम्मेदवरी घोषणा गरिसकेका छन । एनआरएन आइ सि सिको पाँचौ अधिवेशन अक्टोवर १९ देखि २२ सम्म काठमाण्डौमा हुँदैछ ।